Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

COMPANIES' VOICE 東京の中小企業の声

गुप्पीज कम्पनी लिमिटेड

व्यवसाय प्रोफाइल

चिकित्सा सेवा, नर्सिङ केयर र नर्सिङ कल्याण सेवामा लक्षित मानव संसाधन सेवा, स्वास्थ्य एपमा केन्द्रित स्वास्थ्य सेवा

https://www.guppy.co.jp/

कम्पनीको किवर्ड

  • चिकित्सा सेवा, नर्सिङ केयर र नर्सिङ कल्याण सेवामा लक्षित मानव संसाधन सेवा, स्वास्थ्य एपमा केन्द्रित स्वास्थ्य सेवा
  • Fun workplace declaration (रमाइलो कार्यस्थलको घोषणा) गरेर विविध पहलहरू गर्दै
  • हरेक महिना 1on1 (हाकिमसँग आफू एक्लै भेटेर गरिने छलफल) द्वारा सञ्चालित आत्ममूल्याङ्कन प्रणाली र नयाँ-नयाँ कुराहरू गरेर हेर्ने कोसिसलाई पूर्ण रूपले समर्थन दिने व्यवस्था

कम्पनी प्रोफाइल

"Good (राम्रो) सृजनाले संसारलाई Happy (सुखी) बनाउने" भन्ने नारा राख्दै गुप्पीज कम्पनी IT × हेल्थ केयरको व्यवसाय सञ्चालन गर्दै छ। हालै यस कम्पनीमा दुई वटा मुख्य सेवाहरू सञ्चालित भएका छन्। एउटाचाहिँ चिकित्सा सेवा, नर्सिङ केयर र नर्सिङ कल्याण सेवामा लक्षित मानव संसाधन सेवा हो। "सन् 2000 सालमा हामीले यस क्षेत्रमा अग्रगामीको रूपमा जापानको पहिलो साइट स्थापना गर्‍यौँ र यसको विकास भई हालै उच्च कोटिको वेब साइट भएको छ, जसमा वार्षिक 50 लाख पहुँच आइरहेको छ। अहिले 20 वर्ष पछि पनि सेवा प्रदान गर्ने क्षेत्र बिस्तार हुँदै छ, जस्तै रोजगार सूचना पत्रिका, संयुक्त रोजगार मेला र जब पोस्टिङ स्लिप शिपिंग एजेन्सी सेवा" (कम्पनीका अध्यक्ष, हिदाजी) अर्को एउटाचाहिँ हेल्थ केयर सेवा हो, जसमा स्वास्थ्य व्यवस्थापन एपको उपयोग गरिन्छ। कम्पनीका अध्यक्ष र कर्मचारीबीचको सामान्य गफसफले यो एप विकास गर्ने अवसर प्रदान गर्‍यो। त्यसको एक महिना पछि एपको कार्य गतिविधिको थालनी भयो र हालै हाम्रो स्वास्थ्य एपमा 16 भन्दा बढी कार्यक्षमताहरू (शरीरको तौल, व्यायाम, खाना, मदिरा सेवन, निद्रा आदिको ट्र्याकिङ) थप गरिएको छ। यस एपको प्रयोगकर्ता व्यक्तिहरू बाहेक विभिन्न व्यवसाय प्रकारसम्म विस्तार भएको छ, जस्तै कम्पनी, स्थानीय सरकार, स्वास्थ्य परीक्षण संस्था, स्वास्थ्य बिमा सङ्घ आदि। नेपाली नागरिकको IT इन्जिनियर, मन्दिपजीले भन्नुभयो, "हरेक दिन सहकर्मीहरूसित रमाउँदै नयाँ-नयाँ सेवाहरू विकास गर्दै छु। मैले विभिन्न प्रेरणा पाउने दिनहरू बिताइरहेको छु।"

photo1

दैनिक जीवन र कामको सन्तुलनको पहलहरू

यस कम्पनीले टेलिवर्क फ्लेक्स सिस्टम भन्ने लचकदार कार्य शैलीको प्रवर्धन गर्नुका साथै कर्मचारीहरूले आफूलाई मनपर्ने कुराहरू गरेर सन्तोषजनक तरिकाले काम गर्न सकून् भनेर "Fun workplace declaration (रमाइलो कार्यस्थलको घोषणा)" गरेको छ। कम्पनीका अध्यक्ष हिदाजीले "चाहे काम होस् या व्यक्तिगत कुराहरू, कर्मचारीहरूले सक्रियतासाथ र सकभर ती दुइटै कुराबाट आनन्द लिएको चाहन्छु" भन्दै, उहाँले स्वास्थ्य वृद्धि सहायता प्रणाली, खेलकुद सहायता प्रणाली, तीन महिनामा एक पटक चार दिन लगातार बिदा लिन सक्ने प्रणाली आदि विभिन्न रोचक व्यवस्थाहरू राख्नुभएको छ। खास गरी स्वास्थ्य वृद्धि सहायता प्रणाली कर्मचारीहरूमझ लोकप्रिय भएको छ। प्रत्येक कर्मचारीलाई Apple Watch प्रदान गरिएको छ, कर्मचारीहरूले कम्पनीद्वारा सञ्चालित स्वास्थ्य प्वाइन्ट र Apple Watch वास्तविक रूपमा प्रयोग गर्दा आफैले स्वास्थ्य व्यवस्थापन गर्न सक्छन्। मन्दिपजीलाई खासमा के मन पर्छ भने, कर्मचारीहरू मिलेर गरेको खानपिनको खर्चलाई कम्पनीले सहायता गरिदिने प्रबन्ध। "प्रायः काममा कुरा गर्ने मौका नपाउने अग्रजहरूसित चिनजान बढाउने अवसर बढेको छ अनि काममा समस्या परेको बेलामा पनि संकोच नमानी उनीहरूसित सल्लाह माग्ने गरेको छु। कोरोना भाइरस महामारी सुरु हुनुभन्दा पहिले कामभन्दा बाहिर पनि रोचक मनोरञ्जन कार्यक्रमहरू धेरै थिए भनेर सुनेको छु। म त्यस्ता कार्यक्रममा सहभागी हुने दिनको बाटो हेर्दै छु।"

photo2 photo3

मानव संसाधन प्रशिक्षणको पहलहरू

दिनका दिन नयाँ-नयाँ सेवाहरू विकास गर्ने यस कम्पनीको लागि नयाँ आविष्कारको प्रेरणा साथै प्रत्येक कर्मचारीको सीपको उन्नती अपरिहार्य हुन्छ। त्यसैले यस कम्पनीमा लाइसेन्स प्राप्त, बाह्य प्रशिक्षण कोर्स पठनपाठन गर्ने, पुस्तक खरिद सहायता प्रणाली जस्ता कम्पनीले खर्च बेहोरिदिने पर्याप्त "शैक्षिक वातावरण" तयार पारेको छ। अर्कोतर्फ "मौकामा चौका हान्नुपर्छ भने झैँ कम्पनीले दिने मौका र सुविधाको फाइदा उठाउनु राम्रो हुन्छ तर त्यसो गर्ने या नगर्ने भन्ने निर्णय प्रत्येक कर्मचारी आफैले गर्नुपर्छ" भनी (हिदाजीले) भन्दै कम्पनीको तर्फबाट कर्मचारीहरूलाई एक पक्षीय रूपमा प्रशिक्षण कार्यक्रम प्रदान गर्ने कुरालाई इन्कार गर्नुहुन्छ। बरु "प्रत्येक कर्मचारीको आफ्नो रुचि र जोसजाँगरको सक्दो सम्मान गरी आफ्नै इच्छाअनुसार घोषणा गर्न सक्ने वातावरण निर्माण गर्नु महत्त्वपूर्ण छ" (हिदाजीले) भन्नुहुन्छ। त्यसैले यस कम्पनीमा हरेक महिना हाकिमसँगको 1on1 (आफू एक्लै भट्ने कार्यक्रम) कार्यान्वयन गरी सीपको उन्नतीको लागि कर्मचारी आफैले योजना बनाएर त्यसबारे आफैले सहकर्मीहरूलाई घोषणा गर्नुपर्छ। "आफ्नो सीप सुधार्न के चाहिन्छ भन्नेबारे मेरो हाकिमले मलाई दयालुपूर्वक सुझाव दिनुहुन्छ। सहकर्मीले सिफारिस गर्ने किताब किन्दा कम्पनीले त्यसको खर्च गरिदिन्छ र रोचक लाग्ने बाह्य प्रशिक्षण कार्यक्रममा सहभागी हुन पनि दिन्छ। भर्खर कम्पनीमा प्रवेश गरेको बेला मैले केही गर्न सक्दिनथेँ, तर हालसालै एपको विकास पनि आफैले गर्न सक्ने भएँ, काममा आफ्नो उन्नती भएको महसुस गर्न पनि सकेको छु, तर मैले कम्पनीको लागि योगदान पुर्‍याउन सकिरहेको छु भन्ने कुरा नै सबैभन्दा खुसीको कुरा हो" भनेर हाँसिलो मुहारले भन्नुहुन्छ (मन्दिपजी)

photo4 photo5

प्रतिनिधिको मेसेज

प्रतिनिधि निर्देशक कम्पनी अध्यक्ष योशिमिचु हिदा

अहिले चलिरहने दुई वटा व्यवसायको सेवालाई अझै अगाडि बढाउनुका साथै कसैले कहिल्यै नगरेको आफ्नै नयाँ सेवा विकास गर्ने कुरालाई पनि मध्यनजर गर्दै छौँ। त्यसलाई साकार पार्न "नम्र र आज्ञाकारी, सकारात्मक, अध्ययन गर्न मन पराउने" व्यक्ति हाम्रो कम्पनीमा आएर सँगै काम गरेको चाहन्छौँ। कार्यस्थललाई एउटा समुदाय मानेर सँगै रमाउँदै जोसजाँगरसाथ हाम्रो व्यवसायमा झिजो नमानी निरन्तर लागिरहन चाहन्छौँ। त्यसो गर्नको लागि आवश्यक वातावरण निर्माण गर्ने दिन दिनै प्रयास गरिरहन्छौँ। कृपया हाम्रो कम्पनीमा आउनुहोस्।

photo6 photo7

विदेशी कर्मचारीको मेसेज

वेब इन्जिनियर/मन्दीप महर्जन(नेपाल)

मेरो कम्पनीमा कम्पनीका अध्यक्षदेखि नयाँ सदस्यसम्म कुनै व्यक्तिसँग कुराकानी गर्न बाधा पुर्‍याउने कुरा हुँदैन, साधारण तरिकाले कुरा गर्न सकिन्छ, अनि धेरैजसोले सकारात्मक प्रतिक्रिया देखाउँछन्। आफ्नो मनमा भएको कुरा अरूलाई नलुकाई बताउँदा यसले आफूलाई अझ परिपक्व हुन मदत गर्छ। यसो गर्न सक्ने थुप्रै मौका हुन्छन्। खुल्ला मनले कृपया सँगै अघि बढ्दै जाऔँ।

photo8

रोजगारदाता कम्पनीको जानकारी

कम्पनीको नाम
गुप्पीज कम्पनी लिमिटेड
स्थापना साल र महिना
2000 साल सेप्टेम्बर
पुँजी रकम
तीन करोड येन
प्रतिनिधि
योशिमिचु हिदा
कर्मचारी सङ्ख्या
62 जना (तीमध्ये विदेशी कर्मचारीको सङ्ख्या 3 जना)
मुख्यालयको ठेगाना
〒163-0613 टोक्यो, सिन्जुकु शहर, निशिशिन्जुकु 1-25-1 शिन्जुकु सेन्टर बिल्डिङ 13F
फोन नम्बर
03-5908-3880
URL
www.guppy.co.jp/

※उक्त सबै जानकारी 2021 साल सेप्टेम्बरसम्मको हो।