गीकफीड कम्पनी लिमिटेड
व्यवसाय प्रोफाइल
सिस्टम र सफ्टवेयरको योजना, डिजाइन, विकास र कन्सल्टिङ्ग
कम्पनीको किवर्ड
- च्याट र कल रेकर्डिङ सिस्टम जस्ता सञ्चार प्रणाली तथा टेलिफोन प्रणालीसित राम्ररी परिचित भई एआई प्रविधिलाई ध्वनिसँग संयोजन गरेर विकास गर्ने
- सबै कर्मचारीहरू विशेषज्ञ बन्नको लागि व्यक्तिगत प्रशिक्षण कार्यक्रम तयार पार्ने
- कर्मचारीहरूले आ-आफ्नो लाइफ-स्टेज (जिन्दगीका चरणहरू) अनुरूप कार्य शैली मिलाउने कुरालाई अघि बढाउने
कम्पनी प्रोफाइल
गीकफीड कम्पनी लिमिटेडले सिस्टम सफ्टवेयरको योजना र विकासदेखि लिएर मर्मतसम्भारसम्मको सेवा वन-स्टपमा प्रदान र "एआई प्रविधिको पूर्ण उपयोग गरेर आवाजलाई डिजिटलिकरण" गर्ने अडियो पहिचानमा ध्यान केन्द्रित गरेको छ। यस कम्पनीले आफै विकास गरेको "YouWire" नाम भएको एउटा बलियो सफ्टवेयर छ, जसले कार्यालयको फोन र मोबाइल फोनमा बोलिएको ध्वनि जानकारीलाई टेक्स्टमा परिणत गरी एक ठाउँमा व्यवस्थापन गर्न सक्छ। उदाहरणको लागि, कल सेन्टरको अपरेटरको काम सुधार्न र इन्टरनेट कन्फरेन्स्को माइन्युट आफसेआफ निर्माण गर्ने आदि यस सफ्टवेयर उपयोग गर्न सकिने क्षेत्र धेरै भएकोले "भाग्यवश यो सफ्टवेयरबारे गरिने सोधपुछ कोरोनाआघिको तुलनामा 10 गुणाभन्दा बढी आइरहेको छ" (विभागीय प्रमुख, किमिजिमा)
यस्तो राम्रो व्यापार हासिल गर्नुको रहस्य कम्पनी अध्यक्ष उचीले भने झैँ "योजना र प्रस्ताव पेस गर्ने बेलादेखि स्वतन्त्रतापूर्वक नयाँ-नयाँ कुराहरू गरेर हेर्न सक्ने वातावरण कम्पनी स्थापनादेखि भइरहेको छ अनि कर्मचारीहरूले मनमा कल्पेका स-सानो कुराबाट विकास गरेका थप्रै सेवाहरू पनि रहेछन्। भर्खरै यस कम्पनीमा प्रवेश गरेका काइलजी, जो अमेरिकाका हुन्, उहाँले यो कम्पनी छनौट गर्नुको निर्णायक कारण भनेको "अध्यक्ष र अग्रज कर्मचारीसँग सङ्कोच नमानी सल्लाह लिन सक्ने आत्मीय सम्बन्ध देखेकोले र आफू मानविकी तथा सामाजिक विषय अध्ययन गरेको र प्रोग्रामिङको पेसेवर अनुभव नभएको मान्छे भएपनि नयाँ कुरा गर्न सक्ने वातावरण यहाँ भएकोले हो" भनेर भन्नुहुन्छ।

मानव संसाधन प्रशिक्षणको पहलहरू
" कदम कदाचित् यो कम्पनीको विघटन भएपनि गीकफीडको सदस्य भने जहाँसुकै भएपनि आत्मनिर्भर भएर बाँच्न सक्नेछन्, हाम्रो कम्पनीलाई त्यस्तो संस्था बनाउनु मेरो उद्देश्य हो। अहिलेको युगमा तीव्र गतिमा परिवर्तन भएकोले आफ्नो क्षमता बढाइरहनु नै सबैभन्दा महत्त्वपूर्ण छ, त्यसैको लागि कर्मचारीलाई सक्दो सहयोग गर्न चाहन्छु" (अध्यक्ष, उची)
तसर्थ हाकिमसँग वर्षमा 4 पटक गरिने 1on1 (हाकिमसँग 2 जना मात्र भेटेर गर्ने छलफल)-मा कम्पनीको व्यवसायको लक्ष्य मात्र नभई कर्मचारीको करिअर पथसँग तिनी स्वयम्ले गर्दै जाने प्रगति मिलाउने कुरालाई महत्त्व दिइएको छ। साथै संस्था र कर्मचारीको चुनौती र लक्ष्यलाई दृश्य सामग्री प्रयोग गरेर स्पष्ट पारी दुवै पक्षलाई चित्त बुझाउने प्रयास पनि गरिएको छ। साथै अनलाइन अध्ययन सामग्री र बाह्य अध्ययन पाठ्यक्रम लगायत कम्पनीले खर्च बेहोर्ने पर्याप्त प्रशिक्षण कार्यक्रम निःशुल्क उपयोग गर्न सकिन्छ। कर्मचारी र सिलीकन भ्यालीको अद्यावधिक प्रविधिबारे जान्ने बाहिरका प्रशिक्षकलाई बोलाएर लगभग हरेक हप्ता "स्वतन्त्र अध्ययन सेसन" आयोजना गरिएको छ। त्यस्ता सेसनको विषयवस्तु ब्लगद्वारा सार्वजनिक गरिन्छ र वर्षको अन्तमा सबभन्दा लोकप्रिय पाठ्यक्रमलाई पुरस्कृत गर्ने पहल पनि गरिएको छ। "अझै बानी नपरेको कुरा भएकोले व्यवहारिक कामको लागि उपयोगी अध्ययन सेसनको प्रबन्धको कदर गर्छुु। काम पनि लगभग बेलुका तोकिएको समयमा सिद्धिन्छ, त्यसपछि अध्ययन गर्ने समय निकाल्न सक्छु। यसरी समयको सदुपयोग गर्न सकेकोले अस्ति AWS को लाइसेन्स प्राप्त गर्न सकेँ।" (इन्डोनेसिया बाट आएको स्वान्दीजी)


दैनिक जीवन र कामको सन्तुलनको पहलहरू
"कर्मचारीले आत्मनिर्भर प्रोफेसनल हुनुका साथै काम गरेर मात्र नभई अर्थपूर्ण र समृद्ध जीवन बिताएको म चाहन्छु। लामो जिन्दगीमा कामको पछि लाग्ने मात्र नभई व्यक्तिगत कुराहरूलाई प्राथमिकता दिने चरण भएको समय पनि हुन सक्छ जस्तो मलाई लाग्छ" (अध्यक्ष, उची) ठोकुवा गरी भन्नुपर्दा काम गर्ने समय छोट्याउने र घरबाट अफिसको काम गर्ने जस्ता बच्चा हुर्काउन सहयोग, कर्मचारीले आफ्नो परिवारको व्यवसायलाई समर्थन गर्दा पुग्ने मदतको उपयोग गर्ने जस्ता विभिन्न कार्यशैलीबारे प्रत्येक कर्मचारीसित छलफल गरेर निर्णय गर्छौँ।
हाल 5 वटा देशबाट आएका विदेशी कर्मचारीहरू कम्पनीमा छन्, तिनीहरूमध्ये सुरुमा अरुबाइतो गरेपछि कर्मचारी बनेका स्वान्दीजीले भन्नुहुन्छ, "सहकर्मीहरूसँग सानोतिनो कुरा भएपनि सङ्कोच नमानी सल्लाह गर्ने वातावरण छ, तिनीहरू मेरो संस्कृतिको सम्मान गर्छन् र समस्याको समाधान तरिका मसँग विचार गरिदिन्छन्"। अनि "अहिले हामीमध्ये धेरैजसोले टेलिवर्क गर्छौँ। दिउँसो 3 बज्दा कम्पनीले योग र बक्सिङको भिडियो प्रसारण गर्छ, त्यो आफसेआफ आउँछ। त्यसैले त्यतिबेला म शारीरिक कसरत गरेर नयाँ ताजकी पाउने गर्छु" (स्वान्दीजी) कामपछि सहकर्मीसित पिङ पोङ प्रतियोगिता खेल्ने, स्थानीय चाडपर्वमा सहभागी हुने, कार्यस्थलमा कटन क्यान्डी र पपकोर्न बनाउने आदि विभिन्न तरिकामा कर्मचारीहरू मिलेर रमाइलो गर्न सक्ने अवसर बनाइएको छ।

प्रतिनिधिको मेसेज
प्रतिनिधि निर्देशक शिन्जी उची
अबउप्रान्त कम्पनीहरूको आवश्यकता पूरा गर्ने मात्र नभई संसारलाई छक्क पार्ने नयाँ सेवाहरू जापान लगायत विदेशमा पनि विस्तार गर्ने विचार गर्दै छौँ। यो लक्ष्य साकार पार्नको लागि विभिन्न प्रतिभा तथा मूल्यमान्यता भएका मानिसहरूलाई हाम्रो कम्पनीमा स्वागत गर्न चाहन्छौँ। अरू सबै कुराभन्दा आइटई (IT) मनपराउने र नयाँ काममा डुब्न सक्ने मान्छेहरूसित नयाँ चीज बनाउने दिनको प्रतीक्षारत छौँ।

विदेशी कर्मचारीको मेसेज
सोफ्टवेयर इन्जिनियर/एसार सुवाङ्दी(इन्डोनेशिया)
यस कम्पनीमा काम गर्नुभन्दा पहिले जापानी कम्पनीहरू कठोर हुन्छन् र तयहाँका नियमहरू कडा हुन्छन् भन्ने छवि मसँग थियो। तर यो कम्पनीमा आएपछि त्यो छवि पूरै परिवर्तन भयो। लगाउने लुगाको विषयमा नियम छैन अनि अध्यक्ष र कर्मचारीहरू पनि खुला मनको र मित्रैलो हुनुहुन्छ। म हाल अहिलेसम्म कसैले पनि नगरेको सिस्टम विकासको काममा लागेको छु, सबै कर्मचारीहरूले मेरो हौसला बढाइदिन्छन्, त्यसैले सन्तोषजनक काम गरिरहन सकेको छु।

रोजगारदाता कम्पनीको जानकारी
- कम्पनीको नाम
- गीकफीड कम्पनी लिमिटेड
- स्थापना साल र महिना
- 2011 साल मे
- पुँजी रकम
- एक करोड 50 लाख 30 हजार येन
- प्रतिनिधि
- शिन्जी उची
- कर्मचारी सङ्ख्या
- 31 जना (तीमध्ये विदेशी कर्मचारीको सङ्ख्या 5 जना)
- मुख्यालयको ठेगाना
- 〒111-0056 टोक्यो, ताइतो शहर, कोजिमा 2-20-7 फुसोउ ओकाचिमाची बिल्डिङ 2F
- फोन नम्बर
- 03-3863-6754
- URL
- https://www.geekfeed.co.jp/
※उक्त सबै जानकारी 2021 साल सेप्टेम्बरसम्मको हो।