डी एम कोकोकुश्या कम्पनी लिमिटेड
व्यवसाय प्रोफाइल
सेल्स प्रमोसन व्यवसाय, BPO व्यवसाय

कम्पनीको किवर्ड
- "योजना" र "कार्य पूरा गर्ने क्षमता" दुइटै भएको प्रमोसन व्यवसाय जापानभित्र र विदेशमा विस्तार
- "सबैलाई खुसी बनाउने" भन्ने नारा राख्दै दैनिक जीवन र कामको सन्तुलनलाई महत्त्व दिन पहल
- प्रत्येक कर्मचारीको चुनौती र आवश्यकता अनुसार मिलाइएको प्रशिक्षण कार्यक्रम, विभागको सीमा नाघेर स्थापित गरिएको परियोजना टोलीमा अध्ययन सेसन सञ्चालन
कम्पनी प्रोफाइल
डी एम कोकोकुश्या कम्पनी लिमिटेडको सामर्थ्य भनेको " 'योजना' मात्र नभईकन 'कार्य पूरा गर्ने क्षमता' पनि भएकोले प्रमोसन सम्बन्धी हर प्रकारका चुनौतीको समाधान गर्ने तरिका प्रदान गर्न सक्ने कुरा हो" भनेर कम्पनी अध्यक्ष, फुजिमोतो भन्नुहुन्छ। यो कम्पनीले क्याम्पेन सामानको ढुवानी लगायत क्याम्पेनको तर्जुमा र कन्सल्टिङ्ग पनि गर्दै छ। साथै सचिवालय र कल सेन्टरको प्रतिनिधित्व तथा व्यवस्थापन प्रणाली विकास आदिको कार्यसम्म आफ्नो व्यावसायिक क्षेत्र विस्तार गरेको छ। हालसालै विविध विज्ञापनको माध्यम प्रयोग गरिएकोले यस कम्पनीले "सेल्स प्रमोसनको सम्पूर्ण प्रक्रिया एक ठाउँमा व्यवस्थापन गर्न सक्ने" कम्पनीको रूपमा नाम कमाउँदै आएको छ। अनि थाईल्याण्डको उत्पादन "राइस पास्टा" (चामलको पिठोबाट बनेको पास्टा) बिक्री गर्ने व्यवसाय जापानमा विस्तार गर्दा ठूलो उपलब्धि हासिल गर्ने आदि विदेशी व्यापारको प्रमोसनमा पनि सक्रिय भई प्रयास गर्दै छ। यस कम्पनीको कर्मचारी याङजी, जो भियतनामी हुनुहुन्छ, उहाँ भन्नुहुन्छ, "हाम्रो कम्पनीले सम्हाल्ने कार्यक्षेत्र फराकिलो छ र ग्राहकहरूको विभिन्न चुनौतीहरूको समाधानको लागि आवश्यक पर्ने प्रयोगात्मक ज्ञान र सेवाहरू हामीसँग छ। मैले कुनै क्षेत्रको काम पहिलो चोटि गर्नुपर्दा अग्रज कर्मचारी र हाकिमले दयालु भई सिकाइदिनुहुन्छ, त्यसैले ढुक्क महसुस गरी त्यो काममा लाग्न सक्छु। दिनप्रति दिन मेरो सीप उन्नति पनि हँदै छ। अनि ग्राहकहरू हाम्रो सेवाबाट खुसी हुनुभएको देख्दा मलाई पनि खुसी लाग्छ।"

दैनिक जीवन र कामको सन्तुलनको पहलहरू
यस कम्पनीले "सबैलाई खुसी बनाउने" भन्ने कर्पोरेट आदर्श बमोजिम व्यावसायिक कार्यमा संलग्न सबै कर्मचारीहरूको लागि सहज कार्य वातावरण बनाउने कुरालाई जोड दिएको छ। "हामीले शिशु स्याहार बिदा र नर्सिङ केयर बिदाको प्रणाली राखी, बच्चा पाएका सबै महिला कर्मचारीहरूले यस प्रणालीको प्रयोग गरेका छन्। जसको बच्चा छ वा वृद्धावस्थामा पुगेकाहरूले यदि चाहनुहुन्छ भने, दैनिक जीवन र कामको सन्तुलन मिलाउन सँगै छलफल गरी, काम गर्ने समय छोट्याउने वा कामदारहरू अफिसमा आउने समय फरक-फरक बनाउने आदि निर्णय गर्न मदत गर्दै छौँ। पोहोर साल पुरुष कर्मचारीले शिशु स्याहारको बिदा लिए। टेलिवर्कको सन्दर्भमा अहिले हप्तामा 3 दिन त्यसलाई कार्यान्वयन गरिरहेका छौँ। अबदेखि पनि समय सुहाउँदो उपायहरू अपनाउन चाहन्छु" भनेर अध्यक्ष फुजिमोतो भन्नुहुन्छ। याङजीले इन्टर्नशिपमार्फत यस कम्पनीमा प्रवेश गर्नुभयो। उहाँले भन्नुभयो, "जापानी कम्पनीहरूमा राती अबेरसम्म काम गर्नुपर्ने होला भन्ने मलाई लाग्थ्यो तर मेरो हाकिमले "तोकिएको समयमा घर जान" प्रोत्साहन दिनुभएकोले म आफ्नो काम सकेपछि अरू कर्मचारीको अवस्था वास्ता नगरी घर जान सक्छु। मेरो देश भियतनाममा "आफ्नो कम्पनीको मानिसलाई सँगी" मानिन्छ, अनि डी एम कोकोकुश्यामा पनि चाहे हाकिम हुन् वा नयाँ कर्मचारी सबैसित सङ्कोच नमानी सल्लाह माग्न सकिन्छ र व्यक्तिगत कुरा भए पनि खुलेर कुरा गर्न सकिन्छ, त्यसैले निकै रमाइलो छ।"

मानव संसाधन प्रशिक्षणको पहलहरू
यस कम्पनीले मानव जनशक्तिको प्रशिक्षणमा महत्त्व दिने विषय भनेको आफूलाई अरूको स्थानमा राखी सोचेरै व्यवहार गर्ने "निःस्वार्थ मन" आफूमा राख्नु हो। "हाम्रो कम्पनीले विभिन्न क्षत्रमा दिने सेवाहरूबारे ग्राहकलाई प्रस्ताव राख्नको लागि ग्राहकको दृष्टिकोण र ठाउँबाट हेरेर कदम चाल्नु अत्यावश्यक छ" (विभागीय प्रमुख, हागा)। तसर्थ मानव संसाधन प्रशिक्षणको सन्दर्भमा नयाँ कर्मचारी प्रशिक्षण कार्यक्रममा उक्त विषयको आधारभूत कुराहरू सिक्नुका साथै सक्रिय रूपमा बाहिरको प्रशिक्षण कार्यक्रमको उपयोग पनि गरिरहेको छ। यस कम्तीमा भएको अतुलनीय कुरा के हो भने प्रशिक्षण सम्बन्धी जिम्मेवार कर्मचारीले प्रत्येक कर्मचारीलाई दिइएका प्रगतिसम्म पुग्ने लक्ष्यहरू याद गरेर ती प्रत्येकलाई आवश्यक लाग्ने बाहिरको प्रशिक्षण कार्यक्रमको सिफारिस गर्छन्। "हामीले सिफारिस गरिएका ती कार्यक्रमहरूमध्येबाट आफैले रोजेको कार्यक्रममा भाग लिन सक्छौँ। आफूले रोजेको कार्यक्रममा त उत्सुकता साथ भाग लिन सक्छौँ अनि हालै बसेको बाहिरको कार्यक्रममा सीप तिखार्नेबारे मात्र नभई विभिन्न उद्योगबारे पनि सुन्न पाएकोले धेरै कुरा सिक्न सकेँ।" (याङजी)
साथै मुख्यालय, कारखाना आदि फरक-फरक 3 ठाउँबाट सदस्यहरू जम्मा गरेका कतिपय परियोजना टोलीहरू पनि स्थापना गरिएको छ। अचेल "SDGs प्रति चासो जाग्दै आएको छ र मेरो परियोजना टोलीमा अद्यावधिक सूचना आदि रमाइलो तरिकामा अध्ययन गर्दै हाम्रो कम्पनीमा कसरी भित्र्याउने भनेर कोसिस गर्दै छौँ" भनेर याङ्जीको सहकर्मी योकोयामाजीले भन्नुभयो।


प्रतिनिधिको मेसेज
प्रतिनिधि निर्देशक कम्पनी अध्यक्ष कोहेइ फुजिमोतो
ग्राहकहरू लगायत "सबैलाई खुसी बनाउन" राम्रो काम गर्नुपर्छ। राम्रो काम गर्न "मार्केटिङ्गको दृष्टिकोणबाट ग्राहकले चाहेको कुरा कसरी प्रस्तुत गर्ने" भनी विचार गर्नुका साथै "रिनोभेसनको दृष्टिकोणबाट नयाँ मूल्य सृजना गर्नु" आवश्यक हुन्छ। जुनसुकै देशको नागरिक भए पनि विभिन्न पृष्ठभूमि भएका जनशक्तिलाई लिएर हाम्रो सेवा संसारमा फलाउन चाहन्छौँ।

विदेशी कर्मचारीको मेसेज
सेल्स/गुयेन टी च्या याङ(भियतनाम)
भाषा र संस्कृति बिलकुलै फरक भएको देशमा काम गर्दा केही न केही सङ्घर्ष गर्नुपर्ला तर यो आफ्नो सीमा विस्तार गर्ने ठूलो अवसर हो। महानगर टोक्योमा काममा गर्ने कुराहरू र दैनिक जीवनमा आनन्द लिने तरिकाहरू अनेकौँ भएकोले अरूहरूको भन्दा फरक जीवन आफ्नै तरिकामा बिताउन सकिन्छ। अब पछि म कतिसम्म अघि बढ्न सक्नेछु, म आफ्नो भविष्यको बाटो हेर्दै छु।


रोजगारदाता कम्पनीको जानकारी
- कम्पनीको नाम
- डी एम कोकोकुश्या कम्पनी लिमिटेड
- स्थापना साल र महिना
- 1974 साल नोभेम्बर
- पुँजी रकम
- आठ करोड येन
- प्रतिनिधि
- कोहेइ फुजिमोतो
- कर्मचारी सङ्ख्या
- 40 जना (तीमध्ये विदेशी कर्मचारीको सङ्ख्या 2 जना)
- मुख्यालयको ठेगाना
- 〒136-0072 टोक्यो, कोतो शहर, ओजिमा 1-9-8 ओजिमा पुरेरु बिल्डिङ 2F
- फोन नम्बर
- 03-3637-9311
- URL
- https://www.exc-dmk.co.jp/
※उक्त सबै जानकारी 2021 साल सेप्टेम्बरसम्मको हो।