Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

COMPANIES' VOICE 東京の中小企業の声

एच एस जेइ कम्पनी लिमिटेड

व्यवसाय प्रोफाइल

बिजुली र सञ्चार निर्माणको योजना र डिजाइनदेखि निर्माण, सञ्चालन र मर्मतसम्भारसम्म

https://www.k-hsj.co.jp/
एच एस जेइ कम्पनी लिमिटेड

कम्पनीको किवर्ड

  • बिजुली र सञ्चार निर्माणको योजना र डिजाइनदेखि निर्माण, सञ्चालन र मर्मतसम्भारसम्मको एकीकृत सेवा प्रदान गरेर सामाजिक योगदान पुर्‍याउँछ
  • आफ्नो मानव संसाधन (जनशक्ति) प्रशिक्षण कार्यक्रम द्वारा कर्मचारीहरूलाई लाइसेन्स प्राप्त हुन प्रोत्साहन दिन्छ र असल मानव गुणहरू विकास गर्न मदत गर्छ
  • प्रत्येक कर्मचारीको करिअर निर्माणमा सहयोग गर्छ र लामो समय ढुक्क भई स्वस्थ भएर काम गर्न सक्ने कल्याण कार्यक्रमहरू छन्

कम्पनी प्रोफाइल

एच एस जेइ कम्पनी लिमिटेडले रेल वे, ठूलठूला अफिस र व्यापार व्यवसायको बिल्डिङको बिजुली र सञ्चार उपकरणको निर्माण आदि काम ठेक्‍कामा गरेको छ। बिजुली उपकरणको सन्दर्भमा स्टेसनको प्लेटफर्ममा रेल प्रयोगकर्ताको लागि जानकारी प्रदर्शित गर्ने डिस्प्ले र LED बत्तीको स्थापना, सञ्चार उपकरणको सन्दर्भमा स्टेसनको परिसर र अग्ला बिल्डिङहरूमा मोबाइल फोनको बेस स्टेसन निर्माण जस्ता विविध कार्यहरू गरिरहेको छ। हाम्रो कम्पनीको विशेषता भनेको 5G जस्ता प्राविधिक नवप्रवर्तनको लागि आवश्यक सेवा प्रदान गर्न सक्ने प्राविधिक शक्ति, अनि कर्मचारीहरूको सङ्ख्या 50 जना मात्र भएपनि योजना/डिजाइनदेखि लिएर निर्माण, सञ्चालन/मर्मतसम्भारसम्मका एकीकृत सेवा प्रदान गर्न सक्ने कम्पनीको आन्तरिक क्षमता हुन्। "विभिन्न क्षेत्रका कार्यहरू अनुभव गरेर धेरै कुरा सिकिरहेको छु। अहिले वास्तविक साइटहरूमा विभिन्न प्रकारका सीपहरू हासिल गर्न पाएकोले मलाई खुसी लागेको छ" (चिनियाँ नागरिक, याङजी)
तैपनि कम्पनीका अध्यक्ष सासाकी "हाम्रो कम्पनीको अधिकतम सामर्थ्य भनेको कर्मचारीहरूमा भएको 'असल मानव गुणहरू' हुन्" भनेर गर्वका साथ ठोकुवा गर्नुहुन्छ। "सामाजिक योगदान प्रतिको चासो अनि शिष्ट र भद्र व्यवहारका साथै मर्यादित र आदरपूर्ण व्यवहारको कदर गर्ने र त्यसलाई वास्तविक रूपमा अभ्यास गर्नुपर्छ" भन्नुहुन्छ र 23 वर्षको उमेरमै कम्पनी स्थापना गरेदेखि विभिन्न परीक्षा तथा गल्तीहरूबाट पाठ सिक्दै आएपछि यो विचार उहाँको मनमा पैदा भयो र अहिले पनि उहाँको विचार परिवर्तन भएको छैन। निरन्तर प्राविधिक नवप्रवर्तन र विकास भइरहने विद्युत सञ्चार उद्योगमा अचुक प्राविधिक शक्ति मात्र नभई उक्त विचार पनि निरन्तरता दिइरहेको कारणले विभिन्न क्षेत्रका उपभोक्ताहरूको विश्वासको पात्र भएको छ।

photo1

मानव संसाधन प्रशिक्षणको पहलहरू

यस कम्पनीमा मानव संसाधन विकासको लागि "प्राविधिक शक्तिको उन्नती" र "असल मानव गुणहरूको खेती" भन्ने दुई विषयलाई आधार मानेर पहल गर्दै आएको छ। "प्राविधिक शक्तिको उन्नती"-को सन्दर्भमा लाइसेन्स प्राप्त इलेक्ट्रिसियन, विशेष रेडियो अपरेटर, बहीखाता जस्ता लाइसेन्स प्राप्त प्रवर्द्धन प्रणाली। "कक्षाकोठामा गर्ने अध्ययनका साथै प्रायोगिक प्रशिक्षणमा अग्रज कर्मचारीले एक-एक कदम सँगै गरेर गम्भीरतापूर्वक सिकाइदिनुहुन्छ। लाइसेन्स प्राप्त गर्‍यो भने अग्रज कर्मचारीलाई खुसी लाग्छ अनि योग्यता भत्ता भुक्तानी गरिन्छ, त्यसैले मलाई पनि खुसी लाग्छ" भनेर कम्पनीमा काम गर्न थालेको एक वर्ष बितेको नेपाली नागरिक थारूजी भन्नुहुन्छ। अनि "जापानी भाषा सिकेर दक्ष हुनको लागि पनि हाकिम र अग्रज कर्मचारीहरू मेरो शिक्षक बनेर अध्ययन कक्षा राखिदिनुहुन्छ। विश्वविद्यालय र भाषा स्कुलमा पनि नसिकेका कुराहरू समेत सिकाउनुहुन्छ। सबै जनासँग मिलेर रमाउँदै सिकिरहेको छु" (नेपाली नागरिक, सुवेदीजी)
अर्कोतर्फ, "असल मानव गुणहरूको खेती"-को सन्दर्भमा, कम्पनीमा प्रवेश गरेको एक महिनाको प्रशिक्षण कार्यक्रममा अभिवादन गर्ने तरिका जस्ता मर्यादित र आदरपूर्ण व्यवहार, व्यवसायमा देखाउनुपर्ने शिष्टाचारका आधारभूत कुराहरू विशेष जोड दिएर सिकाइन्छ। दक्षिण कोरियन नागरिकको सुनजी हाँसिलो मुहारले भन्नुहुन्छ, "अभिवादन लगायत आधारभूत कुराहरू सिक्न पाउँछु, त्यसैले ढुक्क भएर काम गर्न सकिन्छ। पहिलो चोटि भेट्ने ग्राहकसँग पनि राम्रो सम्बन्ध बनाउन सकिरहेको छु"। साथै अरू कम्पनीमा नदेखिने कुराहरू जस्तै, मानसिक प्रशिक्षणको एक अंशको रूपमा जापानी सुलेखन कक्षा (श्योदो क्योसिचु) आयोजना गर्ने, वर्षको एक पटक ओसुताका डाँडा चढेर धेरै पहिले दुर्घटनामा मरेकाहरूको स्मरण गरेर सबै कर्मचारी सँगै "सुरक्षा"-को बारेमा छलफल गर्ने अवसर प्रदान गरेको छ।

photo2 photo3

दैनिक जीवन र कामको सन्तुलनको पहलहरू

कम्पनीका अध्यक्ष सासाकी सधैँ "भविष्यमा आफूप्रति कृतज्ञ हुन सक्ने व्यक्ति बन्नुहोस्" भनेर भन्नुहुन्छ। यस भनाइमा "काममा आफ्नो सीप बढाउँदै गएर 10 वा 20 वर्ष पछि जब तपाईँ 'पेसेवर मिस्त्री' बन्नुहुनेछ, तब बितेका दिनहरू फर्केर हेरी ती दिनहरूमा गरेको मेहनत सम्झेर आफूप्रति कृतज्ञ हुन सक्ने व्यक्ति बन्नुहोस्" साथै "अहिलेको समयलाई महत्त्वपूर्ण ठानेर सन्तोषजनक जीवन बिताउनुहोस्" भन्ने आशा पनि राखिएको छ। तसर्थ यस कम्पनीमा निम्न दुई वटा प्रबन्ध मिलाउने प्रयास गरिँदै छ। पहिलो, हरेक महिनामा एक पटक कर्मचारीहरूले अनिवार्य रूपमा आफ्नो हाकिमसित भेटेर छलफल गर्ने प्रबन्ध। यस भेटमा कामको मूल्याङ्कनका साथै आफ्नो भावी जीवनको योजना र कार्य शैलीबारे पनि छलफल गरिन्छ। "हालसालै कतिपय कर्मचारीहरूले अफिसमा आउने समय फरक-फरक बनाउने र काम गर्ने समय घटाउने जस्ता छनौट गर्ने पनि गरेका छन्" (बोर्ड निर्देशक, वातानाबेजी)
दोस्रो, पछि लामो समयसम्म स्वस्थ र ढुक्क भएर काम गर्न सक्ने वातावरण निर्माण गर्ने प्रबन्ध। कम्पनीले खर्च गरेर चिकित्सा बिमामा आबद्ध गराउने र योग कक्षा राख्ने जस्ता कर्मचारीहरूको कल्याण कार्यक्रम लाभकारी बनाउने प्रयास पनि गरिरहेको छ। "काममा नभई अरू बेलामा मेरो खुट्टामा चोट लाग्यो। यस्तो अवस्थामा कम्पनीले शल्यक्रिया शुल्क तिरिदियो र कम्पनी सँगैको ठाउँमा बस्न कोठा मिलाइदियो। त्यति बेला मलाई कार्यस्थलमा जानेआउने गर्न गाह्रो भएकोले त्यसले धेरै मदत मिल्यो अनि त्यसरी मलाई माया देखाइएकोले एकदमै खुसी लाग्यो। (नेपाली नागरिक, तामाङजी)

photo4 photo5

प्रतिनिधिको मेसेज

प्रतिनिधि निर्देशक कम्पनी अध्यक्ष सातोशी सासाकी

हाम्रा कर्मचारीहरूले कामद्वारा "शिष्ट र भद्र व्यवहार अनि मर्यादित र आदरपूर्ण व्यवहार" जसलाई मानव जीवनको आधार मानिन्छ, ती कुराहरूको सम्मान गरून् र समाजमा योगदान पुर्‍याउने हाम्रो काममा गर्व गरून् भन्ने हामी आशा गर्दै छौँ। कम्पनीमा प्रवेश गरेपछि आधारभूत कुरा व्यापक रूपमा सिकेर प्राविधिक शक्ति विकास गर्न सक्ने वातावरण तयार पारिराखेका छौँ। जसलाई हाम्रो विचार मन पर्छ र जो त्यससित सहमत छन्, त्यस्ता व्यक्तिहरू कृपया हाम्रो कम्पनीमा आउनुहोस्। मित्रैलो, फुर्तिलो, सधैँ हाँसिलो मुहार भएका सहकर्मीहरूसँग एकआपसमा सीप विकास गर्दै र गराउँदै साँचो प्रोफेसनल बन्ने लक्ष्य लिएर अघि बढौँ।

photo6

विदेशी कर्मचारीको मेसेज

डिजाइन/राकेश तामाङ्ग(नेपाल)

कम्पनीका सदस्यहरू एउटा परिवार हो जस्तो हामीलाई लाग्छ। विदेशमा काम गर्दा समय समयमा गाह्रो महसुस होला तर जुनसुकै समयमा पनि सल्लाह माग्न सक्ने वातावरण यस कम्पनीमा छ। कुनै कुरा थाहा नहुँदा हाकिम र अग्रजहरूले विचारशील भएर दयालुपूर्वक सिकाइदिनुहुन्छ र तपाईँ ढुक्क भएर काम गर्न सक्नुहुन्छ।

photo7 photo8

企業情報

社名
एच एस जेइ कम्पनी लिमिटेड
स्थापना साल र महिना
1996 साल फेब्रुअरी
पुँजी रकम
एक करोड येन
प्रतिनिधि
सातोशी सासाकी
कर्मचारी सङ्ख्या
52 जना (तीमध्ये विदेशी कर्मचारीको सङ्ख्या 6 जना)
मुख्यालयको ठेगाना
〒145-0064, टोक्यो, ओता शहर, कामिइकेदाई 4-22-6
फोन नम्बर
03-6425-1222
URL
https://www.k-hsj.co.jp/

※उक्त सबै जानकारी 2021 साल सेप्टेम्बरसम्मको हो।