Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

COMPANIES' VOICE 東京の中小企業の声

कात्सुमाता इलेक्ट्रोनिक वर्क कम्पनी लिमिटेड

व्यवसाय प्रोफाइल

विद्युत प्राप्ति तथा वितरण, निगरानी र नियन्त्रणसम्बन्धी व्यापक स्विचबोर्ड निर्माता

http://www.kew.co.jp/
कात्सुमाता इलेक्ट्रोनिक वर्क कम्पनी लिमिटेड

कम्पनीको किवर्ड

  • "प्रविधिको कात्सुमाता" भन्ने नारा राख्दै सफ्टवेयर र हार्डवेयर दुवै क्षेत्रको डिजाइन तथा निर्माणदेखि मर्मतसम्भारसम्म एकीकृत सेवा प्रदान गर्ने
  • कम्पनीका सम्पूर्ण कर्मचारीहरूको लागि प्रविधिसम्बन्धी योग्यता परीक्षण र लाइसेन्स प्राप्तिको प्रवर्द्धन गर्ने
  • दैनिक रूपमा कार्यस्थल निर्माण गर्दा त्यसमा कर्मचारीहरूले व्यक्त गरेका रायहरू लागू गर्न अभ्यास गर्ने

कम्पनी प्रोफाइल

कम्पनी स्थापनादेखि 100 वर्ष नाघेको व्यापक स्विचबोर्ड निर्माता, कात्सुमाता इलेक्ट्रोनिक वर्क कम्पनी लिमिटेड। "धेरै मानिसहरू पहिलो पटक स्विचबोर्ड, कन्ट्रोल प्यानल वितरण बोर्ड भन्ने शब्द सुन्नुहुन्छ होला, तर यी प्रसारित विजुलीलाई रूपान्तरण गरेर "प्रयोग गर्न योग्य" बनाउने यन्त्रहरू हुन्। तपाईँहरूको घर, कार्यालय र व्यावसायिक स्थलहरू आदि सम्पूर्ण किसिमको स्थलहरू तथा भवनहरूलाई चलाउने 'इन्जिन' जस्तै हो" भनेर कम्पनी अध्यक्ष, कात्सुमाता भन्नुहुन्छ। हाम्रा मुख्य ग्राहकहरू प्रमुख वित्तीय उद्योग, प्रसारण उद्योग, कारखाना आदि हुन्, तर "प्रत्येक कम्पनीको माग फरक-फरक हुन्छन्, त्यसैले सामान्य प्रयोजनका उत्पादनहरूको प्रयोग गर्न बिलकुल सकिंदैन। साथै तिनीहरू यस्ता ग्राहकहरू मात्र हुन् जसको काममा कुनै पनि हालतमा दुर्घटना हुनै नमिल्ने हुनाले सम्झौता गर्नुहुँदैन।" त्यस्ता ग्राहकहरूको लागि, भरपर्दो प्राविधिक शक्ति र डिजाइन तथा निर्माणदेखि मर्मतसम्भारसम्मको सेवा एकीकृत भई प्रदान गरिरहेको छ। यो कम्पनीको अर्को आकर्षक कुरा के हो भने, यामानोते लाइनभित्र मुख्यालय र कारखाना अवस्थित भएकोले ग्राहकसितको भौतिक दुरी नजिक छ, त्यसैले ग्राहकको मागलाई विचार गरी छिटो अनि होसियारीसाथ आवश्यक कामहरू गर्न सकिन्छ। यसबाहेक, एआई (AI) र आईओटी (IoT)-को उपयोग गरेर पूर्वाधारको प्राविधिक स्तर झनझन उच्च हुँदै आएकोले त्यसलाई धान्न सकोस् भनेर सफ्टवेयर र हार्डवेयर संयोजित उत्पादन विकास पनि गरिरहेका छ। मङ्गोलियाबाट आएको उरान्जेभजी इन्टर्नशिपमार्फत यस कम्पनीतर्फ आकर्षित भएपछि यसमा प्रवेश गर्नुभयो। उहाँ भन्नुहुन्छ, "म विद्यार्थी छँदा एआई (AI) रोबोट विकास गर्थेँ तर अहिले म कात्सुमाताको प्रविधि सिक्दै छु र नयाँ उत्पादन विकास गर्दा रमाइलो लाग्छ। भविष्यमा मेरो देशको लागि पनि योगदान पुर्‍याउन चाहन्छुु।"

photo1

दैनिक जीवन र कामको सन्तुलनको पहलहरू

"काम गर्न सजिलो" वातावरण निर्माणको सन्दर्भमा "सधैँ साइटमा काम गर्ने कर्मचारीहरूको आवाजलाई कान थापेर तिनीहरूको विचार सामेल गर्दै एक-एक गरेर निष्कपट भई सुधार गर्दै छौँ" (अध्यक्ष, कात्सुमाता)। जब उहाँ 10 वर्ष पहिले कम्पनी अध्यक्ष बन्नुभयो, तब अघिल्लो कम्पनीमा सिस्टम इन्जिनियर हुँदाको कार्यस्थलको कार्य वातावरण तथा प्रणाली र यस कम्पनीको अवस्थाको बीचमा ठूलो भिन्नता देखेर उहाँलाई धक्क लाग्यो। त्यसैले "सबै जनाले काम गर्न चाहने" वातावरण व्यवस्थित गर्नको लागि, अहिलेसम्म सबै कर्मचारीहरूको प्रश्नावली वार्षिक रूपमा जम्मा गरेर कर्मचारीहरूले व्यक्त गरेका रायहरू बुझेर सुधार गर्ने प्रयास गर्दै आउनुभएको छ। प्रश्नावलीको विषयवस्तु कार्यस्थलको युनिफोर्म, भोजनालय र अफिसको पुनर्संरचना, सट्टामा लिन सक्ने छुट्टि र ओभरटाइम जस्ता कार्यस्थलको उपस्थिति रेकर्डको व्यवस्थापन, अनि मानसिक स्वास्थ्यको सुधार अभियान आदि निकै विविध हुन्छ। ताकाहाशीजीले यस कम्पनीमा काम गर्न थालेको 10 वर्ष भयो। काम गर्दै उक्त परिवर्तन अनुभव गर्दा उहाँ भन्नुहुन्छ, "म भर्ती भएदेखि अहिलेसम्म अफिसको वातावरणमा यत्ति धेरै परिवर्तन भएकोमा मलाई छक्क परेको छ"। अध्यक्ष कात्सुमाताले भन्नुभयो, "प्रश्नावलीबाहेक पनि म कर्मचारीहरूसित गफ गर्दै तिनीहरूको समस्या र मागबारे सकेजति थाह पाउने कोसिस गर्दै छु। "काम गर्न सजिलो" वातावरण निर्माण जति गरेपनि अन्त्य नभएकोले एक किसिमले त्यो उत्पादन विकास जस्तै छ"।

photo2

मानव संसाधन प्रशिक्षणको पहलहरू

मानव जनशक्ति विकासको सन्दर्भमा, "उच्च गुणस्तरीय सेवाहरू प्रदान गर्नको लागि सम्पूर्ण कम्पनी एकजुट भएर युवाहरूलाई प्रशिक्षण दिँदै छौँ।" भनेर अध्यक्ष कात्सुमाता भन्नुहुन्छ। अहिलेसम्म यस कम्पनीलाई समर्थन गर्ने दक्ष इन्जिनियरहरूको प्राविधिक शक्तिलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने र विशेष सीपको लाइसेन्स प्राप्त गर्ने कुरामा ध्यान दिँदै छौँ। खासगरि लाइसेन्स प्राप्तिको सन्दर्भमा पुरस्कार रकम प्रणालीका साथै कार्यरत समयमा अध्ययन गर्ने समय राख्ने, प्राविधिक परीक्षणको लक्ष्य राखेर अग्रज कर्मचारीले युवा कर्मचारीलाई विशेष जोड दिएर व्यावहारिक सीप प्रशिक्षण दिने आदि मदत गरिरहेको छ। फलस्वरूप निश्चित परिणाम प्राप्त भएको छ, जस्तै कठिन प्राविधिक परीक्षणमा धेरै जना परीक्षार्थी उत्तीर्ण भएका छन्। साथै "उत्पादनको बनावट झनझन जटिल हुँदै जाँदा सफ्टवेयर विकास तथा इन्जिनियरिङ विभागले विभागको सीमा नाघेर अझै सहकार्य गर्नुपर्नेछ अनि उत्पादन विकासमा सफलता हासिल गर्नको लागि त्यसो नगरी हुँदैन।" भनेर अध्यक्ष कात्सुमाता भन्नुहुन्छ। तसर्थ प्रत्येक कर्मचारीको कुराकानी गर्ने र नेतृत्व लिने क्षमता बढाउने कुरामा पनि जोड दिएकोले धेरै कर्मचारीहरू विभिन्न बाहिरको पाठ्यक्रममा सशक्त रूपमा सहभागी भइरहेका छन्। उरान्जेभजी उहाँको "मातृभाषामा तोकिएका प्राविधिक शब्दहरू नभएकोले कम्पनीमा काम गर्न थालेको बेला निकै गाह्रो महसुस गर्थे।" उहाँको अनुभवबाट उत्प्रेरित भई यो वर्ष कम्पनीमा प्रवेश गर्ने विदेशी कर्मचारीहरूको लागि व्यवसाय सञ्चालन म्यानुअल बनाउने काम पनि अगाडि बढ्दै छ।。

photo3 photo4

प्रतिनिधिको मेसेज

प्रतिनिधि निर्देशक कम्पनी अध्यक्ष आकिहिरो कात्सुमाता

हाम्रो कम्पनीको 100 वर्षको इतिहास छ, तैपनि हामी कम्पनीको व्यवसाय र बिक्री जति ठूलो भएपनि ती कुराहरूभन्दा "हामीले मात्र गर्न सक्ने हाम्रो सामर्थ्य"-मा ध्यान केन्द्रित गर्छौं। त्यसैले हामी कम्पनीको अहिलेसम्मको इतिहासमा भर नपरी दैनिक रूपमा प्राविधिक प्रगतिको लागि प्रयास गर्दै, समय लगाई अन्य कम्पनीहरूले नगरेका नयाँ-नयाँ कुराहरूसित जुझ्दै जान चाहन्छौँ। यस्तो कम्पनीमा काम गर्न चाहनुहुने तपाईँलाई हामी पर्खिरहन्छौँ।

photo5

विदेशी कर्मचारीको मेसेज

डिजाइन विकास/चुगोबाद्रफ उरान्जेभ(मङ्गोलिया)

मङ्गोलियामा बिजुली सुविधाहरू तयति विकासित भएका छैनन्। अहिले मैले कात्सुमाता कम्पनीको उच्च स्तरको प्राविधिक शक्तिबाट सिकेँ भने भविष्यमा मेरो देशलाई योगदान पुर्‍याउन सक्नेछु। त्यसैको लागि अझ विस्तृत रूपमा सिक्न चाहन्छु भन्ने महसुस गरेर यस कम्पनीमा काम गर्न थालेँ। आफ्नो देशको लागि योगदान पुर्‍याउन सक्ने प्रविधि र सीप सिक्ने प्रशस्त अवसर जापानमा छ। विद्यालयमा सिकेका कुराहरू बाहेकका अनुभव नगरेका नयाँ क्षेत्रका कुराहरू पनि अग्रज कर्मचारीहरूले दयालु र आदरपूर्वक सिकाउनुहुन्छ। जापानको प्रविधि र सीप सिकेर कम्पनी सँगसँगै अघि बढ्ने यो अद्‌भूत मौका तपाईँ पनि हासिल गरे कसो होला?

photo6 photo7

रोजगारदाता कम्पनीको जानकारी

कम्पनीको नाम
कात्सुमाता इलेक्ट्रोनिक वर्क कम्पनी लिमिटेड
स्थापना साल र महिना
1936 साल जनवरी
पुँजी रकम
तीन करोड 50 लाख येन
प्रतिनिधि
आकिहिरो कात्सुमाता
कर्मचारी सङ्ख्या
108 जना (तीमध्ये विदेशी कर्मचारीको सङ्ख्या 1 जना)
मुख्यालयको ठेगाना
〒140-8702 टोक्यो, शिनागावा शहर, किता शिनागावा 4-10-9
फोन नम्बर
03-3443-1241
URL
http://www.kew.co.jp/

※उक्त सबै जानकारी 2021 साल सेप्टेम्बरसम्मको हो।