पिएजो पार्ट्स कं, लिमिटेड
व्यवसाय प्रोफाइल
मोटो झिल्ली भएको मनिटर, क्रिस्टल र क्युसियमको बिक्री, नयाँ उत्पादनको विकास

कम्पनीको किवर्ड
- विदेशी व्यापारलाई बलियो बनाउँदै पार्टपुर्जा निर्माताबाट आफ्नै कम्पनीका उत्पादनहरूको विकास निर्माणमा रूपान्तरण
- टिमवर्क महत्त्वपूर्ण रही कम्पनी भित्र र बाहिर अन्तरक्रियाका प्रशस्त अवसरहरू
- "आत्मनिर्भर" को लक्ष्य राख्दै, आफैँ सोचेर कार्य गर्न सक्ने मानव संसाधन बन्नको लागि प्रेरित प्रणाली स्थापना
कम्पनी प्रोफाइल
पेइजो पार्ट्स 'क्रिस्टल' प्रयोग गरेर 'सेन्सर' बनाउने पार्टपुर्जा निर्माताको रूपमा सुरु भयो। परिचित उदाहरणको रूपमा, यो जैविक इयल डिस्प्ले र क्यामेरा लेन्सहरू जस्ता अप्टिकल पार्टपुर्जाहरू निर्माण गर्दा झिल्लीको मोटाई मापन गर्ने सेन्सरको रूपमा प्रयोग गरिन्छ, र यसको गुणस्तर स्वदेश र विदेशमा 'उच्च' मूल्याङ्कन गरिएको छ। आइओटी बढ्दै जाँदा, इन्टरनेट र चीजहरूलाई जोड्ने कम्पनीको "क्रिस्टल सेन्सर" ले हाम्रो जीवनयापनको कुनाकुनासम्म यसको प्रयोगको दायरा विस्तार गरी, जीवनयापनमा नभई नहुने एक उत्पादन भएको छ। दोस्रो नम्बरका अध्यक्ष हायागावाले उत्साहका साथ भन्नुभयो, " पार्टपुर्जा निर्माताको रूपमा विश्राम नलिई क्रिस्टलको प्रयोग गरी उत्पादनहरूको विकास निर्माण मार्फत मानिसहरूलाई उपयोगी हुने उत्पादनहरू संसारलाई उपलब्ध गराउन चाहन्छौं।" कम्पनी परिवर्तनको अवधिमा भएकोले, नयाँ उत्पादनहरूको विकासको लागि विदेशी विश्वविद्यालयहरूसँगको सहकार्यमा अनुसन्धान विकासलाई बढावा दिइरहेको छ। मानव संसाधनको सन्दर्भमा, राष्ट्रियता वा उमेरको पर्वाह नगरी मेकानिकल मात्र नभई विद्युतीय विशेषज्ञता हासिल गरेका विशेषज्ञहरूलाई पनि स्वीकार गरी उत्पादनहरूमा नयाँ विचारहरू समावेश गर्दै विश्व स्तरमा सक्रिय भूमिका खेल्न सक्ने विश्वव्यापी कम्पनी बन्ने लक्ष्य राखेका छौँ। प्रविधि विभागमा इन्जिनियरका रुपमा कार्यरत योउ जी (मलेसिया)ले खुसीसाथ भन्नुभयो, 'कम्पनीको वातावरण घरमा जस्तै छ, तर काम एकदम रोमाञ्चक छ। विश्वविद्यालयका दिनहरूमा अनुसन्धानकर्ताको बाटो सोचेको थिएँ, तर मैले उत्पादनको बारेमा जति सिकें, त्यति नै चाखलाग्दो हुँदै गयो, र अब म आफ्नो काममा डुबेको छु। कम्पनी स्केल सानो भई, विशेषज्ञता क्षेत्र बाहिर पनि चुनौतीका साथ बढ्न सकेको छु। आफूले विकास गरेको कुराले आकार लिँदा म साँच्चै खुसी छु।'

दैनिक जीवन र कामको सन्तुलनको पहलहरू
कम्पनीको स्थापना भएदेखि 'बाल हेरचाह प्राथमिकता' भनिने 'जीवन-कार्य-सन्तुलन' लाई महत्त्वपूर्ण बनाउने विचार छ। बिहान वा अपरान्ह मात्रको सिफ्टमा काम अथवा छोटो समयको काम गर्न सक्ने गरी, व्यक्तिगत जीवन योजनासँग मेल खाने कार्य सहजताको प्राप्ति भएको छ। त्यस्तै कम्पनीले कार्यस्थल बाहिर संचारलाई सकारात्मक रूपमा समर्थन गर्दछ। "नयाँ उत्पादनहरू विकास गर्नको लागि टिमवर्क महत्त्वपूर्ण छ। बाहिरका गतिविधिहरू एक अर्कालाई जान्नको लागि राम्रो अवसर हुनेछ जुन काममा हुँदा ध्यानमा राखिँदैन।" (अध्यक्ष हायागावा) विशेष रुचि ब्याडमिन्टन। काम पछि हप्तामा एक पटक, कर्मचारीहरू मात्र नभई परिवार पनि सँगै भएर आनन्द लिन्छन्। त्यस्तो ब्याडमिन्टन आदानप्रदान रकजीलाई सहकर्मीको रुपमा बोलाइएको परिप्रेक्ष्यमा सुरु भयो। "सुरुमा विद्यार्थी हुँदादेखिकै शौक भएकोले ब्याडमिन्टन खेलौँ भन्ने विचारले सुरू गरेँ, अहिले सहकर्मीहरूसँग खेल्दा रमाइलो महसुस गर्छु। खेलिसकेपछि, सबै खान बाहिर जान्छौं, तत्कालका कार्यहरूमा छलफल गर्छौँ, आफैँ कसरी गर्ने भन्ने सल्लाह पाउँछौँ जसले काममा सञ्चारलाई सहज बनाउन पनि मद्दत गर्छ।"(योउ जी) त्यसको अलावा कम्पनीले एक डिनर पार्टीको प्रायोजन गर्दछ, र प्रत्येक पाँच वर्षमा एक पटक कर्मचारीहरूलाई विदेश यात्रा गराउँदछ।


मानव संसाधन प्रशिक्षणको पहलहरू
"आत्मनिर्भर हुने कुरा। आफैँ विचार गरेर कार्य गर्ने कुरा महत्त्वपूर्ण" भन्ने कम्पनीको मानव संसाधन विकास प्रणाली। नयाँ उत्पादन र बजारहरू सिर्जना गर्नका लागि आफैँ समस्याहरू पत्ता लगाउने र आफैले पार गर्ने क्षमता आवश्यक पर्छ। त्यो आत्मनिर्भरतालाई बाहिर ल्याउनको लागि, सञ्चारलाई सहज बनाउने आन्तरिक वातावरणप्रति सचेत छौं।" (अध्यक्ष हायागावा) आत्मनिर्भरतालाई प्रोत्साहन गर्न कम्पनीले सेल्फ रिपोर्टिङ प्रणाली प्रवर्तन गरेको छ। वर्षमा दुई पटक अध्यक्षसँग भेटघाट गर्दा लक्ष्यहरू प्राप्त गर्न आफैले सोच्दै कार्य गर्ने क्षमतालाई प्रोत्साहित गर्दै लान्छ। अभाव भएको ज्ञान र सीपहरू सुधार गर्नको लागि आफूले इच्छाएको बाह्य प्रशिक्षण, अध्ययन सत्रमा भाग लिने, कर्मचारीको विभिन्न विशेष क्षेत्रहरू उपयोग हुने म्यासेज सेयर फोरम स्थापित गरिएको छ। योउ जी भन्नुहुन्छ "जब म नवीनतम प्रविधि सिक्न चाहन्थें, मलाई बाह्य प्रशिक्षणमा भाग लिन अनुमति दिइयो, र मैले धेरै कुरा सिकेँ। दैनिक काममा पनि, म र मेरा वरिष्ठहरू एकअर्कासँग सन्तुष्ट नभएसम्म कुरा गर्न सक्ने वातावरण छ, र उहाँहरूबाट धेरै कुरा सिकेको छु। त्यस्तै आफ्नो पहुँच बाहिरका ठाउँमा मलाई पछ्याउनु भएकोमा उहाँहरू प्रति धेरै आभारी छु।


प्रतिनिधिको मेसेज
प्रमुख कार्यकारी अधिकृत हायागावा युसुके
जापानी प्रविधिबाट अपेक्षा गरी जापान आउनु भएका मानवीय संसाधन सबैको अपेक्षामा निराश नहुने गरी जापानी प्रविधिको प्रतिनिधित्व गर्ने विचारका साथ व्यापारमा काम गरिरहेका छौं। काम गर्ने व्यक्तिलाई मात्रै नभई मातृदेशको परिवारलाई समेत ढुक्क गराउन टोकियोको जीवन कार्य (लाइफ वर्क) समर्थन गर्छौं। यस कम्पनीका उत्पादनहरूले अबका दस, बिस वर्ष वा त्यसपछिका दिनहरूमा पनि सम्भावना बोकेका छन् । राष्ट्रियता जे भएपनि भविष्य हेरी नयाँ कुराका चुनौतीहरू लिन चाहने विचार भएका मानिसहरूलाई पर्खिरहेका छौं!

विदेशी कर्मचारीको मेसेज
इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स/योउ एइरोकु (मलेसिया)
साना र मझौला उद्यमहरूका गुणस्तरमा गतिको भावना लिएर आफूले गर्न चाहेको काममा निरन्तरता दिइएको अवस्था छ। दिन प्रतिदिन आफ्नो वृद्धि भइरहेको महसुस गर्न सक्छु। जीवनयापनमा टोकियो चाहिँ साँच्चै बस्न योग्य शहर हो। शहरमा फोहोर छैन, र सरसफाई सबैभन्दा राम्रो छ। टोकियो फराकिलो भएकोले शहर र ग्रामीण इलाका दुबैको वातावरण महसुस गर्न सकिन्छ, साथै यहाँ प्रकृतिसँगै जगिङ् गर्न सक्ने वातावरणलाई पनि निरन्तरता दिन सकिन्छ। अवश्य टेकियोमा चुनौति दिएर हेर्नुहोस्।


रोजगारदाता कम्पनीको जानकारी
- कम्पनीको नाम
- पिएजो पार्ट्स कं, लिमिटेड
- स्थापना साल र महिना
- अक्टोबर ,सन् 1990
- पुँजी रकम
- एक करोड यन
- प्रतिनिधि
- हायागावा युसुके
- कर्मचारी सङ्ख्या
- 8 जना (ती मध्ये विदेशी कर्मचारीको संख्या 1 जना)
- मुख्यालयको ठेगाना
- टोकियो हाचियोजी सि सिमुङगाता च्यो 831-3
- फोन नम्बर
- 042-652-1101
- URL
- https://piezo-parts.co.jp/
※उक्त सबै जानकारी 2022 साल सेप्टेम्बरसम्मको हो।