Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

COMPANIES' VOICE

ब्लु इनोभेसन कम्पनी लिमिटेड

व्यवसाय प्रोफाइल

ड्रोन रोबोटको डिभाइस इन्टेग्रेटेड प्लेटफर्म प्रयोग गर्ने कर्पोरेट र नगरपालिकालाई सोलुशन सर्भिस उपलब्ध गराउने

https://www.blue-i.co.jp
ब्लु इनोभेसन कम्पनी लिमिटेड

कम्पनीको किवर्ड

  • "ड्रोन रोबोट इन्टेग्रेटेड कन्ट्रोल" र "ड्रोन पाइलट" को दुइटा प्लेटफोर्ममा यो व्यवसायिक क्षेत्रमा लिड गर्ने
  • "वर्कलाइफ इन्टेग्रेसन" भन्ने नाराअन्तर्गत अफिस र जीवनमा रमाउँदै काम गर्ने तरिका अगाडि बढाउने
  • "कर्मचारीले एक-अर्काबाट सिकेर प्रगति गर्ने" संस्कृति र त्यसलाई सपोर्ट गर्ने विभिन्न प्रणाली

कम्पनी प्रोफाइल

आजकाल AI वा IoT को प्रविधि सदुपयोग गरेर विभिन्न सामाजिक समस्या समाधान गर्ने भविष्यको सहर परियोजना संसारको विभिन्न ठाउँमा अगाडि बढ्दै छ। यो कम्पनीमा "ड्रोन रोबोटसँगै अर्को समाज बनाउने" भन्ने नारा राखेर दिन दिनै समाजिक इन्फ्रास्ट्रक्चर सिर्जना गर्न प्रयास गरिँदै छ। "हाम्रो विशेषता मुख्य प्रोडक्ट 'ब्लु अर्थ प्लेटफोर्म (BEP)' हो। यो प्लेटफर्म द्वारा धेरै ड्रोन र रोबोट अनि विभिन्न प्रकारको डिभाइसलाई टाढाबाट अनि सिधै नदेखे पनि अटोमाटिक इन्टेग्रेटेड र जोडेर काम गराउन सकिन्छ। अनि भवन, लोजिस्टिक्स र प्राकृतिक प्रकोपबाट जोगिने उपायहरूसँगै जानकारी इन्टेग्रेट गरेर अनि जोडेर काम गराउन सकिन्छ।" (डाइरेक्टर कुमादा) यसले गर्दा अफिसभित्रको सरसफाइ र सेक्युरिटी, इन्फ्रास्ट्रक्चर र कारखानाको निरिक्षण टाढाबाट सुरक्षित र प्रभावकारी बनाउन सम्भव तुल्याइएको छ। अनि सवारी र निर्माणसम्बन्धी ठूलो कम्पनीहरूसँग जोइन्ट प्रोजेक्ट, विश्वविद्यालय र सरकारी निकायसँग प्रमाणिकरण प्रोजेक्ट आदि एड्भान्स प्रयास गरेर यो क्षेत्रलाई लिड गर्दै छ। "अन्तर्वार्तामा डाइरेक्टरसँग कुरा गरेको ड्रोन प्रयोग गर्ने स्मार्ट सिटीको भविष्यको इमेज मेरो इमेजसँग ठ्याक्कै मिल्यो। काम पनि स्वतन्त्र भई गर्न सकिन्छ अनि दिन दिनै आफ्नो सीप प्रयोग गर्दै संसारमा अरूले ट्राई नगरेका कुराहरूमा पहिलोचोटि ट्राई गर्न सकिरहेको महसुस गर्दै छु।" (पाउलो, फिलिपिन्सबाट आउनुभएको) कम्पनीमा विभिन्न देशबाट आएका इन्जिनियरहरू जम्मा भई दिन दिनै नयाँ सर्भिस सिर्जना गर्दै छन्।

photo1 photo2

दैनिक जीवन र कामको सन्तुलनको पहलहरू

कर्मचारीको काम गर्ने तरिकाबारे "वर्कलाइफ इन्टेग्रेसन"मा कम्पनीले प्रोत्साहन दिँदै छ। काम गर्ने समय र ठाउँमा स्वतन्त्रता दिएर हरेकको लाइफ प्लानसँग मिलाएर जीवनमा रमाउँदै काममा पनि राम्रो नतिजा ल्याउने लक्ष्य बनाइएको छ। अहिले धेरै कर्मचारीहरू हप्तामा 3-4 दिन घरबाट काम गर्दै छन्। भविष्यमा अझै विकास गरेर छोटो होस् वा लामो होस्, गाउँतिर वा विदेशमा त्यहाँको जीवनको आनन्द उठाउँदै काम गर्ने "वर्केसन" ल्याउन पनि विचार गरिँदै छ। अनि साँच्चै एक जना विदेशी कर्मचारी आफ्नो देशमा फर्केको बेलामा एक महिना जति टेलिवर्क गर्ने टेस्ट पनि गरियो। अनि बच्चा हुर्काउन सपोर्ट गर्ने सन्दर्भमा म्यानेजमेन्ट र पुरुष मेम्बर सकारात्मक भई चाइल्ड केयर लिभ लिएर सारा कम्पनी मिलेर इच्छुक भई प्रयास गर्दै छ। पाउलोले पनि यसो भन्नुभयो, "जापानको कम्पनीमा ओभरवर्क हुन्छ भनेर सोचेको थिएँ तर अहिले सन्तुलित जीवन बिताउन सकेको छु। अनि टेलिवर्क गर्ने धेरैको बानी भएकोले म पनि धेरै समय घरमा हुन्छु अनि घरको काम श्रीमतीसँग शेयर गर्न सकेकोमा धेरै मदत मिलेको छ।"

photo3 photo4

मानव संसाधन प्रशिक्षणको पहलहरू

"ब्लु इनोभेसन कम्पनीमा कर्मचारीले एक-अर्काबाट सिक्दै प्रगति गर्न सकून्, कर्मचारीले आफूले गर्न चाहेको करियर र तिनले कम्पनीलाई दिने योगदान राम्रोसँग मूल्यांकन गर्न सक्ने कम्पनी बन्न सकोस् अनि त्यस्तो किसिमको संस्कृति र प्रणाली बनाउनको लागि दिन दिनै प्रयास गर्दै छौं।" (डाइरेक्टर कुमादा) यो कम्पनीमा हप्तामा एकचोटि हुने बिहानको मिटिङ र छलफल गर्ने धेरै मौका राखेर कर्मचारीहरूको सकारात्मक विचार सुनिन्छ। डाइरेक्टर कुमादाले सबै कर्मचारीसँग 5 वर्षसम्म हरेक महिना 1 on 1 मिटिङ गर्दा विचार आइडियाको शेयर गर्दा र त्यसलाई स्वीकार गर्दा एक आपसमा प्रगति गर्न मिलेको महसुस गर्नुभयो। त्यहाँदेखि यस्तो मिटिङको सुरुवात भयो। अनि प्रिजेन्टेसन र लोजिकल थिन्किङ आदि आफ्नो विचार व्यक्त गर्ने क्षमता तिखार्ने ट्रेनिङ प्रोग्राम पनि तयार गरिएको छ। संसारमा नभएको नयाँ सर्भिसबारे बुझ्न सजिलो हुनेगरी क्लाइन्टलाई बताएर, समस्याबारे लोजिकाली बुझेर क्लाइन्टको लागि अर्थपूर्ण सुझाव दिन चाहन्छु भन्ने कर्मचारीहरूको अनुरोधअनुसार वास्तविकतामा आएको हो। अहिले काममा चाहिने सीप क्रमिक रूपमा सिक्न सक्ने कर्पोरेट युनिभर्सिटी प्रोग्राम तयार गरिँदै छ। अनि फुलटाइम कन्सल्टेन्टद्वारा कम्पनीमा प्रवेश गर्ने बेलाको करियर ट्रेनिङ आदि करियर सपोर्टमा पनि जोड दिइएको छ। प्रत्येक विभाग र कामको प्रकारअनुसारै माग गरिने सीप र मूल्यांकन आइटम सबै हेर्न सक्ने गरी मूल्यांकन प्रणाली तयार गरिएको छ। यो पनि उमेर वा पदअनुसार नभई कामको नतिजाअनुसार मूल्यांकन गर्नको लागि इनोभेसन गर्दै आएको नतिजा हो। पाउलोले पनि यसो भन्नुभयो, "नियमित रूपमा म्यानेजरसँग अन्तर्वार्ता गरेर आफ्नो चाहनाबारे खुलेर सल्लाह गर्न सक्ने वातावरण छ। मूल्यांकन पनि आफ्नो कामअनुसारको मूल्यांकन आइटम स्पष्ट भएकोले अब गर्नुपर्ने काम पनि स्पष्ट भएर काम गर्न सजिलो लाग्छ।"

photo5 photo6

प्रतिनिधिको मेसेज

प्रतिनिधि निर्देशक कुमादा ताकायुकि

विदेशबाट आउनेहरूको लागि गाह्रो हुने कुरा पनि होला तर हाम्रो कम्पनीमा विभिन्न देश र संस्कृतिबाट आएका थुप्रै साथीहरू छन्। हाम्रो व्यवसाय भर्खरै सुरु भएको हो अनि यसको मार्केट साइज र क्षेत्र हामीले सोचेको भन्दा धेरै ठूलो छ। नयाँ कुरामा ट्राइ गर्ने मन भएकाहरू, हामीसँगै भविष्यको सेतो क्यानभासमा चित्र कोरौं।

photo7 photo8

विदेशी कर्मचारीको मेसेज

प्रणाली इन्जिनियर/पाउलो मोरारेस(फिलिपिन्स)

जापानी भाषा आउँदैन भने काम गर्न सकिँदैन भनेर कोही कोही सोचिरहनुभएको हुनसक्छ तर टोकियो झन् झन् ग्लोबल हुँदै छ। यहाँ आएर बुझ्दा यहाँ विभिन्न देशका मानिसहरू छन् र हामी विदेशीको कम्युनिटी पनि थुप्रै छन्। संसारभरि यत्तिको बस्न सजिलो सहर कतै छैन जस्तो मलाई लाग्छ। सुरुमा ट्राई गर्नुहोस्। तपाईंलाई पक्कै मन पर्ने छ।

photo9 photo10

रोजगारदाता कम्पनीको जानकारी

कम्पनीको नाम
ब्लु इनोभेसन कम्पनी लिमिटेड
स्थापना साल र महिना
1999 साल 6 महिना
पुँजी रकम
2 ओकु 1,400 मान येन (21 करोड 40 लाख येन)
प्रतिनिधि
कुमादा ताकायुकि
कर्मचारी सङ्ख्या
79 जना (तीमध्ये विदेशी कर्मचारीको सङ्ख्या 9 जना)
मुख्यालयको ठेगाना
टोकियो, बुन्क्योउ सहर, होन्गोउ 5-33-10
फोन नम्बर
03-6801-8781
URL
https://www.blue-i.co.jp

※उक्त सबै जानकारी 2022 साल सेप्टेम्बरसम्मको हो।