EAGLYS कम्पनी लिमिटेड
व्यवसाय प्रोफाइल
सेक्युर कम्प्युटिङ प्रयोग गरेको डाटा सेक्युरिटी सफ्टवेयर सोल्युसन सर्भिस, AI एनालिसिस प्रविधि प्रयोग गरेको गोप्य जानकारीको डाटा एनालिसिस

कम्पनीको किवर्ड
- कर्मचारीमध्ये एक चौथाई विदेशी नागरिक हो अनि अफिसको आधिकारिक भाषा अङ्ग्रेजी भाषा हो, विभिन्न स्पेशलिस्ट भएको डाइभरसिटी वातावरण
- कोर टाइम नराखी अफिस भित्र र बाहिरको गतिविधिमा भाग लिएर आ-आफ्नो जीवन र कामलाई अर्थपूर्ण बनाउने
- स्पेशलिस्ट र प्रोजेक्ट म्यानेजमेन्ट आदि हरेक कर्मचारीले आशा गर्ने करियरको सपोर्ट गर्ने प्रणाली
कम्पनी प्रोफाइल
इन्टरनेटद्वारा संसारसँग स्वतन्त्र भई जोड्न सक्ने वर्तमान समयमा व्यक्तिगत जानकारी सुरक्षा गर्ने कानुन बनाउने र प्रविधिको विकास हरेक देशहरूमा अगाडि बढ्दै छ। यो कम्पनीमा "हरेक डाटा सुरक्षित तरिकामा प्रयोग गरेर त्यसलाई मूल्यवान बनाउने" भन्ने मिसन बनाएर डाटा सेक्युरिटीको क्षेत्रमा संसारको उत्कृष्ट धावकको रूपमा दौडिरहेको छ। "सेक्युर कम्प्युटिङ" भन्ने प्रविधि प्रयोग गर्ने यो कम्पनीको सफ्टवेयरद्वारा अरू कम्पनीहरूले व्यवसायमा प्रयोग गर्ने व्यक्तिगत जानकारीको डाटालाई कुनै सीमा नराखी सुरक्षित तरिकामा प्रयोग गर्न सक्छन्। साथै ती आफ्नै AI एनालिसिस प्रविधिसँग जोडेर विस्तृत डिमान्डको पूर्वानुमान गर्ने, कामको दक्षता बढाउने, स्वचालित प्रणालीको डिजाइन गर्न सक्ने पनि यो कम्पनीको विशेषता हो। यी सर्भिसमा नेतृत्व लिनेहरू संसारभरिबाट जम्मा भएका अप्लाइड म्याथ, क्रिप्टो, कम्प्युटर साइन्स, मेशिन लर्निङ आदि सबैभन्दा अग्रिम प्रविधिको ज्ञान भएका स्पेशलिस्टहरू हुन्। तिनीहरू सक्रिय भएर काम गर्नको लागि अङ्ग्रेजीलाई आधिकारिक भाषा बनाउनु जरूरी थियो। "अङ्ग्रेजी साझा भाषा भयो र संसारको सबैभन्दा नयाँ जानकारी पनि चाँडै शेयर गरिन्छ अनि सर्भिस डेभलोपमेन्टमा सदुपयोग गरिँदै छ।" ( डाइरेक्टर इमाबायासि ) अनि आफ्नो क्षेत्रको सीमाभित्र मात्र नभई खुल्ला वातावरणमा प्रविधिको विकास अगाडि बढाउने वातावरण पनि यो कम्पनीको विशेषता हो। जापानको विश्वविद्यालयबाट स्नातक भएपछि अमेरिकामा डाक्टर पढेर यो कम्पनीमा प्रवेश गर्नुभएको सोराविट (थाइल्यान्डबाट आउनुभएको) पनि त्यसमा आकर्षित हुनुभएको हो। "कम्पनीले जसरी काम गर्छ, कर्मचारीले पनि त्यसरी नै काम गर्नै पर्छ भनेर माग गर्ने कम्पनी पनि छन् तर EAGLYS मा विदेशी कर्मचारी धेरै भएर हो कि प्रत्येकको काम गर्ने तरिकाको आदर गरिन्छ, त्यसैले मेरो विभिन्न आइडिया स्विकारिन्छ होला" भनी पहिलो अन्तर्वार्ताको कुराकानीमा महसुस गरेर उहाँले यो कम्पनीमा प्रवेश गर्ने निर्णय गर्नुभयो।


दैनिक जीवन र कामको सन्तुलनको पहलहरू
"काम जीवनको एउटा भाग हो भनेर सोचेको छु। त्यसैले आफूले के गर्न चाहेको हो, त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो।" (डाइरेक्टर इमाबायासि) अन्तर्वार्तामा सधैँ "आफ्नो करियरबारे के विचार गर्नुभएको छ?" भनेर राम्रोसँग कुराकानी गरिन्छ। यो कम्पनीमा कम्पनीभित्र र बाहिर पनि करियर बनाउन सक्नुहुन्छ। काम गर्ने समयको 20% आफ्नो कामसँग सिधै सम्बन्ध नभएको कुरामा खर्च गर्न प्रोत्साहन दिइएको छ, कर्मचारीहरूमध्ये कोही-कोही अर्को कम्पनीमा म्यानेजरको रूपमा सक्रिय भई काम गर्दै छ अनि कोही कोही आफैले एप पनि बनाउने काम गर्दै छ। आजकाल MBA जस्ता बिजनेस स्कुल जान इच्छा गर्ने कर्मचारीहरू बढ्दै छन्। अनि अरू डिपार्टमेन्टको कर्मचारीसँग अझै कुराकानी गर्नमा जोड दिइएको छ। कामभन्दा बाहिरको विषयमा कुरा गर्न सजिलो होस् भनेर फ्रि ड्रिन्क क्याफे तयारी गरिएको छ अनि नियमित रूपमा जमघट पनि आयोजना गरिएको छ। जमघटमा कर्मचारीहरूले आ-आफ्नो रूचिबारे बताउँदा कुनै टुल प्रयोग गरेर चित्र कोर्ने एप तयार भएको थियो। यो कम्पनीमा कोर टाइम हुँदैन। "बिहान उठेको बेला त्यो दिनको फिलिङ हेरेर कम्पनी जाने कि नजाने भनेर निर्णय गर्दै छु, तर सँगी साथीहरूसँग भेट्न मन लाग्छ, त्यसैले हप्तामा २ दिन जति अफिस जाने गर्दै छु" भनेर स्वतन्त्र भई काम गर्ने तरिका पनि आकर्षक छ भनेर सोराविटले बताउनुभयो।


मानव संसाधन प्रशिक्षणको पहलहरू
डाइरेक्टर इमाबायासिले 10 वर्ष पछिको कम्पनीको भविष्य हेर्दै "स्पेशलिस्टको रूपमा त्यो क्षेत्रमा कर्मचारीलाई मास्टर हुन सपोर्ट गर्न चाहन्छु अनि कर्मचारीले चाहेमा प्रोजेक्टको अनुभव बटुल्ने मात्र नभई नयाँ प्रोजेक्ट आफै गर्न सक्ने म्यानेजर बनाउनमा शक्ति लगाउन चाहन्छु" भन्नुहुन्छ। डाइरेक्टर इमाबायासिले 30 जना कर्मचारी सबैसँग तीन महिनामा एक चोटि 1 on 1 को मिटिङ गरेर हरेकको चाहनाअनुसार प्रोजेक्टमा भाग लिन सकून् भनेर एक-एक जनाको आवाज कान थापेर सुन्नुहुन्छ। कर्मचारीको सीप विकास गर्न मदत गर्न पनि सकारात्मक छ। ट्रेनिङ लिने र किताव किन्न भत्ता दिने मात्र नभई शैक्षिक सभामा भाग लिने खर्च र उच्च योग्यता प्राप्त गर्ने खर्च आदि स्पेशलिस्टको रूपमा आवश्यक सीप प्राप्त गर्न र नयाँ जानकारी प्राप्त गर्न हर तवरमा सपोर्ट गरिएको छ। सोराविटलाई मन परेको चाहिं कम्पनीले खर्च गरिदिने जापानी भाषा सपोर्ट प्रोग्राम हो। "अझ जापानी भाषामा उन्नति गरेर क्लाइन्टलाई गर्ने प्रिजेन्टेसन र बिजनेस टकको सीप बढाएर प्रोजेक्टमा नेतृत्व लिन सक्ने व्यक्ति बन्न चाहन्छु" भनी अहिलेको लक्ष्य बताउनुभयो। अनि प्रत्येक शुक्रबार वर्कशप आयोजना गरिएको छ अनि कर्मचारीहरूले ह्वाइटबोर्ड प्रयोग गरेर जोडतोडले छलफल गरेर सँगी साथीहरूसँग सँगै उन्नति गर्न सकिरहेका छन्। साथै कामद्वारा व्यावहारिक सीपलाई आफ्नो बनाउन पाउनु पनि यो कम्पनीको आकर्षक पक्ष हो। वास्तवमा नयाँ सर्भिस र प्रोजेक्ट दिन दिनै सुरु हुँदै छन्, यदि कसैले चाहेमा प्रोजेक्ट म्यानेजमेन्ट सिक्ने मौका पनि तयार भइसकेको छ।


प्रतिनिधिको मेसेज
प्रतिनिधि निर्देशक इमाबायासि हिरोकि
आफूले गर्न चाहेको कुरा स्पष्ट भएको वा नभएको व्यक्ति पनि प्रविधिको प्रगतिमा विश्वास गर्दै संसारलाई परिवर्तन गर्ने विचार भएकाहरूलाई धेरै स्वागत गर्छौं। अबदेखि पनि एकपछि अर्को नयाँ प्रोजेक्ट सुरु हुँदै जाने भएकोले त्यसलाई लिड गर्न चाहन्छु भन्ने इच्छा भएकाहरूलाई हामी पर्खिरहेका छौं।


विदेशी कर्मचारीको मेसेज
एआई इन्जिनियर/साटाबोनशजिट सोराविट(थाइल्याण्ड)
मैले काम गरिरहेको IT क्षेत्रमा जापानी भाषा नआएपनि सक्रिय भई काम गर्न सक्ने ठाउँ थुप्रै छन्। सुरुमा गरेर हेर्नु महत्त्वपूर्ण छ जस्तो मलाई लाग्छ। जापान नआएसम्म जापानीहरू चाहिनेभन्दा बढी काम गर्छन् भनेर सोचेको थिएँ तर अहिले आफ्नो जीवनअनुसार काम गर्ने समय निर्णय गर्न सक्ने वातावरण छ। आफ्नो गतिमा कुनै तनावविना दिन बिताउँदै छु।


रोजगारदाता कम्पनीको जानकारी
- कम्पनीको नाम
- EAGLYS कम्पनी लिमिटेड
- स्थापना साल र महिना
- 2016 साल डिसेम्बर
- पुँजी रकम
- 1 ओकुयेन (१० करोड येन)
- प्रतिनिधि
- इमाबायासि हिरोकि
- कर्मचारी सङ्ख्या
- 38 जना (तीमध्ये विदेशी कर्मचारीको सङ्ख्या 10 जना)
- मुख्यालयको ठेगाना
- टोकियो, सिबुया सहर, सेन्दागाया 5-27-3
- URL
- https://www.eaglys.co.jp/
※उक्त सबै जानकारी 2022 साल सेप्टेम्बरसम्मको हो।