कोनेल इन्क
व्यवसाय प्रोफाइल
देशको सीमा र वर्गको सीमा नाघेर विभिन्न आर्ट बनाउने, अध्ययन र विकास गर्ने अनि ब्राण्डिङ उपलब्ध गर्ने।

कम्पनीको किवर्ड
- विश्वको सबैभन्दा ठूलो तीन वटा पुरस्कारमध्ये एउटा "रेड डट डिजाइन अवार्ड" प्राप्त गरेको अनि संस्कृति मन्त्रलय "मिडिया आर्ट विदेश विस्तार व्यवसाय"मा छानिएको प्रोजेक्ट आदि देशभित्र र बाहिर ध्यान आकर्षित गरिएको नयाँ प्रोजेक्ट।
- बेस्ट कन्डिसनमा क्रिएटरले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्न सक्ने स्वतन्त्र वातावरण
- आफ्नो "चाहना" लाई दिन दिनै ब्रशअप गर्न सक्ने विभिन्न सपोर्ट
कम्पनी प्रोफाइल
आर्ट, अध्ययन र विकास, ब्राण्डिङ आदि सीमा नतोकी विभिन्न क्रिएटिव वर्क गर्ने कोनेल कम्पनी। त्यसको कामबारे बताउँदा सामग्री, भिडियो, संगीत, स्पेस आदिको डिजाइन र प्रोड्युस आदि क्लाइन्ट वर्कका साथै मौसम डाटा जोडेर कुनै खास दिन र समयको मौसमलाई चित्रण गर्ने "3D प्रिन्ट जापानी मिठाइ" आदि यो कम्पनीले गरेको नयाँ प्रोजेक्ट छ। प्रतिनिधि देमुराले ती प्रयासबारे "भविष्य कार्यान्वयन" भन्ने किवर्ड चलाउँदै भन्नुहुन्छ कि "सुरुवात बिन्दु मेम्बर एक एक जनासँग भएको चाहना हो। त्यसलाई कल्पनामा सिमित नराखी आर्ट र प्रविधिको शक्ति सम्पूर्ण तरिकामा प्रयोग गर्दै त्यसलाई रूप दिएर धेरै मानिसहरूलाई अनुभव गर्न दिन्छौं। त्यसमा देखेको सम्भावनाको आधारमा भविष्यमा अनुभव गर्न सकून् भनेर हामी सृजना गर्छौं।" त्यसको एउटा उदाहरण मानवको ब्रेन वेभको चित्र बनाएर बिक्री गर्ने "ब्रेन वेभ खरिद सेन्टर" भन्ने प्रोजेक्ट हो। विज्ञान, कानुनको विभिन्न विशेषज्ञबाट कडा प्रतिक्रिया आयो अनि ब्रेन वेभको किनबेच भन्ने अज्ञात क्षेत्रको विषयमा चर्को छलफल सुरु भएको छ। देमुरा भन्नुहुन्छ "मलाई 'संसारको समयको गति बढाउन' मन पर्छ" अनि "हामीले संसारलाई प्रश्न राख्छौं, अनि त्यसबाट उत्प्रेरित भएकाहरू नेटवर्कमा आउँछन् अनि कल्पनासमेत गर्न नसकेको भविष्यतर्फ संसार चल्न थाल्छ।" भनी कामको अर्थबारे बताउनुहुन्छ। इन्डोनेसियाबाट आउनुभएको डिजाइनर आडिट खुसी हुँदै भन्नुहुन्छ "कोनेल कम्पनीको अचम्मको कुरा चाहिं डिजाइनर, इन्जिनियर, कपीराइटर, प्रोड्युसर आदि विभिन्न स्पेशलिस्टहरूले आ-आफ्नो क्षेत्रमा मात्र सिमित नभई बरु फ्यूजन गरी परिक्षणमा मात्र सिमित नराखी वास्तविकतासम्म पुर्याइदिएको छ भन्ने कुरा हो।"


दैनिक जीवन र कामको सन्तुलनको पहलहरू
सबै मेम्बरले आफ्नो विचार व्यक्त गर्दै बनाएको मान्युफेस्ट (एक्सन एजेन्डा) मा "बेस्ट कन्डिसनमा क्रिएटिव वर्क गर्ने" भनर लेखिएको छ। क्रिएटरको मेम्बरले आ-आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्न सक्ने वातावरण तयार गरिएको छ। काम र व्यक्तिगत जीवनको सन्तुलनबारे आडिट भन्नुहुन्छ "मध्यहप्ताको बेलुका मलाई चासो भएको आर्ट इभेन्टमा भाग लिने, मेरो रुचि भएको बोल्डरिङमा रमाइलो गरेर समय छुट्याउँदै सन्तुलन कायम राखेको छु। त्यस्तो नसोचेको बेला कामको लागि हिन्ट पाएको पनि धेरै चोटि याद गरेको छु।" काम गर्ने तरिकाबारे पनि कम्पनीभित्र मात्र सिमित नभई काम गर्न अनुमति दिइएको हुनाले मेम्बरले कम्पनीबाहिरको काम र अन्य क्रियाकलाप सकारात्मक भई गर्दै छन्। वर्क स्टाइल पनि 2011 सालमा कम्पनी स्थापित भएदेखि रिमोट वा रियर भन्ने सिमा नराखी स्वतन्त्र भई काम गर्न सक्ने वातावरण छ। अनि यो कम्पनीको मान्युफेस्टमा "कुनै पनि कुरा आफ्नो ठाउँमा मात्र राख्दा आखिर घाटा हुन्छ" भनेर लेखिएझैं ज्ञान, सीप शेयर गर्ने कल्चर राम्रोसँग जरा गाडेर बसेको छ। बच्चा हुर्काउँदै नयाँ प्रोडक्ट सिर्जना गरेको उसिदाले अरू मेम्बरले शेयर गरेको ज्ञान र सीपबाट लाभ उठाउँदै बच्चाको लागि मिठाइ ब्राण्ड "ओनोमातोपे-नो-ओयात्सुताचि" सिर्जना गर्नमा सफल हुँदा पाएको खुसी प्रोजेक्ट मेम्बरसँग शेयर गर्नुभयो।


मानव संसाधन प्रशिक्षणको पहलहरू
"आफूलाई चासो लागेको कुरा गरेको छैन भने मानिसको उन्नति हुँदैन।" (देमुरा) त्यसैले म्यानेजमेन्ट मेम्बरको मिसन "सुरुमा मेम्बरलाई 'उत्प्रेरित हुने' प्रोजेक्ट तयारी गर्नु हो" भन्नुहुन्छ। नयाँ काम सुरु गर्दा किताब किन्ने, प्रदर्शनी, वर्कशपमा भाग लिने आदि ज्ञान, सीप प्राप्त गर्न सपोर्ट गर्नमा यो कम्पनीले कन्जुस्याइँ गर्दैन। अझ आकर्षक कुरा के छ भने जस्तोसुकै विषयमा पनि प्रयोग गर्न पाउने "इन्पुट भत्ता प्रणाली" हो। त्यसमा कर्मचारीले "कामको लागि मात्र नभई अरू कुराहरूमा पनि चासो बढाउन नबिर्सोस्" भन्ने देमुराको सोच छ। त्यसैले अहिले आवश्यक नभए पनि मेम्बरले अलिकति मनमा लागेको कुरामा पनि स्वतन्त्र भई प्रयत्न गर्न सक्छन्। अनि ती गतिविधिबारे Slack एपमा शेयर गरिन्छ। साथै कम्पनीबाहिरको शिक्षक बोलाउने वर्कशप र ट्रेनिङ क्याम्प आदि खेल र काम मिसाएर सिक्न सक्ने वातावरण पनि तयार गरिएको छ। "विभिन्न सपोर्ट पाएकोमा म सन्तुष्ट छु। सबैभन्दा सिक्न सक्ने ठाउँ दैनिक काम नै हो। एदकम फरक एप्रोच र दृष्टिकोण भएको मेम्बरसँगै रमाउँदै दिन दिनै परिक्षण गरिरहेको जस्तो मलाई लाग्छ। एकोहोरो भएर काम गर्दै जाँदा अचानक अहिलेसम्म सोच्दै नसोचेको नतिजा निस्कन्छ। त्यो क्षण सबैभन्दा उत्कृष्ट लाग्छ।" (आडिट)


प्रतिनिधिको मेसेज
प्रतिनिधि निर्देशक देमुरा मित्सुयो
हामी अबदेखि पनि "भविष्य कार्यान्वयन गर्ने क्रोस बोर्डर ग्रुप"को रूपमा काम गर्दै जान्छौं। आफ्नो चाहनामा लागिरहन सक्ने अनि सोच र सीप अरू मेम्बरसँग शेयर गर्दै त्यसलाई रूप दिन सक्ने व्यक्तिसँग भेट्न चाहन्छु। हाम्रो प्रोजेक्ट हरेक वर्ष ठूलो हुँदै गएको छ अनि अझ धेरै मानिसहरूलाई प्रभाव पार्न सकिन्छ भनेर महसुस गर्दै छौं। हामीसँगै "संसारको समयको गतिलाई" छिटो बनाएर समाजलाई अघि बढाउनु कसो होला?


विदेशी कर्मचारीको मेसेज
डिजाइनर/आन्डोराडिटिया रेस्पाटी(इन्डोनेसिया)
म काम गर्दा कम्युनिकेशनलाई महत्त्व दिन्छु। जापानी भाषाको सीप केही हदसम्म आवश्यक छ तर त्यो पछि गएर पनि सिक्न सकिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा आफूले गर्न चाहेको कुरा अरूलाई बताउनु हो। टोकियोमा विदेशी नागरिकको सँगी साथीहरू धेरै भएकोले सकारात्मक भई कुराकानी गरेमा आफ्नो लागि मिल्ने कम्पनी भेट्टाउन सक्नुहुन्छ।


रोजगारदाता कम्पनीको जानकारी
- कम्पनीको नाम
- कोनेल इन्क
- स्थापना साल र महिना
- 2011 साल अक्टोबर
- पुँजी रकम
- 950 मान येन
- प्रतिनिधि
- देमुरा मित्सुयो
- कर्मचारी सङ्ख्या
- 19 जना (तीमध्ये विदेशी कर्मचारीको सङ्ख्या 2 जना)
- मुख्यालयको ठेगाना
- टोकियो, च्युउओउ सहर, निहोन्-बासि योकोयामाच्यो 6-14
- फोन नम्बर
- 050-3134-5678
- URL
- https://konel.jp/
※उक्त सबै जानकारी 2022 साल सेप्टेम्बरसम्मको हो।