अन्देज कम्पनी लिमिटेड
व्यवसाय प्रोफाइल
चश्मा, सनग्लास आदि आइवेयरसम्बन्धी जापानभरि 212 वटा पसलहरू, 13 वटा विभिन्न देशहरूमा 252 वटा पसलहरू विस्तार गर्दै
कम्पनीको किवर्ड
- उद्योग क्षेत्रको पुरानो विचारअनुसार होइन तर द्रुत गतिमा काम गर्दै विश्वको विभिन्न देशमा छिटै वृद्धि
- छुट्टी लिने प्रणाली, पोइन्ट सिस्टमको कल्याण प्रणाली आदि कर्मचारीको काम गर्ने वातावरण मिलाइएको छ।
- कम्पनीमा प्रवेश गरेको वर्ष, सीप वा अनुभव फरक फरक भएपनि प्रोफेसनलको रूपमा आ-आफ्नो कारियर बनाउन पूर्ण सपोर्ट
कम्पनी प्रोफाइल
जापानभरि यो कम्पनीका 212 वटा पसलहरू र विभिन्न 13 वटा देशमा 252 वटा पसलहरूमा चश्मा र सनग्लास आदि आइवेयरको बिक्री गर्दै छ। यो कम्पनीको विशेषता भनेको सर्वप्रथम व्यवसाय वृद्धिको गति हो। 2013 सालमा सिङ्गपुरमा अन्तरराष्ट्रिय स्तरमा पहिलो पसल खोलेपछि 4 वर्षभित्रमै विभिन्न देशमा यो कम्पनीले 100 वटा पसलहरू व्यवस्थित गर्यो। त्यो सफलताको कारण "यो उद्योग क्षेत्रको पुरानो विचारमा नअड्किकन अगाडि बढ्ने मनोवृत्ति हो" (तानाका मानवीय संसाधन म्यानेजर) भनिन्छ। नम्र भई गरिने जापानको नमुना ग्राहक सेवा, पैसा तिरेपछि न्यूनतम 20 मिनेटमा आइटम दिइसक्ने अनि पूर्व-दक्षिण एसियामा SPA* विस्तार गरेर यो कम्पनीले आफ्नो सर्भिस व्यवस्थित बनाउँदै आएको छ। 2020 सालमा "अनलाइन रिमोट आँखा परीक्षण" सुरु गरेर कोरोना महामारीको गाह्रो अवस्थालाई राम्रो मौकामा परिणत गरेर अहिले पनि पर्फोमेन्स बढाउँदै छ। यो कम्पनीले बेच्ने प्रोडक्टको कुरा गर्दा अरूभन्दा छिटो विश्वको फेसन ट्रेन्ड भित्र्याउँदै प्रोडक्ट विकास गर्नुको साथै कालिगडले आफ्नै हातले उच्च गुणस्तरीय सिरिज "सेन-इचि-साकु" बनाउँदै छ अनि जापानभित्र र बाहिर "मेड इन जापान" को हाइ क्वालिटीबारे प्रचार गर्दै छ। पे (कोरियाबाट आउनुभएको) यो कम्पनीको विशेषताबारे कुरा गर्नुहुन्छ "जापानको कम्पनी औपचारिक, म्यानुएल नभई केही गर्न नसक्ने अनि विदेशी मान्छेको कहिले पनि प्रोमोसन हुँदैन भनेर मैले सोचेको थिएँ। तर अन्देजमा काम गर्दा मलाई अलिकति पनि त्यस्तो महसुस भएन। साँच्चै, इच्छुक मन भएको व्यक्ति जुन देशको भएपनि यहाँ विभिन्न काममा ट्राइ गर्न दिइन्छ।" *SPA : पार्ट्सको खरीद, प्रोडक्टको योजना, प्रोमोसन र लोजिस्टिक्ससम्म सबै गर्ने व्यवसायको तरिका


दैनिक जीवन र कामको सन्तुलनको पहलहरू
यो कम्पनीमा "OWNDAYS सम्बन्धित काम गर्ने सबै मानिसहरूलाई सम्पन्न बनाउने" भन्ने सिद्धान्तको आधारमा कर्मचारीलाई काम गर्न सजिलो हुने वातावरण मिलाइँदै छ। यहाँ सकेसम्म ओभरटाइम काम नगर्ने प्रयास गरिँदै छ। तर एक मिनेट ओभरटाइम काम गर्दा पनि यहाँ त्यसको पारिश्रमिक दिइन्छ। "मध्यहप्तामा काम सकेपछि खेलकुदमा रमाउँदै सिस्टमसम्बन्धी पढ्दै स्वतन्त्र भई समय बिताउन सकेको छु।" (पे) विदेशी कर्मचारीको लागि आफ्नो देश गएको बेलामा लामो छुट्टी दिने व्यवस्था मिलाइन्छ। "म पनि आफ्नो देश गएको बेलामा २ हप्ता जति छुट्टी लिएँ। कुनै कुनै कर्मचारीले एक महिनाको छुट्टी लिएका थिए।" (पे) अनि हरेकको लाइफ स्टेजअनुसार काम गर्न सपोर्ट गर्दै छ। कोर टाइम नभएको र टेलिवर्क पनि यहाँ स्विकार्य छ। "एक वर्ष चाइल्ड केयर लिभ लिएको पुरुष कर्मचारी पनि छ अनि बच्चा जन्माएको कर्मचारी पनि 99% फर्केर आउँछिन्।" (तानाका मानवीय संसाधन म्यानेजर) अनि यो कम्पनीको प्रयासमा अरूभन्दा कुन कुरा फरक छ भन्दा कम्पनीलाई कति योगदान पुर्याएको छ, त्यो अनुसार माइलेज दिइने कल्याण प्रणाली हो जसलाई "STAPA" भनिन्छ। माइलेजको दायरामा पर्फोमेन्स, पूर्ण उपस्थिति, सँगी कर्मचारीबाटको मूल्यांकनको संकेत आदि विभिन्न प्रकारका पर्छन्। गेम खेलेजस्तै रमाउँदै माइलेज जोगाउन सकिन्छ अनि उपहार पाउन वा छुट्टीसँग साट्न सकिन्छ।


मानव संसाधन प्रशिक्षणको पहलहरू
चश्मा उद्योग क्षेत्र "आधा चिकित्सा आधा व्यापार" भनिएजस्तै पसलको काममा ग्राहक सेवाको सीपमात्र नभई आँखा परीक्षण आदि विशेष ज्ञान र सीप आवश्यक पर्छ। यो कम्पनीमा प्रवेश गर्दा खेरीको इन्पुट ट्रेनिङ मात्र नभई त्यसपछि पनि २ महिनामा एक चोटि मेन अफिसमा प्रत्येकको ज्ञान बढाउनको लागि फलोअप ट्रेनिङ गरिँदै छ। अनि यो कम्पनीको प्रयासमा अरूभन्दा के फरक छ भन्दा "कम्पनीभित्र आफै उठ्ने प्रणाली" हो। पसलका कर्मचारीहरू आफ्नो अनुभव र सीप जस्तोसुकै भएपनि अरू डिपार्टमेन्ट वा अरू किसिमको कामको लागि आवेदन दिन सक्छन्। "क्षमता पनि महत्त्वपूर्ण छ तर एक नम्बरमा इच्छुक मन र कदम चाल्नसक्ने कुरामा मूल्यांकन गर्न चाहन्छु।" (तानाका मानवीय संसाधन म्यानेजर) कुनै कामको लागि रोजिए तापनि त्यो कामको अनुभव नभएको कर्मचारीको लागि पूर्ण सपोर्ट गरिन्छ। किताब किन्ने, योग्यता हासिल गर्ने, रिकरेन्ट प्रशिक्षण लिन सहयोग आदि सिक्नको लागि कम्पनीले खर्च गर्ने प्रणाली पनि धेरै छन्। अनि "ओपन टिम" भन्ने प्रणालीमा अनुभवी कर्मचारीले नयाँ कर्मचारीलाई नियमित रूपमा अन्तर्वार्ता लिन्छ अनि कुनै नयाँ कर्मचारीलाई काममा गाह्रो भएको छ भने तिनले अनुभवी कर्मचारीसित जहिले पनि सजिलै सल्लाह लिन सक्छन्। कम्पनीभित्र आफै उठ्ने प्रणाली सदुपयोग गरेर पसलको कर्मचारीबाट मेन अफिसको सिस्टम इन्चार्जमा करियर चेन्ज गर्नुभएको पे भन्नुहुन्छ, "पसलको म्यानेजर हुँदा कम्पनीभित्रको सिस्टम विकासमा भाग लिएको बेलादेखि मलाई चासो लाग्न थाल्यो। पसलको काम थाह भएकोले नै राम्रो सिस्टम बनाउन सक्छु भनी सोचेर कम्पनीमा उठेँ। सिस्टमबारे केही ज्ञान थिएन तर कम्पनीको खर्चबाट आवश्यक शिक्षण समाग्री किन्न र ट्रेनिङमा भाग लिन सकिन्छ, अनि डिपार्टमेन्टको सिनियर कर्मचारीहरू पनि राम्रोसँग सिकाइदिने भएकोले म ढुक्क छु।"


प्रतिनिधिको मेसेज
मानवीय संसाधन म्यानेजर तानाका हिरोसि
हामीले OWNDAYS मार्फत संसारभरिका मानिसहरूको अनुहारमा मुस्कान ल्याउँछौं, अनि "चश्मा भनेपछि OWNDAYS" भनिने विश्वको एक नम्बरको कम्पनी हुने लक्ष्य छ। त्यो सपनातर्फ संसारभरिका सँगी साथीहरूसँग मन लगाएर प्रयास गर्दै त्यसको आनन्द पनि सँगै उठाउन चाहन्छौं। हाम्रो त्यस्तो सपनामा तपाईं पनि भाग लिन चाहनुहुन्छ कि?

विदेशी कर्मचारीको मेसेज
कस्टमर इन्जिनियर/पे जियोन(कोरिया)
टोकियोमा विभिन्न देशका मानिसहरू छन् अनि एक अर्काको संस्कृति स्विकार्दै आफ्नो इच्छाअनुसार बसोबास गर्न सक्ने सहर हो। यहाँ पर्स हराए पनि कसैले त्यसको भित्र नछोइ फिर्ता गरिदिन्छ। त्यसैले यहाँ ढुक्क भई "बस्न सजिलो" छ, जुन यो देशको विशेषता हो। जापानको कम्पनीमा नयाँ कर्मचारीलाई आधारभूत कुरादेखि सिकाउँदै लैजाने विचार धेरै छ, त्यसैले मजस्तै अनुभव नभएको व्यक्तिलाई सिनियर कर्मचारी र लिडरले दयालु भई र राम्रोसँग सिकाइदिने भएकोले हामीसँग इच्छुक मन छ भने हाम्रोलागि यहाँ प्रगति गर्ने मौका धेरै छन्। तपाईं पनि जापानमा आफ्नो सपना पूरा गर्नुहोस्।

रोजगारदाता कम्पनीको जानकारी
- कम्पनीको नाम
- अन्देज कम्पनी लिमिटेड
- स्थापना साल र महिना
- 1989 साल 3 महिना
- पुँजी रकम
- 3,000 मान येन
- प्रतिनिधि
- तानाका स्यूजि
- कर्मचारी सङ्ख्या
- 900 जना (यीमध्ये विदेशी कर्मचारीको सङ्ख्या 89 जना)
- मुख्यालयको ठेगाना
- टोकियो, सिनागावा सहर, हिगासि सिनागावा 2-2-8 स्फियाटावर तेन्नोजु 27
- फोन नम्बर
- 03-5715-3233
- URL
- https://www.owndays.com/
※उक्त सबै जानकारी 2022 साल सेप्टेम्बरसम्मको हो।