Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

COMPANIES' VOICE

COLABO कम्पनी

व्यवसाय प्रोफाइल

स्टिल फ्लेम निर्माण नक्सा बनाउने, 3D मोडेल बनाउने, फुल साइज नक्सा बनाउने, निर्माण म्यानेजमेन्ट, साइट म्यानेजमेन्ट

https://j-colabo.co.jp/

कम्पनीको किवर्ड

  • अग्लो बिल्डिङ र ठूलो सपिङ सेन्टर आदि थुप्रै प्रख्यात बिल्डिङको जग हुने स्टिल फ्लेम बनाउनको लागि विस्तृत डिजाइन बनाउने।
  • लामो समयावधि काम गर्न सक्ने कम्पनी बनाउने लक्ष्य राखिएको छ अनि कति वर्ष लगातर काम गरेका छन् सोअनुसार स्टेप अप होलिडे र स्वदेश विदेशमा कर्मचारी यात्रा तयारी गरिएको छ।
  • विभिन्न भाषामा ट्रेनिङ र म्यानुएल तयारी गरिएको छ अनि निष्पक्ष रूपमा एब्सोलुट इभ्यालुएसन, कम्प्यारेटिभ इभ्यालुएसनद्वारा अनुभव नभए पनि जुन देशको नागरिक भएपनि स्टेप अप गर्न सकिन्छ।

कम्पनी प्रोफाइल

अग्लो बिल्डिङ र ठूलो बिल्डिङमा नभई नहुने स्टिल फ्लेम। COLABO कम्पनीले स्टिल निर्माण नक्सा बनाउनेदेखि लिएर कुनै बेलामा निर्माण म्यानेजमेन्ट र साइट म्यानेजमेन्टसम्म जिम्मा लिन्छ। स्टिल फ्लेममै विशेषता भएको आफ्नो पोजिसनिङ सदुपयोग गर्दै अग्लो बिल्डिङ, सपिङ सेन्टर, वेयर हाउससम्म विभिन्न बिल्डिङहरूको निर्माणमा भाग लिंदै आएका छ।
कम्पनीको मोट्टो "Imagine a Happy Face" हो। फलाम बनाउने कारखाना, फलाम ट्रेडिङ कम्पनी, जेनेरल कन्स्ट्रक्टर, आर्किटेक्ट कार्यालय आदि ग्राहक लगायत सम्बन्धित सबै पार्टनर कर्मचारीलाई खुसी बनाउने लक्ष्य राखेको छ। विभिन्न स्टेकहोल्डरको बीचमा बसेर प्रत्येकको लागि सबैभन्दा राम्रो तरिकामा छाँटकाँट गर्न सकिन्छ भन्ने कुरा COLABOको बलियो पक्ष हो। प्रतिनिधि एचिजेन भन्नुहुन्छ "कुनै एक जना होइन तर सम्बन्धित सबै जना खुसी भएपछि मात्र हाम्रो उद्देश्य पूरा हुन्छ"।
पहिला चाइनाको डारिएनमा कार्यालय राखी व्यवसाय सुरु गरेपछि भियतनाम(होचिमिन) मा पनि कार्यालय राखेको कारण विदेशी कर्मचारी भर्ना गर्नमा सकारात्मक छ। भियतनामबाट आएको आनले स्टिल निर्माणमा विशेषज्ञ रूपमा भाग लिन सकिन्छ भन्ने कुरामा आकर्षित भएर यो कम्पनीमा प्रवेश गर्नुभयो। "भियतनाममा अहिलेसम्म प्राय RC निर्माण गरिन्छ तर भविष्यमा म्यानपावर र सामग्रीको मूल्य बढ्दै गएमा स्टिल फ्लेम निर्माणमा सिफ्ट हुने सम्भावना छ। स्टिल फ्लेमसम्बन्धी काम पहिलो चोटि हो तर भविष्यमा मेरो देशमा योगदान पुर्याउने मौका सम्झेर साहसी भई प्रयास गर्ने निर्णय गरें।"(आन)

photo1 photo2

दैनिक जीवन र कामको सन्तुलनको पहलहरू

प्रतिनिधि एचिजेन भन्नुहुन्छ "कर्मचारीले सकेसम्म लामो समयावधि काम गरेको म चाहन्छु।" लामो समयावधि काम गर्नको लागि काम मात्र नभइकन व्यक्तिगत समय पनि सन्तोषजनक हुन दिनु आवश्यक छ भनी विचार गर्दै काम र व्यक्तिगत जीवन दुइटैलाई सफल बनाउन सपोर्ट गर्ने सिस्टम थुप्रै ल्याएको छ।
एउटा उदाहरण, बेग्ला बेग्लै समयमा अफिसमा आउने हो। प्रत्येकको तालिकाअनुसार काम गर्ने समय छाँटकाँट गर्न सक्ने भएकोले मानौं बच्चा हुर्काइरहको कर्मचारीले पनि हतार नगरी बच्चालाई नर्सरीसम्म पुर्याउने ल्याउने गर्न सक्छन्।
अनि "स्टेप अप होलिडे सिस्टम" भन्ने युनिक प्रयास पनि गरिँदै छ। 5 वर्ष वा 10 वर्ष आदि लगातार काम गरेको वर्षहरूअनुसार छुट्टी र भत्ता दिने सिस्टम लामो समय लगातार काम गरिदिएको कर्मचारीलाई धन्यवाद दिनको लागि हो। यसमा कर्मचारीले मानसिक र शारीरिक तवरमा स्फुर्ती पाउँदै अर्को स्टेजमा पनि खुसी साथ काम गर्न सकून् भन्ने कम्पनीको सोचाइ रहेको छ।
साथै सबैले प्रतिक्षा गर्ने वर्षमा 1 चोटि हुने कर्मचारी यात्रा छ। सधैं अनलाइनमा मात्र मुख देखिने डालिएन र होचिमिनको कर्मचारीहरू पनि सँगै गएर विभिन्न देशमा रमाइलो यात्रा गर्छन्। आन मुस्कुराएर भन्नुहुन्छ "कामबाट विश्राम लिएर अरू कर्मचारीसँग जमघट गर्न पाउँदा धेरै रमाइलो लाग्छ"।
प्रतिनिधि एचिजेनको कुराअनुसार "अहिलेको सिस्टम अन्तिम निर्णय होइन, कर्मचारीको काम र रिक्वेस्टअनुसार परिवर्तन गरिँदै लगिने छ"। कर्मचारीको वर्क लाइफ ब्यालेन्स मिलाइदिने काम अबदेखि पनि भइरहन्छ।

photo3 photo4

मानव संसाधन प्रशिक्षणको पहलहरू

निर्माण उद्योग क्षेत्रमा स्टिल फ्लेम नक्साको क्षेत्रमा लाग्नेहरू थोरै छन्। तर COLABO कम्पनीमा अनुभव नभएको विदेशी कर्मचारीले पनि प्रयास गर्न सक्ने वातावरण छ।
त्यसको रहस्य पूर्ण रूपमा भएको ट्रेनिङ सिस्टममा छ। विभिन्न भाषामा भिडियो र म्यानुएल छ अनि शिक्षण सामग्री सदुपयोग गर्दै विशेषज्ञ ट्रेनिङ हरेक हप्ता हुने भएकोले सुरुबाटै चाहिने ज्ञान प्राप्त गर्न सक्छन्। आन भन्नुहुन्छ "विद्यालयमा सिक्न नसक्ने विशेषज्ञ र व्यावहारिक कुराहारू सिक्न सकें।" अनि बिजनेस ट्रेनिङपछि समय नबित्दै OJT द्वारा ग्राहकसँग कस्तो व्यवहार गर्ने भन्नेबारे अनुभव गर्न सकिन्छ। त्यसैले छोटो समयावधिमा व्यावहारिक सीप प्राप्त गर्न सकिने विशेषता छ। अझै स्टेप अप गर्न चाहने कर्मचारीको लागि योग्यता प्राप्त गर्न सपोर्ट सिस्टम तयार पारिएको छ। योग्यताको लागि स्टडी ग्रुप छ अनि पास भयो भने जाँच शुल्क सोधभर्ना दिइने र योग्यता भत्ता पाइने विशेषता पनि छ।
अनि एब्सोलुट इभ्यालुएसन र कम्प्यारेटिभ इभ्यालुएसन सिस्टम राखी "जुन देशको नागरिक भए पनि कर्मचारीको क्षमतालाई कुनै पूर्वाग्रह नराखी मूल्यांकन गर्दै छौं"(प्रतिनिधी एचिजेन)। आन पनि "क्षमता र अनुभव भएमा म्यानेजमेन्ट पोष्टमा पुग्ने मौका छ भन्ने कुराले खुसी" महसुस गर्नुभएको छ।
यो कम्पनीमा वर्षमा 4 पटक अन्तरवार्ताको मौका छ र करियरबारे परामर्श लिन सकिने विशेषता छ। "एक्लैले चुप लागेर गर्ने काम पनि धेरै छन् तर त्यसो गर्दा काम अगाडि बढ्दैन। दैनिक कुराकानी बढाएर सबैले एक अर्कालाई मदत गरेर ठूलो उपलब्धी हासिल गर्नु नै महत्त्वपूर्ण कुरा हो भनी सोचेको छु"(प्रतिनिधि एचिजेन)।

photo5 photo6

प्रतिनिधिको मेसेज

CEO एचिजेन कोउहेइ

संसारमा धेरै भुकम्प जाने देश जापानको विशेषता भनेको निर्माण गुणस्तर र माग गरिने प्रविधि स्तर उच्च हुन्छ। हाम्रो कम्पनी त्यो गाह्रो वातावरणमा विकास गरेको उच्च प्रविधि विदेशमा पनि विस्तार गर्न चाहन्छौं। स्थानीय दृष्टिकोण र सम्बन्धको सदुपयोग गर्दै नयाँ आइडिया दिएर पूरा गर्न सक्नेहरू आउनुहोस् सँगै काम गरौं!

photo7 photo8

विदेशी कर्मचारीको मेसेज

डिजाइन विभाग प्रोजेक्ट म्यानेजर/गुवेन टुअन आन(भियतनाम)

टोकियोमा निर्माण लगायत मेशीन, IT आदि विभिन्न क्षेत्रमा उच्च प्रविधि सिक्ने मौकाहरू छन्। कुनै काममा जापानी भाषाको क्षमता र जापानको बिजनेस कल्चर बुझ्नु आवश्यक छ तर काम गर्नको लागि धेरै प्रगति गर्न सकिने कुरा पक्का छ। कम्पनीमा कर्मचारीले सहकर्मीलाई आफ्नो ठान्छन् र गाह्रो बेलामा एक अर्कालाई मदत गर्ने संस्कार भएकोले जीवन्त ढङ्गमा काम गर्न सकिन्छ। रमाउँदै स्किल अप गर्न चाहनेहरूको लागि सुहाउने वातावरण यहाँ छ!

photo9

रोजगारदाता कम्पनीको जानकारी

कम्पनीको नाम
COLABO कम्पनी
स्थापना साल र महिना
2015 साल 9 महिना
पुँजी रकम
500 मान येन
प्रतिनिधि
एचिजेन कोउहेइ
कर्मचारी सङ्ख्या
59 जना (तीमध्ये विदेशी कर्मचारीको सङ्ख्या 34 जना)
मुख्यालयको ठेगाना
टोकियो, चियोदा सहर, कोउजिमाचि 3-2-9, कोउजिमाचि PREX 8F
फोन नम्बर
03-6441-0220
URL
https://j-colabo.co.jp/

※उक्त सबै जानकारी 2023 साल सेप्टेम्बरसम्मको हो।