Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

COMPANIES' VOICE

FSX कम्पनी

व्यवसाय प्रोफाइल

ओसिबोरि रुमालको डिजाइन, विकास, म्यानुफ्याक्चर, रेन्टल

http://www.fsx.co.jp/
FSX कम्पनी

कम्पनीको किवर्ड

  • युनिक ओसिबोरि रुमाल बनाएर यो उद्योग क्षेत्रमा नेतृत्व लिँदै देश भित्र र बाहिर ओसिबोरी रुमालको आकर्षक पक्षहरूबारे जानकारी दिने
  • स्थानीय कृषि र खेलकुद कार्यक्रममा भाग लिने आदि स्थानीय सक्रियताको प्रयासमा भाग लिने जस्ता गतिविधि धेरै छन्। कामको प्रभावकारिता बढाएर र छुट्टी दिने सिस्टमले गर्दा स्त्रीहरूको लागि पनि सजिलोसँग काम गर्न सक्ने वातावरण तयार भएको
  • योग्यता हासिल गर्न सहयोग र म्यानेजरसँगको 1on1 मार्फत लामो समयसम्मको करियर अपलाई सिस्टेमेटिक तरिकामा सपोर्ट

कम्पनी प्रोफाइल

जापानको रेस्टुरेन्टमा नभई नहुने "ओसिबोरि" रुमाल। हात भिजाउनको लागि चिसो पारिएको कपडा हो र यो एडोको समयमा होटेलले यात्रीको लागि रुमाल तयारी गरेदेखि यसको सुरुवात भयो भनिएको छ। त्यसको डिजाइन, विकास, म्यानुफ्याक्चर, बिक्री, रेन्टल गर्ने FSX कम्पनीले अहिलेसम्म नगरिएको थुप्रै प्रयास गरेर उद्योग क्षेत्रमा नेतृत्व लिँदै आएको छ।
कपडा ओसिबोरि, रङ्गीन वा बास्ना भएको डिस्पोजल ओसिबोरि रुमाल आदि विभिन्न आइटम तयार गरिएको छ। विश्वविद्यालयको भेन्चरसँग एन्टी भाइरस, एन्टी जर्मको पेटेन्ट विकास गरेर यो कम्पनीको म्यानुफ्याक्चरमा सदुपयोग गरिँदै छ। हिजोआज रेस्टुरेन्ट मात्र नभई ग्राहकको अतिथि सत्कार र कर्मचारीलाई स्फूर्ति दिन चाहने ठूलो कम्पनी अनि गेष्टलाई दिने सर्भिस बढाउन चाहने उच्च स्तरको होटेल आदिबाट आउने अर्डर पनि बढ्दै छ।
अनि IT को सदुपयोग गरेको वर्क फ्लोको अटोमेसन, AI प्रविधिद्वारा ओसिबोरिको संख्या गणना गर्न सक्ने एप पनि कम्पनी भित्रै विकास गरेर ल्याइएको छ। सिनियर म्यानेजिङ डाइरेक्टर आकिबा आशावादी हुँदै भन्नुहुन्छ "एउटै उद्योग क्षेत्रको अरू कम्पनीबाट पनि धेरै सोधपुछ गरिन्छ, ओसिबोरि रुमाल क्षेत्रमा रहेका सबैको काममा सुधार आओस्।"
संसारमा जापानी रेस्टुरेन्ट बढ्दै छ र हातको स्वच्छतामा ध्यान दिइँदै छ, त्यसैले अब विदेशमा पनि यो बिजनेस अझ विस्तार गर्ने योजना छ। आकिबा आफ्नो इच्छा व्यक्त गर्दै भन्नुहुन्छ "जापानकै 'अतिथि सत्कार' को रूपमा ओसिबोरिको आकर्षक पक्षहरू विदेशमा फैलाउन चाहन्छु।" भियतनामबाट आउनुभएको गोकले यो विदेश बिजनेसमा महत्त्वपूर्ण भुमिका निभाउनुभएको छ। "सबै कर्मचारीहरूले न्यानो तरिकामा मलाई स्वीकार्नुहुन्छ, त्यसैले विभिन्न प्रयास गर्दै नहिचकिचाइकन काम गर्न सकिरहेको छु। काममा तनाव कम भएकोले परिवार र साथीहरूले डाह समेत गर्छन्।"(गोक)

photo1 photo2

दैनिक जीवन र कामको सन्तुलनको पहलहरू

ओसिबोरि रुमाल उद्योगमा थुप्रै नयाँ आइडिया ल्याउँदै र पूरा गर्दै आएको FSX कम्पनीले "कामको सिमाभन्दा बाहिरको अनुभवले नै विभिन्न नयाँ आइडिया दिन्छ" भन्ने विचारअन्तर्गत कामभन्दा बाहिरको समयलाई अर्थपूर्ण बनाउने गतिविधि गर्दै छ।
तीमध्ये एउटा "FSX खेत" हो। स्थानीय कृषिबाट खेत सापटी लिएर खेत जोत्ने, धान रोप्ने, धान काट्ने आदि काम कर्मचारी आफैले गरेर स्थानीयलाई योगदान पुर्याउँदै खानेकुरा र कृषिबारे पनि गहिरिएर सिक्दै छन्। अनि कर्मचारीको स्वास्थ्यलाई राम्रो बनाइराख्नको लागि स्पोट्स लेसनको व्यावस्था गर्ने वा कर्मचारीको बीचमा दिनमा कति हिंडेको भनेर कम्पिटिसन गराउन "कति हिंडेको चालेन्ज" जस्ता गतिविधि गरिँदै छ। अनि स्वस्थ फुड र मिठाइ बेच्ने "FSX क्यान्टिन" र कर्मचारी एक एक जना सँगै खाना खाँदै व्यक्तिगत विषयमा कुरा गर्ने "FES(फेस)" पनि गरिँदै छ। आकिबा भन्नुहुन्छ कि यो इभेन्टद्वारा "कर्मचारीबीच सक्रिय कुराकानी भयो"। गोक मुस्कुराउँदै भन्नुहुन्छ "सँगै मिलेर एउटै गतिबिधि गर्दा काममा बोल्ने मौका नपाएको कर्मचारीसँग पनि नजिक हुन सकें।"
अनि स्त्रीहरूको लागि काम गर्न सजिलो हुने वातावरण तयार गर्ने कुरामा यो कम्पनी सकारात्मक छ। "पहिला ओसिबोरि रुमाल उद्योग क्षेत्रमा शारीरिक काम होला भनेर सम्झिन्थ्यो अनि पुरुष कर्मचारी बढी हुन्थ्यो तर हामी यो क्षेत्रमा पुरुष र स्त्री दुवैले काम गर्न सक्ने कार्यस्थल बनाउन चाहन्थ्यौं अनि ओभरटाइम घटाउने, बच्चा जन्माउने र हुर्काउने छुट्टी प्रणालीमा बुद्धि लगायौं"(आकिबा)। परिवारिक जिम्मेवारी र काम दुइटै सजिलोसँग गर्न सक्ने वातावरण मिलाइएको हुनाले थुप्रै स्त्री कर्मचारीहरू विभिन्न विभागमा लामो समयसम्म सक्रिय भई काम गर्न सक्ने हुनुभयो अनि अहिले विभागको जिम्मेवार व्यक्तिहरूमध्ये आधा संख्या जति स्त्रीहरू नै छन्।

photo3 photo4

मानव संसाधन प्रशिक्षणको पहलहरू

FSX कम्पनीमा नयाँ बिजनेस सुरु गर्दा कर्मचारीलाई आवश्यक पर्ने सीप र अनुभव परिवर्तन भएकोले तालिम दिने तरिका पूरै पुनरावृत्ति गरियो।
"पहिला पुर्णतया OJT थियो। त्यसैले प्रत्येकको करियर बनाउनमा ध्यान केन्द्रित गरेर तालिम दिन सकिएको थिएन। अहिले सम्पूर्ण कर्मचारी सँगसँगै मिलेर बनाएको नीतिको आधारमा हरेक कर्मचारीको सीप र सोचअनुसार करियर बनाउन सक्ने सिस्टम मिलाएर कर्मचारीहरूले लामो समयसम्म सक्रिय भई काम गर्न सकून् भनी प्रयास गर्दै छौं"(आकिबा)।
ती प्रयासमध्ये एउटा 1on1 मा गरिने करियर अप सपोर्ट हो। यो एक जना कर्मचारीले आफ्नो एक जना म्यानेजरसँग कुरा गर्न सक्ने सिस्टम हो। यो सिस्टमले गर्दा हरेक कर्मचारीको लागि सुहाउँदो जिम्मेवारी दिन वा मिल्ने कामको प्रकारमा प्रयास गर्न प्रोत्साहन दिन सम्भव भएको छ। साँच्चै गोक मुस्कुराउँदै भन्नुहुन्छ "1on1 द्वारा आफ्नो नयाँ बलियो पक्ष भेट्टाउन सकें, पहिला सोचेको कुरा सिधै भनिहाल्ने आफ्नो बानीबारे चिन्ता गरेको थिएँ तर म्यानेजरले 'त्यो त राम्रो गुण भएकोले काममा सदुपयोग गर्नुहोस्' भन्नुभयो अनि मेरो मन हल्का भयो"। आफ्नो मनको विचार व्यक्त गर्न पाउने भएकोले काम गर्ने इच्छा बढ्छ अनि आफ्नो करियर पनि स्पष्ट भयो भन्नुहुन्छ। अहिले भियतनाम शाखाको शाखा म्यानेजर बन्ने लक्ष्यतर्फ दिनदिनै कोसिस गर्दै हुनुहन्छ।
अनि करियर परिवर्तन र करियर अपको सपोर्टको लागि कम्पनी बाहिर ट्रेनिङ लिन वा योग्यता हासिल गर्नको लागि खर्च पनि सपोर्ट गरिन्छ। "यदि अनुभव नभए पनि व्यक्तिसँग काम गर्ने इच्छा र क्षमता भएमा नयाँ करियर सुरुवात गर्न मौका दिन चाहन्छु। त्यसको लागि सीप प्राप्त गर्न चाहिने कुरा कम्पनीले पूर्ण रूपले सपोर्ट गर्दै छ"(आकिबा)।

photo5 photo6

प्रतिनिधिको मेसेज

सिनियर म्यानेजिङ डाइरेक्टर आकिबा मासारु

हामी अब जापानको अतिथि सत्कार संस्कारको रूपमा ओसिबोरि रुमालको आकर्षक पक्षहरू र सम्भावना संसारभरि फैलाउँछौं। त्यसको लागि विदेशको दृष्टिकोण बुझ्नुहुने तपाईंहरूको शक्ति चाहिएको छ। अनुभव नभए पनि प्रगति गर्न सक्ने सिस्टम हाम्रो कम्पनीमा राम्रोसँग मिलाइएको छ, त्यसैले जापान, आफ्नो देश र अरू विभिन्ने देशहरूमा गएर नयाँ प्रयास गर्न चाहने व्यक्तिहरू आउनुहोस् सँगै काम गरौं!

photo7 photo8

विदेशी कर्मचारीको मेसेज

सेल्स/गुएन्टि टाइन गोक(भियतनाम)

जापानीहरूमा न्यानोपन कम हुन्छ जस्तो मलाई लागेको थियो तर आफूले मन खोलेर लाज नमानी सकारात्मक भई कुराकानी गरेमा तिनीहरू धेरै न्यानो तरिकामा व्यवहार गर्छन्। साँच्चै मैले कम्पनीमा पनि व्यक्तिगत जीवनमा पनि धेरै साथी पाएँ र सप्ताहन्तमा सँगै खाना खाने, सपिङमा जाने, काराओके गर्ने गर्दै छु। आफ्नो बलियो पक्षमा विश्वास राख्दै साहसका साथ आउनुहोस्!

photo9 photo10

रोजगारदाता कम्पनीको जानकारी

कम्पनीको नाम
FSX कम्पनी
स्थापना साल र महिना
1967 साल 9 महिना
पुँजी रकम
4,000 मान येन
प्रतिनिधि
फुजिनामी काचुयुकि
कर्मचारी सङ्ख्या
150 जना (तीमध्ये विदेशी कर्मचारीको सङ्ख्या 1 जना)
मुख्यालयको ठेगाना
टोकियो, कुनिताचि सहर, इजुमि 1-12-3
फोन नम्बर
042-576-9131
URL
http://www.fsx.co.jp/

※उक्त सबै जानकारी 2023 साल सेप्टेम्बरसम्मको हो।