Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

COMPANIES' VOICE

ग्लोबल डेली कम्पनी

व्यवसाय प्रोफाइल

जापान भ्रमण गर्ने विदेशीहरू र जापानमा बस्ने विदेशीहरू (इनबाउन्ड) को लागि प्रोमोसन गर्ने

https://www.gldaily.com/

कम्पनीको किवर्ड

  • विदेशीको दृष्टिकोण सदुपयोग गर्दै अझै जापानको मौलिकता इनबाउन्डलाई PR विस्तार गर्ने
  • कर्मचारीलाई महत्त्वपूर्ण ठान्ने "ठूलो परिवारको सिद्धान्त" अन्तर्गत व्यक्तिगत जीवनलाई सन्तोषजनक बनाउन सपोर्ट गर्ने प्रयास
  • आफ्नो क्षमता विकास गराउने ट्रेनिङ र विदेशको ट्रेनिङ आदि द्वारा आफ्नो सोचाइ फराकिलो बनाई "आफ्नै तरिकामा प्रयास" गर्न सक्ने मानव सँसाधनको वृद्धि गर्ने

कम्पनी प्रोफाइल

जापान भ्रमण गर्ने विदेशीको लागि बिज्ञापन गर्ने PR कम्पनी भएको ग्लोबल डेली। 2008 सालमा बिजनेस सुरु गरेदेखि इनबाउन्ड क्षेत्रको लिडिङ कम्पनीको रूपमा कन्टेन्ट्स बनाउने, मिडिया टाइ अप आदि विभिन्न PR मा भाग लिँदै जापानको आकर्षक पक्षबारे जानकारी विदेशमा फैलाउँदै आएको छ। अहिले ओभर टुरिज्मको समस्याको सामना गर्दै छ। अझै विदेशमा नचिनिएको जापानको स्थानीय आकर्षक पक्षबारे जानकारी फैलाउनमा शक्ति लगाएको छ।
यो कम्पनीको बलियो पक्ष भनेको जहिले पनि विदेशीको दृष्टिकोणअनुसार चल्नु हो। इनबाउन्ड उद्योग क्षेत्रमा प्रायः जापानीले जानकारी दिन्छन् तर यो कम्पनीको कन्टेन्ट्स सबै विदेशी कर्मचारीले बनाउँदै छन्। "जापानी र विदेशीलाई आकर्षक लाग्ने पक्ष फरक फरक हुने भएकोले विदेशीको दृष्टिकोणअनुसारको कन्टेन्ट्स फैलाउनुपर्ने कुरा विचार गरेको छु।"(म्यानेजिङ डाइरेक्टर आराइ)
अनि टाइ अपमा लगभग 10 वटा देशहरूबाट आएका विदेशी कर्मचारीलाई सकारात्मक भई काम सुम्पिदिएर स्थानीय मिडिया र इन्फ्लुएन्सरसँग सीधै काम गर्न सम्भब भयो। अरू बिज्ञापन एजेन्ट नराखेकोले ‍अझै छिटो अनि प्रभावकारी तरिकामा PR गर्न सक्ने ठूलो फाइदा भएको छ।
यो कम्पनीलाई भर्खरै सुरुवात भएको बेलादेखि सपोर्ट गर्दै आएको कर्मचारीमध्ये एक जना कोरियाबाट आउनुभएको किन हुनुहुन्छ। "अहिलेसम्म जापानबाट मदत पाएकोले इनबाउन्ड PRको कामद्वारा नै जापानलाई आफ्नो तरिकामा भएपनि धन्यवाद दिन चाहन्छु। कम्पनीमा नरम वातावरण छ अनि काम र संगठनमा आफ्नो आइडिया पूरा गर्न सकिन्छ जस्तो लाग्यो। त्यसैले कम्पनीमा भर्ना हुने निर्णय गरें"(किन)। उहाँले फोटो र भिडियो खिच्ने सीप सुरुदेखि सिकेर जापानको आकर्षक पक्ष फैलाउने उच्च गुणस्तरको कन्टेन्ट्स धेरै बनाउनुभयो। अहिले उहाँ कन्टेन्ट्स मेकिङ विभागको निरीक्षण गर्ने Executive Director को रूपमा सक्रिय भई काम गर्दै हुनुहुन्छ।

photo1 photo2

दैनिक जीवन र कामको सन्तुलनको पहलहरू

यो कम्पनीको युनिक नीतिमध्ये एउटा "ठूलो परिवारको सिद्धान्त" हो। कम्पनीले परिवारलाई जस्तै कर्मचारी र त्यसको परिवारलाई महत्त्वपूर्ण ठान्ने संकल्प गरेको छ।
पहिलो, कर्मचारीको लागि व्यक्तिगत जीवनमा यथेष्ट समय दिन सक्नेगरी बेग्ला बेग्लै समयमा अफिस जान मिल्ने, काम गर्ने समय छोटो बनाउने, घरबाट काम गर्ने आदि लचकदार तरिकामा काम गर्न स्विकृति दिइएको छ। "कर्मचारीले कामभन्दा बाहिरको जीवनमा पनि आनन्द उठाएको म चाहन्छु। व्यक्तिगत जीवन सन्तोषजनक भएपछि काम पनि सफल हुने सिनर्जी हुनुपर्छ"(आराइ)। किन लचकदार भई काम गर्ने तरिका र छुट्टी सदुपयोग गरेर फिटनेस र ट्रेकिङमा रमाउँदै हुनुहुन्छ। "व्यक्तिगत जीवनको अनुभवले काम गर्न पनि उत्प्रेरित हुन्छ।"(किन)
दोस्रो, कर्मचारी र त्यसको परिवारलाई महत्त्वपूर्ण ठान्ने सिस्टमको रूपमा बच्चा हुर्काउने छुट्टी र बृद्ध आमाबुबाको हेरविचार गर्ने छुट्टी लगायत "हेल-होलि" भन्ने सिस्टम छ। कर्मचारीले आफू वा आफ्नो परिवारको सदस्य बिरामी भएको दिनमा पेइड लिभबाट छुट्टै छुट्टी लिन सकिन्छ। अनि बच्चा हुर्काइरहेको कर्मचारीलाई सपोर्ट गर्नको लागि नर्सरी खर्चको सपोर्ट पनि दिइएको छ।
साथै कर्मचारीहरूले आ-आफ्नो परिवारलाई अफिसमा बोलाउन सक्ने "अफिस भ्रमण दिन" भन्ने युनिक सिस्टम छ। परिवारको सदस्यले कम्पनीको वातावरण र काम गर्ने कर्मचारीलाई हेर्न पाएर ढुक्क महसुस गर्दै छन्।
"परिवारबाट टाढा रहेर एक्लै काम गरिरहेकोले कम्पनीले परिवारलाई जस्तोगरी मलाई र मेरो परिवारलाई महत्तपूर्ण ठान्नुहुँदा धेरै खुसी लाग्छ।"(किन)

photo3 photo4

मानव संसाधन प्रशिक्षणको पहलहरू

【Do! different.】भन्ने नीति राखि "आफ्नै तरिकामा प्रयास गर्न सक्ने मानव संसाधन विकास गर्नमा बल लगाइरहेको ग्लोबल डेली कम्पनी। कामसँग सम्बन्धित स्किल ट्रेनिङ अवश्य छ। त्यो लगायत माराथोनमार्फत आफ्नो क्षमता विकास गर्ने ट्रेनिङ वा फुजि हिमाल ट्रेकिङ, खेतमा धान रोप्ने काम गर्दै टिम बिल्डिङ गर्ने ट्रेनिङ आदि युनिक ट्रेनिङ तयार गरिएको छ। किन यी ट्रेनिङहरूमा सबैभन्दा सकारात्मक भई भाग लिइरहेको कर्मचारीमध्ये एक जना हुनुहुन्छ। "सधै प्रोत्साहन खोजिरहेको मेरो लागि कामभन्दा बाहिर पनि प्रयास गर्ने मौका छ भन्ने कुरामा खुसी लाग्छ। केबल भाग लिने उद्देश्यले मात्र होइन तर कौशल्तासाथ त्यसमा भाग लिँदा त्यसले काममा पनि प्रगति गर्न मदत गरेको छ जस्तो लाग्छ। हिजोआज म मात्र नभई अरू कर्मचारीहरूलाई पनि सकारात्मक भई समावेश गर्न थालें।"(किन)
अनि विचार गर्ने तरिका नतोकिकन लचकदार तरिकामा सोच्न सक्ने होऊन् भनी सोचेर विदेशको ट्रेनिङ योजना पनि ल्याइएको छ। "इनबाउन्डमा सबैभन्दा महत्त्वपूर्ण 'बाहिरबाटको दृष्टिकोण' तिखार्नको लागि "प्रायःजसो" भन्ने विचारको विकल्प खोज्ने बानी बसाल्नु महत्त्वपूर्ण छ। आफ्नो देशको कमन सेन्स अरू देशमा लागू हुँदैन भन्ने अनुभवबाट कर्मचारीहरूले पनि आफ्नो दृष्टिकोणलाई फराकिलो बनाउन सक्नु पर्छ।"(आराइ)
अनि संगठनको रूपमा पनि पद र कामको प्रकार बीचको पर्खाल भत्काएर, आफूले गर्न चाहेको कुराअनुसार विभिन्न व्यक्तिहरूबाट परामर्श लिन सकिन्छ। "हरेक कर्मचारीको खुबी भएको क्षेत्र विकास गराउनु नै सबैभन्द महत्त्वपूर्ण छ। यदि असफल भए पनि गाली गर्ने होइन बरु कम्पनीभित्र छलफल गरेर समाधान खोज्ने प्रयास गर्दै छौं।"(आराइ)

photo5 photo6

प्रतिनिधिको मेसेज

म्यानेजिङ डाइरेक्टर आराइ र्योउजि

हाम्रो कम्पनीमा संसारको लगभग 10 वटा देशहरूबाट आउनुभएका कर्मचारीहरूले एक अर्कालाई प्रोत्साहन दिँदै प्रगति गर्दै हुनुहुन्छ। कहिलेकाहीं आफ्नो देशबाहेक अरू देशको लागि जापानको PR गर्ने तरिका विचार गर्ने गर्नुहुन्छ। जापानको आकर्षक पक्ष फैलाउने दृष्टिकोणबाट संसारको हरेक देशको मूल्यमान्यता वा सोच्ने तरिकाबारे सिक्न पाउनु साँच्चै रमाइलो हुन्छ जस्तो लाग्छ। जापान, तपाईंको देश र संसार बीचको पुलको रूपमा सक्रिय भई काम गर्न चाहनुहुन्छ भने आउनुहोस् हामी सँगै काम गरौं।

photo7 photo8

विदेशी कर्मचारीको मेसेज

Executive Director/एन्डी किन(कोरिया)

जापानको कम्पनीमा विदेशी भएकोले जापानीजस्तै आफ्नो प्रोमोसन हुँदैन होला भनेर मैले सोचेको थिएँ तर ‍ग्लोबल डेलीमा जुनसुकै देशको भए पनि हरेकको क्षमताअनुसार मूल्यांकन गरिँदो रहेछ। मलाई पनि सिनियर म्यानेजरको पदमा नियुक्त गरियो अनि काम गर्न धेरै उत्प्रेरणा पाएको छु। आफ्नो बलियो पक्षअनुसार सक्रिय भई काम गर्न सक्ने पदहरू धेरै भएकोले तपाईं पनि साहसी भई प्रयास गर्न आउनुहोस्!

photo9

रोजगारदाता कम्पनीको जानकारी

कम्पनीको नाम
ग्लोबल डेली कम्पनी
स्थापना साल र महिना
2013 साल 12 महिना
पुँजी रकम
5,000 मान येन
प्रतिनिधि
इसिकावा काजुनोरि
कर्मचारी सङ्ख्या
25 जना (तीमध्ये विदेशी कर्मचारीको सङ्ख्या 11 जना)
मुख्यालयको ठेगाना
टोकियो, टाइटोउ सहर, हिगासिउएनो 4-8-1, TIX Tower Ueno 13F
फोन नम्बर
03-6860-7011
URL
https://www.gldaily.com/

※उक्त सबै जानकारी 2023 साल सेप्टेम्बरसम्मको हो।