Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

COMPANIES' VOICE

U'plan कम्पनी

व्यवसाय प्रोफाइल

विभिन्न बिल्डिङहरूअनुसार संरचनाको डिजाइन, भुकम्प प्रतिरोधी जाँच, निर्माण, संरचनाको डिजाइन सिस्टमको विकास

https://www.eu-plan.co.jp/
U'plan कम्पनी

कम्पनीको किवर्ड

  • (कम्पनी) धरदेखि अफिस बिल्डिङ, नर्सिङ केयर फ्यासिलिटी, साइनबोर्डसम्मको विभिन्न निर्माणलाई विश्व स्तरीय मापदण्डअनुसारको संरचना डिजाइनको सर्भिस
  • (लाइफवर्क ब्यालेन्स) "सँगै काम गर्ने सबै मानिसहरूलाई आनन्दित तुल्याउने" लक्ष्य राखी काम प्रभावकारी बनाउने र विभिन्न काम गर्ने तरिकालाई बढावा दिने
  • (मानव संसाधन र करियर सपोर्ट) मेन्टर सिस्टम र आर्किटेक्ट जाँच सपोर्ट सिस्टम आदि गुणस्तरीय ट्रेनिङद्वारा इन्जिनियर र बिजनेस पर्सनको रूपमा पनि प्रगति गर्न सक्ने वातावरण

कम्पनी प्रोफाइल

बिल्डिङको सुरक्षा ग्यरेन्टी गर्ने "संरचना डिजाइन"। बिल्डिङको डिजाइन र फ्लोर प्लान आयोजना गर्ने आर्किटेक्चरल डिजाइनका साथ निर्माण गर्ने भूमिका पूरा गर्छ।
U'plan संरचना डिजाइन गर्ने कम्पनीमध्ये एक हो। घरदेखि अफिस बिल्डिङ, नर्सिङ केयर फ्यासिलिटी, साइनबोर्ड आदि विभिन्न संरचना निर्माण गरेर व्यक्ति, कर्पोरेट जुन भए पनि ग्राहकको आवश्यकता अनुसार गर्न सक्ने बलियो पक्ष छ। प्रतिनिधि निर्देशक ओजाकि यो कम्पनीको नीतिमा "We shape our happy space" भनेझै "चिन्ता नलागे पनि सुरक्षित ठाउँमा जीवन बिताउन सक्ने अवस्था बनाउनु" नै लक्ष्य हो भन्नुहुन्छ। अबको लक्ष्य भनेको विदेशमा पनि "सुरक्षित बिल्डिङ" बढाउँदै लानु हो। "धेरै भूकम्प जाने देश जापानको घरको संरचना डिजाइन संसारमा टप लेभेलको छ भन्ने कुरामा हामी गर्व गर्छौं। अब त्यो उच्च संरचना डिजाइन क्षमता विदेशमा सदुपयोग गर्दै संसारका मानिसहरूको सुरक्षामा योगदान पुर्याउन चाहन्छु"(ओजाकि)। अहिले स्थानीय बिजनेस संस्कार बुझ्नको लागि टोकियो महानगरपालिकाले आयोजना गरेको उच्च दक्षता हासिल गरेको मानव संसाधन इन्टर्नसिप सिस्टमको सदुपयोग गर्दै विभिन्न देशबाटको इन्टर्नसिप स्वीकार्नु आदि विदेशी कर्मचारी भर्ना गर्ने कुरामा यो कम्पनी सकारात्मक छ।
मंगोलियन नागरिक कर्मचारी (श्रीमान A) "संरचना डिजाइनको उच्च प्रविधि मात्र होइन तर विभिन्न संरचना निर्माणमा लागू हुने पूर्ण क्षमता सिक्न पाइन्छ" भनी महसुस गरेर U'plan मा प्रवेश गर्नुभयो। उहाँ भन्नुहुन्छ "U'plan मा काम गर्दा मंगोलिया सहरमा परिणत हुँदै छ तर डिजाइन मापदण्ड राम्रोसँग मिलाइएको छैन भन्ने कुरा याद गरें। उच्च स्तरको संरचना डिजाइन गर्ने सीप हासिल गरेर भविष्यमा आफ्नो देशको लागि सुहाउँदो मापदण्ड विचार गर्न सक्ने हुन चाहन्छु।"

photo1 photo2

दैनिक जीवन र कामको सन्तुलनको पहलहरू

"सँगै काम गर्ने सबै मानिसहरूलाई आनन्दित तुल्याउने" भन्ने यो कम्पनीको लक्ष्यमा "अरू मानिसलाई आनन्दित तुल्याउनको लागि सुरुमा आफै आनन्दित हुन सक्नुपर्छ" भन्ने विचार छ। "संरचना डिजाइन मानिसको जीवनसँग सिधै जोडिएको काम हो, अर्थपूर्ण छ तर गम्भीर जिम्मेवारी पनि हो। कर्मचारीले त्यो दबाबमा थिचिने होइन तर सुरुमा आफै आनन्दित भएको म चाहन्छु।"(ओजाकि)
त्यसैले यो कम्पनीले काम प्रभावकारी बनाउन एकदम कोसिस गर्यो। प्रत्येक काममा लागिरहेको समय थाह पाउने, सफ्टवेयर ल्याउने, भिडियो म्यानुएल बनाउने, मिटिङ कम गर्ने आदिद्वारा महिनामा 10 घण्टाजति काम गर्ने समय घटाउन सफल भयो।
अनि परिवार र बच्चाको अवस्थाअनुसार लचकदार भई काम गर्न सकिन्छ भन्ने यो कम्पनीको विशेषता छ। श्रीमान् A खुसी साथ भन्नुहुन्छ "घरबाट काम गर्ने सक्ने भएकोले बच्चालाई नर्सरीमा पठाउने ल्याउने, खानाको तयारी आदि घरायसी काम र बच्चा हुर्काउनमा समय दिन सकिन्छ। बच्चा बिरामी हुँदा बच्चा केयर छुट्टी, आफ्नो देश जाँदा यातायात खर्चको एक भाग दिइने "गो होम सिस्टम" पनि छ। यसको लागि धन्यवाद दिन चाहन्छु।"
अरू, कामभन्दा बाहिरको जीवनको अनुभव बटुल्न कर्मचारी यात्राको आयोजना गरिन्छ। हरेक वर्ष कर्मचारी सबै मिलेर देशभित्र वा विदेश भ्रमण गरेर स्थानीय गतिविधिमा भाग लिने गर्छन्। ओजाकि भन्नुहुन्छ "काममा त अवश्य रमाउनुहुन्छ होला, तर व्यक्तिगत जीवनमा पनि राम्रोसँग रमाउनुभएको म हेर्न चाहन्छु।"

photo3 photo4

मानव संसाधन प्रशिक्षणको पहलहरू

"आफूसँग भएको प्रविधि सक्दो धेरै प्रयोग गरेर समाजको प्रगति र विकासमा योगदान पुर्याउने" लक्ष्य राख्ने यो कम्पनीले इन्जिनियरको रूपमा र बिजनेस पर्सनको रूपमा पनि प्रगति गर्न सक्ने प्रणाली मिलाएको छ।
कम्पनीमा प्रवेश गरेको एक वर्षमा मेन्टर र सबमेन्टरले एक एक जनाको वार्षिक प्रगतिको योजनाअनुसार प्रविधि हासिल गर्न सपोर्ट गर्छन्। "नयाँ मानिसलाई बेवास्ता नगर्ने वातावरण" भएकोले श्रीमान Aले छिटो प्रगति गर्न सक्नुभयो। उहाँ भन्नुहुन्छ "मेरो मनमा लागेको प्रश्नको तुरुन्तै जवाफ दिन सक्ने 2 जना सिनियर हुनुहुन्थ्यो, त्यसैले छिटो प्राक्टिकल काम सिक्न सकें। वार्षिक प्रगतिको योजना सिटले गर्दा आफूले गर्नुपर्ने कुरा बुझ्न सकें अनि काम गर्न सजिलो भयो।"
अनि बिजनेस म्यानरको ट्रेनिङ पनि धेरै भएकोले सामाजिक व्यक्तिको रूपमा व्यवहार गर्ने तरिका सिक्न सकिन्छ। "संरचना डिजाइनर इन्जिनियर भएकोले एक्लैले काम पूरा गर्न सकिन्छ जस्तो देखिन सक्छ तर हाम्रो कम्पनीजस्तै विभिन्न ग्राहकको आवश्यकता पूरा गर्नको लागि त आर्किटेक्चरल डिजाइनरसँग पनि कुराकानी गर्नु जरुरी छ। उक्त व्यक्तिको विचार सुन्दै आफ्नो विचार पनि बताएर सबैभन्दा राम्रो आइडिया खोज्नुपर्ने काम भएकोले त्यसको लागि कुराकानी गर्ने सीप र बिजनेस म्यानर सिक्ने मौका दिइएको छ।"(ओजाकि)
यस्तो विशेषज्ञ सीप र ज्ञान मात्र नभई ग्राहकसँगको कुराकानी र सम्बन्ध स्थापना गर्ने आदि योगदानअनुसार विभिन्न दिशाबाट मूल्यांकन गरिन्छ। उमेर र कम्पनीमा काम गरेको वर्षहरू जति नै भए पनि क्षमताअनुसार प्रोमोसन गर्न सक्ने ग्रेडिङ सिस्टम ल्याएको छ र त्यसले कर्मचारीलाई थप उत्प्रेरणा दिएको छ।

photo5 photo6

प्रतिनिधिको मेसेज

प्रतिनिधि निर्देशक ओजाकि हिकारु

हामी मानिसहरू आनन्दित हुने स्पेसको सृजनाको लक्ष्य राख्दै बस्ने मानिसको "सुरक्षा" को लागि काम गर्ने बिल्डिङ संरचनाको डिजाइन गर्दै आएका छौं।
अब जापान मात्र नभई अब झन् झन् विकास हुने एसियाबाट "सुरक्षित" बिल्डिङ बढाउँदै लान चाहन्छौं। निर्माणकार्य मन पराउने र प्रोफेसनल रूपमा भाग लिने संकल्प गर्नुभएको छ र प्रयास गर्ने मनोभव धेरै छ भने आउनुहोस् भेट्न चाहन्छु।

photo7 photo8

विदेशी कर्मचारीको मेसेज

इन्जिनियर/श्रीमान A(मंगोलिया)

संरचना डिजाइनर भएको तेस्रो वर्ष भयो। अब अझै विभिन्न काम गरेर निर्माण उद्योग क्षेत्रको विभिन्न स्तेकहोल्डरसँग एउटै लेभेलमा रहेर कुराकानी गर्न सक्ने हुन चाहन्छु।
काममा केही कुरा नबुझ्दा र करियरमा चिन्ता हुँदा दयालु भई कुरा सुन्ने दयालु कर्मचारीहरू धेरै हुनुहुन्छ। जापानमा काम गर्न चाहनुहुन्छ भने वरिपरिका मानिसहरूले पनि मदत गरिदिने भएकोले ढुक्क भई आउनुहोस्!

photo9 photo10

रोजगारदाता कम्पनीको जानकारी

कम्पनीको नाम
U'plan कम्पनी
स्थापना साल र महिना
1996 साल 8 महिना
पुँजी रकम
2,000 मान येन
प्रतिनिधि
बेप्पु हिरोसि
कर्मचारी सङ्ख्या
23 जना (तीमध्ये विदेशी कर्मचारीको सङ्ख्या 2 जना)
मुख्यालयको ठेगाना
टोकियो, मिनातो सहर, हिगासिआजाबु 1-9-11 GROWTH by IOQ805
फोन नम्बर
050-1745-7350
URL
https://www.eu-plan.co.jp/

※उक्त सबै जानकारी 2023 साल सेप्टेम्बरसम्मको हो।