Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

COMPANIES' VOICE

यामावो कम्पनी

व्यवसाय प्रोफाइल

कन्भिनिएन्स स्टोरको लागि नुडलको विकास गर्ने र बनाउने

http://www.yamawo.co.jp/
यामावो कम्पनी

कम्पनीको किवर्ड

  • उदोन र सोउमेन, पास्टा, चाइनिज नुडलजस्ता विभिन्न नुडल बनाउने पुरानो नुडल मेकर
  • "स्वास्थ्य म्यानेजमेन्ट" को लक्ष्य राखी कर्मचारीको स्वास्थ्य म्यानेजमेन्ट र स्त्रीहरूको लागि सजिलोसँग काम गर्न सक्ने कार्यस्थल बनाउनेतिर अगाडि बढ्दै
  • विभिन्न देशबाट आउनुभएका कर्मचारीहरूले सक्रिय भई काम गर्न सक्ने "विभिन्न संस्कृतिलाई अँगाल्ने" कम्पनीको लक्ष्य राखी कम्पनी प्रवेश ट्रेनिङ, जापानी भाषा शिक्षा, प्रोजेक्ट गतिविधि धेरै छन्

कम्पनी प्रोफाइल

यामावो कम्पनी 1948 सालमा स्थापित भएको पुरानो नुडल मेकर हो। तातो चिसो दुवै तरिकामा खान सक्ने उदोन र सोउमेन, पास्टा, चाइनिज नुडलजस्ता विभिन्न नुडल बनाउँदै छ। अहिले कन्भिनिएन्स स्टोरको नुडलमा केन्द्रित हुँदै विभिन्न प्रकारको लोकप्रिय आइटम बनाउँदै छ।
नुडल बनाउने क्रममा सबैभन्दा महत्त्वपूर्ण कुरा यसको गुणस्तर र स्वाद हो। सुरक्षित र ढुक्क भई खान सक्ने खानेकुरा उपलब्ध गराउनको लागि होसियारीसाथ सरसफाइ म्यानेजमेन्ट गरिएको छ। नुडल पकाउने मात्र नभई सजाउनेमा पनि ध्यान दिएर, हेर्दा पनि राम्रो, स्वाद पनि मिठो आइटम बनाउने कोसिस गर्दै छ। अनि सामान्य मामिला विभाग डेपुटि म्यानेजर इनामि भन्नुहुन्छ "70 वर्षभन्दा लामो इतिहासमा खाद्यान्न वितरण, स्कुलको लन्च, सुपरमार्केट, रेस्टुरेन्ट आदि विभिन्न क्षेत्रमा नुडल बनाउँदै आएका छौं। लामो समयदेखि बटुल्दै आएको अनुभवले नयाँ आइटम बनाउन आइडिया दिएको छ।" यो कम्पनीको बलियो पक्ष भनेको वर्षमा 300 भन्दा धेरै प्रकारको नयाँ आइटम सृजना गर्न सक्ने क्षमता हो।
यो कम्पनी 2000 सालतिरदेखि विदेशी कर्मचारी भर्ना गर्न सुरु गरेर "विभिन्न संस्कृतिलाई अँगाल्ने" भन्ने नीति अन्तर्गत जम्मा 8 वटा देशहरूको कर्मचारीहरू मिलेर आइटमको गुणस्तर र स्वादको रक्षा गर्दै आएका छन्। हिजोआज SDGs मा सकारात्मक भई विचार पुर्याई कर्मचारीलाइ स्वस्थ बनाउने र स्त्रीहरूले सक्रिय भई काम गर्नमा बढावा दिने कम्पनीको रूपमा सार्वजनिक निकायबाट स्वीकृति पाएको छ।
म्यानुफ्याक्चर विभागमा काम गर्ने नेपालबाट आउनुभएको रिता भन्नुहुन्छ "खाद्यान्न क्षेत्रको काम मेरो लागि पहिलो चोटि थियो तर ट्रेनिङ राम्रोसँग आयोजना गरिन्छ अनि एउटै देशका व्यक्तिहरू पनि रमाउँदै काम गरिरहेको देखेर यो कम्पनीमा प्रवेश गर्ने निर्णय गरें। कम्पनी प्रवेशपछि पनि हाकिम र सिनियरले न्यानो सपोर्ट गरिदिनुभएकोले काम गर्ने बानी तुरुन्तै बस्यो र अहिले म आफै नयाँहरूको निरीक्षण गर्ने पदमा छु अनि प्रत्येकको बुझ्ने क्षमताअनुसार दयालु तरिकामा सिकाउँदै छु।"

photo1 photo2

दैनिक जीवन र कामको सन्तुलनको पहलहरू

"स्वास्थ्य म्यानेजमेन्ट" को लक्ष्य राख्ने यामावो कम्पनीमा "कर्मचारीले लामो समयावधि काम गरिरहन सकून् भनेर कर्मचारीको स्वास्थ्य म्यानेजमेन्टमा ध्यान दिँदै विभिन्न प्रणाली मिलाएका छौं"(इनामि)। ज्वरो छ कि छैन भनेर चेक गर्ने IT डिभाइस ल्याएर दिनदिनै कर्मचारीको स्वास्थ्य चेक गर्ने लगायत मेडिकल चकअपजस्ता स्वास्थ्य जाँच गरेर पुनजाँच वा विस्तृत जाँचसम्म फलोअप गरिन्छ। अनि कर्मचारी अचानक बिरामी भएमा लचकदार भई काममा छाँटकाँट गरिन्छ। "स्वास्थ्य राम्रो नभएको बेलामा हाकिमले 'धेरै दुःख नगर्नू, आराम गर्नू' भन्नुभएकोले मलाई खुसी लाग्यो। सहकर्मीहरू पनि सिफ्ट मिलाइदिनुहुन्छ, यहाँ टिमवर्क भएकोले ढुक्क छु।"(रिता)
साथै कार्यस्थलमा स्त्रीहरूले स्वस्थ भई काम गर्न सक्ने वातावरण बनाउनको लागि स्त्री कर्मचारीहरू आफैले "Woman Smile Project" अगाडि बडाउँदै छन्। लकर रूमको सुधार, ट्वाइलेटको वातावरण सुधार आदे स्त्री कर्मचारीहरूको रिक्वेस्ट पूरा गर्न विभिन्न प्रयास गरिँदै छ।
अरू पनि, BBQ, फुटसलजस्ता ऋतुअनुसारको इभेन्ट पनि धेरै छन्। इनामि भन्नुहुन्छ "सिफ्टअनुसार कर्मचारीले भाग लिन सक्ने समय फरक फरक हुने भएकोले, विचार पुर्याएर विभिन्न समयमा इभेन्ट आयोजना गर्दै छौं।" रिता मुस्कुराउँदै भन्नुहुन्छ "इभेन्टमा सधैं त्यति कुरा नगर्ने सहकर्मीसँग पनि नजिक हुन पाउँछ, रमाइलो छ।"

photo3 photo4

मानव संसाधन प्रशिक्षणको पहलहरू

यामावो कम्पनीले मानव संसाधन विकासको लक्ष्यको रूपमा राखेको "विभिन्न संस्कृतिलाई अँगाल्ने।" विभिन्न देशबाट आएका कर्मचारीहरूले काम गरिरहनुभएको हुनाले प्रत्येकको लागि सन्तोषजनक करियर बनाउन मदत गरिँदै छ।
प्रमुख प्रयास भनेको कर्मचारीलाई उनीहरूकै भाषामा सपोर्ट गर्नु हो। कम्पनी प्रवेश ट्रेनिङमा खाद्यान्न सरसफाइ र नुडल बनाउने सीपसम्बन्धी ज्ञानको लागि जापानी भाषा लगायत कर्मचारीकै भाषामा लेखिएको शिक्षण सामाग्री तयारी गरिएको छ। कुनै बेलामा एउटै देशबाट आएको सिनियर कर्मचारीले दोभाषे भएर नयाँ कर्मचारीलाई म्यानेजमेन्ट नीति बुझ्न र काम पूरा गर्न सपोर्ट गर्नुहुन्छ। "खाद्यान्नको सुरक्षा र गुणस्तरप्रतिको मूल्यांकन देशअनुसार फरक हुन सक्छ, त्यसैले नै यामावो कम्पनीले लक्ष्य राख्ने मापदण्ड प्रत्येक कर्मचारीले सही तरिकामा बुझ्न सकून् भनेर ध्यान दिँदै छौं"(इनामि)। रिता पनि भन्नुहुन्छ "आफ्नो भाषामा सपोर्ट भएकोले कम्पनीको काम गर्न सजिलै बानी बस्नु यामावो कम्पनीको आकर्षक पक्ष हो।"
अनि योग्यता प्राप्त शिक्षकले जापानी भाषाको कक्षामा हप्तामा 3 चोटि सिकाउनुहुन्छ र कर्मचारीको करियर अप सपोर्ट गरिँदै छ। साथै मानव संसाधन विभागद्वारा व्यक्तिको इच्छा र क्षमताअनुसार करियर छाँटकाँट गर्न पनि सकिन्छ। जुन देशको भए पनि विभिन्न पद र कामको प्रकारमा प्रयास गर्न सक्ने वातावरण मिलाइएको छ।
अनि शिक्षण सामाग्री बनाउने, कामको डेजिटलाइजेसनजस्ता कर्मचारीले नेतृत्व लिने प्रोजेक्ट पनि गरिँदै छ। विभिन्न देशबाट आउनुभएका कर्मचारीहरूले एक अर्कासित गहिरो कुराकानी गर्दै कम्पनीको म्यानेजमेन्टमा भाग लिने अनुभव बटुल्न सक्नुभएको छ। रिता पनि सन्तुष्ट हुँदै भन्नुहुन्छ "अरू कर्मचारीहरूसँगै मिलेर अलिकति भए पनि कम्पनीमा परिवर्तन ल्याउन पाउँदा काममा सन्तुष्टि महसुस गर्छु।"

photo5 photo6

प्रतिनिधिको मेसेज

समान्य मामिला विभाग डेपुटि म्यानेजर इनामि केइगो

टोकियोमा विभिन्न देशबाट आएका मानिसहरू बस्छन्, विदेशीसँगको कुराकानी गर्नमा बानी भएका जापानीहरू पनि धेरै छन्।
केही गाह्रो पर्यो भने अप्ठ्यारो नमानी सल्लाह माग्न सकिन्छ, त्यसैले सजिलोसँग बस्न सक्ने सहर हो जस्तो मलाई लाग्छ। टोकियोमा हामी अबदेखि पनि सुरक्षित र ढुक्कसँग खान सक्ने खाद्यान्न बनाउँदै जान्छौं। जापानमा कामको अनुभव बटुल्न चाहनुहुन्छ भने आउनुहोस् सँगै काम गरौं!

photo7 photo8

विदेशी कर्मचारीको मेसेज

प्रशिक्षण इनचार्ज/रिता कवारी नेपाली (नेपाल)

टोकियो सहर सुरक्षित र बस्न सजिलो छ। दयालु मानिसहरू धेरै छन्। पसलमा ग्राहकप्रति गरिने अतिथि सत्कार, बाटोमा अरूसँग ठोक्किँदा गरिने शिष्ट व्यवहार हेर्दा न्यानो महसुस हुन्छ। अवश्य पनि सुरुमा त संस्कृति र चलनको भिन्नतामा अलमलिएँ तर कम्पनीको सहकर्मीले दयालु भई सपोर्ट गरिदिनुभएकोले बिस्तारै बानी बस्यो। सक्रिय भई काम गर्न सक्ने नयाँ ठाउँ टोकियोमा पक्कै पनि छ। साहसी भई पहिलो कदम चाल्नुहोस्!

photo9 photo10

रोजगारदाता कम्पनीको जानकारी

कम्पनीको नाम
यामावो कम्पनी
स्थापना साल र महिना
1948 साल 3 महिना
पुँजी रकम
3,000 मान येन
प्रतिनिधि
ओकाबे नाओसि
कर्मचारी सङ्ख्या
450 जना (तीमध्ये विदेशी कर्मचारीको सङ्ख्या 300 जना)
मुख्यालयको ठेगाना
टोकियो, ताचिकावा सहर, साकाएचोउ 4-3-3
फोन नम्बर
042-522-2038
URL
http://www.yamawo.co.jp/

※उक्त सबै जानकारी 2023 साल सेप्टेम्बरसम्मको हो।