Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

COMPANIES' VOICE

अक्रोसरोड कम्पनी

व्यवसाय प्रोफाइल

प्राइभेट कम्पनी र सरकारी अफिसको लागि सफ्टवेयर र वेब एप बनाउने। मेटाभर्स र NFT आदि वेब 3.0 प्रविधि प्रयोग गर्दै कम्पनी भित्रै सफ्टवेयर विकास गर्ने

https://www.axrossroad.co.jp/
अक्रोसरोड कम्पनी

कम्पनीको किवर्ड

  • लगभग 10 वटा देशबाट आएका विदेशी कर्मचारीहरूको दृष्टिकोण सदुपयोग गर्दै "Beyond It Frontier" भन्ने नाराका साथ इन्जिनियरले सक्रिय भई काम गर्न सक्ने ठाउँ सृजना गर्ने
  • कर्मचारीले आयोजना गर्ने "ओपन प्रोजक्ट" मा निस्केको आइडियालाई सिस्टम र बिजनेस बनाएर कामभन्दा बाहिरको अनुभव सृजना गर्ने
  • अनुभव नभएको कर्मचारी पनि क्रमिक रूपमा सिक्न सक्ने ट्रेनिङको तरिका र नियमित करियर सपोर्टले गर्दा "जीवनभर इन्जिनियर" को रूपमा काम गर्ने आधारभूत क्षमता हासिल गर्न सक्ने

कम्पनी प्रोफाइल

सफ्टवेयर र वेब एप विकास गर्ने अक्रोसरोड कम्पनी। CEO चुदा आफै इन्जिनियर हुनुहुन्छ र इन्जिनियर नै मुख्य भूमिका निभाउन सक्ने ठाउँ बनाउन चाहनुभयो अनि "2025 सालसम्ममा 30 वटा बिजनेस र 2030 सालसम्ममा 100 वटा बिजनेस बनाउने" लक्ष्य राख्नुभएको छ। त्यसैले प्राइभेट कम्पनी र सरकारी अफिसबाट पाएको सफ्टवेयर विकासको काम मात्र नभई मेटाभर्स र ब्लकचेन आदि वेब 3.0 प्रविधि प्रयोग गरेको आइटम आफ्नो कम्पनीमा विकास गरेर नयाँ सर्भिस सृजना गर्ने आदि इन्जिनियरले सक्रिय भइ काम गर्न सक्ने ठाउँ सृजना गर्दै छ।
हिजोआज क्षमताशील इन्जिनियर र नयाँ बिजनेस आइडिया खोज्दै बिदेशी कर्मचारीलाई पनि भर्ना गर्न थालेको छ। अहिले संसारको लगभग 10 वटा देशबाट इन्जिनियर भेला भएर हरेक देशको संस्कृतिको बलियो पक्ष सदुपयोग गर्दै सिस्टम विकासमा नयाँ बिजनेसको ढोका भेट्टाउने प्रयास गर्दै छ।
भारतबाट आउनुभएको गणेश पनि तीमध्ये एक जना हुनुहुन्छ। "म जस्तो विदेशीहरू धेरै काम गर्दै छन्, यहाँ भिन्नै संस्कृतिलाई स्वीकार्ने वातावरण भएकोले ढुक्क महसुस भयो" भन्नुहुन्छ। तर सुरुमा काम गर्ने तरिका फरक भएकोले उहाँलाई अचम्म लाग्यो। "विदेशको सिस्टम विकास गर्दा सुरुमै विस्तृत तरिकामा रिक्वायरमेन्ट डेफिनिसन वा स्पेसिफिकेसन बनाउने जापानको तरिकामा काम गर्ने बानी बसाल्न सुरुमा गाह्रो भयो। तर काम गर्दै जाँदा मेन्टेनेन्समा हुने सकारात्मक पक्ष याद गरें, यसरी नयाँ कुरा सिक्न पाएको छु।"

photo1 photo2

दैनिक जीवन र कामको सन्तुलनको पहलहरू

यो कम्पनी सिस्टम विकास कम्पनीको रूपमा कहिल्यै प्रयास गर्न नरोक्ने कम्पनी हो। साथै "कामभन्दा बाहिरको अनुभवमा" पनि महत्त्व दिएको छ। "काम मात्र गर्यो भने कर्मचारीले निसासिएको महसुस गर्न सक्छ अनि कम्पनी ठूलो हुँदैन। जीवनमा विभिन्न कुराको अनुभव गरेर नयाँ क्षेत्रमा प्रयास गर्दा कर्मचारी र कम्पनीले पनि प्रगति गर्न सक्छन्"(ICT बिजनेस विभाग डाइरेक्टर मियामुरा)। साँच्चै कर्मचारी आफैले प्रोजेक्ट सुरु गर्न सक्ने "ओपन प्रोजेक्ट सिस्टम" मा जमघट वा क्याम्पजस्ता कामभन्दा बाहिरको विभिन्न गतिविधि भइरहेको छ।
यो कम्पनीको विशेषत के छ भने यस्तो कामभन्दा बाहिरको गतिबिधि पनि "360 डिग्री इभ्यालुएसन" मा मूल्यांकन बुँदामा समावेश गर्न सकिन्छ भन्ने कुरा हो। गणेश भन्नुहुन्छ "कामभन्दा बाहिरको कुराद्वारा पनि आफ्नो मूल्यांकन भएको हेर्न पाउनु नयाँ लाग्यो।" यो प्रणाली सुरुमा कर्मचारीकै आइडियाबाट सुरु भएको थियो। डाइरेक्टरहरूले टपडाउनमा निर्णय गर्ने होइन तर कर्मचारीबाट बटमअप गर्दै सिस्टम बनाउने कम्पनी कल्चर देखिन्छ।
साथै प्रोजेक्टअनुसार फरक भएपनि रिमोट वर्क पनि गर्न सकिन्छ। "अफिस जाने समय नहुने भएकोले जगिङजस्तो एक्सरसाइज दिनदिनै गर्ने बानी भयो"(गणेश)। पुरुष स्त्री दुवैले बच्चा हुर्काउने छुट्टी र बृद्ध आमा बुबाको हेरविचार गर्ने छुट्टी प्राप्त गरिसकेका छन्। लाइफ स्टेजको परिवर्तनअनुसार इन्जिनियरको रूपमा लामो समयसम्म काम गर्न सक्ने वातावरण यहाँ मिलेको छ।

photo3 photo4

मानव संसाधन प्रशिक्षणको पहलहरू

अक्रोसरोडको लक्ष्य भनेको "जीवनभरि इन्जिनियर" को रूपमा काम गर्न सक्ने मानब संसाधन विकास गर्नु हो। "इन्जिनियरको स्किल सेट बाहिरको वातावरण वा उक्त व्यक्तिको काम गरेको वर्षअनुसार आशा गरिने कुराहरू धेरै परिवर्तन हुन्छ। त्यस्तो बेलामा सबैभन्दा नयाँ जानकारी र सीप हासिल गर्न जरुरी हुन्छ। तर सुरुमा इन्जिनियरको रूपमा आधारभुत क्षमता हुनु महत्त्वपूर्ण छ।" त्यसैले IT मा अनुभव नभएको कर्मचारी पनि 2 महिनामा जुनियर इन्जिनियर बन्न सक्ने ट्रेनिङ "Engineer method" यो कम्पनी आफैले विकास गरेको छ। सिस्टम विकासको विभिन्न क्षेत्रमा लागू गर्न सक्ने आधारभुत ज्ञान, प्रविधि, सोच सुरुदेखि क्रमिक रूपमा सिक्न सकिन्छ। अनि प्रविधि स्टडी ग्रुप आवश्यकताअनुसार व्यवस्था गरिन्छ अनि व्यवहारिक तरिकाहरू सिकेर इन्जिनियरको रूपमा स्टेप अप गर्न सकिन्छ।
अनि अर्को विशेषत भनेको हरेक प्रोजेक्टको बीचमा अन्तरवार्ता गरिन्छ र कर्मचारीले आफ्नो करियर मार्गबारे परामर्श लिन सक्छन्। "यो कम्पनीमा कर्मचारीको इच्छा, क्षमता, कम्पनीको निति भन्ने 3 वटा दृष्टिकोणबाट उक्त व्यक्तिको प्रगतिको मार्गअनुसार विचारशील भई काम सुम्पिदिने गरिँदै छ।" गणेश मुस्कुराउँदै भन्नुहुन्छ "अन्तरवार्ताद्वारा आफ्नो वर्तमान स्थिति र अब राख्नुपर्ने लक्ष्य स्पष्ट देख्न सकें। अनि गाह्रो हुँदा सिनियरहरू र हाकिमले दयालु तरिकामा सपोर्ट गर्नुहुन्छ, त्यसैले धेरै मदत पाएको छु।"

photo5 photo6

प्रतिनिधिको मेसेज

ICT बिजनेस विभाग डाइरेक्टर मियामुरा यूसेइ

द्रुत गतिमा प्रविधि परिवर्तन अगाडि बढिरहेको छ अनि यो संसारको भविष्य यकिन गर्न गाह्रो भएको छ। तर हामी अबदेखि पनि साहसी भई प्रयास गर्दै इन्जियरले सक्रिय भई काम गर्ने सक्ने ठाउँ सृजना गर्दै जान्छौं। परिस्थितिको परिवर्तनमा रमाउँदै असफल भए पनि हरेस नखाई धिरजी भई काम गर्न सक्ने व्यक्ति आउनुहोस् सँगै काम गरौं। आफ्नो क्षमता र भविष्यको लक्ष्यअनुसारै धेरै प्रगति गर्न सक्ने मौका यहाँ छ।

photo7 photo8

विदेशी कर्मचारीको मेसेज

इन्जिनियर/बालसुब्रमन्यम गणेश कुमार(भारत)

जापानमा प्रविधिको पक्ष मात्र नभई सार्वजनिक ठाउँमा एक अर्कालाई गर्नुपर्ने व्यवहारबारे पनि सिक्न सकिन्छ अनि विभिन्न कुराको अनुभव बटुल्न सकिन्छ। अफिसमा आमाबुबाले जस्तो गरी सल्लाह दिन सक्ने व्यक्तिहरू धेरै छन् अनि आफ्नो गतिमा प्रगति गर्न सकिन्छ। म अब जापानमा इन्जिनियरको रूपमा क्षमता तिखार्दै भविष्यमा टिमको विचारलाई आत्मसाथ गर्दै नेतृत्व लिने लिडर बन्न चाहन्छु। प्रगतिको मौका खोज्दै हुनुहुन्छ भने एक पटक जापान आएर हेर्नुहोस्।

photo9 photo10

रोजगारदाता कम्पनीको जानकारी

कम्पनीको नाम
अक्रोसरोड कम्पनी
स्थापना साल र महिना
2010 साल 11 महिना
पुँजी रकम
1,000 मान येन
प्रतिनिधि
चुदा तोओरु
कर्मचारी सङ्ख्या
85 जना (तीमध्ये विदेशी कर्मचारीको सङ्ख्या 22 जना, तीमध्ये मुख्यालयमा 4 जना)
मुख्यालयको ठेगाना
टोकियो, सिनागावा सहर, निसि-गोतान्दा 1-1-8, NMF गोतान्दाएकिमाएबिरु6F
फोन नम्बर
03-6420-0853
URL
https://www.axrossroad.co.jp/

※उक्त सबै जानकारी 2023 साल सेप्टेम्बरसम्मको हो।