SUN Co., Ltd
व्यवसाय प्रोफाइल
विदेशमा शाखा भएको, विजनेस WEB एप बनाउने, जापानी भाषा प्रशिक्षण आवश्यक पर्ने विदेशीको लागि जापानी भाषा सिक्ने एप बनाउने र वितरण गर्ने।

कम्पनीको किवर्ड
- जापानभरि सिस्टम डेभलपमेन्ट विजनेश विस्तार गरिरहेको। "मानिसलाई सम्पर्कमा ल्याउने" उद्य़ेश्यका साथ जापानी भाषा सिक्ने एप बनाउदै गरेको।
- व्यक्तिगत जीवन तथा काम दुवैको लागि पूर्ण सहयोग गर्ने। कम्पनीसँग मात्र नभई स्थानीय समाजसँग पनि घुलमिल हुन सकिने।
- छनौट गर्न सकिने मूल्यांकन प्रणाली तथा शीप विकास सपोर्ट प्रणाली, आइडिया प्रतियोगिताद्वारा आफ्नो प्रमोशनलाई आफैले पूरा गर्ने।
कम्पनी प्रोफाइल
सिस्टम डेभलपमेन्टमा लाग्ने SUN प्रा. लि.। हाम्रो शाखा टोक्योबाहेक जापानको विभिन्न ठाउँमा विस्तार गरिएको छ, यसरी जापानभरिमा कार्य विस्तार गरिनुको अलावा बंगलादेशमा पनि शाखा छ। भाषा र विकाश प्रविधिको भिन्नताले पार्ने असरलाई न्युनिकरण गर्दै जापानी गुणस्तरलाई कायम गर्नु हाम्रो कम्पनीको चिनारी हो।
साथै, मौलिक उत्पादनको रुपमा विदेशीहरूले दैनिक जीवनको लागि आवश्यक जापानी भाषा सिक्न सकिने एप "कुरासी स्टडी" बनाएका छौं। "जापानमा बस्ने विदेशीहरू बढ्दै गइरहेको भएतापनि जापानी भाषा प्रशिक्षणको वातावरण मिलाउने काम खासै अघि नबढेको देखेर त्यसप्रति आफ्नो दायित्व महसुस गरेको थिएँ। त्यसैले हाम्रै कम्पनीले कदम चाल्नुपर्छ जस्तो लाग्यो, जसको कम्पनी नीति हो विश्वको प्रतिनिधित्व गर्दै "मानिसलाई सम्पर्कमा ल्याउने" कम्पनी बन्ने" (कम्पनी प्रमुख, नाकासोने जी) अहिले कुराकानी गर्नुलाई विशेष ध्यान दिइएको जापानी भाषा स्टडी सर्विस "हानासु प्लस" पनि बनाएका छौं, स्कूलहरू र संस्थाहरूले यसलाई प्रयोगमा ल्याउँदैछन्।
जापानीहरू र विदेशीहरूलाई सम्पर्कमा ल्याउने प्रयास गर्दै आएको हाम्रो कम्पनीले स्थापनाकालदेखि नै विदेशी इन्जिनियरलाई अग्रसर भई लिदै आएका छौं। त्यस मध्ये एक जना बंगलादेशबाट आउनुभएका रफि जी हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, "गाडीहरू, घरायसी विद्युतीय सामानहरू जस्तो आफूले देखिरहेका कुराहरू मेड इन जापान भएकोले जापानबारे चासो लाग्यो।" त्यसपछि वेब साइट बनाउने आफूसँग भएको खुवीलाई प्रयोग गर्न सकिन्छ भन्ने सोचेर उहाँ हाम्रो SUN कम्पनीमा प्रवेश गर्नुभयो। "सुरुसुरुमा जापानी भाषा फिटिक्कै नआएर खाका बुझ्न गाह्रो भयो, तर बारम्बार नबुझेको कुरा सिनियर सहकर्मीसँग सोध्दै गर्दा जापानी भाषाको क्षमता र कार्य कुशलता बढ्दै गयो" (रफि जी)।


दैनिक जीवन र कामको सन्तुलनको पहलहरू
हाम्रो कम्पनीले "जो कोहीलाई पनि काम गर्न सजिलो हुनको लागि विकल्पहरू तय गर्ने" कुरालाई महत्त्व दिएका छौं, त्यसैले कम्पनी प्रवेश अघिदेखि पछिसम्म दैनिक जीवन तथा काम सम्बन्धी विभिन्न मदत दिदैछौं।
कम्पनी प्रवेश अघि गरिने नौलो प्रयास मध्ये एउटा हो, तिनीहरूको परिवारलाई भेट्नु। "कर्मचारीहरूले जापानी मान्छेसँग काम गर्ने कुराप्रति ढुक्क महसुस गरेको चाहन्छु त्यसैले म स्वयम कम्पनी प्रमुखले तिनको परिवारसँग सीधै सम्पर्क गर्ने मौका मिलाइरहेको छु" (नाकासोने जी)। साथै जापानमा आइसकेपछि कम्पनी क्वाटर प्रबन्ध गर्नुको अलावा बैंक खाता खोल्ने र मोबाइल फोनको सम्झौता गर्ने काम आदिमा जापानी कर्मचारी तिनको साथमा रहन्छ। यसबारे रफि जी खुशी भएर भन्नुहुन्छ, "मलाई जापानी भाषा नआएपनि तुरुन्तै दैनिक जीवन सुरु गर्न सकें।"
कम्पनी प्रवेशपछि लचकदार सिफ्ट र छोटो समय सिफ्टलाई रोज्न सक्नुका साथै कर्मचारीको आइडियामा आधारित सुस्वास्थ्य कायम गर्न विशेष विदा लिन पाइने "सिक लिभ तथा सेल्फ केयर सिस्टम" आदि पनि सुरु भएकोले लचकदार श्रम संभव भएको छ। प्रायजसो रिमोट वर्क गरिरहेको कर्मचारीहरू धेरै छन् तर अनलाईनबाट अथवा भेटेरै गरिने इभेन्ट मार्फत् आपसी संगती गर्न सकेर तिनीहरूविचको सम्बन्धलाई गहिरो बनाउन सकिन्छ। रफि जीले पनि लचकदार सिस्टमको सदुपयोग गरी उहाँको सोख जस्तै सिनेमा हेर्ने , फुटबल हेर्ने अनि साथीसंगतीमा रमाइरहनु भएको छ जस्तो देखिन्छ। साथै अनलाईन पार्टीमा दैनिक जीवनबारे अरु कर्मचारीहरूसँग अनौपचारिक ढंगले कुरा गर्न सकेर "अर्थपूर्ण समय विताउन सकें" भन्दै गर्दा उहाँको अनुहारमा खुशी झल्किन्थ्यो।
साथै, कम्पनीबाट संचालित "SUN बाल भोजनालय" मा जापानी कर्मचारीका साथै विदेशी कर्मचारी पनि भाग लिंदैछन्। यसले कम्पनी भित्र मात्र नभइ स्थानीय समुदायसँगको सम्पर्क पनि गर्न पाइने सुनौलो अवसर दिएको छ।


मानव संसाधन प्रशिक्षणको पहलहरू
काम गर्ने तरिका मात्र नभई आफ्नो करियर उन्नतिलाई आफैले पूरा गर्न सक्नु पनि SUN कम्पनीको महत्वपूर्ण चिनारी हो।
यसको उदाहरण हो, छनौट गर्न सकिने मूल्यांकन प्रणाली। इन्जीनियर कर्मचारीहरूले उमेर र शीप, लक्ष्य प्राप्ति अनुपातअनुसारको मूल्यांकनलाई तलबमा झल्काउने प्रोसेस टाइप र ग्राहकसँगको सम्झौता रकमको आधारमा तलब हिसाब गर्ने कमिशन टाइपमध्ये एउटालाई छान्न मिल्ने। प्रोसेस टाइप छानेका रफिजी भन्नुहुन्छ, "कामको गुणस्तर र अगि बढाउने तरिकाबारे तोकेरै प्रतिकृया पाउने भएकोले मलाई मदत मिलेको छ। सुरुसुरुमा केयरलेस मिस्टेक मात्र गरेको थिएँ तर बोसले खास-खास उपाय सिकाइदिनुभएकोले मिस्टेक घटेको स्पष्ट देखिंदै आयो, यो तरिका साँच्चै प्रभावकारी छ" (रफि जी)।
साथै, शीप विकास सपोर्ट प्रणाली पनि उच्च गुणस्तरको छ। "भाषा समेतको 80 प्रकारभन्दा धेरै योग्यता प्राप्तिको लागि भत्ता प्रदान गरिनुको साथै ती योग्यताहरू समय परिवर्तन र कर्मचारीको चाहना अनुसार हरेक वर्ष अपडेट गरिने भएकोले कर्मचारी स्वयमलाई चासो लाग्ने क्षेत्रको शीप विकास गर्न सकिन्छ। अतिथी प्रशिक्षकलाई बोलाएर नविनतम टेक्नोलजी सिक्ने तालिम कार्यक्रम पनि संचालन गरिएकोले IT क्षेत्रमा भइरहने ठूलठूला परिवर्तनको सामना गर्न सकिने वातावरण मिलेको छ" (नाकासोने जी)।
त्यसका साथै आइडिया प्रतियोगिताको सदुपयोग गरेमा सिकेको ज्ञान र शीपलाई उत्पादनमा परिणत गर्न सक्ने अनि व्यवसायिकरण गर्न सम्भव हुनेछ। वास्तवमा कम्पनी बाहिर ट्रेनिंगमा सिकेको नो कोड टेक्नोलजीलाई प्रयोग गरेर बनाएको कम्पनी समुदाय सूचना पाटी "SUNPO" ले पहिलो आइडिया प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेर अहिले यो कर्मचारी विचको संचारको लागि नभइनहुने औजार बनेको छ।


प्रतिनिधिको मेसेज
कम्पनी प्रमुख तथा CEO श्युम्पे नाकासोने
हाम्रो मुख्यालय टोक्योमा छ, विभिन्न ठाउँमा शाखाहरू भएकोले जापान भरिमै काममा लाग्ने मौका छ। अझै भविष्यमा जापानमा मात्र पाउन सकिने उच्च कार्य गुणस्तरलाई हतियार बनाई अझ बढी मात्रामा अन्तरराष्ट्रिय व्यवसायलाई विस्तार गर्दै जाने योजना छ। जापानप्रतिको चासो र रुचीलाई कायम राख्दै जापानलाई पार गरेर विश्वव्यापी काम गरिहेर्न चाहने व्यक्तिहरू, हामीसँगै काम गरौं!


विदेशी कर्मचारीको मेसेज
सिस्टम विभाग इन्जिनियर/रुबाइयात रफी(वंगलादेश)
"जापानी माछेहरू दयालु हुन्छ" भन्ने मेरो सोचाइ पहिले देखिनै थियो, तर वास्तवमै जीवन यापन सुरु गर्दा त्यो दया सोचेको भन्दा अझ बढी थियो। कार्यस्थलमा पनि नबुझेका कुराहरू नहिचकिचाइकन प्रश्न गर्न सकेर ढुक्क भएर काममा लाग्न सकिन्छ। हालैको मेरो लक्ष चाहिं सिस्टम डेभलपमेन्टको उच्च स्तरिय प्रोसेसमा भाग लिनु, अन्तत: IT क्षेत्रको परिवर्तनको सामना गर्दै ग्राहकको समस्यालाई हर क्षेत्रबाट समाधान गर्न सकिने इन्जिनियर बन्न चाहन्छु। मजस्तै आफ्नो सपनामा ध्यान केन्द्रित गर्न चाहनेहरू अवश्य जापानमा आएर हेर्नुहोस्।


रोजगारदाता कम्पनीको जानकारी
- कम्पनीको नाम
- SUN Co., Ltd
- स्थापना साल र महिना
- 2018 साल 8 महिना
- पुँजी रकम
- 800 मान येन
- प्रतिनिधि
- श्युम्पे नाकासोने
- कर्मचारी सङ्ख्या
- 120 जना (विदेशी कर्मचारीको संख्या: 8)
- मुख्यालयको ठेगाना
- नोआक्स बिल, तेस्रो तला, 1-16-4 निसिसिन्बासी, मिनातो वार्ड, टोक्यो
- फोन नम्बर
- 03-6206-6152
- URL
- https://www.sun21.co.jp
※सबै जानकारी अक्टोबर 2024 सम्मको हो।