TECDIA Co., LTD
व्यवसाय प्रोफाइल
अर्धचालक पार्टपुर्जा र सुक्ष्म उपकरण प्रोसेसिंग सामाग्री बनाउने

कम्पनीको किवर्ड
- सेरामिक अर्धचालक पाटपुर्जामा विश्वमा टप क्लासको हिस्सा भएकोमा गर्व गर्नुको अलावा सुक्ष्म उपकरण प्रोसेसिंग सामाग्री उत्पादन आदिमा पनि लागेको
- "Work Hard Play Hard" लाई ध्यानमा राखेर कर्मचारी स्वयमले उन्नतिको लागि विचार व्यक्त गर्न पाइने प्रणाली तथा कम्पनी भित्र गरिने कार्यक्रम आदि प्रशस्त भएको
- कम्पनी भित्र-बाहिरको ट्रेनिंग तथा जिम्मेवार ओहोदामा सहर्ष नियुक्तिको कारण ग्राहकहरूलाई सुझाउ दिने क्षमतालाई तिखार्न सक्ने वातावरण
कम्पनी प्रोफाइल
अर्धचालक विद्युतीय मेसिन तथा उपकरणको लागि नभइनहुने वस्तु हो। त्यही अर्धचालक पाटपुर्जा उत्पादन गर्ने कम्पनी हो हाम्रो टेकुडाइया प्रा. लि.। मुख्य उत्पादन बनेका सेरामिक विद्युतीय पार्टपुर्जा चाहिं विश्वमा टप क्लासको हिस्सा भएर 5G संचार र डाटा सेन्टर, कृतिम उपग्रह आदिमा प्रयोग गरिएको छ। साथै, स्मार्ट फोन जस्तो सुक्ष्म यन्त्र प्रोसेसिंगमा प्रयोग गरिने पार्टपुर्जा पनि बनाउँदै छौं, हालै चाहिं 3D प्रिन्टरको लागि पार्टपुर्जा र सामाग्री बिक्रि गर्न थालेका छौं र BtoC व्यवसायमा पनि भाग लिएका छौं। कम्पनीको प्रतिनिधित्व गर्दै कोयामाजी भन्नुहुन्छ, "सधैं नयाँ नयाँ बजारमा प्रवेश गर्न खोजेर निरन्तर हिस्सा प्राप्त गरिरहेका छौं"।
हाम्रो मुख्य चिनारी भनेकै 1980 को दशक अर्थात् स्थापना लगतै पछि देखि अन्तरराष्ट्रिय विस्तार सुरु गर्यौं। युरोप, अमेरिका तथा पूर्वी एशियामा कार्यालय, फिलिपिन्सको सेबु टापुमा अर्धचालक परिक्षण फ्याक्ट्री बनाई, विश्वभरिमै आफ्नो शाखालाई विस्तार गर्दै आएका छौं। त्यसपछि कोयामाजीले सोच्नुभयो, "अन्तरराष्ट्रिय तवरमा लड्ने हो भने राष्ट्रियताको कुरालाई पछाडी राखेर उत्कृष्ट व्यक्तिहरू रोज्नु आवश्यक छ", र उहाँले विदेशी व्यक्तिहरूलाई पनि लिन थाल्नुभयो। हाल चारवटा देशबाट जम्मा भएका कर्मचारीहरू टोक्यो स्थित मुख्य कार्यालयमा काम गर्दैछन्।
त्यसमध्ये एकजना चिनबाट आउनुभएको ली जी हुनुहुन्छ। सिस्टम प्रशासन र कर्मचारी सम्बन्धी, लेखा कार्यमा लागेपछि हालै वित्तिय विभाग र IT विभागको म्यानेजरको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ। "कम्पनी प्रमुख सधैं भनिरहनुहुन्छ, 'राष्ट्रियतालाई पछाडी सारेर सक्षमताकै मुल्यांकन गर्ने,' साँच्चै त्यस्तै भएको छ। म आफै कम्पनी म्यानेजमेन्टको केन्द्र भन्न सकिने स्थान सुम्पिइएकोमा छक्क पर्दैछु। स्थापनादेखि 50 औं वर्षको नजिकै पुग्दा पनि एक पछि अर्को नयाँ नयाँ प्रयास गरिरहने, राम्रो अर्थमा 'अनौठो' कम्पनी हो" (ली जी)।


दैनिक जीवन र कामको सन्तुलनको पहलहरू
टेकुडाइयामा "काममा पनि, रमाइलो गर्नुमा पनि पूर्ण ध्यान दिएर गर्नु" भन्ने विचार अन्तरगत, ती दुवैलाई अर्थपूर्ण बनाउने विभिन्न प्रयास गरिएको छ।
त्यसको राम्रो उदाहरण, कम्पनीको उत्पादन र कार्य प्रणालीबारे कर्मचारी स्वयमले उन्नतिको लागि सुझाउ दिन सकिने प्रणाली "चुमुचुमु" हो। यो प्रणालीको रमाइलो पक्ष भनेको पोइन्ट सिस्टममा हुन्छ, उन्नतिको प्रभाव कत्तिको छ अनि कत्तिको फैलियो भन्ने कुरा अनुसार पोइन्ट प्रदान गरिने, र जम्मा भएको पोइन्टलाई कुपनमा साट्न सकिन्छ। "सुरुसुरुमा टेक्नोलोजी विभागद्वारा उत्पादनको उन्नतिको लागि सुझाउ नै मुख्य उद्देश्य थियो तर उन्नतिशील संगठनमा परिणत हुनको लागि कम्पनी प्रणालीको रुपमा यसलाई नविकरण गरें" (कोयामी जी) त्यसको परिणाम स्वरुप प्रत्येक कर्मचारीले कम्तीमा एक पटक प्रयोग गरेको जतिको लोकप्रिय प्रणाली बन्यो। ली जी भन्नुहुन्छ, "नयाँ नयाँ कर्मचारीलाई बढि वेसिक पोइन्ट दिने भएकोले आजकाल चाहिं आफ्नो अन्डरमा काम गर्ने र जुनियरले दिने उन्नतिको लागि सुझाउलाई साथ दिने भूमिका खेल्दै छु। सुझाउ छनौट भएमा हाम्रो सबै कार्यालयहरूमा घोषणा गरिने भएकोले युवा कर्मचारीहरूको जोश बढाउने कुरामा मदत मिलेको छ।" हालै चाहिं महिनामा एक पटक अफिसको खुला ठाउँमा पिउने कुरा र खानेकुरा हातमा लिंदै उन्नति गर्ने बुँदाबारे छलफल गर्ने विचार आदान-प्रदान कार्यक्रम गरिंदै छ, यसरी यो प्रणालीलाई निरन्तर रुपले सदुपयोग गर्ने अभ्यास भइरहेको छ।
अर्को तर्फ कामलाई भुलेर "रमाइलो" गर्ने इभेन्ट पनि प्रसस्तै छ। नयाँ वर्षको पार्टी र वर्षको अन्तमा हुने पार्टी, कर्मचारीको वर्थ डे पार्टी, शाखाहरूलाई अनलाईनद्वारा जोडेर गरिने लन्च पार्टी आदि मार्फत्, भर्खरै आएको कर्मचारी पनि बोस र सिनियरसँग तुरुन्तै घुलमिल हुन सकिन्छ। यो "रमाइलो" क्षणमा विकास गरेको सम्बन्धले गर्दा "काम" बारे सरसल्लाह गर्न सजिलो भएको छ भन्ने प्रतिक्रया पनि आएको छ।


मानव संसाधन प्रशिक्षणको पहलहरू
"अब यसो गरौं।" भन्ने कम्पनी सिद्धान्त राख्ने टेकुडाइया। कोयीमाजी भन्नुहुन्छ, "जानाजानी रिस्क लिएरै सामान्य ज्ञान बहिरको सुझाउ दिएर आशा गरेभन्दा बढी गर्ने। त्यस्तो कर्मचारी बनिदिए हुन्थ्यो भन्ने मेरो विचार छ।"
सामान्य ज्ञानभन्दा बाहिर जानको लागि सर्वप्रथम सामान्य ज्ञान के हो त्यो थाह पाउनु अति आवश्यक छ। त्यसैले हाम्रो कम्पनीले भिजिटिंग कार्ड आदान प्रदान र फोनबाटको कुराकानी, इमेल कुराकानी आदि आधारभूत बिजिनेस म्यानरको सबै पक्ष सिक्न सकिने कम्पनी भित्रको ट्रेनिंगको अलावा पनि दक्ष विजनेस शीप सिक्न सकिने कम्पनी बाहिरको ट्रेनिंग तयार पारेको छ। यसबाट व्यक्तिको क्षमता व्यवसायको आवश्यकता अनुसार शीप विकास गर्न सकिन्छ।
अनि नयाँ कर्मचारी भए पनि इच्छा शक्ति मात्र भए पनि प्रोजेक्टको योजना टिममा नियुक्त गर्नु हाम्रो कम्पनीको विशेषता हो। कार्य क्षेत्रको काम मात्र नभइ सम्पूर्ण प्रोजेक्टको बनोट बुझ्नुले दृष्टिकोण फराकिलो हुन्छ, सुझाउ दिने क्षमताको उन्नति लक्षित गर्न सकिन्छ। ली जी लाई उहाँको पहिलो वर्षमै फ्याक्ट्रि सार्ने ठूलो प्रोजेक्ट सुम्पियो, उहाँ विगतको कुरा सम्झंदै भन्नुहुन्छ, "कार्यस्थल कर्मचारीसँगको संचार सजिलो थिएन, तर त्यो अनुभवले गर्दा अहिलेको मेरो अस्तीत्व कायम भएको छ।"
यसरी, भर्खरै आएको कर्मचारीले पनि महत्वपूर्ण स्थानमा रहेर सक्रियताका साथ काम गर्न सक्नु, "गल्ती भएपनि लाज मान्नु पर्दैन" भन्ने कम्पनी वातावरण भएकोले हो। "जो कोही पनि गल्ती गर्न देखि डराउँछन् भने प्रयास गर्न नसकिने हुन्छ। त्यसै कारणले बोस र सिनियर स्वयमले आफूले गल्ती गरेको कुरा नलुकाईकन देखाउने गरेका छन्। ली लगायत प्रशासकहरू कम्पनी ब्लगमा आफ्नो गल्तीको विवरण प्रकाशित गर्छन् र म आफैले पनि गाह्रो विजनेस छलफलको बेलामा जानाजानी कार्यालय प्रमुखको कोठा खुल्लै राखेर कर्मचारीले सुन्न सक्ने बनाएको छु।" (प्रतिनिधि कोयामा जी)


प्रतिनिधिको मेसेज
कम्पनी प्रमुख शिंगो कोयामा
संचार अर्धचालकको मार्केट विस्तारलाई ध्यानमा राखि हाम्रो कम्पनीले विदेशमा व्यवसाय क्षेत्रको विस्तार गरि, अन्तरराष्ट्रिय प्रतिस्पर्धा गर्ने क्षमता बढाउने योजना गरेको छ। जुन राष्ट्रियताको भएपनि अन्तरराष्ट्रिय तरिकामा सक्रिय भएर काम गर्ने इच्छा भएको व्यक्तिलाई हार्दिक स्वागत छ।
तैपनि "Don't be Japanese" जापानको व्यवसाय चलन सिक्नु महत्त्वपूर्ण भए पनि त्यसमा पूरै भिज्नु पर्दैन। बरु आफ्नो संकृतिको राम्रो पक्ष र आफ्नो व्यक्तित्वको प्रयोग गरेर नयाँ नयाँ आइडिया निकाल्नुहुन्छ भनेर आशा गर्दैछु !


विदेशी कर्मचारीको मेसेज
वित्तिय विभाग IT विभाग म्यानेजर/ली शोतोन (चिन)
सुरुसुरुमा केही वर्षको लागि मात्र जापानमा काम गर्ने विचार थियो तर अहिले कम्पनीमा प्रवेश भएको 13 औं वर्षमा प्रवेश भइसकेको रहेछ। यति लामो समयसम्म काम गरिरहन सकेको चाहिं कडा भए पनि आफ्नै जस्तै गर्ने कम्पनी प्रमुख हुनु भएर, मलाई उन्नति गराउने वातावरण भएर नै हो। यसपछि पनि कपम्पनीको मेरुदण्ड रुपी काम गर्ने प्रशासकको हैसियतमा चाहिएकै सुझाउ दिएर व्यवस्थापन योजनामा योगदान पुर्याउन चाहन्छु।
टोक्यो भनेको कामको बृहत मौका भएको, उत्कृष्ट व्यक्तित्व जम्मा हुने शहर हो। यदि तपाईं रोमाञ्चक प्रयासको खोजीमा हुनुहुन्छ भने अवश्य एकचोटी काम गर्न आएर हेर्नुहोस् !


रोजगारदाता कम्पनीको जानकारी
- कम्पनीको नाम
- TECDIA Co., LTD
- स्थापना साल र महिना
- 1976 साल 6 महिना
- पुँजी रकम
- 6,000 मान येन
- प्रतिनिधि
- शिंगो कोयामा
- कर्मचारी सङ्ख्या
- 60 जना(विदेशी कर्मचारीको संख्या: 9)
- मुख्यालयको ठेगाना
- सिबाउरा स्क्वेयर विल 17F, 4-9-25 सिबाउरा, मिनातो वार्ड, टोक्यो
- फोन नम्बर
- 03-5765-5400
- URL
- https://www.tecdia.com/jp/
※सबै जानकारी अक्टोबर 2024 सम्मको हो।