ल्याण्ड हाउजिंग कम्पनी
व्यवसाय प्रोफाइल
अचल सम्पत्तिको रेन्ट・किनबेच・म्यानेजमेन्ट・विकास गर्ने। विदेशी विद्यार्थी सपोर्ट व्यवसाय र ट्रंक रूम व्यवसाय पनि विकास।
कम्पनीको किवर्ड
- स्थापना भएको ३० वर्ष पुगेको, स्थानीय परिस्थितिलाई राम्ररी बुझेको अचल सम्पत्ति कम्पनीले विदेशी विद्यार्थीको लागि बस्ने ठाउँ खोज्ने र जीवनको सबै पक्षलाई पूर्ण रूपमा सपोर्ट
- "अचल सम्पत्ति उद्योग ग्राहकको सपना सपोर्ट गर्ने काम" भएकोले नै कर्मचारीले गर्न चाहेको कुरा औपचारिक वा व्यक्तिगत जुन भए पनि सपोर्ट
- जापान र थाइल्याण्डको केन्द्र दुवै ठाउँमा करियर चेन्ज गर्न र राष्ट्रियताको मतलब नगरी करियर अप गर्न सकिन्छ
कम्पनी प्रोफाइल
अचल सम्पत्तिको रेन्टदेखि किनबेच・म्यानेजमेन्ट・विकाससम्म सबै संचालन गर्ने ल्याण्ड हाउजिंग। स्थानीय परिस्थितिलाई राम्ररी बुझेर ससाना कुरामा पनि ध्यान दिएर थुप्रै ग्राहकको भरोसा जित्न सफल भएको छ।
ती ग्राहकहरूमध्ये विदेशी विद्यार्थी पनि धेरै समावेश भएको छ। यो कम्पनीले मुख्यतया थाइल्याण्डको विद्यार्थीको लागि बस्ने ठाउँ खोज्न पनि सपोर्ट गर्दै छ। "भाषा फरक भएर कोठा खोज्न गाह्रो भएको थाइल्याण्डको विद्यार्थी हाम्रो पसलमा आएपछि केही न केही गरेर मदत गर्न मन लाग्यो अनि अन्तमा तिनको लागि कोठा मिलाइदिन सकें। सायद यो कुरा थाह पाएर त्यस पछि पनि थुप्रै थाइल्याण्डको विद्यार्थी आउन थालेकोले यस कामलाई व्यवसायकै रूपमा सुरु गर्यौं।"(कार्यकारी निर्देशक・हासिमोतो जी)पछि गएर यो कम्पनीले थाइल्याण्डमा कोर्पोरेट स्थापना गरेर विदेशी विद्यार्थीको बस्ने ठाउँ खोज्ने मात्र नभई बैंक खाता खोल्ने, मोबाइल फोन लिइदिने जस्ता सम्पूर्ण जीवन सपोर्ट गर्नको लागि सपोर्ट मेन्यु मिलाउने र बढाउने गर्दै आएको छ।
यो विदेशी विद्यार्थी सपोर्ट व्यवसाय जापान र थाइल्याण्डको केन्द्रमा काम गर्ने थाइल्याण्डको कर्मचारीमार्फत सपोर्ट गरिएको छ। काना जी पनि ती मध्ये एक हुनुहुन्छ। "बस्ने ठाउँ सबै मानिसहरूको लागि नभई नहुने हो। त्यसमा सम्बन्धित अचल सम्पत्ति उद्योग स्थिर देखियो अनि मार्केटिङ जोब भए करियर अप गर्न पनि सजिलो होला भनी सोचेर यो कम्पनीमा प्रवेश गरें"(काना जी)सुरुमा थाइल्याण्डको कोर्पोरेटमा विद्यार्थीहरूलाई जापान जानु अगाडिसम्म सपोर्ट गर्दै हुनुहुन्थ्यो तर त्यस पछि म्यानेजरको प्रोत्साहनले गर्दा जापान कोर्पोरेटमा सरेर अहिले म्यानेजरको रूपमा विदेशी विद्यार्थी सपोर्ट व्यवसायमा जिम्मा लिने अन्तर्राष्ट्रिय व्यवसाय ग्रुपको ग्रुप चिफको रूपमा काम गर्दै हुनुहुन्छ।


दैनिक जीवन र कामको सन्तुलनको पहलहरू
"अचल सम्पत्ति उद्योग विद्यालयमा प्रवेश गर्ने, विदेशमा पढ्ने, जागिर पाउने, आफ्नो घर किन्नेजस्ता ग्राहकको सपना सपोर्ट गर्ने काम हो। त्यसैले सुरुमा कम्पनीको रूपमा कर्मचारीहरूको सपना सपोर्ट गर्न चाहन्छु।(हासिमोतो जी)त्यो कुरा अनुसार ल्याण्ड हाउजिंगमा कर्मचारीले गर्न चाहने कुराहरूलाई औपचारिक होस् वा व्यक्तिगत त्यसको मतलब नगरी सपोर्ट गर्ने प्रणाली छ।
उदाहरणको लागि काममा कर्मचारीको सुझावअनुसार कामलाई प्रभावकारी बनाइँदै छ। हासिमोतो जी भन्नुहुन्छ "अचल सम्पत्ति उद्योगमा फोन, फ्याक्स, कागज धेरै प्रयोग गर्ने चलन अझै छ तर यो कम्पनीमा स्थानीय कर्मचारीको आवाज सुनेर VR सदुपयोग गरेको कोठा हेर्ने सिस्टम, अचल सम्पत्ति मालिकको लागि सिस्टम, च्याट टूल आदि सकारात्मक भई ITको सदुपयोग गर्दै आएको छ।" काना जीले पनि विदेशको संचारको अवस्था विचार गर्दै विदेशी ग्राहकसँग इमेलद्वारा नभई कम्पनीको अधिकारिक SNS द्वारा संचार कायम राख्ने प्रणाली बनाउन सुझाव दिनुभयो। "समस्या भएको बेला जोखिम सकेसम्म कम गरेर कामको प्रक्रिया रोकतोक बिना पूरा गर्न सकें" भनेर सन्तुष्टिका साथ भन्नुहुन्छ। अनि प्रयोग नभइरहेको बिल्डिंग सदुपयोग गरेर ट्रंकरूम व्यवसाय आदि कर्मचारीको सुझावबाट सुरुवात भई व्यवसाय बनाएको पनि छ।
अर्को तर्फ कामबाट अलग्गै अरू सपना पनि सपोर्ट गर्नको लागि साइड जब गर्ने अनुमति दिइएको छ। कमेडियन, इलस्ट्रेटर लगायत प्रोरेस्लरको रूपमा सक्रिय भई काम गर्ने कर्मचारी पनि हुनुहुन्छ अनि म्याचको दिनमा धेरै कर्मचारी सँग सँगै म्याच हेर्न जानुहुन्छ। अनि गर्न चाहेको कुरा गर्नको लागि स्वास्थ्य नभई नहुने हो भन्ने विचारबाट स्वास्थ्य समस्या भएको बेलामा सम्पर्क क्लिनिकसँग अनलाइनमा स्वास्थ्य परामर्श लिन सकिने प्रणाली पनि छ। कम्पनीले खर्च व्यहोर्ने भएकोले धेरै चिन्ता नगरी आफ्नो स्वास्थ्य जोगाउन सकिन्छ।


मानव संसाधन प्रशिक्षणको पहलहरू
“For the Best Life” भन्ने भिजन राखेर ल्याण्ड हाउजिंगले ग्राहकको लागि पूर्ण सपोर्ट गर्ने लक्ष्य राखेको छ। त्यसको लागि "कर्मचारीलाई सकारात्मक भई स्थानीय काम सुम्पिदिएर विभिन्न जिम्मेवारी प्रभावकारी तरिकामा अनुभव गर्न दिने कुरामा ध्यान दिएको छु" हासिमोतो जी भन्नुहुन्छ। विदेशी विद्यार्थी सपोर्ट व्यवसाय गर्ने अन्तर्राष्ट्रिय व्यवसाय ग्रुपमा विदेशी कर्मचारी सहभागी भएको छ अनि आफ्नो भाषामा OJT गर्न सकिन्छ। अनि जापानी भाषा वा जापानको बिजिनेस म्यानरबारे नबुझेको कुरा भएमा अप्ठ्यारो नमानी जापानी कर्मचारीसँग सल्लाह गर्न सकिने भएकोले ढुक्क हुन सक्नुहुन्छ।
अर्को तर्फ विभाग बीचको संचार पनि सक्रिय छ अनि काम गर्ने क्षेत्रमा आफ्नो दृष्टिकोण फराकिलो बनाउने मौका धेरै छ। उदाहरणको लागि बेलाबेलामा डोमेस्टिक व्यावसायमा एउटै अचल सम्पत्ति मालिक भएको ग्राहकलाई रेन्ट, म्यानेजमेन्ट, किनबेचको हरेक कर्मचारीले अन्तरविभागमा मिलेर काम गर्छन्। अनि जापान र थाइल्याण्ड दुवै ठाउँमा ट्रेनिंग गरिन्छ। जापान अफिसको कर्मचारी थाइल्याण्डमा गएर विदेशी विद्यार्थी र त्यसको परिवारसँग कसरी व्यवहार गर्ने भन्ने कुरा सिक्छन् भने थाइल्याण्ड अफिसको कर्मचारी जापान आएर जापानको कोठाहरू हेरेर थाइल्याण्डमा ग्राहकसँग व्यवहार गर्दा सिकेका कुराहरू प्रयोग गर्दै छन्। विभागबीच र अफिसबीचको सरूवा भएर जान सकिने भएकोले काना जी "विभिन्न काममा ट्राइ गर्न इच्छुक" भएर थाइल्याण्ड कोर्पोरेटको सेल्सको कामबाट जापान कोर्पोरेटको सेल्सको काम अनि मार्केटिंगको काममा करियर चेन्ज गरेर आउनुभयो।
साथै कुन राष्ट्रको कर्मचारी हो भन्ने कुारमा मतलब नगरी कामको स्तर माथि उठाउन सकिन्छ। अहिले म्यानेजरको रूपमा काम गर्ने काना जी "मार्केटिंग काम गर्दा कम्पनी अझै चिनियोस् भनेर प्रयास गर्दा कम्पनीले समाधान गर्नुपर्ने विषयबारे विचार गर्ने बानी बसेको नतिजास्वरूप म्यानेजरमा प्रोमोसन हुन प्रोत्साहन पाएँ। जुनसुकै राष्ट्रको कर्मचारी भए पनि संचालक बन्न सकिन्छ भन्ने कुरा अबदेखि प्रमाणित गर्न चाहन्छु।" भन्दै अझै करियर अप गर्न इच्छा देखाउनुभएको छ।


प्रतिनिधिको मेसेज
कार्यकारी निर्देशक/थाइल्याण्ड कोर्पोरेटको म्यानेजिंग डाइरेक्टर दाइगो हासिमोतो
यो कम्पनीले अबदेखि थाइल्याण्ड विद्यार्थीको लागि सपोर्ट मेन्यु बढाउँदै अरू देशको विद्यार्थीको लागि पनि एउटै सपोर्ट सुरु गरेर पछि गएर विदेशमा बसाई सर्ने जापानीहरूको लागि पनि सर्भिसलाई बढाउँदै जाने विचार गरेको छ। भिन्नै संस्कृतिको दृष्टिकोणका साथ नयाँ तरिकामा ग्राहकलाई योगदान पुर्याउन चाहनुहुन्छ भने सँगै काम गरौं। आफू जापानमा छु भन्दै नकारात्मक नभई आफ्नो बलियो पक्ष पुरै सदुपयोग गर्दै काम गर्नुहोस्।


विदेशी कर्मचारीको मेसेज
म्यानेजमेन्ट प्लानिंग रूम अन्तर्राष्ट्रिय व्यावसाय ग्रुप ग्रुपचिफ/गंतपोर्ण अंसोमबत (बोलाउने नाम:काना)(थाइल्याण्ड)
जापान "प्रतिस्पर्धा धेरै भएको सजिलै तनावग्रस्त हुने देश" जस्तो लागको थियो तर हिजोआज सजिलोसँग काम गर्न सकिने वातावरण मिलाइदिने कम्पनी बढ्दै छ जस्तो मलाई लाग्छ। अनि आफ्नो देशमा सामान्य ठानिने कुरा जापानमा बलियो पक्षको रूपमा सदुपयोग हुन सक्छ। मेरो कुरा गर्दा मेरो मुस्कान ग्राहकसँग व्यवहार गर्दा काम लागेको छ। जापान आउन चाहन्छु भन्ने मन भएको व्यक्तिहरू त्यो सपना पूरा गर्न आउनुहोस्!

रोजगारदाता कम्पनीको जानकारी
- कम्पनीको नाम
- ल्याण्ड हाउजिंग कम्पनी
- स्थापना साल र महिना
- 1994 साल 9 महिना
- पुँजी रकम
- 10,000,000 येन
- प्रतिनिधि
- यासुहिसा इगारासी
- कर्मचारी सङ्ख्या
- 29 जना(मध्ये विदेशी कर्मचारी 5 जना)
- मुख्यालयको ठेगाना
- 4-1-4 एइफुकु सुगिनामी-कु टोकियो
- फोन नम्बर
- 03-3324-2271
- URL
- https://www.landhousing.co.jp/
※सबै जानकारी अक्टोबर 2024 सम्मको हो।--