सान्योसेको. को. लि.
व्यवसाय प्रोफाइल
धातु काट्ने प्रशोधनबाट सुरु गरेर अहिले उच्च तापमान अवलोकन उपकरण र मेडिकल इक्युपमेन्टस् को उत्पादन तथा विक्रीसम्म व्यवसाय विस्तार गरेको।

कम्पनीको किवर्ड
- उच्च प्राविधिक क्षमताको सदुपयोग गरि आफ्नै उत्पादनको विकास तथा ग्राहकको चाहनालाई पूरा गर्ने ठेक्का विकास गर्ने।
- कम्पनी भित्र इभेन्ट र छुट्टि दिने तरिकाको विकल्पहरूलाई गुणस्तरिय बनाई कर्मचारीको सन्तुष्टिलाई बढाउने।
- प्राविधिक क्षमता र मानेजमेन्ट स्किललाई क्रमश उन्नति गराउन सक्ने वातावरण। बहुसंख्यक परामर्श डेस्क भएको सहयोगी प्रणाली।
कम्पनी प्रोफाइल
विद्धुतीय गाडी वा हवाईजहाजको इन्जीन, माइक्रोस्कोप आदिको पार्टस् लाई उच्च गुणस्तरिय काट्ने विधि प्रयोग गरेर बनाउने सान्योसेको। यसको साथै अर्धचालक उत्पादनमा नभईनहुने "हान्दा" को मूल्यांकन गर्ने उच्च तापमान अवलोकन उपकरण पनि विकास तथा सप्लाई गरेर, हाम्रो जीवनमा अभ्यस्त सामानको उत्पादनलाई पर्दा पछाडिबाट सपोर्ट गर्दै आएको छ। हालैका वर्षहरूमा "दु;खमा परेकालाई मदत गर्ने" भन्ने चाहना लिएर मेडिकल इक्युपमेन्टस् व्यवसाय पनि विस्तार गरेका छ। आर्टेरियोक्लेरोसिस जाँच्ने उपकरण र दुखाई मापन उपकरणको आविष्कार तथा सप्लाई गरेर उपचार मात्र नभई रोकथामको बेलादेखि मानिसहरूको सुस्वास्थ्यको रक्षा गर्दैछ।
सबैभन्दा बलियो पक्ष भनेको ठेक्काद्वारा ग्राहकहरूको ससानो चाहना पूरा गरिदिन सक्नु हो। आफ्नै उत्पादनको आविष्कारद्वारा प्रमाणित भएको उच्च प्राविधिक क्षमताको सदुपयोग गर्दै योजनाबाट नक्सा बनाउने, नमुना बनाउने, धेरै संख्यामा उत्पादन गर्ने, सार्वजनिक गर्नेसम्म सधैं ग्राहकको साथमा रहेर काम गर्ने। विशेषगरि मेडिकल इक्युपमेन्टस् व्यवसायमा अन्तरराष्ट्रिय मापदण्ड अन्तरगत गरिएको गुणस्तर निरिक्षण सिस्टम प्रयोग गरि थुप्रै ग्राहकहरूले सोचेअनुसारको सामान बनाउन सपोर्ट गर्दै आएका छ।
त्यस्तो काम गर्ने यो कम्पनी अन्तराष्ट्रिय विस्तारलाई मध्य नजर गर्दै विदेशी मानव संसाधनको नियुक्तिलाई पूर्ण बनायो। "अन्तरराष्ट्रिय मुल्यमान्यतालाई छुन सक्ने संगठन निर्माणका साथै आफै अग्रसर हुने विदेशी मानव संसाधनको इच्छा शक्तीमाथी आशा गरेका थियौं" भनेर मानव संसाधन विकास विभाग प्रमुख कोइजुमी जी भन्नुहुन्छ।
त्यसै क्रममा नियुक्ति पाएको व्यक्तिमध्ये एक जना मेडिकल इक्युपमेन्ट व्यवसायमा मेकानिल डिजाइन गर्ने चाइनाको हे जी हो। "विश्व विद्यालयमा मेकानिकल इन्जिनियरिंग सिक्ने क्रममा गाडी बनाउने उद्योगमा चासो जागेर जापानको अटोमोबाइल मेकरमा जागिर खान थालें तर केही भागको डिजाइनमा मात्र भाग लिन पाउने भएर दु;ख लागेको थियो। सान्योसेकोको मेडिकल इक्युपमेन्ट व्यवसायमा चाहिं एउटा सिंगै सामानको डिजाइन गर्न सकिने भएकोले रमाइलो लागिरहेको छ।" (हे जी)


दैनिक जीवन र कामको सन्तुलनको पहलहरू
"आफ्नो संतानलाई जागिर ख्वाउन मिल्ने कम्पनी" बनाउनु सान्योसेकोको लक्ष हो। त्यसको लागि प्रत्येक कर्मचारी सन्तुष्ट हुनु आवश्यक छ जस्तो विचार गरेर काम बाहेक समयमा पनि रमाउन सक्ने गरि आइडिया निकाल्दै आएका छ। हाइकिंग वा गल्फ, तरकारी खेती जस्ता अतिरिक्त कृयाकलापको सदश्य शुल्कलाई कम्पनीले व्यहोर्नुको अलावा महिनामा एक पटक जति कर्मचारी टुर र बोलिंग प्रतियोगिता, फुटसल प्रतियोगिता आदि विभिन्न इभेन्ट सन्चालन गरेका छ। विभाग-विभागको सिमालाई नाघेर कम्युनिकेसन गर्नुले "कार्य कम्युनिकेसनलाई पनि स्मुथ बनायो" भनेर कोइजुमी जी भन्नुहुन्छ। हे जीले e खेलकुद प्रतियोगितामा पहिलो पटक भाग लिन राम्रोसँग प्राक्टिस गरेर खुशीको कुरा उहाँको टिमले प्रथम पुरस्कार पाउन सफल भयो भनिन्छ। "सबै जना मिलेर दत्तचित्त हुन सकेकोले रमाइलो भयो" भनेर मुस्कुराउँदै त्यतिबेलाको कुरा सम्झिंदै भन्नुहुन्छ।
अर्कोतर्फ कर्मचारीको सन्तुष्टिलाई बढाउनको लागि लचकदार बिदा प्रणाली भएर त्यसलाई प्रयोग गर्न सक्नु पनि महत्वपूर्ण हुन्छ। यो कम्पनीमा एक एक घण्टाको हिसाबले पैसा नकाट्ने छुट्टि पाउने "घण्टा बिदा प्रणाली" लाई अपनाउनुका साथै बिजनेस ट्रिप र मौषमी बिदा, पैसा नकाट्ने बिदालाई जोडेर लामो बिदा पाउने अनुमती दिनु आदि गरेर बिदा लिने तरिकाको विकल्प बढाउँदै छ। हे जीले पनि डेन्टिस्टकोमा जानको लागि घण्टा बिदा प्रणालीलाई प्रयोग गर्ने, र लामो बिदालाई प्रयोग गरेर चाइना फर्किने गरेर "आफ्नो लाइफ स्टाइल अनुसारै बिदा मिलाउन सकिने भएर सजिलो छ" भनेर भन्नुहुन्छ।
त्यसका साथै "मिसन स्टेटमेन्ट प्रणाली" भन्ने युनिक प्रणालीमा, एक जना कर्मचारीको सपना पूरा गर्न सपोर्ट गर्नको लागि अर्को एक जना कर्मचारी प्रशिक्षकको रुपमा उनको छेउमा बसी उनको प्रगतीबारे बताउने अवसर पनि मिलाएको छ। "हालै केही कर्मचारीले मात्र यसको प्रयोग गरेका छन् तर अब भने सम्पूर्ण कम्पनी मिलेर यो कार्यक्रममा सहभागि हुन चाहन्छौं" (कोइजुमी जी)।


मानव संसाधन प्रशिक्षणको पहलहरू
"आफ्नो संतानलाई जागिर ख्वाउन मिल्ने कम्पनी" भनेको जे गर्न चाहन्छ त्यसलाई धक नमानीकन कोसिस गर्न सक्ने कम्पनी हो भनेर सान्योसेको विचार गर्दछ। त्यसको आधार हुने शीप सिक्नको लागि सपोर्टलाई विशेषगरि ध्यान दिएका छ। हरेक किसिमको कामको लागि स्किल म्याप तयार गरेर अनुभवहिनले पनि कस्तो समय तालिकामा केको स्किल सिक्नुपर्ने हो एकै नजरमा बुझ्नेगरि मिलाएको छ। पास भयो भने कार्यलेवल अप हुने कम्पनी भित्र परीक्षा प्रणाली पनि प्रबन्ध गरेर कर्मचारीको मनोभावलाई बढाएको छ। साथै कम्पनी बाहिरको योग्यता प्राप्ती सपोर्ट पनि छ, हे जी फर्केर भन्नुहुन्छ "काममा सिधै प्रयोग गर्न सक्ने स्किल कम्पनी खर्चबाट सिक्न सकेर राम्रो भयो"।
साथै स्किल मात्र नभई म्यानेजमेन्ट गर्ने क्षमतालाई क्रमश उन्नति गराउन सकिने प्रणाली पनि छ। सधैं लगभग 40 ओटा जतिको प्रोजेक्ट चलिरहेको हुनाले प्रोजेक्टमा म्यानेजमेन्टको अनुभव बटुलेपछि संगठनको म्यानेजमेन्टमा पनि अप्ठ्यारो नमानीकन कोसिस गर्न सकिन्छ। हे जीले पनि मेडिकल इक्युपमेन्ट व्यवसायीको मेकानिकल डिजाइन सँगसँगै अन्तरराष्ट्रिय विस्तार प्रोजेक्टको म्यानेजमेन्टको जिम्मा पनि लिनु भएको छ। "मेकानिकल डिजाइन मात्र नभई इलेक्ट्रोनिकल डिजाइन वा सफ्टवेयर डिजाइन आदि, सम्पूर्ण प्रोडक्टको प्रविधि सम्बन्धि ज्ञान आवश्यक पर्ने भएकोले गाह्रो त छ तर जति बुझ्दै आउँछ त्यतिनै ठूलो उपलब्धि हासिल गरेको महसुस हुन्छ।" (हे जी)
अरु कुरा भनेको अन्य राष्ट्रियताको कर्मचारीबाट फोनको कुराकानी आदि व्यवहारिक कुराकानीको तरिका सिक्न सकिने विदेशी भाषा कक्षा पनि संचालन गरिँदै छ। कर्मचारीले विदेशी भाषा सिक्ने प्रयासमा सहयोग गरिँदै छ।
तर पनि प्रयासको क्रममा समस्या पनि आउन सक्छ। त्यसको लागि निकालेको आइडिया चाहिं योङ्ग कर्मचारी एक जनाको लागि मध्यम स्तरको कर्मचारी र अनुभवी कर्मचारी प्रशिक्षकको हैसियतमा सँगै लाग्ने "कोच a गतिविधि"। "परामर्श गर्न सकिने ठाउँ बढाउनुले योङ्ग कर्मचारीले काम सम्बन्धी वा व्यक्तिगत समस्यामा नडुब्नलाई विचार गर्दैछौं।" (कोइजुमी जी)


प्रतिनिधिको मेसेज
मानव संसाधन विभाग प्रमुख कोइजुमी तोशीआकी
यस उपरान्त अन्तरराष्ट्रिय विस्तारलाई मजबुत बनाउनलाई विभिन्न पृष्ठभूमीका व्यक्ति सँगै कम्पनीलाई बलियो बनाउँदै लैजानु आवश्यक छ भनी विचार गर्छु।
अर्कोतर्फ थरिथरिका व्यक्तिहरू भएतापनि "प्रत्येक कर्मचारीलाई खुशी बनाउन चाहन्छु" भन्ने मन परिवर्तन हुँदैन। कर्मचारीको सपना साकार हुन साथ दिने कम्पनी भइरहने, यहि नै हाम्रो कम्पनीको मुख्य लक्ष हो।


विदेशी कर्मचारीको मेसेज
डिजाइन विभाग(मेका डिजाइन), ग्लोबल प्लानिंग विभाग(दुवै)/हे योंग (चाइना)
सान्योसेको मा मैले सुरुमा सोचेको भन्दा विभिन्न प्रकारको प्रयास गर्न सकिन्छ, र मेरो करियरको संभावनाको दायरा ठूलो भयो साथै जापानको जीवन पनि औषधी उपचार र शिक्षा गुणस्तरिय भएको कुरा मलाई मन पर्छ।
तैपनि व्यक्ति पिच्छे महत्वपूर्ण विषय फरक हुन्छ। जापानमा काम गर्नेबारे चासो छ भने साँच्चै आएर आफ्नो मूल्यमान्यता सँग मिल्छ कि मिल्दैन पक्का गर्न सुझाउ दिन्छु।


रोजगारदाता कम्पनीको जानकारी
- कम्पनीको नाम
- सान्योसेको. को. लि.
- स्थापना साल र महिना
- 1963 साल 11 महिना
- पुँजी रकम
- 25,000,000 येन
- प्रतिनिधि
- फुतोशी शिराकावा
- कर्मचारी सङ्ख्या
- 134 जना (विदेशी कामदार 10 जना समावेश)
- मुख्यालयको ठेगाना
- 1435 ओजावा सारुहासी माची ओचुकी सिटी यामानासी प्रिफेक्चर
टोक्यो मुख्यालय : हाचिओजी SIA बिरु 10-2 योकोयामा चो हाचिओजी सिटी टोक्यो - फोन नम्बर
- 0554-22-1036
- URL
- https://sanyoseiko.co.jp
※सबै जानकारी अक्टोबर 2024 सम्मको हो।--