e-Jan नेट वर्कस् कम्पनी
व्यवसाय प्रोफाइल
स्मार्ट डिभाइस र PC आदिको मल्टीडिभाइसमा मिल्ने, कम्पनीहरूको लागि बनाएको रिमोट एक्सेस सर्भिस प्रबन्ध गर्ने।
कम्पनीको किवर्ड
- आफ्नै सुरक्षा विधिको सदुपयोग गरेको, स्मार्ट डिभाइसको रिमोट एक्सेस टुलमा आन्तरिक सेयरमा पहिलो स्थान प्राप्त।
- मेकरको हैसियतमा नयाँ आइडियाको श्रीजनालाई लक्षित गरि, अर्थपूर्ण व्यक्तिगत जीवन तथा कम्पनी भित्रको सरसंगतीको प्रवर्धन गर्ने प्रयास गरिरहेको।
- कर्मचारी आफैले तालिमको छनौट गर्ने मात्र नभई तालिम बनाउन सक्ने वातावरण भएकोले आफै अग्रसर भई कार्यमा लाग्न सक्ने।
कम्पनी प्रोफाइल
कोरोना महामारीले गर्दा सर्वसुलव भएको रिमोट वर्कमा कम्पनी बाहिरबाट कम्पनी भित्र तर्फको एक्सेसको सुरक्षालाई कसरी पक्का गर्ने भन्ने कुरा ठूलो चुनौती हुन्छ। त्यसको समाधान गर्ने उपायमध्ये एउटा हो, e-Jan नेट वर्कसले प्रबन्ध गर्ने कम्पनीहरूको लागि रिमोट एक्सेस टुल "CACHATTO" (कचात्तो)। सुरुसुरुमा कम्पनी बाहिरको मोबाइल फोन टर्मिनलबाट कम्पनी भित्र सिस्टममा एक्सेस गर्ने टुल भनेर आविष्कार गरियो, तर विस्तारै स्मार्ट डिभाइस वा PC आदिमा पनि प्रयोग गर्न सकिने भएर स्मार्ट डिभाइसको रिमोट एक्सेस टुलको हैसियतमा आन्तरिक सेयरमा पहिलो स्थान गर्व गर्नेसम्म प्रगति गरियो। आफ्नै विधिद्वारा सुरक्षा कम हुने खतरालाई न्युनतम पार्न सकिने कुरा यो कम्पनीको सशक्त पक्ष हो।
यस्तो यो कम्पनीले स्थापना काल देखि नै लामो समयसम्म विदेशी व्यक्तिहरूलाई छनौट गर्दै आएको छ। म्यानेजर स्वयमको विदेशमा बसेको अनुभव पर्याप्त छ अनि अध्ययन आविष्कार गर्ने मुख्य स्थान भारतमा छ। "जापान र विदेशको संस्कृति सधै मिसिने वातावरण भएकोले नै राष्ट्रियताको फरकलाई ध्यान नदिई प्रतिभाशाली व्यक्तिलाई छनौट गर्दै आयौं।" (कार्यरत कर्मचारी・यामामोतो जी)
त्यही क्रममा छनौट गरिएको फिलिपिन्सबाटको जो जी हो। उहाँ विश्व विद्यालया पढ्दै गर्दा हाम्रो कम्पनीको अंग्रेजी भाषा प्रशिक्षकको रुपमा पार्टटाइम जब सुरु गर्नुभयो। उद्देश्यको भावना राख्ने यो कम्पनीदेखि आकर्षित भई स्नातकपछि यो कम्पनीमा प्रवेश गर्ने निदो गर्नुभयो। अहिले चाहिं प्रडक्ट ओनर ग्रुपमा बसेर मार्केटिंग विभाग र टेक्नोलजी विभाग विचको पुल को काम गर्दै उत्पादनको आविष्कार・उन्नतिको दिशा निर्धारण गर्ने भूमिका निभाउँदै हुनुहुन्छ। जो जी आफ्नो सन्तुष्टिलाई यसरी व्यक्त गर्नुहुन्छ "मेरो गहन जिम्मेवारी छ तर त्यसकै कारणले सन्तुष्टि मिलेको छ।"


दैनिक जीवन र कामको सन्तुलनको पहलहरू
यो कम्पनीले व्यवसायी मात्र नभई लाइफ वर्क ब्यालेन्सलाई पनि "कम्पनीको उन्नती गराउने एक तत्व" को रुपमा लिएको छ। "मेकरले नयाँ नयाँ भ्यालुको श्रीजना गरेर मार्केटसँग सोध्नु महत्वपूर्ण छ। त्यसैकारणले काम बाहेकको जीवनलाई अर्थपूर्ण बनाउनुका साथै कम्पनी भित्रको सरसंगतीलाई प्रोत्साहन दिने गरेर, आइडिया निकाल्न सजिलो बनाउनुपर्छ जस्तो लाग्छ"। (यामामोतो जी)
त्यसै सिलसिलामा काम गर्ने "समय" र "ठाउँ" लाई स्वच्छन्द रुपमा रोज्न सकिने प्रणाली बनाइयो। बिहान 10 बजे देखि दिउँसो 3 बजे सम्मलाई काम गर्नको लागि मुख्य समय बनाएको फ्लेक्स प्रणाली र जापानको जुनसुकै ठाउँमा बसेपनि रिमोट वर्क गर्न सम्भव "जहाँ भएपनि घरबाटै काम गर्ने प्रणाली", एक बर्षमा बढीमा 60 कार्य दिन सम्ममा जहाँबाट भएपनि काम गर्न सकिने "वर्केशन प्रणाली" लाई अपनाएर काम गर्ने समय र ठाउँको सिमिततालाई धेरै हदसम्म कम गरिएको छ। जो जी पनि यी प्रणालीहरूलाई सदुपयोग गरेर व्यक्तिगत जीवनलाई अर्थपूर्ण बनाईरहको कर्मचारी मध्ये एक हुनुहुन्छ। "बिहान टेनिस खेलेर घरबाट काम गर्नको लागि रिफ्रेस गर्छु। वर्केशन प्रणाली चाहिं अहिलेसम्म प्रयोग गरेको त छैन तर जहिले पनि विदेशको परिवारलाई भेट्न जान पाइन्छ जस्तो लागेर ढुक्क भएर काम गर्न सकेको छु।" (जो जी)
साथै कर्मचारी बिचको संगतीलाई बढावा दिने तरिका पनि युनिक छ। दैनिक कार्य रिपोर्टमा SNSको जस्तो स्टिकर र रिप्लाई पठाउन सक्ने कम्पनी भित्रको टुल प्रयोग गरेर काम गर्ने समय र ठाउँ फरक भएपनि सजिलै कम्युनिकेसन गर्न सकिन्छ। अनि बर्षमा दुई पटक सम्पूर्ण कर्मचारीहरू भेला हुने अवसर पनि छ। जो जी "दैनिक रिपोर्टमा चेक गरेको समाचारलाई आमनेसामने भेटेको बेलामा कुराकानीको सुरुवातमा प्रयोग गरेर थुप्रै कर्मचारीसित मित्रता गाँस्न सकें।" भनेर मुस्कुराउनुभयो।


मानव संसाधन प्रशिक्षणको पहलहरू
यो कम्पनीको भिजन हो "आहा कस्तो राम्रो यो उत्साह फैलाऊँ" कर्मचारी स्वयमलाई "राम्रो" जस्तो लागेको कुरा समाजमा फैलाउँदै गर्ने भएकोले यामामोतो जी यसरी भन्नुहुन्छ "कर्मचारीहरू आफैले सोचेर कदम चाल्न सक्ने व्यक्ति बनेको म चाहन्छु।"
त्यसको लागि कम्पनीको बनोट र विभागहरुको संरचना, यस व्यवसायको विषयवस्तु आदि सिक्ने अनिवार्य तालिम सकिएपछि आफ्नो कार्यको लागि आवश्यक e लर्निंङ कोर्स र कम्पनी बाहिर तालिम, भाषा कक्षालाई छानेर लिन सकिन्छ। कार्यको लागि उपयोगि हुने हो भने कर्मचारी आफैले तालिम कार्यक्रम बनाउन पनि सकिन्छ, समयावधि, ठाउँ र विषयवस्तु पनि स्वच्छन्द रुपमा मिलाउन सक्ने भनिएको छ। प्रोजेक्ट म्यानेजमेन्ट तालिम लिएको जो जी विगत फर्केर भन्नुहुन्छ "सहभागिहरू एकअर्कामा आइडिया निकाल्दै वास्तविक कार्यलाई उन्नती गर्न सिक्न सक्यौं।" त्यसको अलावा कृषिलाई साइड जव बनाएको कर्मचारीले कोरोना महाहारीको बेलामा कम्पनी प्रवेश गरेका कर्मचारीहरूको टिम निर्माणलाई उद्देश्य राखेर कृषि तालिम दिएको पनि छ। वर्तमान चुनौती अन्तरगत तालिम बनाउने र त्यो तालिम लिएर वास्तविक चुनौतीको सामना गर्नुले कर्मचारीको अग्रसरता विकास हुन्छ।
अर्को तर्फ कर्मचारी स्वयमलाई "राम्रो" लाग्ने कुरा बनाउनको लागि आफ्नै उत्पादनबारे बुझ्नु र प्रगतीशील हुनु अत्यावश्यक छ। यामामोतो जी यसरी व्यक्त गर्नुहुन्छ "दिनदिनैको कार्य स्वयम नै आफ्नै उत्पादनलाई अझै राम्रो बनाउने प्रकृया बनेको छ।" "हुन पनि रिमोट वर्क भन्ने कार्यशैली वास्तविक भएको कारण आफ्नै उत्पादनले गर्दा हो। त्यसैकारणले सधैं आफ्नै उत्पादनलाई स्नेह गरेर फंशनलाई अपडेट गर्दैजान सकेको छ" (यामामोतो जी)।


प्रतिनिधिको मेसेज
कार्यरत कर्मचारी म्यानेजमेन्ट योजना समुह म्यानेजमेन्ट प्रसासन समुह यामामोतो हिरोशी
हाम्रो कम्पनीको आगामी दिनहरूको लक्ष्य स्मार्ट डिभाइस मात्र नभई PC लगायतका रिमोट एक्सेस सर्भिसको प्लेटफोर्मरको रुपमा पहिलो स्थान प्राप्त गर्नु हो। आन्तरिक मार्केटको अलावा ग्लोबल मार्केटलाई पनि मध्यनजर गरिरहेको हुनाले अन्तरराष्ट्रिय दृष्टिकोण भएको व्यक्तित्वको तीव्र खोजीमा छौं। विभिन्न राष्ट्रियता तथा पृष्ठभूमिका व्यक्तित्वहरूले भरिपूर्ण वातावरणमा सँगै आनन्दसँग काम गरौं न।


विदेशी कर्मचारीको मेसेज
प्रोजेक्ट म्यानेजर/ प्रोजेक्ट ओनर/कोलोंग मैकेल जैसन येरो (बोलाउने नाम:जो)(फिलिपिन्स)
जापानमा थुप्रै मानिसहरू जिम्मेवारीका साथ काममा लाग्ने, आरामको समयमा रिल्याक्स गरेर स्पष्ट छुट्टिन्छ। कामको समयमा काम, व्यक्तिगत समयमा आराम गर्नुलाई ध्यान दिन चाहने मजस्तो मान्छेको लागि साँच्चै सबैभन्दा उपयुक्त वातावरण हो। विशेषगरि e-Jan नेट वर्कस् कम्पनीको भिजन सुस्पष्ट भएकोले आफूले केको लागि के गर्नुपर्छ भन्ने कुरा छर्लंगै छ, काम गर्न सजिलो छ जस्तो लागेको छ। जापानमा चासो छ भने पूर्वाग्रही दृष्टिकोणले गर्दा दोधारमा नपरि कृपया आफ्नै आँखाले पक्का गर्न आउनुहोस्।

रोजगारदाता कम्पनीको जानकारी
- कम्पनीको नाम
- e-Jan नेट वर्कस् कम्पनी
- स्थापना साल र महिना
- 2000 साल 3 महिना
- पुँजी रकम
- 45,000,000येन
- प्रतिनिधि
- शिरो साकामोतो
- कर्मचारी सङ्ख्या
- जना (विदेशी कर्मचारी 14 जना)
※2024 साल अप्रिल 1 तारेखसम्मको तथांक अनुसार, पार्टटाइम कर्मचारी समावेश - मुख्यालयको ठेगाना
- 〒100-0005 WeWork भित्र, मारुनोउची कितागुची बिल्डिंग 9 औं तला 1-6-5 मारुनोउची चियोदा वार्ड टोक्यो
- फोन नम्बर
- ―
- URL
- https://www.e-jan.co.jp/
※सबै जानकारी अक्टोबर 2024 सम्मको हो।--
छायांकन स्थान:वीवर्क