Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

COMPANIES' VOICE

जेइ ग्राब कम्पनी

व्यवसाय प्रोफाइल

अन्तर्राष्ट्रिय EC को कन्सलटिंग गर्ने। ग्राहकको आइटम कमिशनमा सेल्स गर्ने अन्तर्राष्ट्रिय EC प्लाटफोर्मको विकास।

https://www.j-grab.co.jp/
जेइ ग्राब कम्पनी

कम्पनीको किवर्ड

  • अन्तर्राष्ट्रिय EC कन्सलटिंगद्वारा जापानले गर्व गर्ने उत्कृष्ट आइटम र सर्भिस संसारभरि पुर्याउने
  • काम र अरू गतिविधि "दुवै सजिलोसँग गर्न सकिने" वातावरण बनाएर सदस्यहरू लामो समयावधि काम गर्न सकिने अवस्था मिलाएको
  • अडरमेडको मानव संसाधन विकास र उपलब्धिअनुसार सदस्यलाई पुरस्कृत गरेर कम्पनीप्रतिको माया बढाउने

कम्पनी प्रोफाइल

जेइ ग्राब जापानको कम्पनीहरूलाई अन्तर्राष्ट्रिय EC कन्सलटिंग गरेर जापानको आइटमलाई विदेशमा विस्तार गर्न सपोर्ट गर्ने कम्पनी हो। ग्लोबल EC मार्केट प्लेसमा अनुभव बटुलेका स्टाफहरू पर्याप्त भएकोले संसारको विभिन्न क्षेत्रमा क्रमिक रूपमा सेल्स बढाउने विस्तृत रणनीतिक योजना बनाउन सक्नुका साथै आइटम कसरी आकर्षक तरिकामा देखाउने र EC युजरसँगको समस्या सुल्झाउनेसम्मको स-साना कुरामा पनि सपोर्ट गर्न सकिन्छ भन्ने बलियो पक्ष छ। हिजो आज ग्रहाकको आइटम बिक्री गर्ने कमिशन सेल्स टाइपको अन्तर्राष्ट्रिय EC प्लाटफोर्म "j-Grab Mall" सुरु गरेर, आइटम ट्राइ गर्न पनि सकिने स्थानीय शो रूम राख्ने आदि अन्तर्राष्ट्रिय EC को सम्भावना बढाउने नयाँ कुरा ट्राइ गर्दै छ।
त्यस्तो कम्पनी भएकोले ग्राहकको आवश्यकतामा परिवर्तन देखेर विदेशी स्टाफ राख्न पनि सुरु गरेको छ। "पहिला अनुमान लगाएको मुख्य विदेशी मार्केट युरोप, अमेरिका, पूर्वी एसिया थियो। तर पूर्वी दक्षिण एसियामा मार्केट विस्तार गर्न चाहने ग्राहक कम्पनी बढेको कारण स्थानीय अवस्था राम्ररी बुझेको स्टाफ चाहिन्छ भनेर सोच्न थालें।"(डाइरेक्टर・योकोकावा जी)
यसरी भर्न गरिएको मानव संसाधनमध्ये एक जना मलेसियाबाट आउनुभएको फेलिसिया जी हुनुहुन्छ। उहाँ जापानको अनिमेमा कोरिएको दृश्यले प्रभावित भएर विश्वविद्यालयको अध्ययनको समयमा जापान आई जेइ ग्राबमा इन्टर्न सुरु गर्नुभयो। जापानको स्नाकोत्तर स्कुलपछि जर्मनीको स्नाकोत्तर स्कुलमा अध्ययन गरिरहेको अहिले पनि जापानको बिजिनेस केन्द्र र ओफशोर विकास केन्द्रको बीचमा जोड्ने ब्रिज-इन्जिनियरको रूपमा ठेक्का लिटर काम गरिरहनुभएको छ। "स्नाकोत्तर स्कुलको अध्ययन विषयसँग पनि सम्बन्धित भएकोले यो मिलेको काम हो जस्तो मलाई लागिरहेको छ।"(फेलिसिया जी)

photo1 photo2

दैनिक जीवन र कामको सन्तुलनको पहलहरू

योकोकावा जी भन्नुहुन्छ "सदस्यहरूले लामो समयावधि काम गरिरहनुभएको म चाहन्छु। त्यसैले परिवार, पढाइ, अरू काम सँग सँगै गर्न सजिलो वातावरण बनाइदिन सोच्दै आएको छु"। काम गर्ने ठाउँ र समयअनुसार रोजगार प्रकार रोज्न सकिने सुविधा पनि छ। अफिसमै काम गर्ने लगायत फुलटाइम काम गर्ने हो भने फुलटाइम कामदार, फुलरिमोटमा काम गरेर काम गर्ने समय पनि स्वतन्त्र भई सेटिंग गर्ने हो भने ठेक्का लिएर कम्पनीको काममा भाग लिन सकिन्छ। दुवैको बीचमा कुनै अन्तर छैन, दुवैको महत्त्व बराबर छ। यस्तो लचकदार किसिमको रोजगारीले गर्दा फेलिसिया जीले स्नाकोत्तर स्कुल जाने र विदेशमा बसाइ सर्ने जस्ता ठूलो परिवर्तन गर्नुपरेपनि काम गरिरहन सक्नुभएको छ।
तर काम गर्ने ठाउँ र समय छान्न सजिलो छ भन्दैमा स्वत काम र अरू कुराहरू दुवै पूरा गर्न सकिहाल्छ भन्ने छैन। त्यसैले नयाँ सदस्य प्रवेश गर्दा खेरि उक्त व्यक्तिको रोलमोडेल हुन सक्ने सिनिय सदस्यलाई सिकाउन दिने गरिँदैछ। त्यसको उद्देश्य काम गर्ने तरिका मात्र नभई काम बाहेक अरू कुराहरू सँग दुवै पूरा गर्ने व्यवहारिक तरिका पनि सँग सँगै सिकाउनु हो।
यस्तो निरन्तर गरिएको प्रयासको नतिजास्वरूप धेरै सदस्यहरूले काम र पारिवारिक जिम्मेवारी दुवै पूरा गर्न सकिरहेका छन् अनि अहिले धेरैले यसरी 10 वर्ष वा सोभन्दा बढी काम गरिरहेका छन्। हाइकिंग・घुमघाम, BBQ, अनलाइनमा खानपिन आदि इभेन्ट पनि छन्। रोजगारको प्रकार वा कामको प्रकारमा मतलब नगरी आपसमा नजिक हुन सकिने वातावरण भएकोले लामो समयावधि काम गर्नेहरू पनि बढिरहेको जस्ता सकारात्मक प्रभाव बढिरहेको छ। फेलिसिया जी फर्केर हेर्दै भन्नुहुन्छ "इन्टर्नको बेला कम्पनीको व्यक्तिहरूसँग विभिन्न ठाउँमा जाँदा रमाइलो भएको थियो।" अहिले जापानबाट टाढा आएपनि अनलाइनमा हरेक सदस्यहरूसँग कुराकानी गरिरहनुभएको छ।

photo3 photo4

मानव संसाधन प्रशिक्षणको पहलहरू

सदस्यलाई लामो समयावधिसम्म काम गर्न दिनको लागि सदस्यले चाहने काम र काम गर्ने तरिका मिलाइदिनु महत्त्वपूर्ण छ। त्यसको लागि जेइ ग्राबमा एउटा मात्र म्यानुएलद्वारा नभई प्रत्येक सदस्यको अवस्था र आवश्यकताअनुसार अडरमेडमा विकास गराउनमा ध्यान दिइएको छ। सिनियरले म्यान टु म्यानमा राम्रोसँग सिकाएर एक्लैले गर्न नसकेसम्म सँगै काम गरिदिने लगायत प्रतिनिधिसँगको 1on1 द्वारा कस्तो काम कति गर्ने विस्तृत तरिकामा छाँटकाँट गर्न सकिने भएकोलआफ्नै गतिमा काम गर्न सकिन्छ। अनि विदेशी स्टाफ पनि कामको प्रकारमा मतलब नगरी ग्राहकसँगको मिटिंगमा बस्ने मौका छ। "बिजिनेस म्यानरसम्बन्धी ज्ञान तत्काल प्रयोगमा नआएपनि एक दिन काम लाग्छ" भन्ने प्रतिनिधिको विचार छ। साँच्चै मिटिंगमा बसेको फिलिसिया जी फर्केर हेर्दै भन्नुहुन्छ "इन्जिनियरले ग्राहकसँग भेट्ने मौका त्यत्ति नभएकोले नयाँ अनुभव भयो।"
अर्कोतर्फ सदस्यले हासिल गरेको उपलब्धिअनुसार तिनलाई पुरस्कृत गर्नु पनि सदस्यको लागि लामो समयावधि काम गर्न नभई नहुने कुरा हो। यो कम्पनीमा के युनिक छ भने रोजगार प्रकार जस्तो भएपनि यसका केही सदस्यहरू कम्पनीको शेयरहोल्डर हुनु हो। शेयरहोल्डरको सदस्यले कम्पनीको आर्थिक अवस्था सहि तरिकामा थाह पाउन सक्नुका साथै उपलब्धिअनुसार लाभ पाउन सकिने भएकोले थप उत्प्रेरणा पाएका छन्। अनि कुनै कम्पनीको परिचय गरिदिएर उक्त कम्पनी ग्राहक भएमा सदस्यले सो सम्झौता रकमको तोकिएको भाग पाउन सकिन्छ साथै ग्राहकले कुनै सदस्यको काममा मान्यता दिएर अरू काम सुम्पिदिंदा व्यक्तिगत रूपमा सो काम लिन पनि सकिन्छ। कम्पनीमा गरिने काम मात्र नभइकन बाहिर सक्रिय भई गरिरहेको कुराहरूमा समेत सदस्यको प्रगतिलाई सपोर्ट गरिँदै छ।

photo5 photo6

प्रतिनिधिको मेसेज

प्रतिनिधि निर्देशक आकिहिको यामादा/डाइरेक्टर कोर्पोरेट सेल्स म्यानेजर अन्तर्राष्ट्रिय EC कन्सल्टेन्ट हिरोयुकी योकोकावा

अन्तर्राष्ट्रिय EC कन्सल्टिंगद्वारा हामीले विदेशमा बस्ने व्यक्तिविशेषको लागि आइटमको विस्तारलाई सपोर्ट गर्दै आएका छौं तर अबदेखि ग्राहकको चाहनाअनुसार कोर्पोरेटको लागि पनि आइटमको विस्तार सपोर्ट बढाउँदै जाने छौं। त्यसैले नै स्थानीय दृष्टिकोणबाट आवश्यकता भेट्टाउन सक्ने तपाईंहरूको शक्ति झन् झन् आवश्यक भएको छ। आफैले कम्पनी चलाइरहेको मनोवृत्तिका साथ आफै अग्रसर भई ट्राइ गरिदिने व्यक्ति हामीसँगै काम गरौँ!

photo7 photo8

विदेशी कर्मचारीको मेसेज

ब्रिजइन्जिनियर/ली हुइ मिन (बोलाउने नाम:फेलिसिया) (मलेसिया)

म अबदेखि पनि जर्मनीमा अध्ययन गर्दा गर्दै जेइ ग्राबमा काम गरिरहने विचार छ। अहिलेसम्म धेरै देशहरू घुमें तर तीमध्ये जापानमा दृश्य सुन्दर छ अनि मानिसहरू शिष्ट छन् भनेर महसुस गर्दै छु। त्यसमाथि क्षमता र सीप मात्र नभई जोस भएको मानिसलाई धेरै मौका दिइने देश भएकोले अलिकति भए पनि चासो छ भने जापानी कम्पनीमा काम गरेर हेर्नुहोस्।

photo9 photo10

रोजगारदाता कम्पनीको जानकारी

कम्पनीको नाम
जेइ ग्राब कम्पनी
स्थापना साल र महिना
2010 साल 2 महिना
पुँजी रकम
49,253,440येन
प्रतिनिधि
आकिहिको यामादा
कर्मचारी सङ्ख्या
14 जना (मध्ये विदेशी स्टाफ 3 जना)
मुख्यालयको ठेगाना
हाट्चेरी सिबुया 14-1 साकुरागाओकाचो सिबुयाकु टोकियो
फोन नम्बर
03-5728-2095
URL
https://www.j-grab.co.jp/

※सबै जानकारी अक्टोबर 2024 सम्मको हो।--