Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

COMPANIES' VOICE

सपोरिच कम्पनी

व्यवसाय प्रोफाइल

विदेशी मानव संसाधनलाई IT प्रशिक्षण सर्भिस र रोजगारी खोज्नको लागि सपोर्ट सर्भिस र मानव संसाधन परिचय सर्भिस उपलब्ध।

https://www.suporich.com
सपोरिच कम्पनी

कम्पनीको किवर्ड

  • जापानमा रोजगारी खोज्ने लक्ष्य भएका विदेशी मानव संसाधनलाई विशेष ध्यान दिने रोजगारी सपोर्ट सर्भिस विस्तार
  • जापानी कम्पनीको “चलन”को बन्धनमा नपरी “आफ्नो देशबाटै रिमोट वर्क” आदि कर्मचारीको आवाज झल्काउने प्रणाली निर्माण
  • जब चेन्ज प्रणालीलगायत आफ्नो लक्ष्यको लागि चाहिने क्षमता विकास गर्न सकिने वातावरण

कम्पनी प्रोफाइल

जापानमा अध्ययन गर्ने विदेशी विद्यार्थीहरूको संख्या बढ्दै गए तापनि रोजगारी प्राप्त गर्नेहरूको अनुपात जापानी विद्यार्थीहरूको तुलनामा निकै कम छ। यस्तो “जापानमा काम गर्न चाहेपनि काम गर्न नसकेको” विदेशी मानव संसाधनलाई समर्थन गर्न सपोरिच कम्पनी स्थापित भएको हो। सुरुमा गरेको व्यवसाय IT प्रशिक्षण सर्भिस हो। प्रतिनिधि डाइरेक्टर CEO ली भन्नुहुन्छ “जापानी भाषा सिक्न समय लाग्छ तर योग्यता र अन्य क्षमता भएमा रोजगारी पाउन सजिलो हुन्छ भनी सोचेर हामीले गम्भीर रूपमा कमी भएको IT उद्योगमा ध्यान केन्द्रित गर्यौं”। IT प्रशिक्षण व्यवसायबाट सुरु गरेपछि रोजगारी सपोर्ट र मानव संसाधन परिचयमा व्यवसाय विकास। विभिन्न रोजगारीका माध्यमहरू र भर्ना गर्ने तरिका, आवेदन र अन्तर्वार्ताको म्यानर आदि जापानको विशेष परम्परामा ध्यान दिई विदेशी मानव संसाधनको रोजगारी कार्यकलापलाई पूर्ण रूपले सहयोग गर्दै छ।
विदेशी मानव संसाधन र जापानी कम्पनीबीचको पुल हुन दुवै भाषा प्रयोग गर्ने क्षमता मात्र नभई दुवै देशको संस्कृति बुझ्नु पनि आवश्यक छ। त्यसको लागि सपोरिचले कम्पनीको स्थापनाकालदेखि विदेशी मानव संसाधनको भर्ना गराउने कामलाई सकारात्मक भई अगाडि बढाउँदै आएको छ। अहिले सदस्यको रूपमा कार्यरत चीन मूलका गाओ पहिले नै उक्त सेवाका प्रयोगकर्ता हुनुहुन्थे। विश्वविद्यालयमा वैकल्पिक विषयमा जापानी भाषा पढ्दा भाषा मात्र नभई जापानबारे विभिन्न कुराहरू थाह पाउँदा उहाँलाई जापानको जीवनमा चासो लाग्न थाल्यो। चाइनाको प्रमुख IT कम्पनीमा इन्जिनियरको रूपमा काम गरेपछि, कोभिड महामारी पछि जापानमा जीवन सुरू गर्नुभयो, जुन उहाँको पहिलेदेखि नै धेरै समयदेखिको चाहना थियो। जापानी भाषा स्कुल स्नातक गरेपछि जापानमा काम गर्ने विचार गरेर सपोरिचलाई सोधपुछ गर्दा, गाओको तार्किक वार्तालापबाट उहाँमा खूबी छ भनेर महसुस गरेको प्रतिनिधि लीले केही महिनापछि भर्ना प्रस्ताव गर्नुभयो। “नसोचेको कुरा भयो, अचम्म लाग्यो तर आफूजस्तै जापानमा काम गर्न चाहने विदेशी मानव संसाधनको लागि उपयोगी भइने काम एकदम आकर्षक लाग्यो” (गाओ)।

photo1 photo2

दैनिक जीवन र कामको सन्तुलनको पहलहरू

सपोरिचको कर्मचारीमध्ये आधाभन्दा बढी विदेशी नागरिक हुन् र प्रतिनिधि ली आफै पनि चाइनाबाट आउनुभएको हो। त्यसैले जापानी कम्पनीको परम्परामा मात्र निर्भर नगरी, कर्मचारीको वास्तविक अवस्थासँग मिल्ने लाइफ वर्क ब्यालेन्स वास्तविकतामा ल्याउन प्रयास गऱ्यौं। एउटा उदाहरण “फिर्ता भएकाको लागि रिमोट वर्क प्रणाली” हो। “विदेशी कर्मचारी सकेसम्म लामो समय परिवारसँग समय बिताउन सकून्” भनेर ल्याएको यो प्रणालीमा कम्पनीमा प्रवेश गरेको पहिलो वर्षमा 5 दिन, दोस्रो वर्षमा 7 दिन गरी वर्षअनुसार प्रयोग गर्न सकिने मिति बढ्छ। गाओ पनि भन्नुहुन्छ “चाइनिज नयाँ वर्षमा परिवारसँग लामो समय बिताउन पाउँदा खुसी लाग्यो”। अनि यदि कम्पनीमा प्रवेश गर्नेबित्तिकै स्वास्थ्य समस्या वा भैपरी आउने कामको लागि पहिलो दिनदेखि सशुल्क बिदा पाउन सकिने प्रणाली पनि मिलाइएको छ।
सपोरिचमा भएको अर्को विशेषता “कर्मचारीको आवाज प्रणालीमा प्रतिबिम्बित गर्ने मनोवृत्ति” हो। उदाहरणको लागि गाओको “बिक्री लक्ष्य पूरा गरे पनि तलब र मूल्यांकन प्रतिबिम्बित हुन केही महिनापछि मात्र हुनु ढिलो भयो” भन्ने राय स्वीकारेर लक्ष्य पूरा गरेको अर्को महिनामै उपलब्धिअनुसार भोज, उपहार, बिदाजस्ता “इनाम” दिने प्रणाली तत्काल कार्यान्वयन गरियो। अनि कम्पनीभित्रको एक्सचेन्ज इभेन्ट कत्तिको अन्तरालमा आयोजना गर्नेबारे पनि कर्मचारीहरूको विचारको आधारमा छाँटकाँट गरिँदैछ। “कर्मचारीबीचको कुराकानी महत्त्वपूर्ण भए तापनि इभेन्ट धेरै भएमा बोझिलो हुन्छ भन्ने कर्मचारी पनि छन्। “हरेकको आवाज सुनेर सुखद् रूपमा र आनन्दले रमाउन सकिन्छ भनेर कत्तिको अन्तरालमा गर्दा होला भनेर खोज्दै छु” (ली)।

photo3 photo4

मानव संसाधन प्रशिक्षणको पहलहरू

“कर्मचारीसँग लक्ष्य भए पनि पूरा गर्ने क्षमता नभएको अवस्था सबभन्दा दु:खलाग्दो छ” ली भन्नुहुन्छ। कम्पनी प्रवेश गरेपछि 1, 2 महिना कामको साथसाथै मिहिन रूपमा व्यक्तिगत रूपमा प्रशिक्षण दिनुको पछाडि “गर्न चाहेको कुरामा ट्राइ गर्न सकिने सीप राम्रोसँग हासिल गर्न सकून्” भन्ने विचार छ। “वास्तवमा पहिलादेखि प्राविधिक पदभन्दा सङ्ख्याद्वारा उपलब्धिको अनुभूति हुने बिक्री गर्ने काममा आकर्षित भएको थिएँ” भन्ने इन्जिनियरबाट सेल्समा परिवर्तन गरेको गाओले बिगत फर्केर हेर्दै भन्नुहुन्छ “गाह्रो अवस्था आइपर्दा सिनियरले तुरुन्तै मदत गर्नुभएकोले आफू अनुभव नभए पनि ढुक्क थिएँ”। अनि प्रशिक्षणको दौडान कामको सुरुवातमै त्यही दिन सिक्ने विषयवस्तु पक्का गरेर दिनको अन्तमा सिकेको कुरा प्रिजेन्टेसन गर्ने मौका बनाएकोले सिकेको कुरा दिमागमा ठप्प बस्न सकेको छ।
अनि जब चेन्ज प्रणालीद्वारा हरेकको चाहनाअनुसार कामको प्रकार परिवर्तन गर्न पनि सम्भव छ। सानो संगठन भएकोले कर्मचारी सरुवाको असर ठूलो भए तापनि पूरै कम्पनीले काम छाँटकाँट गरेर मिलाइदिन्छ। “मातृदेश छोडेर जापानमा काम गर्नेहरू प्राय: केही “परिवर्तन” खोजिरहेका छन्। “विभिन्न कुराहरूमा ट्राइ गर्ने मन भएकाहरूलाई प्रोत्साहन दिन चाहन्छु” (ली)। गाओ पनि आफ्नो लक्ष्यबारे कुरा गर्नुहुन्छ “अहिले विद्यार्थीको लागि व्यक्ति विशेषलाई सेल्स हो तर भविष्यमा कर्पोरेट सेल्समा ट्राइ गर्न चाहन्छु”।
यदि अर्को सपना भेट्टाएर कम्पनी छोड्ने भए पनि उक्त कर्मचारीको च्यालेन्जलाई सपोर्ट गर्ने कम्पनीको मनोवृत्तिमा कुनै परिवर्तन आउने छैन। “सपोरिचमा काम गरेकोमा गर्व महसुस गर्दै नयाँ बाटोमा पनि साहसपूर्वक प्रयास गरोस् भन्ने मेरो चाहना छ” (ली)।

photo5 photo6

प्रतिनिधिको मेसेज

प्रतिनिधि निर्देशक CEO/ली यिनलिङ (ली गिनरेइ)

अबदेखि मानव संसाधन परिचय सर्भिसमा जोड दिँदै विदेशी मानव संसाधन स्वीकार्नमा समस्या भएको कम्पनीको लागि परामर्श सर्भिस पनि पूर्ण रूपमा विस्तार गर्छौं।
टोक्यो मानिसबीचको दूरी ठिक्कको भएकोले बस्न सजिलो सहर हो। अबदेखि टोक्योमा काम गर्नेहरू जापानीजस्तै बन्न खोज्नुको सट्टा, भिन्नतालाई बलियो पक्ष बनाउँदै सक्रिय भएर काम गर्न सकून् भन्ने मेरो चाहना छ।

photo7 photo8

विदेशी कर्मचारीको मेसेज

व्यक्तिगत बिक्री/गाओ झिफेई (कोउ सिफे) (चाइना)

पहिला म सिनियरबाट सिक्दै आएको थिएँ तर अहिले नयाँलाई मार्गदर्शन दिने भूमिकामा पुगेको छु। व्यक्तित्त्व र सोचाइ फरक भएको व्यक्तिलाई सिकाउन गाह्रो भएर प्रयास गर्दै र त्रुटी सच्याउँदै जाँदा नयाँ चुनौतीले हरेक दिन प्रेरणा दिएको छ।
टोक्योमा विभिन्न राष्ट्रका व्यक्तिहरूसँग सजिलै घुलमिल हुन सकिने कुरा आकर्षक कुरा हो। करियरमा पनि विभिन्न मौका भएकोले आफूले गर्न चाहेको कुरामा सकारात्मक भई ट्राइ गरेर हेर्नुहोस्।

photo9 photo10

रोजगारदाता कम्पनीको जानकारी

कम्पनीको नाम
सपोरिच कम्पनी
स्थापना साल र महिना
2021 साल 11 महिना 15 तारिख
पुँजी रकम
50 लाख येन
प्रतिनिधि
ली यिनलिङ
कर्मचारी सङ्ख्या
10 जना (मध्ये विदेशी स्टाफ 8 जना)
मुख्यालयको ठेगाना
दाइयागेट इकेबुकुरो 5 तल्ला, 1-16-15 मिनामि इकेबुकुरो, तोसिमा सहर, टोक्यो महानगर
फोन नम्बर
03-5985-6220
URL
https://www.suporich.com/#/

※सबै जानकारी डिसेम्बर 2025 सम्मको हो।--