
सन फ्लेयर कम्पनी
व्यवसाय प्रोफाइल
अनुवादको कामलाई केन्द्रविन्दुमा राखेर राइटिङ्ग र क्रिएटिभ प्रोडक्सन आदि पनि गरेर कम्पनीहरूको ग्लोबल विस्तारलाई पूर्ण रूपमा सपोर्ट।
कम्पनीको किवर्ड
- कम्पनीहरूको ग्लोबल विस्तारलाई सपोर्ट गर्ने पार्टनरको रूपमा अनुवादलाई केन्द्रविन्दुमा राखेर विभिन्न सर्भिस उपलब्ध।
- कर्मचारीबीचको टिमवर्कले गर्दा ओभर टाइम कम गरेर व्यक्तिगत समय कायम
- जुनसुकै राष्ट्रियताको भए पनि विभिन्न प्रोजेक्टमा ट्राइ गरेर प्रोमोसन पाउन सकिने वातावरण
कम्पनी प्रोफाइल
सन फ्लेयर कम्पनी 1971 सालमा स्थापना भएको पुरानो र प्रतिष्ठित अनुवाद कम्पनी हो। सबभन्दा बलियो पक्ष भनेको अनुवादको दायरा फराकिलो छ। संलग्न शैक्षिक संस्था “सन फ्लेयर एकेडेमी”मा व्यावसायिक अनुवादक तयार गरि, विशेषज्ञता भएको अनुवादक 6,000 जनाभन्दा बढीले 90 भन्दा बढी भाषामा विभिन्न प्रकार, क्षेत्र र क्षेत्रहरूको लागि काम गर्दै छन्। अन्तरिक रूपमा विकास गरेको सिस्टमलगायत सकारात्मक भई IT सदुपयोग गरिरहेको विशेषता पनि छ अनि ग्राहकको विशेष शब्दावली डेटाबेस र लेखन चेक टुल जोडेर अनुवादको गुणस्तर र प्रभावकारिता दुई वटै पूरा गर्ने प्रयास गरिँदै छ। आजकल अनुवादमा मात्र नरही लेखन र क्रिएटिभ प्रोडक्सन, अनुसन्धान, प्रशिक्षण आदि परिधिको क्षेत्रमा पनि व्यवसाय विस्तार गरेर कम्पनीहरूको ग्लोबल विस्तारलाई सपोर्ट गर्ने पार्टनरको रूपमा प्रगति गरिरहेको छ।
यो कम्पनीमा सुरुवातदेखि राष्ट्रियतामा मतलब नगरी भर्ना गराउँदै आएको छ अनि मानव संसाधन विभागको ओकानो बिगतलाई फर्केर हेर्दै “अनुवाद व्यवसायको स्वभावअनुसार विदेशी मानव संसाधन आफै बढ्यो” भन्नुहुन्छ। “शब्दको नुएन्स र साँस्कृतिक पृष्ठभूमि आदि नेटिभकै चेतना र ज्ञान विदेशी कम्पनीसँग कारोबार गर्दा ठूलो शक्ति हुन्छ” (ओकानो)।
अमेरिकाबाट आउनुभएको रायन पनि तीमध्ये एक जना हुनुहुन्छ। सानो बेलादेखि गोजिला आदि टोकुसात्सु स्पेशल इफेक्ट्स फिल्म मन परेर विश्वविद्यालयमा जापानी भाषा सिकेर जापानमा पढाइको पनि अनुभव गर्नुभयो। फेरि जापान आएर अंग्रेजी भाषाको शिक्षकको रूपमा काम गरेपछि अंग्रेजी भाषा मात्र नभई जापानी भाषा पनि सदुपयोग गर्न सकिने काम खोज्दै गर्दा सन फ्लेयरसँग भेट भयो। “भाषाको क्षमता सदुपयोग गर्दै ग्राहकको सपोर्ट गर्न सकिने कुरामा आकर्षित भएँ” रायन भन्नुहुन्छ। अहिले मेशिन अनुवाद इन्जिनको आधार हुने डेटाबेस “कर्पस”को निर्माण गर्दै हुनुहुन्छ।
दैनिक जीवन र कामको सन्तुलनको पहलहरू
कम्पनीभित्र कर्मचारीबीचमा सजिलै कुरा सुरु गर्न सकिने मैत्रीपूर्ण वातावरण छ अनि दिउँसोको ब्रेकमा अफिसनजिकैको पार्क आदिमा खानाको आनन्द उठाउनेहरू पनि देखिन्छ। प्रदर्शनीमा सहभागी हुँदा कर्मचारीहरूले “क्याफेजस्तो” “चाडपर्वजस्तो” आदि थिमअनुसार बुथ बनाएर रमाउँदै भाग लिएका छन्।
तर बच्चाहरू हुर्काउने र नर्सिङ केयरजस्ता हरेक कर्मचारीको परिस्थितिको कदर गरेर कामबाहिरको एक्सचेन्ज गतिविधिमा भाग लिन जबरजस्ती गरिएको छैन। काम र व्यक्तिगत जीवन छुट्ट्याउने मनोवृत्ति कर्मचारीको ओभर टाइम औसतमा 10 घण्टाभन्दा कम भन्ने नतिजामा पनि देखिन्छ। “अर्डरअनुसारको काम भएकोले समयअनुसार ओभर टाइम पनि हुन्छ तर व्यस्त कर्मचारीलाई वरपरको कर्मचारीले मदत गरेर ओभर टाइम कम गरिएको छ। पूरै टिमको गति हेर्दै काम गर्न सक्ने कर्मचारीहरू धेरै छन् अनि एकअर्कालाई मदत गर्ने संस्कृतिले बलियो जरा गाडेको छ” (ओकानो)।
बच्चाहरू हुर्काइरहेको कर्मचारीलाई राम्रोसँग विचार पुर्याइन्छ अनि शिशु स्याहार बिदा जुनसुकै लिङ्ग र राष्ट्रियता भएकाहरूले पनि धेरै प्राप्त गरेको उपलब्धि छ। रायनले पनि करिब एक वर्षका लागि सो सुविधा लिएका थिए। “अनुमानित दिनभन्दा अघिनै बच्चा जन्मियो तर कम्पनीले अवस्था बुझिदिएर शिशु स्याहार बिदा छिटो पाउन सकियो। अनि सुत्केरीपछि श्रीमतीको माइतीघर भियतनाममा बस्दा कोभिड महामारी सुरु भएर लामो समय जापान फर्कन नसकिने भएँ। त्यसको बीचमा काममा फर्कनुपर्ने थियो तर विदेशमा रिमोट वर्क गर्ने अनुमति पाएकोले मदत मिल्यो” (रायन)। अनि बच्चा प्राथमिक विद्यालयमा प्रवेश गरेपछि आमाबुबाको बोझ बढ्ने “पहिलो कक्षा भर्ना पछि आउने चुनौती”को सामना गर्नको लागि, बच्चा प्राथमिक विद्यालय तेस्रो कक्षा पुगुञ्जेलसम्म छोटो कार्य समयको अवधि बढाउन सकिने महत्वपूर्ण बिन्दु हो। बेलुकापछि आएको अर्डरको प्रतिक्रिया दिन सक्ने कर्मचारी थोरै हुने समस्या थियो तर घरबाट काम गर्ने वा दुई घण्टाको अन्तरालमा छुट्टी लिन सकिने प्रणाली सदुपयोग गर्दै, काम अगाडि बढाउँदै छ।
मानव संसाधन प्रशिक्षणको पहलहरू
सन फ्लेयरमा प्राय: अनुभवबिना कम्पनी प्रवेश गर्ने एक एक जनालाई कम्पनीभित्रै प्रशिक्षण दिने प्रणाली मिलाइएको छ। उद्योग क्षेत्र र कम्पनीबारे आन्तरिक प्रशिक्षणमा सामान्य रूपमा सिकेपछि OJTमा व्यावहारिक काम आर्जन। हरेक ग्राहक र प्रोजेक्टअनुसार प्रक्रियालाई विस्तृत रूपमा कस्टमाइज गर्न आवश्यक भएर म्यानुअलद्वारा सबै सिकाउन नसकिने भएर हो। जुनियरलाई एक एक गरेर सिकाउने सँस्कृति जरा गाडिएको छ अनि नयाँ कर्मचारी पनि नहिच्किचाइकन प्रश्न सोध्न सकिने भएकोले ढुक्क हुन सकिन्छ। रायन पनि बिगतलाई फर्केर भन्नुहुन्छ “जत्ति प्रश्न सोधे पनि गाली नखाएकोमा साँच्चै अचम्म लाग्यो”।
करियर बढाउने मौका पनि धेरै छन्। उदाहरणको लागि, प्रत्येक कर्मचारीसँग आ-आफ्नो ग्राहकलाई हेर्ने जिम्मेवारी भएको प्रणाली भएकोले, ग्राहकको आवश्यकता गहिरोसँग बुझेर थप सुझावमा जोड्न सम्भव छ। कोभिड महामारीले गर्दा ग्राहक कम्पनीलाई अनसाइट प्रशिक्षण दिन नसकिने भएको बेला प्रशिक्षण सामग्रीको सट्टामा प्रशिक्षण भिडियो बनाउने सुझाव दिएको उदाहरण पनि छ। अनि विभिन्न काम असाइन गरिने भएकोले नयाँ फिल्डको आकर्षक कुराहरू भेट्टाउन सकिने पनि मेरिट हो। रायनलाई AI सम्बन्धी कामको जिम्मा दिइँदा त्यो बेलादेखि त्यसलाई गहिरिएर बुझ्न प्रयास गरेकोले अहिले त “AIको विषय हो भने रायनलाई दिऔँ” भनिन्छ।
“राष्ट्रियताको कारण प्रोमोसन वा प्रोजेक्ट असाइनमा कसैलाई पनि सीमित गरिँदैन” ओकानो भन्नुहुन्छ। प्रबन्धकीय पदमा विदेशी कर्मचारीहरू पनि छन् अनि जुनसुकै राष्ट्रियताको भए पनि प्रोमोसन हुन सक्ने वातावरण मिलेको छ। त्यसैले, लगभग 20 जना भएको विदेशी कर्मचारीहरूमध्ये 70 प्रतिशतभन्दा बढी 5 वर्ष वा सोभन्दा लामो समय कार्यमा रहेका छन्। रायनले मुस्कुराउँदै भन्नुभयो “स्थिर भएर काम गर्न सकिने वातावरण आफ्नो लागि उपयुक्त लाग्छ”।
प्रतिनिधिको मेसेज
मानव संसाधन विभाग मानव संसाधन सेक्सन/ओकानो कियोमी
जेनेरेटिभ एआई देखा परेकोले अनुवाद उद्योग क्षेत्र ठूलो परिवर्तनको चरणको सामना गर्दै छ। अबदेखि अनुवाद टुल र जेनेरेटिभ एआईको सदुपयोगलगायत अनुवादको प्रभावकारिता र गुणस्तरमा अझ उन्नति गर्दै राइटिङ्ग र क्रिएटिभ प्रोडक्सन आदि बलियो पक्ष सदुपयोग गर्दै कम्पनीहरूको ग्लोबल विकासलाई हामी सपोर्ट गर्दै जानेछौं।
यो कम्पनीमा गम्भीर र औपचारिक भन्ने छाप परेको हुनसक्छ तर वास्तवमा खुला अनि एकअर्कालाई मदत गर्ने यो कम्पनीको संस्कृति छ। मात्री भाषा र संस्कृतिको ज्ञानमार्फत आफ्नो लागि मात्र नभई सहकर्मीहरूको कामको लागि पनि उपयोगी हुन चाहनुहुन्छ भने सँगै काम गरौं।
विदेशी कर्मचारीको मेसेज
प्रोजेक्ट म्यानेजर/हिक्स रायन (अमेरिका)
अहिलेको लक्ष्य प्रोजेक्ट व्यवस्थापन सम्बन्धी अन्तर्राष्ट्रिय प्रमाणपत्र “PMP” प्राप्त गरेर अझ प्रभावकारी अनि गुणस्तरीय काम गर्ने तरिका हासिल गर्नु हो। भविष्यमा सेक्सन म्यानेजरमा प्रोमोसन भएर अमेरिकाको ग्राहकहरू प्रमुख व्यवस्थापन गर्न सक्ने हुन चाहन्छु।
टोक्योमा सार्वजनिक यातायात विकास भएको छ अनि पार्क र म्युजियम आदि सुविधासम्पन्न छ। बच्चाहरूको लागि पनि सिक्न र बस्न सजिलो वातावरण छ अनि काम र दैनिक जीवन दुवैमा रमाउनको लागि टोक्यो सबभन्दा उपयुक्त सहर हो। एक पटक काम गर्न आउनुहोस्।
रोजगारदाता कम्पनीको जानकारी
- कम्पनीको नाम
- सन फ्लेयर कम्पनी
- स्थापना साल र महिना
- १७ डिसेम्बर १९७४
- पुँजी रकम
- 9 करोड 50 लाख येन
- प्रतिनिधि
- सासाइ हिरोयुकी
- कर्मचारी सङ्ख्या
- 336 जना (मध्ये विदेशी स्टाफ 23 जना) (2025 जुलाई सम्मको तथांक अनुसार)
- मुख्यालयको ठेगाना
- सिन्जुकु हिरोसे बिल, 4-7 योत्सुया, शिन्जुकु सहर, टोक्यो महानगर
- फोन नम्बर
- 03-3355-1168
- URL
- https://www.sunflare.com/
※सबै जानकारी डिसेम्बर 2025 सम्मको हो।--


