
BeGoodJapan कम्पनी
व्यवसाय प्रोफाइल
महानगर क्षेत्रमा केन्द्रित भएर अन्तर्राष्ट्रिय एक्सचेन्ज टाइप शेयर हाउस संचालन फर्निचर र होम एप्लायन्स भएको अपार्टमेन्ट र मान्सन अनि विदेशी विद्यार्थीको होस्टेलको संचालन पनि गर्ने।
कम्पनीको किवर्ड
- “अन्तर्राष्ट्रिय एक्सचेन्ज×शेयर हाउस”को अग्रगामीको रूपमा “मानिस र मानिसको वास्तविक सञ्चार” को ठाउँ उपलब्ध
- विभिन्न पृष्ठभूमिको कदर गरेर हरेकको लाइफ स्टाइलमा रमाउन सकिने वातावरण निर्माण
- अनुभव नभए पनि विशेष ज्ञान हासिल गरेर प्रगति गर्न सकिनेगरि प्रशिक्षण र मुल्यांकन प्रणाली सुधारिरहने
कम्पनी प्रोफाइल
BeGoodJapan कम्पनीले अन्तर्राष्ट्रिय एक्सचेन्ज टाइप शेयर हाउसको अग्रगामीको रूपमा 2006 सालमा व्यवसाय सुरु गर्यो। ठूलो विशेषता भाडामा बस्नेहरूको विभिन्न टाइप हो। हरेक देशको विदेशी शिक्षा एजेन्ट र जापानको भाषा स्कुल र विश्वविद्यालयसँग मिलेर काम गरी 84 वटा देश र क्षेत्रबाट आएका भाडामा बस्नेहरूलाई स्वीकारेको छ। त्यही अनुरूप आवश्यकताहरू पनि विविध छन्, तर हामी आफैँले सरसफाईको जिम्मा लिई स्वच्छता कायम राख्ने र समस्याहरूको तत्काल समाधान गर्ने जस्ता स-साना विषयमा पनि विशेष ध्यान पुर्याएर विश्वास आर्जन गरेका छौं अहिले फर्निचर र होम एप्लायन्स भएको अपार्टमेन्ट वा मान्सन र विदेशी विद्यार्थीको होस्टेल आदिमा पनि व्यवसाय विस्तार गर्दै छ।
सुरुवातमा विदेशी जनशक्ति भर्ना गर्नेतर्फ कम्पनीको कुनै विशेष योजना थिएन तर विदेशी विद्यार्थीबाट कामको लागि आवेदन आएको कुरा बाट सुरु भएर विदेशी मानव संसाधन भर्ती गर्न सुरु गरेर अहिले सम्पूर्ण कर्मचारी सङ्ख्याको 40 प्रतिशत विदेशी कर्मचारी छन्। इन्डोनेसियाबाट आउनुभएको अजेल पनि त्यस मध्ये एक जना। जापानी एनिमेसनबाट प्रभावित भई प्राथमिक विद्यालय तहदेखि नै जापानी भाषा सिक्नुभयो र “कुनै दिन जापानमा काम गर्न चाहन्छु” भन्ने सोच राख्नुभएको थियो। त्यो सपना पूरा गर्नको लागि टोक्यो महानगरको “उच्च मानव संसाधन इन्टर्नशिप” मा भाग लिनुभयो। पहिलाको काममा हासिल गरेको अकाउन्टको सीप सदुपयोग गर्न सकिने काम खोजिरहँदा यो कम्पनी सँग म्याच भयो। इन्टर्नशिपमा अकाउन्ट बाहेक विभिन्न काम अनुभव गर्नुभयो। “गर्न सकिने कुरा बढ्दै जाँदा रमाइलो लाग्छ” भनेर कम्पनी प्रवेश गर्ने निर्णय गर्नुभयो। अहिले विदेशी विद्यार्थी होस्टेलको म्यानेजमेन्टको जिम्मा लिएर विदेशी विद्यार्थीको प्रवेश र प्रस्थानको प्रक्रिया र सोधपुछलाई जवाफ दिने आदि गर्दै हुनुहुन्छ। “होस्टेल शुल्क म्यानेजमेन्ट आदि अकाउन्टको ज्ञान सदुपयोग गर्न सकिने मौका धेरै छ, त्यसैले म अर्थपूर्ण काम गर्दै छु” (अजेल)।
दैनिक जीवन र कामको सन्तुलनको पहलहरू
“इमान्दारीपूर्वक भन्नुपर्दा पहिला काम र व्यक्तिगत जीवनको सिमा स्पष्ट थिएन” डाइरेक्टर आइजावा भन्नुहुन्छ। हप्ताको बीचमा राती अबेरसम्म ग्राहकको लागि काम गर्नुपर्थ्यो। तर विदेशी मानव संसाधन सहित भर्ती गर्नमा जोड दिँदा धेरै आवेदकबाट “व्यक्तिगत जीवन पनि अर्थपूर्ण बनाउन चाहन्छ” भन्ने आवाज सुनेर अलि अलि गरेर कम्पनीको तर्फबाट काम गर्ने तरिका पुनरावलोकन गर्दै आएको छ।
सबै भन्दा ठूलो प्रयास भनेको कामको प्रभावकारिता हो। कामलाई ससाना भागमा विभाजित गरेर जसले पनि देख्न सकिने बनाएर व्यस्त समयमा केही समयको लागि स्टाफ ल्याउने आदि कम्पनी भित्रको प्रणाली मिलाएर कागजात बनाउँदा AI सदुपयोग गर्ने आदि प्रभावकारिता बढाउँदै आएको छ। नतिजा स्वरूप गर्नुपर्ने काम स्पष्ट भएर प्राथमिकता पनि स्पष्ट भएर ओभरटाइम काम विस्तारै कम हुँदै गयो। “अन र अफ चेन्ज गर्न पाइने भएकोले क्लेमको लागि गर्ने काममा पनि ठूलो तनाव भएको छैन” (अजेल)। साथै, कम्पनीद्वारा आयोजित बासिन्दाहरूबीचको अन्तरक्रिया कार्यक्रममा पनि संयोजकको भूमिका पालैपालो निर्वाह गर्ने र कार्यालय समयभित्रै सकिने गरी कामकाजी दिनको साँझपख आयोजना गरेर कार्यभार कम गरिएको छ कर्मचारीले पनि अनावश्यक चिन्ता नगरी कार्यक्रमबाट आनन्द लिन सकिने भयो भन्नुहुन्छ। “कर्मचारीहरूले आफ्नो काम राम्रोसँग गर्दै हुनुहुन्छ भने अरू समय स्वतन्त्र भई रमाइलोसँग बिताउनुभएको म चाहन्छु” (आइजावा)।
अनि विदेशी कर्मचारी सुविधाजनक तरिकामा बस्नको लागि सुपथ भाडादरमा यो कम्पनी आफै म्यानेजमेन्ट गर्ने कोठामा बस्न पाउने कम्पनी होस्टेल प्रणाली पनि छ। यो कम्पनीले म्यानेजमेन्ट गने शेयर हाउसमा बस्ने अजेल “शेयर स्पेसमा अरू सदस्यहरूसँग एक्सचेन्ज गर्न रमाइलो लाग्छ” भनेर मुस्कुराउनुहुन्छ। यो कम्पनीकै कोठाभन्दा बाहिर बस्दा पनि घरधनीसँगको कुराकानीदेखि सम्झौता प्रक्रियासम्म कम्पनीले पूर्ण रूपमा सपोर्ट गरिदिन्छ।
मानव संसाधन प्रशिक्षणको पहलहरू
अचल सम्पत्ति उद्योगकै विशेष शब्द धेरै प्रयोग हुने भएकोले विदेशी मानव संसाधनको लागि चुनौतीपूर्ण हुने वर्तमान अवस्था छ। त्यसैले यो कम्पनीले उद्योगको आधारभूत ज्ञान पाउन सकिने स्टडी ग्रुप आदि छ अनि सिकिरहनको लागि “ताकुचि तातेमोनो तोरिहिकिसिको योग्यता (ताक्केन)” प्राप्त गर्न सपोर्ट गर्छ। वास्तविक काम OJTद्वारा सिकाइन्छ अनि कर्मचारी एक जनाको लागि मेन्टर एक जना खटाइन्छ। पहिलाको काममा कम्पनी बाहिरको शिक्षकबाट सिकेको र म्यानुअलद्वारा सिकेको अजेल “व्यक्तिगत तवरमा राम्रो सँग सिकाइदिने भएकोले छिट्टै आफैले गर्न सकिने भएँ” भन्नुहुन्छ। आइजावा ग्राहक भ्रमण गर्दा अजेल पनि सँगै लिएर जाने मौका बढाउने विचार गर्दै हुनुहुन्छ। “विदेशी नयाँ कर्मचारी काममा खटाइए पनि भाषाको भिन्नताले गर्दा होमवर्क ल्याउने बेला पनि छ। सिनियर सँगै अनुभव गरेर काममा बानी बनाउने वातावरण तयार पार्न चाहन्छु” (आइजावा)।
अर्को तर्फ मुल्यांकन प्रणाली पनि सुधार गरिँदै छ। “अचल सम्पत्ति म्यानेजमेन्टमा “समस्या उत्पन्न नहुनु” लाई मुल्यांकन गरिनुपर्ने ठाउँमा अहिलेसम्म अनियमित समस्याको समाधान मात्र धेरै मुल्यांकन गरिएको थियो” आइजावा बिगतलाई सम्झदैँ भन्नुहुन्छ। त्यसैले अहिले ट्यालेन्ट म्यानेजमेन्ट सिस्टम ल्याउन विचार गरिँदै छ। कामलाई हरेक बुँदामा विभाजन गरेर विनापक्षपात र सबैले छर्लङ्गै देख्न सकिनेगरि मुल्यांकन गर्ने प्रणाली ल्याउने लक्ष्य राखेको छ। कर्मचारीले मुल्यांकन विवरणमा चित्त बुझेर त्यस माथि अर्को लक्ष्य राख्ने अर्थात् प्रगति गर्न सकिने वातावरण बनाउने लक्ष्य राखेको छ।
कर्मचारीहरूलाई साथ र सहयोग दिँदै, आवश्यक कुराहरू स्पष्ट र खुलेर राख्ने शैलीलाई पनि विशेष महत्व दिइएको छ “दयालु हुनु सजिलो छ तर यसले प्रगति गराउँदैन। जहाँ गए पनि सक्रिय भई काम गर्न सकिने मानव संसाधन होस् भनेर बेला बेलामा कडा व्यवहार पनि गरिन्छ” (आइजावा)। अजेल पनि, "गल्ती औंल्याएर सही तरिका सिकाइदिँदा काम गर्न सहज हुन्छ," भन्दै सहमति जनाउनुहुन्छ
प्रतिनिधिको मेसेज
डाइरेक्टर/आइजावा सिंया
विदेशबाट जापानमा पढ्न आउने विद्यार्थीहरू अबदेखि पनि बढ्दै जाने अनुमान छ। यो कम्पनी तिनीहरूलाई स्विकार्ने प्लेटफोर्मस्वरूप महानगर क्षेत्रमा केन्द्रित भई म्यानेजमेन्ट गर्ने अचल सम्पत्तिको सङ्ख्या बढाउँदै छ।
यो अवस्थामा अन्तर्राष्ट्रिय एक्सचेन्ज अगाडी बढाइरहनको लागि विभिन्न पृष्ठभूमि र दृष्टिकोण भएको मानव संसाधन नभई हुँदैन। अबदेखि पनि कर्मचारीको आवाज सुन्दै प्रणाली सुधार गरिरहेर विभिन्न मानव संसाधनको लागि सजिलोसँग काम गर्न सकिने वातावरण तयार पार्ने विचार गर्दै छु।
विदेशी कर्मचारीको मेसेज
विश्वविद्यालय होस्टेल म्यानेजमेन्ट/अजेलिया ट्रिजा जुलियाना (निकनेम : अजेल) (इन्डोनेसिया)
अब देखि निस्स्यो बोकि केन्तेइ र ताकुचि तातेमोनो तोरिहिकिसि योग्यता परिक्षा दिएर विशेष सीप बढाउँदै अझ गहिरिएर आफ्नो काम बुझ्न चाहन्छु।
टोक्योमा विभिन्न मानिसहरू जम्मा भएको अनि विदेशबाट आएकाहरूको लागि एकदम बस्न सजिलो सहर हो। घुम्ने ठाउँ धेरै छ, मलाई एनिमेसन मन पर्छ त्यसैले बिदाको दिनमा कोलाबो क्याफे र इभेन्टमा जान प्रतिक्षा गर्दै छु।
जापानमा काम गर्न चाहनेहरू त्यो सपना पूरा गर्न आउनुहोस्!
रोजगारदाता कम्पनीको जानकारी
- कम्पनीको नाम
- BeGoodJapan कम्पनी
- स्थापना साल र महिना
- 2006 साल 11 महिना 1 तारिख
- पुँजी रकम
- 60 लाख येन
- प्रतिनिधि
- इतो अगाता
- कर्मचारी सङ्ख्या
- 44 जना (मध्ये विदेशी स्टाफ 13 जना)
- मुख्यालयको ठेगाना
- BeGood Japan Building 3-7-14 ईदाबासि, चियोदा सहर, टोक्यो महानगर
- फोन नम्बर
- 03-6261-6963
- URL
- https://bgj.co.jp/
※सबै जानकारी डिसेम्बर 2025 सम्मको हो।--


