
नाराहारा अटो टेक्निकल कम्पनी
व्यवसाय प्रोफाइल
एल्म्युनियमलाइ केन्द्रमा राखेर धातुको सटिक प्रशोधन गर्ने। एलुमिनियम ब्रेडबोर्ड क्षेत्रमा कम्पनीको देशभित्रको बजार हिस्सा अग्रणी छ।
कम्पनीको किवर्ड
- डिजाइन・प्रविधि・स्पिडको क्षमता सदुपयोग गर्दै ग्राहककै आवश्यकता पूरा गर्ने कस्टमाइज्ड प्रशोधन सम्भव बनाएको।
- हरेक कर्मचारीको “लाइफ वर्क ब्यालेन्स” अनुसार लचकदार तरिकामा वर्क स्टाइल र छुट्टी प्रणाली डिजाइन गरिँदै छ।
- विभिन्न परियोजनाहरूको ठेक्का पाउँदै र आफैं निर्माणको प्रयास गर्दै, प्राविधिक क्षमता र सिर्जनात्मक सोचलाई विकास गर्न सकिने वातावरण।
कम्पनी प्रोफाइल
सेमिकन्डक्टर, संचार डिभाइस, गाडी, हवाईजहाज आदि विभिन्न मेशीन उपकरणमा नभई नहुने एल्म्युनियम पार्टपुर्जा। उक्त ठेक्का उत्पादन कार्य सम्हाल्ने कम्पनी नाराहारा अटो टेक्निकल कम्पनी हो। यो कम्पनीको सबैभन्दा बलियो पक्ष ग्राहकको आवश्यकता पूरा गर्ने प्राविधिक क्षमता। डिजाइन, सामग्री ल्याउने, प्रशोधन, सतह प्रशोधन, एसेम्बलसम्म सबै गरेर ग्राहकको अस्पष्ट चाहना र इमेजलाई प्रडक्टको स्वरूप दिन्छ। साथै, निच बजारलाई लक्षित गर्दै आफ्नै उत्पाद विकासमा पनि विशेष ध्यान दिइँदै छ। त्यसको मुख्य उदाहरण अप्टिकल एक्सपेरिमेन्ट आदिमा बेस प्लेटको रूपमा प्रयोग गरिने एल्म्युनियम ब्रेडबोर्ड हो। तोकिएको प्रडक्ट धेरै उत्पादन गर्ने मेन स्ट्रिम भए तापनि नाराहारा अटो टेक्निकलले थोरै कस्टमाइज्ड उत्पादन गरी, मूल्य पनि महँगो हुन नदिएर अहिले देशभित्र टप क्लासको शेयर लिन सफल भएको छ।
भविष्यको मानव संसाधनको अपुग हुने अनुमानमा यो कम्पनीले केही वर्ष अघिदेखि विदेशी मानव संसाधन भर्ना गराउन सुरु गर्यो। म्यान्मारबाट आएका चो पनि तीमध्ये एक हुन्। म्यान्मारको विश्वविद्यालयमा धातुविज्ञान पढेपछि स्थानीय कम्पनीमा धातु निकाल्ने काम गर्नुभयो। त्यसपछि जापानिज कम्पनीमा रोजगारी पाउने लक्ष्य राखेर जापानी भाषा पढ्न सुरु गर्नुभयो। 2021 सालमा म्यान्मारमा सत्तापलट भएको मौकामा जापान आएर जापानी भाषा स्कुलमा पढिरहेको बेलामै यो कम्पनीको इन्टर्नशिपमा भाग लिएपछि कम्पनीमा प्रवेश गर्नुभयो। “कर्मचारीहरूले दयालु भई राम्रोसँग सिकाइदिनुभएको कुराले मेरो मनमा छाप पाऱ्यो। आफ्नो केही बनाउने इच्छा यो कम्पनीसँग मिल्छ जस्तो लाग्यो अनि कम्पनीमा प्रवेश गर्ने निर्णय गरें” भन्नुहुन्छ। प्रतिनिधि निर्देशक उचिनो विगतलाई फर्केर हेर्दै यसो भन्नुहुन्छ “उहाँसँग जापानी भाषाको क्षमता धेरै थियो अनि जापानमा जीवन बिताइसक्नुभएको हुनाले यो कम्पनीमा घुलमिल हुन सक्नुहुन्छ जस्तो लाग्यो”।
दैनिक जीवन र कामको सन्तुलनको पहलहरू
नाराहारा अटो टेक्निकल कं., लि. मा वर्षमा एक पटक कम्पनीको परिसरभित्र कर्मचारीहरूबीच बार्बेक्यु तथा सुनौलो माछा समात्ने प्रतियोगिता आयोजना गरिन्छ। “कम्पनीभित्रको कुराकानी बढाउने उद्देश्य भए तापनि ड्युटी टाइमभित्रै गरिँदै छ। त्यसैले सुनौलो माछा समात्ने प्रतियोगिता पनि गम्भीर प्रतिस्पर्धा हुन्छ। समातेको सङ्ख्या, आकार र ढाँचाजस्ता पक्षमा प्रतिस्पर्धा गरिन्छ, साथै पुरस्कार वितरण कार्यक्रम पनि आयोजना गरिन्छ,” प्रतिनिधि उचिनो भन्छन्। विदेशी कर्मचारीहरूमा पनि यो लोकप्रिय छ, र चो भन्छन्, “आफ्नो घरको पछाडि नदी थियो, माछा मार्न सानैदेखि अभ्यस्त थिएँ। जापानमा पनि फरक तरिकाले रमाउन सकेकोमा खुशी लाग्यो,” मुस्कुराउँदै भन्छन्।
यस्तो पूरा कम्पनीको इभेन्ट पनि गर्दै अहिले विशेषगरि जोड दिएको कुरा “हरेकको लाइफ वर्क ब्यालेन्स” सँग मिल्ने प्रणाली बनाउनु हो। अतिरिक्त काम र बिदाका दिन प्रायः काम नहुने, “राम्ररी आराम गर्ने संस्कृति” गहिरो रूपमा बसालेको कम्पनी हो। “पहिला म एक्लै व्यवसाय गरेको बेला दिनभरि काम गरे पनि उपलब्धी हासिल गर्न सकिँदैन थियो। त्यसपछि कामहरू व्यवस्थित गरी प्राथमिकता निर्धारण गर्ने प्रणाली अपनाइयो, जसले बिदा सुनिश्चित गर्यो र परिणामस्वरूप मूल्य वार्ता सम्भव बन्यो, साथै अत्यन्त सस्तो काम स्वीकार्नुपर्ने आवश्यकतालाई हटायो। त्यो अनुभवद्वारा अहिले जो पनि छुट्टी लिन सकिने प्रणाली मिलाएका छौं” (प्रतिनिधि उचिनो)। तर विदेशी कर्मचारीमध्येबाट “हप्तामा 1 दिन छुट्टी भए पुग्छ बरू अझ काम गरेर छिटो प्रविधि सिक्न चाहन्छु” भन्ने आवाज पनि सुनिन्छ। “काम गर्ने तरिका र छुट्टी लिने तरिकाको विषयमा हरेकको चाहनाअनुसार लचकदार भई प्रणाली मिलाउँदै जान चाहन्छौं” (प्रतिनिधि उचिनो)।
मानव संसाधन प्रशिक्षणको पहलहरू
नाराहारा अटो टेक्निकल कं., लि. मा धेरै कर्मचारीहरू उद्योग अनुभवबिनै प्रवेश गर्छन्। सहज रूपमा प्राविधिक क्षमता हासिल गर्न सकिने रहस्य भनेको "थोरै अर्डरमा ग्राहकको आवश्यकताअनुसार उत्पादन गर्ने" व्यवसाय मोडेलमा निहित छ। दिनदिनै जसो नयाँ प्रडक्ट बनाउने भएकोले काम गर्दै नयाँ प्रविधि सिक्न पाइन्छ। साथै प्रडक्ट बनाउने पूरै प्रोसेस एकै जनाले गर्ने भएकोले विभिन्न सीप हासिल गर्न सकिन्छ। कर्मचारीहरूलाई कम्पनीमा प्रवेश गरेपछि प्रारम्भिक चरणमै पछि प्रवेश गरेका कर्मचारीहरूको मार्गदर्शन जिम्मेवारी दिनु पनि एउटा महत्वपूर्ण उपाय हो। “सिकाउँदा कामको बुझाई अझ गहिरो हुन्छ अनि त्यो नयाँ ज्ञान सोस्ने आधार हुन्छ। “त्यसैले म जानाजानी हस्तक्षेप नगर्ने प्रयास गर्दछु,” कम्पनीका प्रतिनिधि उचिनो भन्छन्।
साथै, विशेष रूपमा उल्लेखनीय कुरा भनेको आफू पहल गरेर उत्पादन गर्ने प्रक्रिया हो। आइडिया भएमा कर्मचारीले कम्पनीमा भएको सामग्री र मेशीन प्रयोग गरेर धातु प्रशोधन आइटम स्वतन्त्र भएर बनाउन मिल्छ। “ ‘काम त होइन’ भनेर सम्झिँदा नयाँ प्रविधि पनि रमाइलोसँग सिक्न सकिन्छ। आइडियालाई स्वरूप दिएपछि केही प्रतिक्रिया पाउँदा काम अर्थपूर्ण भएको महसुस हुन्छ,” कम्पनीका प्रतिनिधि उचिनो भन्नुहुन्छ। एल्म्युनियमबाट बनेको हातको आकृति र केराको आकृति आदि कर्मचारीहरूले आइडिया निकालेर बनाएको कलाकृति प्रदर्शनी आदिमा ध्यान खिचेको छ। कम्पनीका प्रतिनिधि उचिनोको अनुसार, “काममा बनाइएका पार्टपुर्जाको विशेष ज्ञान नभएकाहरूलाई प्रविधि कत्ति उच्च छ भन्ने कुरा थाहा हुँदैन। तर आफ्नो आइडियाले बनाएको सामान वरिपरि पाइने कुराबाट एलुमिनियम प्रशोधन राम्रोसँग नबुझेका कर्मचारीहरूले पनि कम्पनीको प्रविधि, डिजाइन र कल्पनाशील क्षमताबारे बुझ्न सक्छन्।” वास्तवमा यी कलाकृतिले गर्दा नयाँ ग्राहक पाएको उदाहरण पनि छ।
प्रतिनिधिको मेसेज
प्रतिनिधि निर्देशक/उचिनो सिन्जी
नजिकको लक्ष्य एल्म्युनियम ब्रेडबोर्ड व्यवसायको विस्तार। मार्केटिंग र सेल्समा जोड दिएर भविष्यमा विदेशमा सेल्स बढाउने लक्ष्य छ। अनि नयाँ प्रडक्ट विकासको प्रयास गर्दै यो कम्पनीको प्रविधि र इम्याजिनेसन क्षमताबारे धेरै ग्राहकहरूलाई थाह दिने विचार छ। विदेशी मार्केटमा अग्रगामी गर्ने र नयाँ प्रडक्ट विकासमा चासो भएको र आफ्नो तर्फबाट मुख्य भूमिका निभाएर ट्राइ गर्न इच्छुक हुनुहुन्छ भने सँगै काम गरौँ!
विदेशी कर्मचारीको मेसेज
म्यानुफ्याक्चरिंग विभाग इन्जिनियर/म्यिन्ट मो चो (म्यान्मार)
अहिले धातुलाई गोलो आकारमा प्रशोधन गर्ने घुम्ती मेशीनद्वारा प्रशोधनको काम गर्दै छु। यस कामको जिम्मेवारी सम्हाल्ने अरू कोही नभएकाले निरन्तर प्रयास र अनुभवबाट सिक्दै अगाडि बढ्नुपर्छ, तर आफ्नै सोचलाई स्वरूप दिन सक्नु रमाइलो लाग्छ। अबदेखि अझै अनुभव बटुलेर जहाँ पनि काम लाग्ने प्रविधि हासिल गर्न चाहन्छु।
व्यक्तिगत रूपमा म्यान्मारीहरूको फुटबल टिममा सहभागी भएर बिदाको दिनमा गेममा रमाउँदै छु। जापानमा काम गर्न डराउने व्यक्तिहरूका लागि पनि, टोक्योमा आफ्नो देशकै साथीहरूसँग भेटघाट गर्न सजिलो हुने भएकाले चुनौती लिन सहज हुन्छ। तपाईंको आफ्नो सपना पूरा गर्न आउनुहोस्।
रोजगारदाता कम्पनीको जानकारी
- कम्पनीको नाम
- नाराहारा अटो टेक्निकल कम्पनी
- स्थापना साल र महिना
- 1972 साल 5 महिना 1 तारिख
- पुँजी रकम
- १ करोड येन
- प्रतिनिधि
- उचिनो सिन्जी
- कर्मचारी सङ्ख्या
- 6 जना (मध्ये विदेशी स्टाफ 2 जना)
- मुख्यालयको ठेगाना
- 594 नाराहारा-माची, हचिओजी सहर, टोक्यो महानगर
- फोन नम्बर
- 042-625-6711
- URL
- https://www.narahara-at.jp
※सबै जानकारी डिसेम्बर 2025 सम्मको हो।--


