टोक्यो करिअर परामर्श डेस्कले टोक्योमा काम गर्नको लागि चाल्नुपर्ने एक-एक कदमबारे तपाईँले जान्न चाहेका कुराहरू र प्रश्नहरूको विस्तृत जानकारी दिने काम गर्छ। त्यसको जवाफ फोन, इमेल, इन्टरनेटमार्फत पेसेवर करिअर परामर्शदाताहरूले दिन्छन्। सल्लाहको विषयवस्तु अनुसार टोक्योका वा एसियाका मुख्य सहरहरूका स्थानीय प्रतिनिधिहरूले टोक्योमा रोजगार खोज्न तपाईँलाई इन्टरनेटमार्फत वा प्रत्यक्ष भेटेर मदत गर्छन्। हामी तोकेरै कुनै कम्पनीको नियुक्तिसम्बन्धी जानकारी दिन असमर्थ छौँ भन्ने कुरा कृपया याद गर्नुहोस्।

परामर्शका उदाहरणहरू:
- ・मलाई टोक्योको रोजगार बजारबारे बताउनुहोस्
- ・टोक्योमा काम गर्न सुरुमा मैले के गर्नुपर्छ?
- ・अहिलेको मेरो जापानी भाषाको क्षमताले म टोक्योमा काम गर्न सक्छु?
- ・भविष्यमा टोक्योमा काम गर्नको लागि मैले आफ्नै देशमा हुँदा कस्ता सीपहरू हासिल गर्नुपर्छ? आदि
टोक्यो करिअर परामर्श डेस्क
- परामर्श दिने समय
- सोमबार~शुक्रबार, बिहान 9:00 बजे~बेलुका 5:00 बजे (जापानको समय) (सार्वजनिक बिदा, वर्षको अन्तमा र सुरुको बिदाबाहेक)
- कसरी प्रयोग गर्ने
- परामर्श लिन चाहने विषयबारे सोधपुछ फाराममा भर्नुहोस्। उक्त परामर्श दिने समयमा सोधपुछको जवाफ टोक्योको सचिवालयबाट इमेलमार्फत पठाइनेछ।
फोनमार्फत पनि परामर्श लिन सक्नुहुन्छ। टोक्यो करिअर परामर्श डेस्क वा विदेशमा रहेको हाम्रो कार्यालयमा प्रत्यक्ष भेटेर पनि परामर्श लिन सकिन्छ। तर त्यसको लागि फोन वा इमेलमार्फत अग्रिम जानकारी दिएर नाम लेखाउनुपर्छ। - फोन नम्बर
- +81-(0)50-5576-7317
- उपलब्ध भाषाहरू
- ・टोक्यो परामर्श डेस्क: जापानी/अङ्ग्रेजी/चिनियाँ
*अनलाइन दोभासे : कोरियन/पोर्चुगिज/स्पेनिश/भियतनामिज/फिलिपिनो/थाई/फ्रान्सेली/नेपाली/हिन्दी/इन्डोनिसियन/रूसी/कम्बोडियन/म्यानमार
AIअनुवाद डिभाइस : युक्रेनियन आदि
・विदेशमा रहेका परामर्श डेस्क: जापानी / अङ्ग्रेजी / कार्यालय रहेको स्थानको स्थानीय भाषा
〇 टोक्यो परामर्श डेस्क
टोक्यो अन्तर्राष्ट्रिय भर्ती नेभिगेसन सेन्टर
टोक्यो, सिन्जुकु-कु, योत्सुया 1-2 इतो बिलडिङ 1, 2 तल्ला (योत्सुया स्टेसनबाट हिँडेर 1 मिनेट)

〇 विदेशमा रहेका परामर्श डेस्क
निम्न सहरहरूमा भेटेर परामर्श लिन सकिन्छ (सन् 2026 साल अप्रिल 1 अनुसार)
*२०२६ अप्रिल १ अनुसार, अनलाइन मात्र उपलब्ध देशहरूमा तयारी पूरा भएपछि क्रमैसँग स्थानीय परामर्श डेस्क खोलिनेछ।भियतनाम हो चि मिन् इन्डोनेसिया जकार्ता थाईल्यान्ड *अनलाइन मात्र भारत *अनलाइन मात्र मलेसिया *अनलाइन मात्र चीन *अनलाइन मात्र दक्षिण कोरिया *अनलाइन मात्र हङकङ *अनलाइन मात्र ताइवान ताइपेइ सिङ्गापुर *अनलाइन मात्र म्यान्मार *अनलाइन मात्र बंगलादेश ढाका
- परामर्श शुल्क
- निःशुल्क (सञ्चार शुल्क र परामर्श लिने स्थानसम्म पुग्नको लागि लाग्ने आवश्यक यातायात खर्च परामर्श लिने व्यक्ति आफैले बेहोर्नुपर्छ) यो वेबसाइटले रोजगारको कुनै पनि रोजगारको पदको जानकारी दिनेछैन भन्ने कुरा याद गर्नुहोस्।



