Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

INQUIRY お問合わせ

अनिवार्य

भरेको विवरण गलत छ।
गल्ती भएको ठाउँमा देखाइने त्रुटि विवरण निश्चित गरी, भरेको विवरण सच्याउनुहोस्।

तल भर्ने ठाउँमा रोमन र जापानी अक्षर मात्र सपोर्ट गर्छ।

निम्नमध्ये एउटा छनौट गर्नुहोस्।  
(जापानी अक्षर)
(रोमन अक्षर)


(1000 वटा अक्षर वा सोभन्दा कम)
तपाईँले "टोक्यो करिअर गाइड" -बारे कहाँबाट थाह पाउनुभयो?
*मिल्नेजति छनौट गर्नुहोस्

गोपनीयता नीतिबारे

"उच्च वैदेशिक मानवीय संसाधन प्राप्ति सहयोग परियोजना" (यसपछि यसलाई "यो परियोजना" भनिनेछ) द्वारा सञ्चालित "TOKYO CAREER GUIDE टोक्योमा काम गरौँ" वेबसाइटमा गरिने व्यक्तिगत जानकारीको सङ्कलन, प्रयोग र व्यवस्थापनको सम्बन्धमा, “व्यक्तिगत जानकारीको सुरक्षासम्बन्धी ऐन” (हेइसेइ 15 साल ऐन नम्बर 57)-को आधारमा, हामी यसलाई निम्न अनुसार उचित रूपमा सम्हाल्न र यसलाई सबैजनाले ढुक्क भएर प्रयोग गर्नसक्ने वेबसाइट बनाउन प्रयास गर्छौं।

【व्यक्तिगत जानकारी】
"व्यक्तिगत जानकारी" भन्नाले यस परियोजनामार्फत टोक्यो महानगरपालिका सरकारलाई दिइएको जानकारीलाई बुझाउँछ र जसमा व्यक्तिलाई चिनाउने कुरा जस्तै: ठेगाना, नाम, टेलिफोन नम्बर, इमेल ठेगाना आदि हुन सक्छ।

【व्यक्तिगत जानकारी सङ्कलनबारे】
सैद्धान्तिक रूपमा टोक्यो महानगरपालिका सरकारले यस परियोजनामार्फत व्यक्तिगत जानकारी तब मात्र सङ्कलन गर्छ, जब यस्तो जानकारी प्रयोगकर्ताले स्वेच्छाले उपलब्ध (दर्ता गरिएको) गराउँछन्।
व्यक्तिगत जानकारी सङ्कलन गर्नुको उद्देश्य यस वेबसाइटमा स्पष्ट रूपमा बताइनेछ।
व्यक्तिगत जानकारीको यस्तो सङ्कलन तोकिएको उद्देश्य हासिल गर्न आवश्यक हदसम्ममा मात्र गरिन्छ।

[व्यक्तिगत जानकारीको प्रयोगका उद्देश्यहरू]
यस परियोजनामा प्राप्त गरेको व्यक्तिगत जानकारी निम्न उद्देश्यहरूको लागि प्रयोग गरिनेछ।
1. यस परियोजना उचित तरिकामा सञ्चालन र कार्यान्वयन गर्न।
2. यस परियोजनाको परामर्श र सोधपुछको जवाफ दिन, यस परियोजनाको सञ्चालन तथा व्यवस्थापनको कार्यसम्पादन गर्न।
3. यस परियोजना र विदेशी मानवीय संसाधन रोजगारसँग सम्बन्धित जानकारी प्रदान गर्ने आदि।
4. परामर्श र सोधपुछको प्रयोगको जानकारी सङ्कलन र विश्लेषण गर्न।
5. यस परियोजनासित सम्बन्धित विभिन्न सोधपुछ र सुझावहरू निश्चित गर्न र त्यसको जवाफ दिन।

【व्यक्तिगत जानकारीको प्रयोगको सीमा】
यस वेबसाइटका प्रयोगकर्ताहरूद्वारा उपलब्ध गराइएको (दर्ता गरिएको) कुनै पनि व्यक्तिगत जानकारी तोकिएको उद्देश्यको लागि मात्र प्रयोग गरिन्छ। नियमकानूनमा आधारित अवस्थामा बाहेक सम्बन्धित निकायहरूभित्र* व्यक्तिगत जानकारी सङ्कलनको उद्देश्य बाहिरका कुनै अन्य उद्देश्यको लागि प्रयोग गरिनेछैन न त यस्ता सम्बन्धित निकायहरूबाहिर कुनै तेस्रो व्यक्तिलाई बाँडिनेछ।
* "सम्बन्धित निकायहरू" भन्नाले टोक्यो महानगरपालिका सरकारको गभर्नर, प्रशासनिक आयोगहरू र सार्वजनिक निगम प्रशासन व्यवस्थापक, प्रमुख अग्निनियन्त्रण अधिकृत अनि टोक्यो महानगरपालिका सरकारको नियममा निर्धारण गरिएका अन्य प्रशासनिक निकायहरूको प्रमुखहरूलाई बुझाउँछ।

【व्यक्तिगत जानकारीको व्यवस्थापन】
यस वेबसाइटद्वारा सङ्कलन गरिएको व्यक्तिगत जानकारी टोक्यो महानगरपालिका सरकार तथा यस परियोजनाको जिम्मा दिइएको कम्पनी (ठेकेदार)-ले कडा ध्यान पुर्‍याएर व्यवस्थापन गरी ती जानकारीको चुहावट, दुरुपयोग, अनधिकृत रूपमा फेरबदल गर्नु आदि रोकथामको लागि उपयुक्त उपायहरू अपनाइनेछन्।

【यस परियोजनामा प्रयोग गरिने प्रत्येक वेबसाइट व्यवस्थापक तथा व्यवस्थापनको काम ठेक्कामा दिनेबारे】
टोक्यो महानगरपालिका सरकारले यस परियोजनाको व्यवस्थापन गर्ने काम ठेकेदारलाई ठेक्कामा दिएको छ।
साथै यस ठेकेदारलाई "यस परियोजना"-सित सम्बन्धित कामहरू सुम्पिइएको छ (यसमा सङ्कलन गर्ने उद्देश्यको दायरामा पर्ने व्यक्तिगत जानकारीको सम्बन्धमा गरिने कामहरू समावेश छन्। यो निम्न दफाहरूमा पनि लागू हुन्छ।)। अनि ठेकेदारले आफ्नो सम्बद्ध कम्पनीहरूलाई उक्त परियोजनासित सम्बन्धित कामहरू सुम्पने सम्भावना छ, तर यसरी कामहरू सुम्पिएको अर्को कम्पनीमा पनि एउटै तरीकामा उचित उपायहरू अपनाउनु पर्नेछ।

【व्यक्तिगत जानकारीको साझा प्रयोगबारे】
प्रयोगकर्ताले प्रदान गरेको व्यक्तिगत जानकारी टोक्यो महानगरपालिका "विदेशी मानवीय संसाधन स्वीकारको लागि व्यापक समर्थन परियोजना"-मा साझा रूपमा प्रयोग गरीनेछ।
साझा प्रयोग गर्ने उद्देश्य: रोजगार परामर्श प्रदान गर्न
साझा प्रयोग हुने विषय: प्रदान गरीएको सम्पूर्ण जानकारी

गोपनीयता नीतिमा सहमति जनाउनुहोस् र तल पुष्टीकरण बटन क्लिक गर्नुहोस्।