Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

OUR VOICE

Shan Lin Tsai(status)

movie

Click here to watch the full version

MY TOKYO STORY

  • 10बर्ष

    म जापानको कमिक्स, भिडियो गेम अनि जेपपमा लग्गु भएँ।
  • 19बर्ष

    मैले पहिलो पटक साथीसँग 5 दिनको लागि टोक्यो भ्रमण गरेर फेसन स्ट्रिटमा सपिङको आनन्द उठाएँ।
  • 23बर्ष

    म ताइपेमा एउटा फुड कम्पनीमा काम गर्न थालें, त्यहाँ आफूलाई राम्रो प्रभाव दिन सक्ने घनिष्ठ साथीलाई भेटें।
  • 26बर्ष

    मेरो जापानको सपना दिनदिनै बढ्दै गयो र मैले जापानमा काम गर्ने निर्णय गरें।
  • 27बर्ष

    मैले टोक्योको केओ युनिभर्सिटीमा भर्ना भएर एक वर्षसम्म जापानी भाषालाई प्राथमिकता दिएर अध्ययन गरें।
  • 28बर्ष

    मैले जागिर खोजिदिने कम्पनीमार्फत S-FIT कम्पनीमा काम गर्न थालें र सिबुया शाखामा कोअपरेशन मार्केटिङ सिक्दैछु।

सन्देश

माया गरेर जापानी भाषा सिकाइदिनेहरू थुप्रै छन्, तपाईंहरू पनि आएर हेर्नुहोस्!

Shan Lin Tsai message

टोक्योको आकर्षण भनेको, विभिन्न पृष्ठभूमिका व्यक्तिहरू भेला हुने ठूलो शहर भएकोले धेरै कुराहरू सिक्न पाउनु हो। कामको सिलसिलामा विभिन्न देश र उमेरका ग्राहकहरूलाई भेट्छु । व्यक्तिपिच्छे सोचाइ फरक हुन्छ र सबैको पृष्ठभूमि बुझ्न सजिलो हुँदैन। तर यसले गर्दा मेरो आफ्नो दृष्टिकोण फराकिलो हुन्छ। सुरुसुरुमा जापानी भाषा नआएर अप्ठेरो लाग्ला तर मानिसहरूले माया गरेर सिकाइदिन्छन्, चिन्तै गर्नुपर्दैन। टोक्योमा अवश्य आउनुहोस्।

साथीहरूको मदत पाएर म दिनप्रतिदिन प्रगति गर्दैछु।

Shan Lin Tsai Job description

म S-FIT कम्पनीको कोअपरेशन मार्केटङिको मुख्य कार्यालयको सिबुया शाखामा काम गर्दैछु। म अहिले कम्पनीको सिनियर सदस्यहरूबाट घरजग्गा किनबेच गर्ने तरिका सिक्दैछु। ग्राहकबाट आएको फोन उठाउने, ड्राइभिङ सिक्ने र घरजग्गा हेर्न जानुअघिको तयारीहरू गर्दैछु। विदेशी ग्राहक भएको खण्डमा उल्था गर्ने काम पनि म गर्दैछु। हाल अन्तर्राष्ट्रिय माग बढेको हुनाले विदेशी ग्राहकहरू बढ्दैछन्। अस्ति चाहिँ मैले चाइनिज ग्राहकको सामाना एक्लैले सबै गरें। मलाई अंग्रेजी पनि आउने भएकोले अंग्रेजी बोल्ने ग्राहकको सामना पनि कहिलेकाहीं गर्छु। काम गर्दा नबुझेको कुरा छ भने सहकर्मीलाई सोधिहाल्छु, यसरी नबुझे पनि बुझे जस्तो नदेखाउन कोसिस गर्दैछु।
काम गर्दा, छरितो र सही तरिका महत्त्वपूर्ण छ अनि सही स्तर पालन गरेर राम्रो टिमवर्कमा योगदान दिन सकिन्छ भन्ने कुरा मैले बुझें। घरजग्गा सम्बन्धी कामको ज्ञान हासिल गर्न सजिलो छैन तर साथीहरूले माया गरेर सिकाइ दिन्छन्, त्यस्तो मदत पाएर दिनदिनै म उन्नती गर्दैछु।

विभिन्न पृष्ठभूमिका मानिसहरूसितको उठबसले गर्दा धेरै कुरा सिक्न सकेको छु।

Shan Lin Tsai Attractive to work in Tokyo

सहकर्मीहरू र ग्राहकहरू पनि एकदमै मित्रैलो छन् र ताइवानबाट आएको मलाई स्वागत गर्छन् । कोहीकोहीले ताइवान घुम्नलाई मसित सल्लाह माग्छन् र अंग्रेजी सिकाइदिनु भन्छन्। यस्तो ससानो कुरामा पनि अरूले मेरो मदत खोजेको देख्दा खुशी लाग्छ। म विभिन्न उमेर र देशजस्तो भिन्नाभिन्नै पृष्ठभूमि भएका ग्राहकहरूसँग भेट्छु। भेटघाटको दौडान मानिसहरूको सोचाइ साँच्चै भिन्नाभिन्नै रहेछ र शब्दको गलत वा सहि छनोटले ग्राहकलाई कहिले रिस उठाउने वा कहिले श्यावासी र धन्यवाद पाउने जस्ता ताइवानमा भए अनुभवै गर्न नसकिने कुराहरू सिक्दैछु।
 यस सम्बन्धी एउटा घटना बताउँछु। जापानमा अरू रिसाउँदा आफैले पहिला माफी माग्ने चलन छ। यो कुरा ताइवानमा भए त्यति सोच्न नसकिने कुरा हो, तर हामीले पहिला माफी मागेर आफ्नो इमान्दारिता व्यक्त गर्दा उनीहरू खुशी हुन्छन् र त्यसपछिको व्यापारिक कुराकानी अघि बढ्ने रहेछ। झगडालु मनोभावलाई सँगसँगै अघि बढ्ने मनोभावमा परिणत गर्नु यो मैले टोक्योमा सिकेको सुन्दर जापानी संस्कृतिको एक पक्ष हो।

मेरो प्रतिद्वन्द्वी साथीभन्दा मपनि के कम भनेर म टोक्योसम्म आएँ!

Shan Lin Tsai Background and up to work in Tokyo

मैले सानो बेलादेखि “डराइमन” र “चिबिमारुको चान” जस्ता जापानको कमिक्स हेर्दै आएँ। स्कूल पढ्दा जापानको भिडियो गेम र म्युजिक (जे पप) एकदम मन पर्थ्यो, सधैं जापानको बारेमा चासो राख्दै हुर्किएँ। युनिभर्सिटीमा आमाबुबाको प्रभावले शिक्षासम्बन्धी विषय अध्ययन गरें। विद्यार्थी जीवनमा मलाई अरूलाई मदत गर्न र अरूसित घुलमिल हुन मन पर्छ भन्ने कुरा फेरि बुझ्न सकें। ग्राजुएसन पछि ताइपेको फुड कम्पनी र स्टक मार्केट कम्पनीमा आफ्नो करियर बनाएँ। जागिर खाँदै गर्दा पनि मैले जापानको ड्रामा र सिनेमाको आनन्द उठाएँ अनि जापानी संस्कृति र इतिहासबारे पढ्न थालें। यसले गर्दा जापानप्रतिको मेरो चाहना झनझन तीब्र हुँदै गयो।
म अब जापान नगई भएन भनेर सोच बनाउनुको पछाडि त्यही मेरो प्रतिद्वन्द्वी साथीको हात छ। मैले उसलाई सुरुमा फुड कम्पनीको सहकर्मीको रुपमा भेटें। उसले जापानी भाषा र जापानी संस्कृति अनि इतिहास राम्रोसँग अध्ययन गरेर टोक्योको एउटा ट्रेडिङ कम्पनीमा जागिर पाएर टोक्योमा बसाई सरेको थियो। उसको जापानी भाषाको क्षमता त छँदैछ साथै जापानी मान्छेको सोचाइलाई राम्रोसँग बुझ्ने भएकोले ऊ तिनीहरूसित व्यवहार गर्न एकदम सीपालु छ। यसरी ऊ मेरो एक पाइला अगाडि जाने असल प्रतिद्वन्द्वी हो।
उसले गरेको जस्तै प्रगति गरौं अझ उसलाई उछिनौँ भन्ने मेरो सोचाइ थियो। त्यसको लागि मैले जापानमै अध्ययन गरेर जापानमै जागिर खानु आवश्यक छ जस्तो लागेर त्यति बेलासम्म काम गरिरहेको कम्पनी छोडिदिएँ। अनि छ महिनापछि टोक्योमा आएँ। टोक्योमा आएर केओ युनिभर्सिटीको विद्यार्थी भएर काम खोज्न थालें अनि त्यति खेर नाम लेखाएको एउटा जागिर खोजिदिने कम्पनीबाट छानिएर अहिलेको कम्पनीमा प्रवेश पाएँ।

टोक्योमा भेटिने मानिसहरू जो कोही पनि एकदमै शिष्ट अनि सधैं दयालु छन्, यो कुरा देखेर छक्कै पर्छु।

Shan Lin Tsai Attractive to live in Tokyo

त्यहाँ थुप्रै आकर्षक कुराहरू छन्। मलाई पहिलादेखि सपिङ र रेष्टुरेण्ट जान मन पर्छ अनि टोक्यो चाहिँ सपिङ गर्न एकदमै सजिलो ठाउँ हो जस्तो लाग्छ। कामपछि र सप्ताहन्तमा जापानीहरू र विभिन्न विदेशी साथीहरूसँग सँगै खाना खाएर रमाउँछौं। संसारभरिको परिकार पाउने रेष्टुरेण्ट र हतपती नपाइने पसलहरू धेरै छन्। पहिलो पटक टोक्यो आएदेखि नै मलाई खानाको लागि केही चिन्ता भएन। खास गरी मलाई टोक्योमा याकितोरी र सरमोनको सासिमी एकदमै मन पर्छ। साथै टोक्यो पर्यटकिय ठाउँहरूले घेरिएको छ, त्यस्ता ठाउँहरूमा जहिले पनि सजिलै पुग्न सकिन्छ। एउटा प्रसिद्ध ठाउँ आसाकुसाको कामिनारी मोन पनि अहिले त म सजिलै जान आउन सक्छु।
टोक्योबाट अलिकति बाहिर निस्कियो भने शोनानको समुन्द्र र कारुईजावा भन्ने सित्तल र रमाइलो ठाउँ छ। बिदा मनाउन जाने यस्ता ठाउँहरू अरू पनि थुप्रै छन्। म चाहिँ विद्यार्थी बेला देखि नै टोक्योको पूर्वतिर पर्ने किताआयासे भन्ने ठाउँमा बसेको छु। यो शहरको बाटो सधैं सफा छ, बस्नलाई एकदमै आनन्दको ठाउँ हो। अनि टोक्योमा भेटिने मानिसहरू जो कोही पनि एकदमै शिष्ट छन्। मैले बाटो बिराएर सोध्दा पनि सबैले राम्रोसँग बताइदिन्छन्। यो मेरो लागि साँच्चै अचम्मको कुरा हो! साथै क्याफे र रेष्टुरेण्टमा काम गर्नेहरूको सेवाको गुणस्तर पनि उच्च छ त्यसैले त्यहाँ सधैं आनन्द लाग्छ। अहिलेसम्म मैले नभेटेको टोक्योको आकर्षण म खोजिरहन चाहन्छु।

कम्पनी अन्तर्वार्ता

कम्पनीको सिईओ तोमोकी शिहारा

तपाईंहरूको लागि विजिनेश चान्स झनझन बढ्दै जान्छ, टोक्योमा अवश्य आउनुहोस्।

Shan Lin Tsai Corporate Message

टोक्योले अझै विश्वको लागि ढोका खोल्नेछ र अझ आकर्षक शहर बन्नेछ। अहिलेसम्ममा जापानभित्रकै आवश्यकतालाई ध्यानमा राखेर विजिनेश गर्दै आयौँ तर अब भने विश्वका मानिसहरू र पैसा भित्रिने छ। त्यसैले अब टोक्योको रुप कस्तो हुन्छ यसै भन्न सकिँदैन। त्यसैकारणले टोक्यो प्रशस्त सम्भावना भएको शहर हो। टोक्योलाई एसियाको वर्ल्ड सिटी बनाउने जापान सरकारको नीति छ र यो लगायत विभिन्न विकासका कामहरू भइरहेको छ। हामी पनि टोक्योलाई केन्द्र बनाएर घरजग्गा सम्बन्धी विजिनेश गर्दैछौँ अनि यसमा पनि विदेशीहरूको प्रभाव महसुस गर्दैछौँ।
आगामी दिनहरूमा विदेशीहरूलाई टार्गेट बनाएको विजिनेश झनझन बढ्दै जान्छ होला। यही अर्थमा विदेशी मानिसहरूको विजिनेश चान्स एकदमै ठूलो छ। टोक्योमा आउनुहोस् र हामी सँगै विजिनेश गरौँ।

BACK