-
6बर्ष
[डोराऐमोन] र [उल्त्रोलाम्यान] ईत्यादिको भिडियो भाँडामा लिएर हेर्ने गर्थे। -
16बर्ष
उच्च माध्यामिक विध्यालयमा हुँदा भाषामा रुचि भएर कडा मिहेनत
गरी अंग्रेजी सिकें। -
18बर्ष
विदेशमा अध्ययनका लागि विकल्पको रुपमा अमेरिका, सिंगापुर र जापान थियो। त्यसमध्ये भाषा पनि संस्कृति पनि त्यतिको परिचित नभएको जापानलाई हिम्मत गरेर छनौट गरेँ। -
19बर्ष
जाडोमा साथीसँग पहिलो पटक टोक्योमा आएको थिएँ। शिबुया, हाराजुकु र ओडाइबा घुमेर फेसनदेखि लिएर ऐतिहासिक स्थलहरूको आनन्द लिएँ। -
22बर्ष
मेरो वरिपरिका साथीहरू ठूला कम्पनीहरूमा चासो राख्थे। तर मलाई उद्यम कम्पनीमा नवीनता ल्याउने कम्पनीमा रुचि भएर छनौट गरी जागिर खाने निर्णय गरेँ। -
23बर्ष
हाल
सबैभन्दा पहिले आएर राम्रा पक्ष पनि गाह्रो पक्ष पनि अनुभव गरी, टोक्योको बारेमा अझ बढी जान्नुहोस् भन्न चाहन्छु।
विदेशीहरुले जापानमा काम गर्ने विचार गर्ने बेलामा ३ वटा समस्याहरु दिमागमा आउँछ होला जस्तो लाग्छ। पहिलो भनेको भाषा कौशलको बाधा, दोस्रो भनेको महंगी र तेस्रो भनेको उद्यम संस्कृति कठिन जस्तो देखिने छवि हो। ममा पनि यी तीन छविहरू थियो। तर मैले ती सबै प्रयास गरेर पार गर्न सफल भएँ। शुरुमा आउने भन्ने कुरा पनि महत्वपूर्ण हुनसक्छ। मलाई जापानको बारेमा पटक्कै थाहा थिएन। तर मेरो जिज्ञासाले गर्दा हामफालेर आएँ। मलाई कुनै पछुतो छैन र टोक्योमा काम गर्न पाउँदा खुसी लागेको छ। तपाईंहरु पनि एक पटक टोक्योमा काम गरेर हेर्नुहोस्। राम्रा पक्ष पनि गाह्रो पक्ष पनि दुवै अनुभव गरेर टोक्योको बारेमा अझ बढी जान्नुहोस् भन्न चाहन्छु।
मेरो काम भनेको कम्पनीको अध्यक्षलाई सहयोग गरी, कम्पनीको
दीर्घकालीन प्रबन्धनको योजनालाई कार्यान्वयन गर्नु हो।
मेरो मिशन भनेको नवीनता ल्याउने कम्पनीमा दीर्घकालीन अवधिमा नाफा बढाउने संयन्त्र निर्माण गर्नु हो। काम चाहिँ कम्पनीको अध्यक्षले सीधा दिनुहुन्छ अनि घरेलु र विदेशी मार्केटिंगसँग सम्बन्धी अनुसन्धान, नयाँ व्यवसायको सुरूवात, M&A समर्थन जस्ता कार्य सामग्री विविध छन्। अस्ती नयाँ मार्केटिंगको विधि सिक्नको लागि उत्तर अमेरिकाको सिलिकन भ्याली र ओहायोमा भएको सम्मेलनमा भाग लिएँ।
अहिलेसम्म गरेको अनुभव मध्ये सबैभन्दा मनमा छाप परेको काम भनेको, कम्पनी भित्र उद्यमको भावना जगाउनको लागि "इनोवेशन फरेस्ट" भन्ने अध्ययन समूहले स्थापना गरेको काम हो। यहाँ जसले पनि स्वतन्त्ररुपले भाग लिई, नयाँ व्यापारको विचार व्यक्त गरी अध्ययन गर्छन्। उत्तर अमेरिकामा सिकेको मार्केटिंगकोबारे प्राध्यापकको रूपमा प्रस्तुत गर्ने अवसर पाएँ। वरिष्ठहरूले पनि भाग लिएकोले जापानी भाषाबाटको प्रस्तुतिमा चिन्तित थिएँ। अघिल्लो दिन, रातीसम्म घरको ऐनाको अगाडि धेरै अभ्यास गरी वास्तविक प्रस्तुति गरेँ। प्रस्तुति सफल भयो र मेरा साथीहरूबाट "राम्रो भयो!" भन्ने धेरै न्यानो संन्देश पाएर गहिरो प्रभावित भएँ।
"आतिथ्यको भावना" लाई वास्तविक रुपमा सिकी, महान संस्कृति हो भन्ने कुरा महसुस गरिरहेकी छु।
यो एक अद्भुत संस्कृति हो।
भियतनामी कार्यस्थलहरूमा धेरैजसो व्यक्तित्ववाद/परिणामवादको
शैलीमा कार्य गरिन्छ। अर्काको कुरा त्यतिको वास्ता नगरी काम गरिन्छ। अर्कोतर्फ, जापानी कार्यस्थलमा आफ्नो कुरा मात्र नभई वरिपरिको कुरालाई पनि विचार गरेर काम गरिन्छ। एकअर्काको कुराप्रति विचारशील हुनु भनेको महान संस्कृति हो भन्ने कुरालाई काम गर्दै महसुस गरिरहेकी छु। आतिथ्यको भावना भनेको अर्को पार्टीको अपेक्षाहरू भन्दा बढी सेवा प्रदान गरी, ऊसलाई प्रभाव पार्ने हो भन्ने कुरा पनि कामको माध्यमबाट सिकेँ। हाम्रो कम्पनीको सबै कर्माचारीहरु जहिले पनि यो कुरालाई मनमा राखेर काम गरिरहेका छन्। एकदमै राम्रो हो जस्तो लाग्छ।
टोक्यो शहरमा आफू विदेशीको रूपमा काम गरिरहेकी छु। यो भनेको ताकत हो जस्तो लाग्छ। शुरुमा, आफ्नो बोली तथा कार्य जापानी संस्कृतिमा अरूले कसरी हेर्ने होला भन्ने मनमा लागेको थियो। तर नबुझेको कुरा तथा चिन्ता तुरून्त त्यसैबेला सोध्ने गरेकी छु। म एक विदेशी भएकोले वरिपरिका मानिसहरुले मिलनसार रुपमा सिकाई दिन्छन्। भिन्न सांस्कृतिक वातावरणमा आफैबाट व्यक्त गर्ने संचार भनेको धेरै महत्वपूर्ण छ जस्तो लाग्छ।
उच्च जिज्ञासाले प्रोत्साहित भई भाषा पनि संस्कृति पनि थाहा नभएको जापानलाई हिम्मत गरी रोजेँ।
सानो बेलादेखिनै निकै जिज्ञासु भई नयाँ संसारमा हामफाल्दै जाने स्वभावकी थिएँ। उच्च माध्यामिक तह पास गरेपछिको क्यारियर पथको रूपमा अमेरिका, सिंगापुर र अष्ट्रेलियालाई कल्पना गरेकी थिएँ। जापानमा अध्ययन गर्ने विकल्प अन्तिममा थपियो। त्यतिबेला भाषा पनि संस्कृति पनि थाहा नभएको जापानको लागि चुनौती गर्ने कुरा मलाई सबैभन्दा आकर्षक लाग्यो। जापान आइसकेपछि विश्वविद्यालयको कक्षामा जापानी भाषा कडा मिहेनत गरी अध्ययन गरेँ। रामेनको पसलमा ग्राहकहरुको सेवा गर्ने पार्ट-टाइम तथा जापानी साथीहरूसँगको आदानप्रदानको मार्फतबाट जापानी भाषामा सुधार गर्दै लगेँ। कलेजको पहिलो वर्षको जाडो बिदामा साथीहरूसँग भ्रमणको लागि पहिलो पटक टोक्यो आएर घुमेँ। युवाहरु र धेरै मानिसहरू भएको ठूलो शहर रहेछ भन्ने छाप पर्यो।
शिबुयाको चौबाटोको मान्छेहरुको भीड, हाराजुकुको फेशन सडक र आधुनिक भवनहरू लाइनमा खडा भएको ओडाइबा स्मरणीय रहेको छ। यो भ्रमणले गर्दा अस्पष्ट रूपमा टोक्योमा जागिर खान चाहन्छु भनेर लाग्न थाल्यो। 22 वर्षको उमेरमा जागिर खोज्न शुरू गर्दा, शुरुमा ठुलो कम्पनीको लागि लक्ष्य गर्ने विचार थियो। तर उच्च जिज्ञासु भएको मैले विभिन्न कम्पनीहरूको कुरा सुन्न गएँ। साथीले परिचय गराई दिएको उद्यम कम्पनीको इनोवेशनमा रुचि भयो। कम्पनी छनौट गर्न दुई कुराहरु निर्णायक भयो। एउटा कलेजमा छानेको मार्केटिंग प्रयोग हुने कुरा। दोस्रो चाँहि छनौट प्रक्रियाको क्रममा भेटेका कर्मचारीहरूका मैत्रीपुर्ण वातावरण हो। धेरै नयाँ चुनौतीहरू लिन सक्ने आशा गरेकी छु।
पाँच बजेपछि पनि, हप्ताको अन्तमा पनि मनोरञ्जन र साथीहरूसँगको समय पूर्ण रुपमा रमाईलोसँग बिताईरहेकी छु।
टोक्योमा मनपर्ने कुराहरू धेरै छन्। सप्ताहन्तमा कलेजका साथीहरूसँग रामेन पसलहरूमा जान्छु। रामेनका प्रकारहरु एकदमै धेरै छन्। मलाई टोन्कोट्सु रामेन मन पर्छ। तर त्यसको स्पेशलिटीको पसल मात्रै पनि धेरै भएकोले खाएर तुलना गर्ने कुरामा रमाईरहेकी छु। फेरी फोटोग्राफी पनि मनोरञ्जन भई, नगर बाहिर गई समुन्द्र तथा पहाडहरूको दृश्यहरूको फोटो खिच्ने गर्छु। शरदका पातहरू निकै सुन्दर हुने भएकोले धेरै फोटो खिचेँ। पाँच बजेपछि विदेशी साथीहरूसँग शिबुयाको क्याफेमा भेला हुन्छौ। टोक्योमा विभिन्न देशहरुका मानिसहरुसँग भेटर कुराकानी गर्न सकिन्छ। मैले टोक्योमा आएर एशिया, अफ्रिका र युरोप सहित 30 वटा भन्दा बढी देशहरूका नयाँ साथी बनाएँ।
जीवनयापानको शुरूवातमा, एकदमै महंगी भएको महसुस गरेँ। बिषेशगरी भियतनामको जस्तो फलफूल र तरकारीहरु त्यस्तो महशुस भयो। तर त्यो आफ्नो पैसाको प्रयोग र त्यसको प्रबन्धको तरिकालाई सिकेर समाधान भयो।
टोक्योमा जीवनयापान गर्दा प्रभावित भएको एउटा एपिसोडको परिचय दिन्छु। पहिला ट्याक्सी चढेको बेलामा 5 मिनेटमा पुग्ने ठाँउ ड्राइभरले गल्ती गरेर 15 मिनेट लगाईदियो। यो मेरो लागि कुनै ठुलो समस्या त थिएन, तर ऊसले बिचमा धेरै पटक नम्रतापुर्वक माफी माग्यो र गन्तव्यमा पुगेपछि कुनै पैसा लिएन। कस्तो इमान्दार मान्छे रहेछ भन्ने लाग्यो। अन्य देशहरूमा विरल्लै हुन्छ होला जस्तो लाग्यो।
कम्पनी अन्तर्वार्ता
प्रतिनिधि निर्देशक नाओटो तोमिता
उद्यम भावना भएका थुप्रै व्यक्तिहरु सबैजना टोक्योमा आउनुहोस् भन्न चाहन्छु!
विदेशबाटको मानव संसाधनलाई स्वागत गर्ने कुराले कम्पनी भित्रको संस्कृतिलाई बदल्न सकिन्छ। विषेश गरी हाम्रो जस्तो उद्यम कम्पनीहरुले संस्कृति परिवर्तन गरि मानसिकतामा विकास गर्न आवश्यक छ। जापान भनिने देश संसारमा सबैभन्दा आकर्षक देश हो जस्तो लाग्छ। विदेशी परिवेशमा बिभिन्न सेवाहरू सिर्जना गर्ने शक्ति छ। विशेष गरी आजकल उद्यम कम्पनीहरूले राम्रो गरिरहेका छन्। सबैले जापानको राम्रो पक्ष अवश्य पनि हेर्नुहोस् भन्न चाहन्छु। त्यसमाथि पनि टोक्यो भन्ने शहरमा जापान भरिबाट उत्कृष्ट र उच्च सम्भाव्य उद्यम भावना भएका मानिसहरू एकदमै धेरै जम्मा भएका छन्। विदेशबाट पाल्नु भएका माहानुभावहरु पनि यो टोक्यो भन्ने शहरमा, सबैको उच्च प्रेरणा र दृढ इच्छा प्रदर्शन गर्न अझ बढी विकास गर्दै लगौँ।