Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

OUR VOICE

Jin Mingzhu(status)

movie

Click here to watch the full version

MY TOKYO STORY

  • 10बर्ष

    म प्राथमिक विद्यालयमा हुँदा मैले "ड्र्यागनबल"-जस्तो एनिमेसन मनपराउन थालेँ।
  • 13बर्ष

    जुनियर हाई स्कुलको पहिलो वर्षमा हुँदा मैले जापानीलाई दोस्रो भाषाको रूपमा रोजेँ। मैले एक रातमै हिरागाना कण्ठ पारेँ।
  • 21बर्ष

    म पढाइको लागि टोक्योमा आएँ। सुरुमा मैले भाषा स्कुल र व्यावसायिक विद्यालयमा पढेँ। पछि म कान्साईको विश्वविद्यालयमा प्रवेश गरेँ।
  • 27बर्ष

    मैले ओसाकामा अनुवाद संयोजकको रूपमा काम गर्न थालेँ।
  • 33बर्ष

    ठूलो काम पाउनको लागि म टोक्योको सनफ्लेयर कम्पनीमा सामेल भएँ।
  • 36बर्ष

    हाल

सन्देश

जति प्रयास गऱ्यो, त्यत्ति नै इनाम पाइन्छ भन्ने कुराले कडा मेहनत गर्ने उत्प्रेरणा बढाउँछ!

Jin Mingzhu message

टोक्यो अन्तर्राष्ट्रिय स्तरमा एक प्रसिद्ध सहर हो। म चीनको शेन्याङबाट आएको हुँ। मेरो गृहनगरका मानिसहरू मैले टोक्योमा काम गरेकोले ईर्ष्या गर्छन्। टोक्यो धेरै सुविधाजनक छ र यहाँ विभिन्न सेवाहरू उपलब्ध छन्। साथै थुप्रै विदेशीहरू घुम्न वा काम गर्न यहाँ आउँछन्। टोक्योमा काम र दैनिक जीवनको दुवै पाटामा जापानी संस्कृतिलाई नजिकबाट अनुभव गर्न सकिन्छ। टोक्योमा काम गर्दै जाँदा थुप्रै अवसरहरू पाइन्छन्। अनि जति प्रयास गऱ्यो, त्यत्ति नै इनाम पाइन्छ भन्ने कुराले कडा मेहनत गर्ने उत्प्रेरणा बढाउँछ। कृपया टोक्यो आउनुहोस्!

म फरक-फरक देशबाट आएका सदस्यहरूसित अनुवाद परियोजनाहरू नियन्त्रण गर्ने काम गर्दै छु

Jin Mingzhu Job description

म अनुवाद परियोजनाहरूको प्रबन्धकको रूपमा काम गर्दै छु। हाम्रा ग्राहकहरूबाट काम पाइसकेपछि म सबै तालिका व्यवस्थित गर्छु र अनुवादकहरूको प्रबन्ध मिलाउँछु। साथै अन्तिम म्यादभन्दा अगाडि नै परियोजना सकाउन योजना बनाउँछु। हामी विभिन्न वेबसाइटहरू, उत्पादनका निर्देशिकाहरू र सफ्टवेयरका विशिष्टपत्रहरू अनुवाद गर्छौँ। हामी 10 भन्दा धेरै भाषामा काम गर्छौँ। मेरो टिममा जापानी, ब्राजिलियन, अमेरिकी र भियतनामीहरू छन्।
उनीहरूसित काम र कुराकानी गरेर उनीहरूको देशको बारेमा सिक्न मलाई रमाइलो लाग्छ। अनुवाद सकिएपछि प्रुफरिडिङ गरी अन्तिम गुणस्तर जाँचेर पक्का गरेपछि ग्राहकहरूलाई अनुवाद पठाउँछु। अनुवादको काम अहिले धेरै बढ्दै गएकोले म हरेक दिन व्यस्त हुन्छु।

म आफ्नो कामको व्यापकता र विस्तारदेखि रोमाञ्चित छु

Jin Mingzhu Attractive to work in Tokyo

म तपाईँलाई टोक्योमा काम गर्न आग्रह गर्छु किनभने यहाँ तपाईँ व्यापक काममा संलग्न हुन सक्नुहुन्छ। हालको कम्पनीमा मैले अनुवाद सम्बन्धी 10 करोड येनभन्दा धेरैको काममा समावेश भएँ। हामीले थुप्रै सदस्यसित मिलेर छ महिनामा एउटा परियोजना पूरा गऱ्यौँ। काम गर्दा थुप्रै समस्याहरू आए तापनि अनुवाद पूरा गरेर ग्राहकलाई पठाउन पाउँदा असाध्यै खुसी लाग्यो। अर्को रोचक कुरा भनेको कामको प्रकार व्यापक छ भन्ने कुरा हो। म विभिन्न प्रकारको अनुवादको काम ह्यान्डल गर्छु।
उदाहरणको लागि, कर्पस भनिने भाषिक डेटाबेस छ, जसमा जापानी भाषाबाट चिनियाँ भाषा वा अङ्ग्रेजी भाषाजस्तो एउटा भाषामा मात्र अनुवाद गर्ने नभई जापानी भाषाबाट एकैपटक दक्षिणपूर्वी एसियाली र युरोपेली भाषाहरू पनि समावेश गरेर धेरै भाषाहरूमा अनुवाद गरिन्छ। अनि मैले कागजसित सम्बन्धित अनुवादबाहेक वेबसाइट, उत्पादन निर्देशिका र गेमहरूजस्ता विभिन्न किसिमको अनुवादको काम ह्यान्डल गरेको छु। ठूलो परियोजना आउँदा सुरुमा कार्य विभाजन गर्नुपर्छ र त्यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न टिमको रूपमा काम गर्नुपर्छ।

मैले एक रातमै हिरागाना कण्ठ पारेँ

Jin Mingzhu Background and up to work in Tokyo

प्राथमिक स्कुलमा छँदा मलाई "ड्र्यागनबल"-जस्तो जापानी एनिमेसन मन पर्थ्यो। म प्रायः त्यस्तो एनिमेसनहरू हेर्थेँ। मलाई जापानी संस्कृति र भाषामा चासो जाग्यो। त्यसैले जुनियर हाई स्कुलमा मैले जापानीलाई आफ्नो दोस्रो भाषाको रूपमा रोजेँ। मलाई पहिल्यैदेखि जापानी भाषामा चासो भएकोले स्कुलको पढाइ गाह्रो लागेन। मैले एक रातमै हिरागाना कण्ठ पारेँ। स्कुलमा मेरा थुप्रै साथीहरूले जापानी भाषा रोजे। त्यसपछि म विश्वविद्यालयमा भर्ना त भएँ तर मैले रोजेको प्रमुख विषय राजनीति विज्ञान मन नपरेकोले पढाइ छोडेँ। मलाई जापानमा चासो थियो र जापानी भाषा पढ्दै थिएँ। त्यसैले मैले जापान जाने निर्णय गरेँ। सुरुमा म भाषा स्कुलमा भर्ना भएँ अनि जापानी भाषा राम्रो भएपछि व्यावसायिक विद्यालयमा भर्ना भएँ।
पछि म कान्साईको विश्वविद्यालयमा भर्ना भएँ र अर्थशास्त्र फेरि सुरुदेखि नै पढेँ। म पहिलो चोटि सन् 2008 को गर्मीयाममा टोक्यो आएको थिएँ। टोक्योका सडकहरू निकै चौडा थिए अनि मानिसहरू पनि थुप्रै थिएँ। हुनत चीन धेरै जनसङ्ख्या भएको देश हो तर टोक्योमा मेरो गृहनगर शेन्याङमा भन्दा धेरै भीडभाड छ।
विश्वविद्यालयबाट स्नातक गरेपछि मैले ओसाकाको अनुवाद कम्पनीमा काम गर्न थालेँ। त्यहाँ चार वर्ष अनुवाद संयोजकको रूपमा काम गरेपछि अझ व्यापक काम गर्न चाहने इच्छा जागेकोले मैले त्यो काम छोडेर टोक्योको सनफ्लेयर कम्पनीमा काम गर्न थालेँ। मैले सनफ्लेयर रोज्नुको कारण चाहिँ यहाँ मैले आफ्नो विगतको अनुभव उपयोग गर्न सक्छु र यो अनुवाद उद्योगमा सबैभन्दा ठूलो अनुवाद कम्पनी पनि हो।

म टोक्योमा विभिन्न सोखहरूको आनन्द उठाउन सक्छु

Jin Mingzhu Attractive to live in Tokyo

मेरा थुप्रै सोखहरू छन् र म टोक्योमा ती सबैको आनन्द उठाउन सक्छु। जापानमा आएपछि पेशेवर बेसबल मन पर्न थाल्यो र आफ्नो मन पर्ने टिमलाई समर्थन गर्छु। टोक्योमा मुख्य दुइटा बेसबल रङ्गशाला छन् र त्यहाँ थुप्रै मानिस गेम हेर्न आउँछन्। मलाई आफ्नो कम्प्युटरहरू बनाउन पनि मन पर्छ। त्यसैले विदेशबाट आयात भएका पाटपुर्जाहरू हेर्न आकिहाबारा जान्छु। आकिहाबारामा कम्प्युटर सम्बन्धी लगभग सबै पाटपुर्जाहरू पाइन्छ। त्यहाँ नजिकै सपिङ मलहरू र सिनेमा हलहरू पनि छन्। टोक्यो परिवारसँग बस्नको लागि सजिलो सहर हो। जापानी भाषा सिक्नको लागि अहिले पनि म जापानी किताबहरू र माङ्गा पढ्छु अनि नाटकहरू हेर्छु।
माङ्गाले जापानी सिक्न मलाई सबभन्दा धेरै मदत गरेको छ। अहिले मलाई "वान पिस" भन्ने माङ्गा एकदमै मन पर्छ।
 टोक्योमा तपाईँले धेरै देशका खानेकुरा खान सक्नुहुन्छ। केही दिनअघि म्यानमारको अनुवाद परियोजना सफलतापूर्वक सकेको उपलक्ष्यमा म र मेरा सहकर्मीहरूले म्यानमार रेस्टुरेन्टमा पार्टि गऱ्यौँ। खोज्यो भने जुनसुकै देशका रेस्टुरेन्टहरू भेट्टाउन सकिन्छ।
 टोक्यो पनि हरियालीले भरिएको छ। कहिलेकाहीँ म बट्टामा खाना प्याक गरेर लान्छु र प्रकृतिको आनन्द उठाउँदै आरामदायी समय बिताउँछु।

कम्पनी अन्तर्वार्ता

सूचना तथा सञ्चार प्रविधि सेवा विभाग प्रबन्धक, मिकिओ तानाबे

एकअर्कालाई सहयोग गरेर अनि एकअर्काबाट सकारात्मक कुराहरू सिकेर बलियो टिमवर्क पाउन सकिन्छ

Jin Mingzhu Corporate Message

विदेशी कर्मचारीको सङ्ख्या बढेपछि कर्मचारीबीचको कुराकानी अझ सक्रिय भएकोले वातावरणमा सुधार आएको जस्तो लाग्छ। विदेशी कर्मचारीले कडा मेहनत गरेको देखेर जापानी कर्मचारी पनि उत्प्रेरित भएका छन्, एकअर्कालाई अझ साथ दिने गर्छन् र यसले गर्दा टिमवर्क राम्रो भएको छ। जापानी कर्मचारीले विदेशी कर्मचारीबाट भाषा सिकेर अनि विदेशी कर्मचारीलाई जापानी व्यवसायको बारेमा सिकाएर सहयोग गर्छन्।
जापानी कम्पनीहरूले विश्वभरि व्यापार गर्ने कुरालाई बढावा दिइरहेका छन् तर व्यवसायमा अपनाइने जापानको आफ्नै संस्कृति र शिष्टाचारलाई कदर गर्नुपर्छ। आफ्नो काम स्पष्ट बुझ्नु र त्यो पूरा गर्न कडा मेहनत गर्नु महत्त्वपूर्ण छ। तर आफ्नो वरिपरि भएको कुनै सहकर्मीलाई मदत चाहिएको छ भने ओभरटाइम हुन सके तापनि तिनीहरूलाई मदत गरिदिँदा यसले सहयोगको भावना पैदा गर्छ र त्यो व्यक्तिले पछि आफ्नो काम सजिलै गर्न सक्छन्। हाम्रो कम्पनीले टिमवर्कको भाव भएको व्यक्तिको मोल गर्छ। अनि त्यस्तो व्यक्तिले आफ्नो काममा बढावा दिन सक्छन्। कृपया पहिला कम्पनीको रहनसहन वा तौरतरिकालाई नम्र भई स्विकारेर सिक्नुहोस्। जापानी कर्मचारीले यस्ता विदेशीहरूको सम्मान गर्छन् र समस्यामा पर्दा तिनीहरूलाई पक्कै मदत गर्छन्।

BACK