Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

OUR VOICE

Jinhyon Kan(status)

movie

Click here to watch the full version

MY TOKYO STORY

  • 19बर्ष

    कलाकार बन्न खोजेको थिएँ। तर परिवारले विरोध गरे। जस कारण भविष्य अन्धकार जस्तै भई निराश भएको थिएँ।
  • 21बर्ष

    आफ्नै कम्पनी चलाउने दाजुबाट मैले विदेशमा पढ्न जाने सल्लाह पाएँ र जापानमा पढ्न जाने निर्णय गरें।
  • 28बर्ष

    सागा प्रान्तको एउटा कम्पनीमा जागिर पाएँ, त्यहाँ फर्निचर डिजाइनरको रुपमा काम गरें। मिलनसार मानिसहरूसित भेटघाट धेरै भयो।
  • 31बर्ष

    नयाँ क्यारियर खोल्दै जाने कुरा सोची, मार्केटिंगको बारेमा आफैले किताबहरू पढेर सिकी टोक्योको विज्ञापन एजेन्सीमा काम सुरु गरें।
  • 41बर्ष

    हङकङमा पनि गएको थिएँ। धेरै विदेशीहरूसित सँगै काम गरें।
  • 43बर्ष

    टोक्योमा फर्केर जाने सोचाइले, बिस्तारै कम्पनीहरूको छनौट गर्दै अहिलेको कम्पनीमा जागिर खान पुगें। कम्पनी छनौट गर्ने सर्त भनेकै त्यहाँ सँगै काम गर्ने ”मानिसहरू” हो।

सन्देश

टोक्योमा आएर मात्र पहिले पटक देख्न सक्ने आकर्षणहरू धेरै भएको ठाउँ हो।

Jinhyon Kan message

टोक्यो भनेको बाहिर आँखाले देखिने कुरा र जानकारीहरू मात्र नभएर ”आँखाले नदेखिने कुराहरू” धेरै भएको ठाउँ हो जस्तो लाग्छ। त्यहाँ तारिफ गर्न लायक कुराहरू धेरै छन्। त्यसकारण पहिला चुनौती गरेर हेर्नुहोस्। टोक्यो निकै आकर्षक ठाउँ हो जस्तो लाग्छ। “टोक्यो ड्रीम” साँच्चिकै हुन पनि सक्छ। संसारमा भएको विभिन्न जानकारी /सूचनामा मात्र निर्भर नभई, आफ्नो भित्री मनको कुरालाई मानेर पाइला चाल्नु महत्त्वपूर्ण कुरा हो। विदेशमा बिताएको समय भनेको पक्कै पनि खेर जाँदैन। पछि अवश्य काम लाग्ने छ। मैले, टोक्यो मात्र नभई जापान भरिको मानिसहरू सँगको न्यानो सम्बन्धलाई सम्पत्तिको रुपमा हासिल गर्न सकें।

हाम्रो काम भनेको आफ्नो ब्राण्डलाई संसारको धेरै भन्दा धेरै मानिसहरूलाई चिनाउने हो।

Jinhyon Kan Job description

अहिले मार्केटिंगको काम हेर्दै छु। मुख्यतः विदेशको लागि भाडाको वाइफाइ सेवा दिने “ईमोतोनो वाइफाइ” र “ईमोतोनो मोबाइल” नामको सामाजिक योगदान प्रकृतिको MVNO सेवाहरू दुई वटा ब्राण्ड धेरै भन्दा धेरै मानिसहरूलाई थाहा दिने कुरा नै मेरो उद्देश्य हो। ब्राण्ड जति बलियो हुन्छ, त्यति नै बिक्री गतिविधिहरूमा राम्रो/दरिलो असर पुग्ने भएकोले कम्पनी संचालनको लक्ष्यको नजिक पुग्न सजिलो हुन्छ।
पहिला, वर्षको सुरुमा मार्केटिंगको योजना बनाएर, हरेक तीन महिनामा त्रैमासिक रुपमा विभाजन गरेर कामको गतिविधिको व्यवस्थापन गरेर अगाडि बढ्ने छौं। मार्केटिंगमा अनलाइन र अफलाइनको बीचमा सन्तुलन राख्नु महत्त्वपूर्ण छ। अभियान (क्याम्पेन )को बारेमा सोच्ने, ठूलो योजनाको बारेमा सोच्ने, योजना तर्जुमा गर्ने आदि विभिन्न कुराहरूको परीक्षण र त्रुटीलाई केलाउँदै जाने सोचेका छौं। आफूहरूले मात्रै गर्न सक्ने काम गर्नाले त्यो काम आफ्नो मौलिकता भई त्यसको छुट्टै महत्व बन्छ। अहिले14 जनाको सदस्यहरू सँग मिलि रमाइलो सँग काम गर्दैछौं।

विभिन्न काममा लाग्नु भनेको अनुभवलाई वृद्धि गर्दै लान सक्नु हो।

Jinhyon Kan Attractive to work in Tokyo

विभिन्न काममा लाग्न सक्ने मौका पाउनु भनेको आकर्षक कुरा हो। हालको टोक्योको कम्पनीमा काम गर्दै SNS को प्रयोगबाट विज्ञापनको विकास, YouTube को विज्ञापन आदिको ठूला स्तरको परियोजनाहरूको काम गरें। त्यो बेला, सृजना भएको प्रतिक्रिया/मागलाई सम्भार गर्ने, स्मार्टफोन विशेषको पेज बनाउने आदिमा एकै समयमा गर्नु पर्ने तयारीमा धेरै व्यस्त भएँ। तर, अहिले सम्ममा अनुभव गर्न नसकेको कुरा गरेर, आफ्नो जिन्दगीमा ठूलो लाभ भएको जस्तो लागेको छ। म काम गर्ने शिबुया भन्ने क्षेत्रमा, तेजिलो कम्पनीहरू, व्यवसायिक व्यक्तिहरू धेरै छन् जस्तो लाग्छ।
हाम्रो कम्पनी पनि एक लचिलोपन र चुनौतीपूर्ण वातावरण भएको र युवाहरू पनि राम्रो प्रस्ताव भएका व्यक्ति भए कम्पनीले लिन सक्ने खुलापन जस्तो राम्रो प्रवृत्ति भएको ठाउँ हो। यदि म टोक्योको सट्टा कोरियामा जागिर खाई राखेको भए, ठूलो कम्पनीमा काम गरि राखेको हुनुपर्छ। विदेशमा आएर काम गरेकोले, उकालो ओरालोको अनुभव गर्ने धेरै मौका मिल्यो। म महान सहयोगीहरू सँग मिलेर ठूलठूला कामहरू सफल पूर्वक गर्दै जाने इच्छा छ।

दाजुको सल्लाह अनुसार विदेशमा चुनौती गर्ने निर्णय गरें।

Jinhyon Kan Background and up to work in Tokyo

म त्यो भन्दा पहिला म चित्र कोर्ने कलाकार बन्न चाहन्थें। तर परिवारबाट ठूलो विरोध खप्नु पर्‍यो र आफूले चाहेको कुरा गर्न नपाएर निराश भएँ। विश्वविद्यालय त प्रवेश गरें। तर तुरुन्तै छोड्ने निधो गरेर घर छोडेर कोरियाको दक्षिणमा पर्ने टापुमा गएर एक्लै जीवन बिताउन थालेँ। 6 महिना जति बितेपछि, त्यो बेला व्यापार कम्पनी चलाई राख्नुभएको दाजुले मेरो कुरा मानी दिनुभयो। दाजुले ”यदि तिमी विदेशमा आफ्नो बलले काम खोजि जीवन बिताउने आँट छ भने, पहिलो पल्टको हवाई टिकट खर्च मात्र चाहिं दिई दिन्छु” भनेर प्रस्ताव राख्नुभयो। म, चित्रकला सिक्ने ठाउँ खोजेर स्वतन्त्र जीवन बिताउने निधो गरें।
त्यो बेला चित्रकला सिक्ने ठाउँ भन्नाले अमेरिका, फ्रान्स, जापान तीन वटा देशहरू गन्तव्यको रुपमा सोचेको थिएँ। तर अमेरिका र फ्रान्समा गएमा भाषाको साथै महँगीको समस्याले जिविका चलाउन नसक्ने हुने भएकोले चिन्ता भयो। आखिरमा जापान रोज्न पुगें। जापानी भाषामा, ”आ इ उ ए ओ” र “कोन्निचिवा” मात्र थाहा थियो। हवाई जहाजमा चढ्नु पनि पहिलो पल्टको अनुभव थियो। पहिले म फुकुओकामा पुगें। त्यहाँ पहिला जापानी भाषा सिकें। त्यसपछि सागा प्रान्तको एक सरकारी विश्वविद्यालयमा भर्ना भएर डिजाइन विषय लिएर पढें। फर्निचर उत्पादन गर्ने कम्पनीमा जागिर खाएर डिजाइनको काममा लागें।
डिजाइनको काम मन पर्छ। तर अझ ठूलो/फराकिलो क्षेत्रमा काम गर्न मन लागेर एकातिर काम पनि गर्दै अर्कोतिर आफूले मार्केटिंग विषयको अध्ययन गर्न थालें र टोक्यो स्थित विज्ञापन एजेन्सी कम्पनीमा काम परिवर्तन गरें। हङकङमा पनि काम गरेको थिएँ। फेरि टोक्योमा फर्केर अहिलेको कम्पनीमा काम गरें।

टोक्योको शहरमा बाहिर त्यत्तिकै डुल्न मात्रै पनि रमाइलोले गदगद लाग्ने ठाउँ हो।

Jinhyon Kan Attractive to live in Tokyo

टोक्यो, जानकारीहरू धेरै जम्मा हुने, धेरै उत्तेजित गराउने ठाउँ हो। शहरमा निस्केर डुल्न मात्रै पनि रमाइलोले गदगद हुन्छ। यस्तो मलाई पनि, सुरुमा टोक्योमा काममा आउने जाने बानी बस्न गाह्रो भयो। किनभने, टोक्योमा आउनु अगाडि क्युस्यु जिल्लाको शान्त शहरमा प्रत्येक दिन गाडीबाट बिस्तारै काममा आउने जाने भएकोले हो। टोक्योको कोचाकोच हुने ट्रेनमा एक पछि अर्कोमा चढेर जानु पर्छ। तैपनि बानी परेपछि खासै समस्या हुँदैन। जीवन सुरू गर्ने बेलामा, वडा कार्यालयमा ठेगानाको दर्ता गराउनु आदि विभिन्न औपचारिक प्रक्रियाहरू पुरा गर्नु पर्द्छ। म एक विदेशीको नाताले, धेरै प्रकारका प्रक्रियाहरू गर्न पहिला त निकै झन्झटिलो लाग्यो। तर त्यसलाई उल्टाएर सोचेर हेर्दा, यसैले गर्दा नै धेरै मानिसहरू बस्ने शहरमा पनि शान्ति सुरक्षा र सुविधा कायम गर्न सकेको होला जस्तो लाग्यो।
टोक्योको खानेकुरा संसारकै एक नम्बरमा छ जस्तो लाग्छ। संसारभरिको खानेकुरा खान पाउनुको साथै गुणस्तर पनि उच्चकोटिको छ। विकल्पहरू पर्याप्त भएकोले, जस्तै साथीहरू विदेशबाट आएपनि लाग्ने पसलहरूको कुनै कमी छैन जहाँ गएपनि मीठो खाना खान पाउने कुरामा भन्ने हो भने, कामको सिलसिलामा विभिन्न देशहरूको भ्रमण गरेको छु। तर खानेकुरामा न्युयोर्क र पेरिस भन्दा टोक्यो माथि पर्छ जस्तो लाग्छ। फेरि, आफूमा भर पर्ने कुरा हो, खाली समय बिताउने धेरै विकल्पहरू छन्। खेलकुद या मनोरञ्जन आदि जस्ता विभिन्न कुराहरू गरेर रमाइलो गर्न सकिन्छ। म जिममा वजन उठाउन र पौडी खेल्न जान्छु।
टोक्यो शहर भित्र, भेन्दिंग मेसिन या कन्भिनियन्स स्टोरहरू थुप्रै छन्। तर एउटा पनि बिगारि राखेको देखेको छैन। राती अबेर पनि आइमाई मान्छे एक्लै हिँडी राखेको हुन्छ। एकदम राम्रो सुरक्षा भएको शहर हो।

कम्पनी अन्तर्वार्ता

कम्पनी प्रमुख निसिमुरा सेइजि

जसरी भएपनि पहिलो आउने र आइसके पछि पक्कै हासिल गर्न सक्ने कुराहरू हुन्छ जस्तो लाग्छ।

Corporate Message

विदेशमा वातावरणलाई परिवर्तन गर्नाले, नयाँ कुरा देखिनुका साथै, सिक्ने कुरा पनि हुन्छ जस्तो लाग्छ। म पनि 6 वर्ष पहिले अमेरिकामा गएर काम गरें। बिल्कुलै फरक खालको कामको वातावरणमा भिजेर मलाई नयाँ मोल मान्यता/ महत्त्व आदि सिक्ने मौका मिल्यो। मैले संसारभरि यात्रा गरेर, विभिन्न देशहरूमा कामको अनुभव गरेको छु। तर टोक्यो शहरको गतिशीलता र अद्भुतपनको बारेमा सोच्ने हो भने, संसार भरमा पनि यहाँ गरेको काम, भविष्यमा आफ्नै देशमा फर्के पनि अर्को देशमा गएपनि अवश्य उपयोगी हुनेछ जस्तो लाग्छ। असाध्यै फलदायक छ जस्तो छ।
महत्त्वपूर्ण कुरा भनेको, जे भएपनि आएर गरेर हेर्ने कुरा हो जस्तो लाग्छ। दोमन भइराखेको व्यक्तिहरू पनि होला। तर जाने भनेर सोचे पछि तुरुन्तै गरिहाल्ने, जे भए पनि आएर हासिल गर्ने कुरा अवश्य छ जस्तो लाग्छ।

BACK