-
12बर्ष
एनिमेसन (कार्टुन ) र ड्रामा आदिको जापानी संस्कृतिको प्रचलित भएको बखत टेलिभिजनको माध्यमबाट जापान मन परेको थियो। -
17बर्ष
म आफ्नो परिवार सँग पहिलो पटक टोक्यो आएको थिएँ। युउराकुच्यो देखि हाराज्युकु सम्म आइडल ग्रुपका पसलहरूमा उत्साहपूर्वक घुमें। -
19बर्ष
हङकङको विश्वविद्यालयमा डिजाइन सम्बन्धी विषय लिई, मल्टिमिडिया डिजाइनको अध्ययन गरें। -
21बर्ष
जापानमा ग्राफिक्स सम्बन्धी पढ्नको लागि शैक्षिक भ्रमणमा फेरी टोक्योमा आएँ। त्यो बेला, GTDI कम्पनीका कार्यालय प्रमुख हेनरीलाई भेट्न पाएँ। -
27बर्ष
3 वर्ष हङकङमा उत्पादन कम्पनीमा काम गरि सकेपछि, वर्किङ्ग हलिदेको प्रयोग गरि जापानमा आएँ। GTDI कम्पनीमा पार्टटाइमको रुपमा काम गरि टोक्योमा आफ्नो क्यारियरलाई सुरु गरेको थिएँ। -
32बर्ष
हाल
टोक्यो शहर, जहाँ “आफ्नै पन / तरिका!” को जिन्दगी बिताउन सकिने ठाउँ हो।
सबैभन्दा पहिले, भिन्नतालाई स्वीकारी, जे कुरा पनि गरेर सम्झने प्रयास गर्ने बानी भएमा, काम र जिन्दगी दुवै सजिलो सँग बिताउन सकिन्छ जस्तो लाग्छ।
टोक्योमा मौका या विभिन्न व्यक्तिहरू सँग भेटघाट हुने अवसरहरू धेरै छन्। हरेक दिन म ”आफ्नै तरिकाले बाँचिरहेको छु !” जस्तो अनुभव गरि प्रत्येक दिन रमाइलो गर्दैछु। कुनै नयाँ संसार (काम) मा हाम फाल्नका लागि, जो कसैलाई पनि चिन्ता त लाग्छ होला, तर चिन्ता नलिईकन पछुताउनु भन्दा कदम अघि चाल्नु नै पक्कै राम्रो होला जस्तो लाग्छ।
कुनै पनि व्यक्तिले एकै नजरमा मन पराएर हातमा लिएर हेरूँ जस्तो लाग्ने खालको डिजाइन गरि बनाउने मेरो काम हो।
मेरो काम भनेको, डिजाइनलाई आइडिया लगाएर आकृतिमा परिवर्तन गर्दै लानु हो। म पेय पदार्थ या सौन्दर्य प्रसाधन आदिका लागि प्याकेजहरूको डिजाइन गर्ने विभागमा काम गर्दैछु। उदाहरणका लागि, कुनै सौन्दर्य प्रसाधन भएमा, त्यो ब्राण्डको सन्देश झल्किने रुपमा शीशी या भाँडोको आकार र डिजाइनको बारेमा सोच्छु। कुनै पनि व्यक्तिले एकै नजरमा मन पराएर हातमा लिएर हेरूँ जस्तो लाग्ने खालको डिजाइन बनाउन हरपल गम्भीर भएर सोच्ने गर्दछु। धेरै प्रयोग गरिने सफ्टवेयर फोटोशप या इलुस्ट्रेटर हो।
सुपरमार्केटहरूमा जाने बेला, ग्राहकहरूले आफू संलग्न भई उत्पादन गरेको सामानहरू हातमा लिई हेरिरहेको देख्न पाउँछु। त्यो क्षण धेरै खुशी लाग्छ, मनमा नै सधैं ”धन्यवाद!” भनि चिच्याउने गर्छु। राम्रो आइडिया निकाल्नको लागि पनि हरदिन एन्टेनाको रुपमा शहरहरूमा घुम्दै हिँडी, आफ्नो संवेदनशीलतालाई समृद्ध बनाउन कोकिस गर्दैछु।
टोक्यो शहरबाट प्रेरणा लिएर, त्यसलाई डिजाइनमा ढाली कामको रुपमा व्यक्त गर्दैछु।
टोक्योमा डिजाइनर कामको क्षेत्रमा, आफ्नो क्यारियरलाई पेशागत रुपमा अनुभव बटुली, समाजबाट पनि आदर गरिने गरि दिनहुँ सक्रिय रुपमा काम गरिरहने व्यक्तिहरू पनि धेरै छन्। साथै, टोक्यो शहरभित्र, हामी डिजाइनरहरूको संवेदनशीलतालाई उत्तेजित गर्ने सामग्रीहरूले भरिपूर्ण छ। उदाहरणको रुपमा, फेसनयुक्त क्याफे (कफी पसल), पम्प्लेट, भवन तथा मन्दिर इत्यादिहरूको बनावट हेरेर मात्र पनि विदेशबाट आएका हामी जस्ताले केही कुराहरू सिक्न पाउन सकिन्छ। आफ्नो रचनात्मकतालाई उपयोग गरि काम गर्न चाहन्थें।
त्यसको लागि, टोक्योमा आएपछि पनि मैले डिजाइनको विषयमा कडा परिश्रमका साथ अध्ययन गरि, आफ्नो संवेदनशीलतालाई तीब्र बनाई, सक्रियताका साथ आफ्ना आइडियाहरूको प्रस्ताव राख्दै आएँ। आफ्नो आइडियालाई ग्राहकहरूले मन पराई, जति खुशी भयो त्यतिनै काम प्रतिको जाँगर अनुभव गर्न सक्ने जस्तो कुरा अरू छैन। आफू बसोबास गर्ने शहरबाट प्रेरणा पाई, त्यो कुरा यो समाजको लागि उपयोग गर्न सकिन्छ। त्यो कुरा मेरो लागि टोक्योमा काम गर्ने आकर्षण हो।
मेरो लागि, टोक्योमा आफ्नो क्यारियर वास्तवमै शून्यबाट सुरू भएको थियो।
सानो उमेरदेखि, टेलिभिजनको माध्यमबाट थाहा पाएको जापानको कला संस्कृतिलाई सपनाको रुपमा सम्हालेर राखेको थिएँ । त्यही कारणले जापानी भाषा पढ्न सुरु गरें। 17 वर्षको बेलामा पहिलो पटक परिवार सँगै टोक्योमा घुम्न आएको थिएँ। पहिले, ड्रामा या फिल्महरूमा हेर्दै आएको टोक्योको प्रचलित ठाउँ या प्रशंसक (Fan) आइडल ग्रुपहरूका पसलहरू घुम्न जान पाउँदा, एकदमै हर्षित भएको सम्झना अझै पनि ताजा नै छ। त्यस पछि मैले डिजाइनको बारेमा अध्ययन गर्न थालेँ। विश्वविद्यालयबाट स्नातक गरेपछि, सुरुमा टोक्योमा नै जागिर खान इच्छा भए तापनि, त्यो बेला जागिरको मौका पाउन नसकी, पहिलो चोटि हङकङको उत्पादन कम्पनीमा काम गर्न थालेँ।
काम धेरै नै व्यस्त भई, मध्य रातको 3,4 बजे सम्म पनि काम गर्नुपर्ने कठिन जीवन बिताउँदै थिएँ। आफू एक्लैलाई जिम्मेवारी बहन गर्न लगाइने कामहरू धेरै भई, सहकर्मीहरू सँग सल्लाह गर्न खोजे पनि सबैजना निकै व्यस्त हुने भएको कारण एक्लोपनको महसुस गर्थें। आफ्नो क्यारियर विकासको कुरा सोचेको बेला, अफिसको धेरै नियमित कामहरू हुने गर्दथ्यो। जसले गर्दा आफूमा अरू थप सिर्जनात्मक क्षमताको विकास भइराखेको जस्तो पटक्कै महसुस भएन। यतिकै त हुन्न भन्ने सोच र 30 वर्षको उमेर सम्ममा एक चोटि हङकङ भन्दा बाहिर गई काम गर्ने भन्ने पहिले देखिको मेरो सपनाले आफ्नो पिठ्यूँलाई ठेले, त्यसैले निकै आँट गरि राजीनामा दिने कुरा निर्णय गरें।
त्यो समय, मैले मेरो डिजाइनको कामलाई एक पटक पूरै छोडि, सबै कुरा त्यागी, आफ्नो अफिसको वर्किङ्ग हलिदेलाई उपयोग गरि टोक्योमा आएको थिएँ। त्यसपछि, संयोगले एकजना डिजाइनरको कामका लागि आह्वान गरिएको GTDI अफिसमा पार्टटाइमको रुपमा काम गर्न पाउने मौका प्राप्त गरें। शून्यबाट सुरुवात गरें। त्यस पछि, कडा अध्ययन गरि, स्थायी कर्मचारीको रुपमा मलाई लिइयो।
हरेक साताको अन्त रमाइलो गर्दै, स्वतन्त्र जीवन बिताउन सक्षम भएको छु।
मेरो लागि सबै भन्दा ठूलो कुरा भनेको, आफ्नो परिवारबाट अलग भई एक्लैले आफ्नै खुट्टामा उभिई जीवनयापन गर्न सक्षम भएको कुरा हो। हङकङमा, शहरका केन्द्रीय भागहरूमा कोठा भाडा धेरै महँगो हुने हुनाले, धेरै जसो व्यक्तिहरू आफ्नै परिवार सँगै बसी जीवन बिताउने गरिन्छ। म पनि त्यस्तै थिएँ। टोक्योमा पहिलो पटक आउँदा सेयर हाउसमा बसेको थिएँ। तर त्यसपछि आफैले घर खोजि, घर भाडामा लिने सम्झौता गरि, आफै खानेकुरा पकाउँदै जीवनयापन गर्दैछु। हङकङमा भए, सोच्न पनि नसकिने जीवनशैली थियो। विगतमा जापानको ड्रामा या फिल्ममा हेरेको, टोक्योको जीवन अहिले आफैले त्यो जीवनयापन गरिरहेको कुरामा आफै चकित छु। यसरी आफ्नो सपना साकार गर्न सकेको कुरामा निकै खुसी लागेको छ। टोक्योमा, आफ्नो समय मात्र भएमा धेरै कुरामा छनोटका विकल्पहरू छन्। हप्ताको अन्तमा, साथीहरूसँगै क्याफे (कफी पसल) हरू र हात बजारहरूमा पनि धेरै जाने गर्छु।
विशेष गरी, मारुनोउची भन्ने ठाउँ निकै परिष्कृत भई, फेसनले भरिपूर्ण पसलहरू धेरै छन्। यी पसलहरूमा आफ्नो प्याकेज डिजाइनको अध्ययनको लागि पनि घुम्न जाने गर्दछु। साथै, समुद्र या पहाडहरूमा जानको लागि पनि सुविधाजनक भएकोले, गाडी भाडामा लिई क्यान्पमा जाने तथा ऐतिहासिक शहरहरूको एक दिने यात्रामा जान पनि सकिन्छ। टोक्योमा आएर पहिलो पटक अनुभव गरेको मलाई मनपर्ने कुरा “सेन्तोउ (सार्वजनिक बाथटब) “हो। हङकङमा बाथटब (सार्वजनिक बाथटब) मा जाने चलन छैन। पहिलो पटक जाँदा अप्ठ्यारो भए जस्तो भएपनि, फराकिलो बाथटबमा निकै आनन्द आयो र स्थानीय व्यक्तिहरू सँग कुराकानी गरि निकै रमाइलो गर्न पाएँ। कामबाट थकित हुँदा, सेन्तोउ (सार्वजनिक बाथटब) मा गई तातोपानीमा रिफ्रेश गर्ने बानी हुँदै आइराखेको छ ।
कम्पनी अन्तर्वार्ता
कम्पनी प्रमुख हेनरी हो
तपाईंहरूको मौलिक क्षमताको जरुरी भइरहेको कम्पनीहरू पक्कै हुनुपर्छ।
टोक्योमा, तपाईंहरू सबैजनाले आफू सँग भएको क्षमतालाई सक्रिय रूपमा अपिल गरे राम्रो हुन्छ जस्तो लाग्छ। तपाईंहरूको आइडिया र सीपहरू नै यहाँका कम्पनीहरूले खोजिरहेको मुख्य कुरा हो जस्तो लाग्छ। म पनि यो कम्पनीमा पहिलो पटक प्रवेश गर्दा खेरी, आफूले हङकङमा गरेका अनुभवहरूको सदुपयोग गरि, आफूले सोचेका आइडियाहरू जस्ताका त्यस्तै नै ग्राहकहरू प्रस्तुत गर्ने गर्दथें। त्यस्ता आइडियाहरू ग्राहकहरूको लागि “यो जापानमा नभएको आइडिया हो भनि, नौलो भई रोचक छ!” भनी धेरै मान्ने गर्दछन्। हाम्रो कम्पनीमा पनि बहुराष्ट्रियताका कर्मचारीहरू सक्रिय रुपमा काम गर्दै छन्।
एउटा प्याकेज डिजाइन गर्दा, उदाहरणका लागि, ताइवान, फ्रान्सेली र जापानीहरू मिलेर छलफल गर्ने गरिन्छ र वास्तवमै धेरै प्रकारको रायहरू उत्पन्न हुन्छ। यो विविधता नै, कम्पनीको लागि आफ्नै मौलिकता सिर्जना हुने ठूलो एक महान शक्ति हो। तपाईंहरू सबैले पनि आफ्नो देशमा गर्नुभएको अनुभवहरूलाई आत्मविश्वासका साथ टोक्योमा व्यक्त गरे हुन्छ जस्तो लाग्दछ।