-
15बर्ष
ड्रामा या भेराइटि जस्ता, टेलिभिजनमा प्रशारण हुने जापानको कार्यक्रमहरू हेरेर जापान प्रति रुचि लिन थालेको थिएँ। -
16बर्ष
गर्मी बिदामा पहिलो चोटि परिवार सँग टोक्योमा घुम्न आएँ। शहरभरि यताउति जापानी भाषासँग स्पर्श गर्न पाई, जापानी भाषा अध्ययन गर्ने निर्णय गरें। -
23बर्ष
वर्किङ्ग हलिदे प्रणाली प्रयोग गरेर टोक्योमा आएँ। आफ्नो भाषाको सीपलाई उपयोग गर्न सकिने जागिर खोज्दै जाँदा, अन्तर्राष्ट्रिय वातावरण तथा स्वतन्त्र रूपमा काम गर्ने वातावरणमा आकर्षित भई युजाबेस कम्पनी सँग सम्पर्कमा आएँ। -
24बर्ष
हाल
विभिन्न अवसरहरूसँग भेटघाट हुन सकिने टोक्योमा, तपाईं आफूलाई सुहाउँदो जीवन (टोक्यो लाइफ) भेटाउन सक्नुहुनेछ।
विदेशमा एक्लै जिउनु भनेको ठूलो चुनौती हो। आफ्ना परिवारबाट अलग भएर, कहिलेकाहीँ होमसिक भएर, आर्थिक स्वावलम्बनका कारण चिन्ता हुन सक्ने अवस्था पनि आउन सक्दछ। तापनि, एक एक अप्ठ्याराहरू पार गर्दै आफ्नो अनुभवको बलले अगाडि बढ्दै जान सक्नुहुनेछ। अन्ततः आफ्नो खुट्टामा आफै उभिन सक्नुहुनेछ जस्तो लाग्छ। टोक्यो एक परम्परागत संस्कृतिले भरिभराउ भएको शहर हो। कृपया तपाईंहरू पनि अवश्य टोक्योमा आउनुभई, आफूलाई मिल्दो जीवन (टोक्यो लाइफ)खोज्न सक्नुहुनेछ।
विदेशी साझेदार कम्पनीहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको काम गर्दैछु ।
युजाबेस कम्पनीले विश्वकै 180 देशहरूलाई समेटेको व्यवसायहरूको आर्थिक जानकारीहरू जस्तै वित्तीय डेटा, शेयर मूल्य डेटा, 550 भन्दा बढी उद्योगको प्रवृत्ति लगायत, तथ्याङ्क डेटा, आर्थिक समाचार जस्ता विभिन्न आर्थिक क्षेत्रका जानकारीहरू एक साथ जम्मा गर्न सकिने ”SPEEDA” भन्ने सूचना तथा जानकारी मञ्चको सञ्चालन गर्दछ। मैले श्रीलंका र भारतमा रहेको पार्टनर कम्पनीहरूको इन्चार्जको रूपमा काम गर्दैछु। डेटा संकलन गर्ने काम अरू पार्टनर कम्पनीलाई सुम्पीइ रहेकोले, त्यसको लागि सही डेटा संकलन गर्ने तरिकाहरू सिकाई, त्यो डेटालाई SPEEDAमा समावेश गर्ने काम नै मेरो मिसन (लक्ष्य) हो। पार्टनर कम्पनीसँग प्रत्यक्ष रूपमा भेट्न नसक्ने कारणले, कम्पनीको विश्वास हासिल गर्नु एकदम महत्वपूर्ण छ।
मुख्य रूपमा Skype बाट गरिने मीटिंगहरूमा, कहिलेकाहीँ आफूले भन्न खोजेको कुरा अर्को पक्षलाई राम्रो सँग बुझाउन नसकी धेरै गाह्रो हुने पनि गर्छ। त्यस्तो अवस्थामा, उदाहरणका लागि आफूले हेरिरहेको कम्प्युटरको स्क्रिनलाई क्याप्चर गरि, तुरुन्तै अर्को पक्षसँग त्यो स्क्रिनलाई साझेदारी गरि, भाषाका साथै अरू थप माध्यमहरूको प्रयोग गरी समाधान गर्दै आएको छु। जतिसुकै व्यस्त भए पनि, हरेक दिन 16 बजेतिर आफ्नो सहकर्मीहरूसँग कफी ब्रेक टाइम लिई, मनपर्ने क्याफेमा कफी पिउँदै, सहकर्मीहरूसँग कुराकानी गर्दै आराम लिने गर्छु।
मैले कामको सीप मात्र नभई, एक अन्तर्राष्ट्रिय व्यक्तिको रूपमा भावहरू पनि बुझ्न सक्ने भएछु।
टोक्योमा काम गर्ने आकर्षण भनेको, विभिन्न राष्ट्रका मानिसहरूसँग कुराकानी गर्न पाई, अहिले सम्म आफूसँग नभएका नयाँ सोचाइ या संस्कृतिका बारेमा पनि सिक्न पाउने कुरा हो जस्तो लाग्छ। तपाईंले जापानी शैलीको व्यवसायिक शिष्टाचार, व्यवसायको चलन, र कार्य कौशल प्राप्त गर्ने मात्र नभई, अन्तर्राष्ट्रिय व्यक्तिको रूपमा चेतना र भावहरू पनि बुझ्न सकिन्छ। उदाहरणको लागि, भिन्नै भाषा तथा पृष्ठभूमिहरू भएका अरू व्यक्तिहरू सँग काम गर्दा मिस कम्यूनिकेसन (अनर्थ /गलतफहमी) स्वाभाविक रूपमा हुन सक्छ। त्यस्तो अवस्थामा, आफ्नो सोचाइ अर्को पक्षले नबुझेसम्म हार नमानी सकेसम्म विस्तृत रूपमा बुझाउन प्रयास गर्दछु।
यस्तो कार्यस्थलमा काम गरेको अनुभव भएकोले, सधैं अरूको ठाउँमा बसी सोच्ने बानी भएको कुरा पनि, यहाँ काम गरेर राम्रो लागेको कुरा मध्ये एक हो। साथै, काम गर्दा फ्लेक्सटाइम (स्वतन्त्र काम गर्ने समय प्रणाली) प्रणाली भएको कुरा सुनेर पनि छक्क लागेको थियो। ताइवानमा, यस्तो किसिमको कार्य शैलीको सुविधाबाट अपरिचित थिएँ। आफैले आफ्नो काम गर्ने समयको व्यवस्थापन गरि, चाहिएको खण्डमा घरबाटै काम गर्न मिल्ने वातावरण मेरो लागि निकै नौलो लाग्यो। अहिले पनि आफ्नो दैनिक जीवनसँग मिलाएर लचिलो रूपमा काम गर्दैछु।
मलाई जापानको भेराइटि कार्यक्रमको कारणले जापान प्रति रुचि भई, जापानी भाषा निरन्तर रूपमा अध्ययन गर्दै आएको छु।
मेरो देश ताइवान जापान संग निकै मैत्रीभाव भएको देश भएकोले ममा जहिले पनि जापानलाई बुझ्न सक्ने कुरा छ जस्तो लाग्छ। म विद्यार्थी बेला, टिभी हेर्न मन पर्थ्यो, र ताइवानमा जापानको भेराइटि या ड्रामा / फिल्महरू प्रशारण गरिने जापानको टिभी च्यानेल थियो। ती च्यानेलहरू हेरी जापान प्रति रुचि लिन थालेँ। त्यसै बीच, मैले हाई स्कूलको पहिलो वर्षको गर्मी बिदामा टोक्योमा परिवार सँग जापानमा घुम्न जाने अवसर पाएँ। मेरो लागि पहिलो जापान, पहिलो टोक्यो थियो ।
यो शहरको सुन्दरता र सरसफाइ देखेर म धेरै छक्क परेको थिएँ।
साथै, टोक्यो विगतमा मैले ड्रामामा हेरेको टोक्यो जस्तै नै थियो।
शहरभरि यताउता देखा परेका वास्तविक जापानी भाषालाई अनुभव गर्न पाई, मलाई जापानी भाषा बोल्न इच्छा प्रति अत्यन्तै उत्प्रेरित भएको थिएँ।
यो जापान भ्रमणको कारणले, ताइवानमा फर्किना साथ तुरुन्तै जापानी भाषाको अध्ययन गर्न थालेँ। कक्षा हप्तामा 1 पटक थियो। तर फेरि जापान जाने चाहना भएकोले मैले 3 वर्ष कडा मेहनतका साथ अध्ययन गरें। त्यसै बीच, मैले क्योटोको दोशिस्या विश्वविद्यालयमा 1 वर्ष एक्सचेन्ज स्टुडेन्ट को अनुभव पनि गर्न पाएँ। स्कूलबाट स्नातक गरेपछि, 2014 साल जून महिनामा वर्किङ्ग हलिदे लिई जापानमा आएँ। आफ्नो भाषाको ज्ञानलाई उपयोग गर्न सकी, अन्तर्राष्ट्रिय वातावरण तथा कम्पनीको स्वतन्त्र संस्कृतिबाट आकर्षित भई यो युजाबेस कम्पनीलाई रोजें, र 2015 साल जनवरीमा स्थायी कर्मचारीको रूपमा नियुक्त गरिएको थियो।
हाल, टोक्योको एबिसुको प्रधान कार्यालयमा काम गर्दैछु।
यो ठाउँ जो कसैलाई पनि स्वीकार गरि दिने ठाउँ हो। यही नै टोक्योको आकर्षण हो जस्तो लाग्छ ।
टोक्यो, धेरै उत्साह जनक कुराहरूको साथै धेरै रोचक कुराहरूको अनुभव गर्न सकिने ठाउँ हो जस्तो लाग्छ। उदाहरणको लागि, क्रिसमस या हेलोवीन जस्ता पश्चिमी देशबाट आएका संस्कृतिहरू पनि टोक्योमा सबै उत्साहजनक रूपमा मनाइन्छ है। ताइवानमा भन्दा भव्य रूपमा मनाइने भएकोले, सक्रिय रूपमा यसको आनन्द लिइरहेको छु। मैले यस वर्षको हेलोवीन पार्टीमा बियरको ठूलो गिलासको रूप धारण गरेर रमाइलो गरें। (हाँसो)
टोक्यो, यहाँ जो कसैलाई पनि स्वीकार गरि दिने विविधताले भएको शहर हो जस्तो लाग्छ। उदाहरणको लागि, जस्तै फेसनको कुरा मात्र गर्दा पनि, टोक्योमा वास्तवमै धेरै फेसनेबल मानिसहरू धेरै छन् । आ-आफ्नै शैलीका धेरै अनौठो फेसन गर्ने मानिसहरू धेरै नै देखिन्छ।
ताइवानमा भए वरिपरिका मानिसहरूले टुलुटुलु हेर्ला जस्तो खालको लुगा भएपनि, टोक्योको शहरमा त्यसलाई त्यो व्यक्तिको आफ्नै अभिव्यक्तिको रूपमा स्वीकार गरिदिने वातावरण भएर , अति महान कुरा हो जस्तो लाग्छ। म अहिले 20 सदस्यहरूसँग सेयर हाउसमा बस्छु र यति धेरै संख्याका मानिसहरूको सेयर हाउस हुनु पनि विविधतालाई स्वीकार्ने टोक्योको एउटा पक्ष हो भन्न सकिन्छ होला। जापानको बारेमा अरू पनि राम्रा कुराहरू छन् जुन मेरा जापानी साथीहरू मार्फत अनुभव गर्न पाई राखेको छु। केही दिनअघि, होक्काइडोको स्थानीय खाना पकाइदिनु भएको थियो। धेरै स्वादिष्ट थियो ! त्यस्ता साथीहरूबाट घेरिएर रहनु भनेको पनि टोक्योको रमाइलो पक्ष हो।
कम्पनी अन्तर्वार्ता
कम्पनी प्रमुख सह-मुख्य कार्यकारी अधिकारी उमेदा युउसुके
अहिलेको युगमा, मानव संसाधनहरूको विविधता आवश्यक भई, हरेक कम्पनीहरूले तपाईंहरू जस्ता मानव शक्तिको खोजि गरिरहेका छन्।
हाम्रो कम्पनीको स्थापना भएको समयमा 5 जना कर्मचारीहरूबाट सुरू भएको थियो। कर्मचारीहरूको विविधतालाई उपयोग गरि संस्था स्थापना गरेको थियो। साथै, त्यो विविधताले कम्पनीको विकासलाई धेरै सहयोग गर्दै आएको छ। दुई वर्ष अघिदेखि विदेशी व्यवसायलाई मेहनतपूर्वक चुनौती दिइरहेका छौं। विदेशको फ्रन्टलाइन सेल्स देखि जापानी पक्षको विकाससम्ममा, उत्कृष्ट विदेशी सदस्यहरूले वान स्टपबाट सेवाको स्थानीयकरणको योजना गर्दै आएका थिए। उहाँहरूको ठूलो योगदानले गर्दा नै कम्पनीको उन्नतीमा जोड हुन पुगेको हो जस्तो लाग्छ। अहिले टोक्योमा अवसरहरूले भरिपूर्ण छ। निर्माण युगबाट ITको युगमा परिवर्तन भएको छ, र प्रतिस्पर्धाको श्रेष्ठता ”मानव” भएको छ।
ग्लोबलाईज्येसनको संसारमा, जुन कम्पनीले विविधीकरणलाई हासिल गर्दछ त्यो कम्पनी नै सबैभन्दा उत्कृष्ट हुन सक्छ। यो अझै पनि संक्रमणकालीन अवधि हो। जुनै कम्पनीले पनि तपाईंलाई खोजिरहेको छ भन्नेमा दुईमत छैन। हाम्रो लागि उत्कृष्ट विदेशी सदस्य टोक्योमा आउनु भन्दा खुशीको कुरा अरू छैन। म भविष्यमा पनि उत्कृष्ट सदस्यहरूलाई भेट्ने रमाइलो आशा गर्छु!