Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

OUR VOICE

Elfin Yoshua(status)

movie

Click here to watch the full version

MY TOKYO STORY

  • 5बर्ष

    डोरेमोनजस्तो कार्टुनहरू हेर्दाहेर्दै जापानप्रति मेरो चासो जाग्न थाल्यो।
  • 15बर्ष

    टोक्योमा बसिरहेको दाइको प्रभावले पनि मलाई त्यहाँ बस्न मन लागेको थियो।
    जापान घुमेपछि मैले जापानी भाषा सिक्न थालेँ अनि जापानबारे अझै राम्ररी थाह पाएँ।
  • 18बर्ष

    जपानी भाषा अध्ययन गर्न मैले टोक्यो जाने निर्णय गरेँ
    र भाषा सिक्दासिक्दै प्राविधिक कलेजमा IT अध्ययन गर्न थालेँ।
  • 24बर्ष

    मैले विट्स टेक्नोलोजी कम्पनीमा काम गर्न थालेँ।
  • 25बर्ष

    सिस्टम इन्जिनियरको रूपमा म सधैँ आफ्नो ग्राहककहाँ काम गर्छु।
    मैले लामो समयको परियोजनामा सहभागी भएर विकासदेखि लिएर मेन्टेनेन्ससम्म विभिन्न कार्यहरूमा सामेल भएको छु।
  • 25बर्ष

    हाल

सन्देश

मैले कदम चालेर आफ्नो डरमाथि जित हासिल गर्न सकेँ। तपाईँहरू पनि टोक्यो आएर हेर्नुहोस्!

Elfin Yoshua message

साँच्चै सबै जनाले एकपल्ट टोक्यो आएर हेर्नुपर्छ! हुनत सुरुमा मलाई पनि त्यस्तो अनौठो ठाउँमा जान डर लाग्थ्यो। तैपनि एकपल्ट कोसिस गर्नुहोस्। यसले मेरो संसारलाई हेर्ने दृष्टिकोण र भेट्ने मानिसहरूमा ठूलो परिवर्तन ल्यायो। मैले टोक्योमा हासिल गरेको अनुभवबाट म जापानप्रति आकर्षित हुनुको कारण र चुनौतीहरू स्विकार्नुको महत्त्व मेरो परिवार अनि साथीहरूले पनि बुझून् भन्ने म चाहन्छु। म जापान र इन्डोनेसियालाई जोड्न सक्ने इन्जिनियर बनेर मलाई जापानमा पठाइदिएको मेरो परिवार र साथीहरूको लागि केही गर्न चाहन्छु।

मुहारमा मुस्कान राखेर सानोतिनो कामहरूसमेत पेसेवर ढङ्गले सम्पादन गर्नुहोस्

Elfin Yoshua Job description

म सिस्टम इन्जिनियरको रूपमा अपस्ट्रिमदेखि डाउनस्ट्रिमसम्मको व्यवसायमा संलग्न छु। म सधैँ ग्राहककहाँ बसेर प्रोग्रामिङदेखि लिएर सिस्टम डिजाइन, परीक्षण र हेरफेर गर्नेजस्ता ग्राहकको विभिन्न आग्रहअनुसार काम गर्छु। हामीले प्रस्तुत गर्ने सिस्टम एकदमै जटिल भएकोले नयाँ सिस्टमको विकासजस्ता ठूलठूला परियोजनाहरूमा सामेल हुन पाउँदा म प्रोत्साहित हुन्छु। वित्तीय प्रणाली सुरुदेखि विकास गर्न कत्ति गाह्रो हुन्छ तर परियोजनाका सहसदस्यहरूसित एकआपसमा सहयोग तथा प्रोत्साहनको आदानप्रदान गर्दै एकजुट भई अघि बढ्दा आफ्नो उन्नति पक्कै महसुस गर्न सक्छौँ।
काम गर्ने बेला हँसिलो भइरहनु र सानोतिनो कामलाई समेत गम्भीरतासाथ लिनु महत्त्वपूर्ण हुन्छ। किनभने त्यसो गर्दा सहकर्मीहरू र ग्राहकहरूले अझ चुनौतीपूर्ण कामहरू दिएर विश्वास व्यक्त गर्छन् भन्ने कुरा मैले अनुभव गरेको छु। मैले काम गर्ने ठाउँमा हुँदा आफ्नै घरमा भएजस्तो महसुस गर्छु। यहाँका अनुभवी सिनियर कामदारहरूबाट मैले सिक्न सक्छु र कामपछि अनि सप्ताहन्तमा पनि उहाँहरूसित समय बिताउँछु। अनि यो मेरो कामको विशेष पक्ष हो भन्ने मलाई लाग्छ।

ठोस प्रसास गरेको खण्डमा आफ्नो उन्नतिको सीमा नै नहुन सक्छ

Elfin Yoshua Attractive to work in Tokyo

आफूले जत्ति प्रयास गऱ्यो, त्यत्ति नै उन्नति गर्न सक्नु टोक्योमा काम गर्नुको आकर्षण हो जस्तो लाग्छ। आफ्नो काम गर्ने ठाउँ अनि व्यक्तिगत जीवनमा फरक-फरक अनुभव गर्दै आएका मानिसहरूलाई भेट्न सक्छु र उहाँहरूबाट आफूमा अझै के-कस्तो सीप र विचारधारा चाहिन्छ भन्ने कुरा थाह पाउन सक्छु। मैले टोक्योमा भेटेका थुप्रै मानिसहरू दयालु छन् अनि यसरी बोले हुन्छ भनेर मेरो जापानी भाषामा सुधार गर्न सक्ने कुरा बताइदिन्छन्। सुरुमा जापान आउँदा जापानी स्पष्टसित बोल्न सक्दिनथेँ तर उहाँहरूको मदतले गर्दा मेरो काममा प्रयोग गर्नुपर्ने जति मेरो जापानी भाषा उन्नति भएको छ।
कार्यस्थलमा भएका सम्बन्धहरूबाट हाकिमजस्ता आफूभन्दा उच्च पदमा भएका व्यक्तिहरूलाई सम्मान गर्नुको महत्त्वबारे पनि सिकेँ। मैले आफ्नो देश इन्डोनेसियामा पदानुक्रमको त्यत्ति वास्ता नगरिएको हुनाले जापानमा अरूलाई सहानुभूति देखाउनुको महत्त्व सिक्ने मौका पाएपछि मैले झन् उन्नति गर्न सकेँ। नयाँ मानिसहरू भेटेर अनि नयाँ कुराहरूको अनुभव गरेर म अझ धेरै परिपक्व हुन सकूँ भनेर प्रतीक्षा गर्दै छु।

मेरो दाइको पाइलालाई पछ्याउँदै टोक्यो जाने लक्ष्य राखैँ

Elfin Yoshua Background and up to work in Tokyo

मैले किन्डरगार्डेनमा हुँदादेखि नै डोरेमोनजस्तो सबभन्दा नाम चलेको जापानी कार्टुन हेरिरहेको हुनाले मलाई जापानको विषयमा चासो जागेको थियो। दाजु मभन्दा 5 वर्ष जेठो हुनुहुन्थ्यो र उहाँको प्रभावमा परेर मैले टोक्योमा बस्नेबारे सोच्न थालेँ। म भर्खरै हाई स्कुलमा भर्ना भएको बेला मेरो दाजु टोक्यो गएर प्राविधिक कलेजमा भर्ना हुनुभएको थियो। स्नातक सिद्ध्याएपछि उहाँ एनिमे प्रकाशन कम्पनीमा प्रवेश गर्नुभयो। मलाई सानैदेखि डोरेमोन मन परेको हुनाले दाजुजस्तै म पनि जापानमा एनिमे बनाउने काममा सामेल हुन उत्सुक भएँ। म 15 वर्षको उमेरमा एनिमे हेर्न अकिहबारा, योकोहामा र नाकानो घुम्न गएँ। म आफैले जापानी भाषा अध्ययन गर्न थालेँ र 18 वर्षको उमेर पुग्दासम्म जापानमा अध्ययन गर्न जाने निर्णय गरेँ।
सुरुको तीन महिना जापानी भाषाको कक्षमा गएँ र आधारभूत व्याकरण र कुराकानी सिकेँ। मेरा जापानी शिक्षकहरू एकदमै दयालु थिए र उहाँहरूले मलाई आदरवाची वाक्यांशहरूजस्ता सामान्य कुराहरू पनि सिकाउनुभयो। कान्जि सम्झनु निकै गाह्रो लाग्यो किनभने मलाई यसबारे केही पनि थाह थिएन। जापानी भाषा अध्ययन गर्दै गर्दा आफ्नो सीप तिखार्नको लागि म IT को प्राविधिक विद्यालय पनि जाँदै थिएँ। मेरो शिक्षकले मलाई विट्स टेक्नोलोजी कम्पनीमा रोजगार पाउन मदत गर्नुभयो। यहाँ संसारभरको मिश्रित वातावरण भएकोले मलाई जापानमा काम गरिरहेको जस्तो लाग्दैन। म आफ्नो सीप प्रयोग गर्न सक्छु र इन्जिनियरको हैसियतमा आफ्ना ग्राहकहरूलाई मदत गर्न पाएकोमा खुसी छु।

टोक्योमा गर्न सक्ने उत्साहजनक कामहरू थुप्रै छन् र ती हरेकसित म रमाउने कोसिस गर्छु

Elfin Yoshua Attractive to live in Tokyo

टोक्योमा बस्नु रमाइलो छ र सुरक्षित पनि। रेलमा सुत्न सकिन्छ भन्ने कुरा मलाई पत्याउनै गाह्रो लाग्थ्यो! पहिला टोक्योका रेलहरूमा भीडभाड देखेर छक्क लागेको थियो तर यसका उपयोगीताहरू बुझेर निकै प्रभावित भएँ। रेल परिवर्तन गर्ने प्राणाली सुविधाजनक बनाइएकोले जहाँ पनि जहिले पनि जान सकिन्छ, त्यसले गर्दा म अक्सर घुम्न जान थालेँ। सप्ताहन्तमा र काम सकेपछि मेरा साथीहरू र सहकर्मीहरूसित अकिहबारा घुम्ने र मलाई मन परेको नुडल्स पसलमा गएर रमाइलो समय बिताउँछु। टोक्योमा समान प्रकारको अभिरुची भएका मानिसहरू भेट्ने थुप्रै मौका पाइन्छ। त्यस्तो मौकामा धेरै मन पर्ने एनिमेसनबारे कुरा गरेर रमाइलो गर्छु। म मदिरा सेवन गर्दिनँ तर यसले केही असर पार्दैन बरु टोक्योमा भएकोले नै साथीहरूसित कुरा गर्ने विषय कहिल्यै सिद्धिँदैन।
बाल उद्यान र एक्वेरियम जान पनि मलाई मन पर्छ अनि इकेबुकुरोमा भएको सन्साइन एक्वेरियम मेरो सबैभन्दा मन पर्ने ठाउँ हो। जाकार्तामा भएको मलाई मन पर्ने एक्वेरियम एक्कासी बन्द हुँदा साँच्चै दुःख लागेको थियो। यसले गर्दा म टोक्यो आउँदा सबैभन्दा पहिले एक्वेरियम हेर्न जान्थेँ। मलाई जापानको टिभी कार्यक्रमहरू हेर्न मन पर्छ र अक्सर कमेडी कार्यक्रमहरू र क्विज सोहरू हेर्ने गर्छु। मलाई जापानको काबुकीजस्तो सांस्कृतिक कलाहरूमा पनि रुचि लाग्छ। म टोक्योमा हुँदा नै काबुकी हेर्न जान चाहन्छु। यहाँ पहिलो चोटि हिउँ परेको देखेर म छक्कै परेको थिएँ। यस्तो ठूलो सहरमा पनि प्राकृतिक पक्ष अनुभव गर्न पाउँदा मलाई एकदमै अनौठो अनि आकर्षक लाग्यो।

कम्पनी अन्तर्वार्ता

प्रमुख कार्यकारी अधिकृत, ताराओ जेन

यदि तपाईँ सफल हुन चाहनुहुन्छ भने टोक्यो आउनुहोस् र आफैलाई चुनौती दिनुहोस्!

Elfin Yoshua Corporate Message

हाम्रा आधाआधी कर्मचारीहरू विदेशी हुन् र तिनीहरूको काम अनि सफलताप्रतिको मनोवृत्तिले पूरै कम्पनीलाई उत्साहित तुल्याउँछ। तिनीहरू हरेक कर्मचारीलाई उत्प्रेरित गर्छन् र सकारात्मक वातावरण बन्छ। विभिन्न राष्ट्रियता देखेर जापानी कर्मचारीहरू पनि विदेशमा काम गर्न इच्छुक हुन्छन्। जापान विश्वव्यापीकरणतर्फ अघि बढ्दै गइरहेको र थुप्रै अन्तर्राष्ट्रिय मानव संसाधनको खाँचो परेको हुनाले जापानी कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई अनमोल ठानी कामदारहरूको मानसिक विकासमा पनि ध्यान पुर्‍याउँदै मानव संसाधनको विकासको लागि थुप्रै समय र पैसा खर्च गरेका छन्।
म इन्जिनियरको रूपमा जापान आएँ र थुप्रै मानिसहरूसँग गाँसेको नाताले गर्दा अनुभव बटुल्न पाएँ र पछि आफ्नै कम्पनी स्थापना गर्न सकेँ। टोक्योमा व्यवसाय सुरु गर्नको लागि राम्रो व्यावसायिक वातावरण छ। यदि तपाईँ सफल हुन चाहनुहुन्छ भने टोक्यो आउनुहोस् र आफैलाई चुनौती दिनुहोस्! हुनत यहाँ काम गर्नको लागि उच्च प्राविधिक तथा वार्तालाप क्षमता आवश्यक हुन्छ। यी कुराहरू विकास गर्नु त्यत्ति सजिलो हुँदैन तर उत्ति नै इनामदायी पनि हुन्छ। जापानको प्रविधि मात्र नभई संस्कृतिबाट पनि उपयोगी कुराहरू सिक्नुहोस्, त्यस्तै गरेर फरक पृष्ठभूमि भएकाहरूबारे बुझ्न सक्ने, पछि जापानलाई विश्वसित जोड्ने पुलजस्तो भूमिका निभाउन सक्ने मानिस बन्नुहोस्।

BACK