Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

OUR VOICE

Tang Wing Tung Pandora(status)

Tang Wing Tung Pandora

MY TOKYO STORY

  • 3बर्ष

    म पहिलो चोटि परिवारसितै टोक्यो गएको थिएँ। त्यतिबेला हामी सिन्जुकु र टोक्यो डिज्निल्यान्ड गएका थियौँ।
    हुनत त्यतिबेलाको कुरा खासै याद छैन तर बाल्यकालदेखि नै टोक्योसित मेरो नाता जोडियो।
  • 5बर्ष

    मेरी आमालाई जापान मन पर्छ। त्यसैले हाम्रो घरमा सधैँ जापानी कार्टुनहरू अनि गीत-सङ्गीत बजिरहन्थ्यो। यस्तो वातावरणमा हुर्केकोले सानो बच्चा भए पनि जापानप्रति मेरो चासो जाग्यो।
  • 16बर्ष

    जापान अनि अन्तर्राष्ट्रिय वातावरणप्रति मेरो चासो बढ्दै गयो। मलाई जापानी संस्कृतिबारे अझ धेरै बुझ्न मन लागेकोले जापानी भाषा सिक्न थालेँ।
  • 18बर्ष

    मैले हङकङको चिनियाँ विश्वविद्यालयमा भर्ना भएँ। जापानप्रति आकर्षित भएकोले जापानी भाषाको विषय लिएर पढेँ। सकेजति जापानी भाषाको वातावरणमा घुलमिल हुन अनि भाषिक क्षमता बढाउन कोसिस गरेँ।
  • 20बर्ष

    म विद्यार्थी विनिमय कार्यक्रममा सोफिया विश्वविद्यालयमा सरेँ अनि त्यहीँ पढ्न थालेँ। त्यसरी अर्कै ठाउँबाट सरेर आएका विभिन्न पृष्ठभूमिका विद्यार्थीहरूलाई साथी बनाउने मौका पाएँ।
    टोक्योको क्याम्पसमा मैले सार्थक विद्यार्थी जीवन बिताएँ अनि टोक्योमै काम गर्ने इच्छा जाग्यो।
  • 21बर्ष

    मैले एस-फिट कम्पनी लिमिटेडमा भर्ना गरेँ। कर्पोरेट सेल्स विभागमा काम गर्न थालेँ। हाल बिक्री सम्बन्धी कामकुराबारे मेरा अनुभवी सिनियरहरूसित सिक्दै छु। उहाँहरूले ग्राहकसँग गर्ने हरेक कुराकानी र कामकुरालाई आफ्नै आँखाले हेरेर सबै कुरा सम्झूँ भनेर हरेक दिन थुप्रै कुरा सिक्दै छु।

सन्देश

टोक्योमा छदाँ तपाईँले आफ्नो व्यक्तित्व पूर्णतया प्रकट गर्न सक्नुहुन्छ

Tang Wing Tung Pandora message

टोक्योमा बस्दा टोक्योको दुइटै पाटा अर्थात् सहरी जीवन र आनन्ददायी वातावरणबाट आनन्द उठाउने अनमोल मौका पाउँछौँ। म बाल्यकालदेखि नै जापानको जीवनसित परिचित भएर जापानमै बस्न चाहन्थेँ। यस्तो निर्मल चाहना अँगाल्दै आएको कारण अहिले यहाँ काम गर्ने लक्ष्य हासिल गरेको छु। आउँदा दिनमा जापानमा आएर काम गर्ने लक्ष्य राखेकाहरूलाई के भन्न चाहन्छु भने कृपया तपाईँको आफ्नो निर्मल चाहनालाई अँगाल्नुहोस्। टोक्योमा यस्तो वातावरणमा काम गर्न पाइन्छ, जहाँ तपाईँले आफ्नो काम गर्ने क्षमता र व्यक्तित्व पूर्णतया उपयोग गर्न पाउनुहुनेछ। गल्ती होला कि वा चुनौती आइपर्ला कि भनेर नडराउनुहोस्, सँगै अगाडि बढौँ।

विभिन्न कुराहरू सिकेर सीप बढाउन टोक्यो एकदम उपयुक्त ठाउँ हो

Tang Wing Tung Pandora Job description

कर्पोरेट सेल्स प्रतिनिधिको रूपमा काम गर्ने भएकोले म टोक्यो र त्यसवरिपरिका कम्पनीहरूलाई कर्मचारीको लागि प्रबन्ध गर्न लायकको घर वा कोठा टोक्यो र त्यसवरिपरि खोजेर जानकारी दिन्छु। भर्खरै यो काम गर्न थालेकोले प्रायः सिनियरहरूबाट कार्यस्थलमा गरिने तालिम (OJT)-मार्फत सिक्छु। अनि म कस्तो किसिमको सेल्स प्रतिनिधि हुन चाहन्छु भन्ने मनमा विस्तृत रूपमा सोच्दै अनुभवी कर्मचारीहरूको दैनिक काम गर्ने तरिका अवलोकन गर्छु। उहाँहरूले ग्राहकहरूप्रति चासो देखाउँदै मदत गरेको कुरा मेरो लागि असल नमुना हो। साथै म अझै पनि भाषा सम्बन्धी सीप तिखार्ने कोसिस गर्दै छु।
मलाई अरूले जापानी भाषा बोल्दा तुरुन्तै प्रतिक्रिया जनाउन गाह्रो लाग्छ। ग्राहकहरूसित भेट्नुअघि म तिनीहरूको आवश्यकता बुझ्न फोन र इमेलमा सम्पर्क गर्छु। त्यसो गर्दा मिटिङ राम्रो हुन्छ। मैले गरेको मेहनतको ग्राहकहरूले प्रशंसा गर्दा म आफ्नो काममा ठूलो सन्तुष्टि पाउँछु। हङकङका मानिसहरूको राम्रो पक्ष भनेको तिनीहरू छिटो काम गर्न सक्छन् अनि लचकदार हुन्छन्। म पनि हङकङकै भएकोले यी क्षमताहरूको सदुपयोग गर्दै ग्राहकहरूलाई प्रसन्न बनाउने सुझावहरू दिइरहने कोसिस गर्न चाहन्छु।

मैले टोक्योका मानिसहरूबाट धेरै सहायता पाएँ, कुनै दिन तिनीहरूलाई पनि सहायता गर्न चाहन्छु

Tang Wing Tung Pandora Attractive to work in Tokyo

घरजग्गा बेचबिखन सम्बन्धी काम गर्ने भएकोले म ग्राहकहरूलाई घरजग्गाहरू देखाउन विभिन्न ठाउँमा जाने गर्छु। नयाँ-नयाँ कुराप्रति जिज्ञासाले उत्प्रेरित हुने मेरो झुकाव भएकोले यस कामले गर्दा नयाँ-नयाँ मानिसहरूलाई भेट्न र नयाँ अनुभव गर्न पाउनु मेरो लागि साँच्चै अमूल्य मौका हो। टोक्योमा भिन्नाभिन्नै सांस्कृतिक पृष्ठभूमिका धेरै मानिसहरू छन् अनि कामको कारण म तिनीहरूसित भेटघाट गरिरहन पाउँछु। ग्राहकहरूको अनुरोध पूरा गर्न कहिलेकाहीँ मलाई धौधौ पर्छ। तैपनि म अझ राम्रो प्रस्तावहरू राख्ने कोसिस गर्छु। यसो गर्दा ग्राहकहरूले आफूलाई चाहिएको जस्तो घरजग्गा भेट्टाउन सक्छन्।
अवस्था जस्तोसुकै गाह्रो भए तापनि म सकारात्मक रहन अनि आफ्नो तर्फबाट सक्दो गर्न चाहन्छु। सेल्स गर्ने व्यक्तिको रूपमा मेरो लक्ष्य ग्राहकहरूको आवश्यकता बुझ्नु हो। ताकि ग्राहकहरूले यसो भन्न सकून्, "यस्तो राम्रो ठाउँ भेट्टाउन मदत गर्नुभएकोमा धेरै धन्यवाद!" मैले टोक्योमा थुप्रै दयालु अनि मदत गर्ने सहकर्मीहरू भेटेको छु अनि उनीहरूबाट थुप्रै कुराहरू सिकेको छु। म आफ्नो तर्फबाट सक्दो गर्न चाहन्छु ताकि टोक्योका मानिसहरूको लागि केही राम्रो काम गर्न सकूँ।

मैले टोक्योको अन्तर्राष्ट्रिय वातावरण र त्यहाँ बनाएका साथीहरूको याद गरेर टोक्योमा आफ्नो करिअर बनाउने निर्णय गरेँ

Tang Wing Tung Pandora Background and up to work in Tokyo

टोक्यो आउनु अघि म कतिपय विकल्पहरू पनि सोच्दै थिएँ। किनभने हङकङमा काम गर्ने वैकल्पिक बाटो पनि बाँकी रहेको थियो। काम खोज्दा म आफ्नो प्रगतिलाई टेवा पुर्‍याउने वातावरण छ कि छैन भन्ने कुरामा महत्त्व दिन्छु। मैले टोक्योमा काम गर्ने निर्णय गरेँ किनभने टोक्योमा थुप्रै चुनौतीपूर्ण लक्ष्य राख्न सकिन्छ अनि हङकङमा अनुभव गर्न नपाउने कुराहरू अनुभव गर्न पनि सकिन्छ। मलाई सधैँ टोक्यो अन्तर्राष्ट्रिय सहर हो जस्तो लाग्थ्यो। मतलब टोक्योमा चुनौतीहरूको सामना गर्नु भनेको अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय भूमिका निर्वाह गर्न पाउनुसरह हो जस्तो लाग्थ्यो। टोक्योमा बस्दा सधैँ आफूलाई मैले गर्न सक्ने नयाँ कुरा अझै केही छ कि भनेर सोध्ने गर्छु।
साथै टोक्यो रोज्नुको अर्को कारण पनि थियो, विनिमय छात्राको रूपमा टोक्यो आउँदाखेरि गरेको अनुभव। विद्यार्थी विनिमय कार्यक्रममा सोफिया विश्वविद्यालयमा पढ्दा मैले जापानीलगायत भिन्नाभिन्नै सांस्कृतिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई भेटेँ। उनीहरू ठूलठूला लक्ष्य राखेका र लगनशील भई अध्ययन गर्ने व्यक्तिहरू थिए। मैले विद्यार्थी छँदा टोक्योमा थोरै मात्र भए पनि समय बिताएर थुप्रै साथी बनाएको यस अनुभवले मेरो जीवनमा गहिरो प्रभाव पाऱ्यो। म टोक्योमा बनाएका ती पुराना साथीहरूलाई फेरि भेट्ने अनि उनीहरूसित एउटै मञ्चमा चुनौतीपूर्ण कामहरू गर्ने विचार गरेर टोक्योमा जागिर खाने छनौट गरेँ।
मलाई आफ्नो निर्णयमा कुनै पछुतो छैन। छुट्टीमा म अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा भाग लिएर चिनजान बढाई अमूल्य सम्बन्ध विकास गर्न कोसिस गर्दै छु। काममा पनि पश्चिमी मुलुकदेखि लिएर एसियासम्मका मानिसहरूसित चिनापर्ची हुन्छ र यस्तो सम्बन्धबाट केही न केही सिकिरहेको छु। म टोक्योमा चुनौतीपूर्ण काम गरिरहन र आफ्नो क्षमता अझै बढाएर कुनै दिन आफ्नै व्यवसाय सुरु गर्न चाहन्छु।

टोक्यो सपना अनि जोसले भरिएको सहर हो

Tang Wing Tung Pandora Attractive to live in Tokyo

छुट्टी हुदाँ मलाई साथीहरूसित पिउन र रमाइलो गर्न मन पर्छ। मलाई यहाँ बनेका साथीहरूसित समय बिताउन असाध्यै महत्त्वपूर्ण लाग्छ किनकि उनीहरूसितको सम्बन्धले पछि मेरो भविष्यलाई कुनै असर पार्न पनि सक्छ। शिबुयावरपर थुप्रै फेसनेबल क्याफे र रेस्टुरेन्टहरू छन्, जहाँ टोक्योमा मात्र पाइने फरक किसिमका खानेकुराको आनन्द उठाउन सकिन्छ। जापानमा ऋतुअनुसारका खानेकुराहरू पाइनु पनि असाध्यै आकर्षक कुरा हो। रमणीय ठाउँहरूमा साथीहरूसित रमाइलो गर्दै छुट्टीको समय बिताउँदा निकै स्फूर्ति मिल्छ। टोक्योमा थुप्रै स्फूर्तिदायी ठाउँहरू छन्, त्यसैले म छुट्टीमा बाहिर घुमफिर गरेर रमाइलो गर्ने गर्छु।
टोक्योमा बस्न थाल्दा सहरमा भएको मान्छेको भीडभाडले मलाई के गरूँ कसो गरूँ जस्तो लाग्थ्यो। तर अहिले कन्सर्टहरू र सङ्ग्रहालयहरूजस्ता तनाव कम गर्न र स्फूर्ति पाउन सक्ने ठाउँहरूमा गएर थकाइ मार्ने गर्छु। मलाई मन पर्ने सङ्गीतकारहरूको कार्यक्रमहरूमा जादाँ निकै मज्जा आउँछ। पहिले जापानमा नयाँ कुराहरू गर्ने चुनौती लिने मेरो सपना थियो, तर अहिले म यहीँ जापानमा बसी विभिन्न किसिमका चुनौतीहरूसित जुझ्दा मेरो सपना साकार भएको याद गर्दा मज्जा आउँछ। कहिलेकाहीँ म जापानको रमाइला दृश्यहरूको फोटो खिच्ने गर्छु अनि सामाजिक सञ्जालमा राख्ने गर्छु। मेरा हङकङका अनि विश्वविद्यालयका साथीहरूले पनि ती फोटोहरू देख्छन्। टोक्यो कत्ति रमाइलो छ र म सक्रियतासाथ काम गरिरहेको छु भनेर अर्कै देशमा भएका साथीहरूलाई देखाउन पाउनु परदेशमा चुनौतीहरूसित जुझ्ने एक जना व्यक्तिको रूपमा सम्मानको कुरा हो जस्तो मलाई लाग्छ।

BACK