Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

OUR VOICE

Woojin Jeong(status)

Woojin Jeong

MY TOKYO STORY

  • 19बर्ष

    म कोरियाको बुसानको विश्वविद्यालयमा भर्ना भएँ। जापानी भाषा सङ्कायमा जापानी भाषा अध्ययन गर्न थालेँ। जापानको बारेमा अझ धेरै ज्ञान लिने मेरो चाहना जाग्यो।
  • 20बर्ष

    मैले पहिलो पटक जापानको यात्रा गरेँ। एक दिनको लागि मात्र टोक्योमा बसेको थिएँ। त्यसपछि सहरमा जीवन बिताउने इच्छा बढ्न थाल्यो।
  • 24बर्ष

    वर्किङ हलिडे भिसामा जापान आएको थिएँ। मेरो जापानी भाषा अझै राम्रो बनाउनको लागि स्कुल जानुको सट्टा थुप्रै रेस्टुरेन्टको ग्राहक सेवामा काम गरेँ।
  • 25बर्ष

    विश्वविद्यालयबाट स्नातक गर्न कोरिया फर्किएँ। जापानमा करिअरको सपना देखेर कोरियाको जापानी कम्पनीमा काम गर्न थालेँ।
    सेल्स सहायकको रूपमा काम गरेर अनुभव बटुलेँ।
  • 29बर्ष

    जापानमा फेरि काम गर्ने कोसिस गरेँ। विभिन्न देशका मानिसहरू र संस्कृतिले भरिएको टोक्योमा अझ धेरै कुरा सिक्न चाहेकोले टोक्योको एउटा कम्पनीमा काम गर्न थालेँ।
  • 36बर्ष

    मैले टपऱ्याङ्क कम्पनीमा प्रवेश गरेँ। अहिले अन्तर्राष्ट्रिय बजारमा गाडी बेच्छु।

सन्देश

टोक्योमा सबै कुरा अत्याधुनिक छ!

Woojin Jeong message

टोक्योमा आउन नहिचकिचाउनुहोस्। टोक्योमा थुप्रै मानिसहरूसित भेटघाट गर्ने विभिन्न अवसरहरू हुन्छन्। तपाईँले थुप्रै बहुमूल्य अनुभवहरू बटुल्न सक्नुहुन्छ, जुन अन्त कतै पाउन सक्नुहुन्न। यस्तो एउटा-एउटा अनुभवले आफू स्थिर रूपमा बढ्दै छु भनेर तपाईँले महसुस गर्नुहुनेछ। टोक्यो जीवनको चित्रण गर्ने एउटा भनाइ हो, "सबै कुरा अत्याधुनिक छ"। आफ्नो ज्ञान, सीप र मानव शक्तिलाई सुधार्ने उत्तम वातावरण टोक्योमै छ। आउनुहोस्, टोक्योमा नयाँ कोसिस गरेर सफलता हासिल गरौँ!

मैले टोक्योमा एउटा व्यवसाय गर्ने मौका हात पारेँ। मेरो सपना अन्तर्राष्ट्रिय व्यवसायमा सामेल हुनु हो!

Woojin Jeong Job description

मेरो मुख्य काम सेकेन्ड ह्यान्ड जापानी गाडीहरू कोरियालगायतका देशहरूमा निर्यात गर्नु हो। म बिक्री प्रतिनिधिको रूपमा यी गाडीहरू स्थानीय डिलरहरूलाई बिक्री गर्दै छु। विदेशमा अत्याधुनिक प्रविधिका जापानी गाडीहरूलाई उच्च गुणस्तरको ठानिन्छ र ग्राहकहरू यसलाई निकै मन पराउँछन्। आफूले निर्यात गरेका गाडीहरूले यातायातको सुरक्षामा सुधार ल्याएको कुरा थाह पाउँदा असाध्यै खुसी लाग्छ र म आफ्नो कामप्रति सन्तुष्ट छु। हालै म व्यापारको सिलसिलामा दक्षिणपूर्वी एसियामा गएको थिएँ। त्यहाँको स्थानीय यातायातको अवस्था देखेपछि हामीले त्यसको सुधारमा योगदान पुऱ्याउन सक्ने थुप्रै अवसर छ भनेर महसुस गरेँ।
अफ्रिकाको नामिबियाको ग्राहकले लग्जरी कार किन्ने इच्छा देखाउँदा मलाई सबैभन्दा धेरै खुसी लागेको थियो। तर हामीसँग त्यसको स्टक छ कि छैन वा कुन माध्यमबाट उपलब्ध गराउन सकिन्छ, हामीलाई थाह थिएन। हामीले त्यसको स्टक र उपलब्धताबारे विस्तृत अनुसन्धान गऱ्यौँ, ग्राहकलाई बारम्बार प्रस्ताव राख्यौँ र अन्तमा अर्डर पाउन सफल भयौँ। यस्तो काम मैले पहिलो चोटि गरेकोले धेरै चिन्ता लागेको थियो तर त्यसको साथसाथै उपलब्धि हासिल गरेको महसुस भयो अनि अन्तर्राष्ट्रिय व्यवसायमा सामेल हुने इच्छा पनि जाग्यो। म अहिलेसम्म हासिल गरेको सफलताबाट प्राप्त आत्मविश्वासको आधारमा अबउप्रान्त पनि विभिन्न देशसित व्यापारिक कारोबार गर्दै जान चाहन्छु।

टोक्योमा म हरेक दिन विश्वभरका विशिष्ट व्यक्तिहरूबाट सिक्दै छु

Woojin Jeong Attractive to work in Tokyo

टोक्यो विश्वभरका प्रतिभाशाली मानिसहरू जम्मा हुने ठाउँ हो। टोक्योमा थुप्रै अत्याधुनिक जानकारी हासिल गर्नको लागि अनुकूल वातावरण पनि छ। म कार्यस्थलमा विभिन्न देशका सहकर्मीहरूसँग अन्तरक्रिया गर्छु। कम्पनीमा आधिकारिक भाषाको रूपमा अङ्ग्रेजी बोलिन्छ र यसले मलाई आफ्नो अङ्ग्रेजी सुधार्न मदत गर्छ। साथै हामी एकअर्काको देश र व्यापारिक चालचलनबारे सिक्छौँ। विशेषगरि रुसको मेरो सहकर्मीसित कुराकानी गरेको म सम्झिन्छु।
उहाँ रुसको अग्रणी कम्पनीमा काम गर्नुहुन्थ्यो। उहाँले मलाई स्थानीय व्यापारको गति र जापानी व्यापारको स्थिर तथा विस्तृत शैलीबीच सन्तुलन कायम राख्ने उहाँको तरिकाबाट सिकेर उन्नति गर्नको लागि केही सुझाव दिनुभयो। टोक्योमा अति लचकदार र आफ्नो व्यक्तित्वको उपयोग गर्दै काममा सक्रिय भूमिका खेल्ने प्रतिभाशाली मानिसहरूलाई भेट्ने धेरै अवसरहरू छन्। म उनीहरूको विचारधारा अपनाएर अझै अगाडि बढ्न चाहन्छु।

मलाई मन पर्ने जापानी भाषाको फाइदा उठाउन सक्ने टोक्योमा एउटा नयाँ चुनौती!

Woojin Jeong Background and up to work in Tokyo

विश्वविद्यालयमा जापानी अध्ययन गरेको कारण म जापान आएँ। कोरियाली र जापानी व्याकरणमा धेरै समानता छ र आफूले भर्खरै प्राप्त गरेको ज्ञानलाई तुरुन्तै प्रयोग गर्न सकेकोमा म खुसी थिएँ। मैले जत्ति धेरै जापानी सिकेँ, त्यत्ति नै धेरै जापानको बारेमा आफ्नो ज्ञानलाई गहिरो बनाउन चाहन्थेँ। जापानी संस्कृतिसँग प्रत्यक्ष संलग्न हुन मैले फुकुओकादेखि सेन्दाइसम्म जापानको ठाउँ-ठाउँमा यात्रा गरेँ। मैले सुन्दर सहरी दृश्य देखेँ, मीठो जापानी खाना खाएँ अनि उदार र दयालु जापानीहरूसँग भेटेँ। यी कुराहरूले ममा जापान बस्ने इच्छा जाग्यो।
विशेषगरि टोक्यो विश्वमा सबैभन्दा चर्चित सहरहरूमध्ये एक हो। मैले यात्राको दौडान छोटो समयको लागि मात्र टोक्योको भ्रमण गरेको भए पनि यसले ममा गहिरो प्रभाव पारेको छ। टोक्योमा बस्ने चुनौती मेरो जीवनको लागि सकारात्मक हुनेछ जस्तो मलाई लाग्यो। त्यसैले वर्किङ हलिडे भिसामा टोक्यो आउने छनौट गरेँ। मेरो जापानी भाषाको क्षमता सुधार्न मैले पार्ट-टाइम कामहरूमा कडा मेहनत गरेको दिनको याद आउँछ। टोक्योवासीहरूको समुदाय र समाजसित अझ घुलमिल हुँदै जाँदा म टोक्योमा पार्ट-टाइम काम नभई फुल-टाइम कर्मचारीको रूपमा काम गर्न चाहन्छु भनेर सोच्न थालेँ।
विश्वविद्यालयमा जापानी अध्ययन गरेकोले म जापानी भाषा राम्रोसँग प्रयोग गर्न सक्छु भनी विश्वस्त थिएँ। त्यसैले जापानी भाषा प्रयोग गर्ने साथै विश्वव्यापी मञ्चमा काम गर्न सक्ने जागिर खोज्दाखेरि मेरो लागि टोक्यो सबैभन्दा उपयुक्त ठाउँ हो जस्तो लाग्यो। टोक्योमा थुप्रै उदार र दयालु जापानीहरूसँग भेटघाट हुन्छ र कुराकानी गर्न सकिन्छ। त्यसैले आफूमा भएका राम्रा पक्षहरू देखाउन सकेकोमा म खुसी छु।

म काम सकेपछि र सप्ताहन्तहरूमा साथीहरूसँग वा आफ्नो सोख पूरा गर्न समय बिताएर रमाइलो गर्छु

Woojin Jeong Attractive to live in Tokyo

टोक्योमा जीवन बिताउनुको एउटा आर्कषक कुरा भनेको तपाईँ आफ्नो काम गर्ने मोडलाई अन या अफ गर्न सक्नुहुन्छ। मलाई छुट्टीका दिनहरूमा बाहिर घुमफिर गर्न र व्यायाम गर्न धेरै मन पर्छ। म पहिले आसाकुसामा बस्थेँ र फुर्सत हुँदा सुमिदा नदी किनारमा जगिङ गर्थेँ। म चार/पाँच किलोमिटर सजिलै जगिङ गर्न सक्छु, यसले मलाई निकै स्फूर्ति दिन्छ। म अर्को चोटि इम्पेरियल प्यालेसको वरिपरि जगिङ जान चाहन्छु*। टोक्योमा नाम चलेका रेस्टुरेन्टहरू थुप्रै छन् तर मलाई बाहिरको फुड स्टलहरूमा खान पनि मन पर्छ। आसाकुसामा हुँदा सपिङ आर्केड र स्टलहरूमा मलाई मन पर्ने फ्राइड खानेकुरा किन्ने गर्थेँ। मलाई जापानी इतिहासमा पनि चासो छ।
म ऐतिहासिक स्थलहरू जस्तै, आसाकुसाको सेन्सोजी मन्दिर अनि एदो किल्लाको भग्नावशेषस्थित प्रख्यात इम्पेरियल प्यालेस घुम्छु र प्राचीनकालमा जापान कस्तो थियो भनेर कल्पना गर्छु। मलाई विशेषगरि एदो काल र सेन्गोकु (युद्धरत राज्यहरू) कालमा चासो छ र थुप्रै ऐतिहासिक व्यक्तिहरू मन पर्छ। टोक्यो महानगर भए पनि यहाँ आराम गर्दै आफ्नो विषयमा सोच्नको लागि उपयुक्त वातावरण पनि छ। छुट्टीको दिनमा म घरमै आराम गर्छु र इतिहासका महान् व्यक्तिहरू पहिला कसरी सोच्थे र जीवन बिताउँथे भनेर विचार गर्छु। जापानको इतिहास गहिरो छ र यसबारे सिक्नु साँच्चै रमाइलो छ। तपाईँले गहिरिएर सिक्नुभयो भने जापानका अकल्पनीय पक्षहरू भेट्टाउनुहुनेछ।
*इम्पेरियल प्यालेसको वरिपरि 5 किमीको जगिङ रुट छ।

BACK