Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

OUR VOICE

Mimat Ritthirak(status)

Mimat Ritthirak

MY TOKYO STORY

  • 4बर्ष

    आमाबुबाको कामको कारण पहिलो चोटी जापानमा आएको। पढ्न, लेख्न र बोल्न सुरुमा सिकेको चाहिँ मातृभूमिको थाई भाषा नभएर जापानी भाषा थियो।
    किन्डरगार्टेनबाट 2 कक्षासम्म जापानको स्कूलमा पढें। सानो बेलामा मेरो वरिपरी जापानीहरू नै थिए।
  • 9बर्ष

    ओसाकाको इन्टरनेशनल स्कूलमा जान थालें। त्यहाँ सरकारी स्कूल जस्तो नभएर आफै अग्रसर भएर सिक्नुपर्थ्यो।
  • 11बर्ष

    मातृभूमि थाईल्याण्डमा फर्कें। पाँच/छ कक्षादेखि हाईस्कूलसम्म थाईल्याण्डमा बिताएँ।
    हाईस्कूलमा छँदा म सकृयताका साथ क्याप्टेनको रूपमा भलिबल क्लबमा खेल्थें।
  • 18बर्ष

    युनिभर्सिटी र कामको लागि अमेरिका गएँ। युनिभर्सिटीको पढाईबाट सकारात्मक हुन र टिम वर्क सिकें।
    ग्राजुएशनपछि अमेरिकाको ग्राफिक डिजाइन कम्पनीमा काम गर्न थालें।
  • 23बर्ष

    अमेरिकामा भेटेको एक जना आर्टिस्टले दिएको सल्लाह मानेर म फेरि जापान आएँ।
    जापानी स्कूल र डिजाइन स्कूलमा आफ्नो सीप तिखार्दै एउटा डिजाइन कम्पनीमा साढे तीन वर्ष काम गरें।
  • 27बर्ष

    हालको कम्पनीमा सम्मिलित भएँ। एक जना प्याकेज डिजाइनरको हैसियतमा ठूलठूला कम्पनीको लागि प्याकेज डिजाइन गर्दैछु। यो सन्तोष जनक छ र मेरो सपना पूरा भएको छ।

सन्देश

नडराउनुहोस् र चुनौतिको सामना गर्दा रमाउनुहोस्!

Mimat Ritthirak message

परिवर्तनदेखि नडराएर पहिला टोक्योमा आएर त हेर्नुहोस्। एक पाइला अघि बढ्दा तपाईंको संसार अझ फराकिलो हुन्छ। टोक्योको जीवनमा थाईल्याण्डमा भए गर्न नसकिने चुनौतीपूर्ण अनुभवहरू थुप्रै बटुल्न सकिन्छ। खासगरी जापानको नियम र मानर सिक्न सुरुसुरुमा अप्ठेरो लाग्न सक्छ तर ती धेरै महत्वपूर्ण छन्। यसले जीवनमा ठूलो असर गर्छ। आफ्नो क्षमता तिखार्नुका साथै कठिन अवस्थाबाट नभागेर चुनौतिको सामना गर्दा अपार उन्नतिको अनुभव गर्न सकिन्छ।

टोक्योमा प्याकेज डिजाइनरको हैसियतमा चुनौतिपूर्ण दिनहरू बिताइराखेको छु।

Mimat Ritthirak Job description

म ग्राफिक प्याकेज डिजाइनमा काम गर्दैछु। डिजाइनरको काम गर्दा ग्राहकसँगको कम्युनिकेशन नभई हुँदैन। सुरुमा एउटा प्रिजेन्टेशनबाट प्रपोजल पेस गर्छौँ त्यसपछि मोटामोटी डिजाइनको लागि छलफल हुन्छ। त्यसपछि आवश्यक छाँटकाँट गरेर ग्राहकलाई फेरि देखाउने, यस्तो धेरै पटक गरेर एउटा प्याकेज डिजाइनको काम पूरा हुन्छ। त्यसैले डिजाइन स्किल मात्र नभई कम्युनिकेशन क्षमता जस्तो विभिन्न क्षमताको आवश्यकता पर्छ।
मेरो लक्ष्य भनेकै ग्राहकको लागि पर्फेक्ट डिजाइन बनाउनु हो। ग्राहकले गर्व गर्न सक्ने र प्रत्येक कम्पनीको विशेषतालाई ध्यानमा राखेर सर्वोत्कृष्ट ब्रान्ड इमेज बनाउनु चाहिँ यो कामको सन्तोषजनक पक्ष हो। ठूलठूला कम्पनीको लागि प्याकेज डिजाइनिङ गरेर यस्तो सन्तोषजनक काममा जिम्मेवारी र जोसका साथ खटिइरहेको छु।

जापानको जीवन र न्युयोर्कमा भएको एक जना आर्टिस्टसँगको भेटले मेरो जिन्दगी नै परिवर्तन भयो।

Mimat Ritthirak Attractive to work in Tokyo

मेरो बाल्यकाल ओसाकामा बितेकोले जापानको संस्कृति र जीवनबारे मैले राम्रोसँग बुझेको छु। मेरो जापानी भाषा थाई भाषा भन्दा पनि राम्रो छ। मैले जापानकै स्कूलमा एक/दुई कक्षा पढेर थुप्रै जापानी साथीहरूको माझमा हुर्किएँ। जापानीहरूको प्रचलनमध्ये एउटा राम्रो पक्ष भनेको सानो बेलादेखि आफूलाई आत्मअनुशासनमा राखेर आफ्नो मोल गर्नु हो। खासगरी जापानमा अरूहरूसित घुलमिल हुँदा सिकेको महत्त्वपूर्ण चलन भनेको समयनिष्ठ हुनु हो। 11 वर्षको हुँदा थाईल्याण्डमा फर्किएँ र युनिभर्सिटीको लागि अमेरिका गएको हुनाले 20 वर्षको उमेरसम्म म जापानमा थिइनँ। तैपनि मैले जापानमा सिकेको मनोवृत्ति र चलनहरू कहिल्यै बिर्सिनँ।
त्यति नै बेला फेरि जापानमा केही गर्छु भन्ने तीब्र इच्छा पलायो, एकदिन अवश्य जापानमा नयाँ चुनौतिको सामना गर्नेछु भनेर। न्युयोर्कमा भएको आर्ट ईभेन्टमा एक जना आर्टिस्टसँगको भेट नै मेरो लागि सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट साबित भयो। उहाँ अमेरिकन हुनुहुन्थ्यो, एकदमै मित्रैलो हुनुहुन्थ्यो। जब कुराकानी मेरो भविष्यको बारेमा मोडियो मैले सिधै “म प्रोफेशनल प्याकेजिङ डिजाइनर बन्न चाहन्छु” भनें।
उहाँले के सल्लाह दिनुभयो भने, जापानको प्याकेजिङ डिजाइन सम्बन्धी सीप विश्वमै सर्वोत्कृष्ट भएकोले त्यहीँ डिजाइनरको लागि बाटो खुल्नेछ। सानो बेलादेखि मैले राम्रोसँग चिनेको जापानसँग यसरी सोच्दै नसोचेको तरिकामा सम्बन्ध जोडियो भन्ने कुरामा म छक्कै परें। खासगरी टोक्यो यस्तो ठाउँ हो जहाँ देशविदेशबाट एक्सपर्टहरू जम्मा हुन्छन्। एकपछि अर्को नयाँनयाँ कुराहरूको सामना गरिरहनु पर्ने र व्यस्त वातावरणमा आफूलाई उन्नती गराउन सकेको छु।

टोक्योमा सामना गर्ने चुनौतीहरूले मलाई मेरो सपना पूरा गर्न बाटो खोल्छ।

Mimat Ritthirak Background and up to work in Tokyo

टोक्योमा विभिन्न पृष्ठभूमिका मानिसहरूसँग भेट हुने भएकोले आफूलाई चिनेर उन्नती गर्न मदत मिलेको छ। टोक्यो एकदम परिवर्तनशील छ, त्यसैले जे कुरामा पनि आफै अग्रसर भएरै अझै उन्नती गर्न सकिन्छ। विभिन्न अनुभव भएकाहरूबाट प्रेरणा पाएर भविष्यको लक्ष्यतर्फ दिनदिनै म अघि बढ्दै छु। डिजाइनरको करियर महत्त्वपूर्ण त छँदैछ त्यसको साथै सानो बेलामा विकास भएको जापानी मन पनि बिर्सिएको छैन। आफूलाई चाहिँ कडाइका साथ अरूसँग चाहिँ दयालुपूर्वक व्यवहार गर्नुपर्छ। यसो गर्नाले आफूलाई मात्र नभई ग्राहक र साथीभाईहरू अनि परिवारलाई पनि खुशी बनाउन सकिन्छ।
टोक्योमा बटुलेको डिजाइनरको अनुभव सदुपयोग गरेर मेरो मातृभूमि थाईल्याण्डमा एउटा डिजाइन कम्पनी स्थापना गर्नु यही नै मेरो सपना हो। अहिलेसम्ममा थाईल्यान्डमा आफ्नै प्याकेजिङ डिजाइन कम्पनी छैन त्यसैले मैले टोक्योमा बटुलेको अनुभवका साथै जापान र थाईल्यान्ड दुवैको रूचिलाई मिलाएर गर्न सक्ने डिजाइनिङ बिजिनेस एक दिन पक्कै सुरु गर्न चाहन्छु।

न्यानो र दयालुपन महसुस गर्न सकिने शहर टोक्यो हो।

Mimat Ritthirak Attractive to live in Tokyo

टोक्यो आफ्नो व्यक्तित्वलाई प्रदर्शित गर्दै सपना पूरा गर्ने अवसर भएको शहर हो। मेरो लागि जापान र थाईल्याण्ड दुवै मातृभूमि हो, दुवैको प्रभावबाट विकास भएको व्यक्तित्वको मोल गर्न चाहन्छु। टोक्योका मानिसहरूले मेरो व्यक्तित्वको कदर गर्छन्, त्यसैले म यहाँ निसंकोच भएर बस्न सकेको छु। टोक्योमा मेरो हबी अनुसारको थुप्रै ईभेन्ट र सर्कल छन्। बिदाको दिनमा एउटै हबी भएका साथीहरूसित एकदम रमाइलो गरिरहेको छु। खासगरी मलाई डाउनटाउन घुम्ने र ट्रेकिङ धेरै मन पर्छ किनभने त्यहाँ भेटिने मानिसहरू साह्रै मित्रैला छन्। एउटा डाउनटाउनको चिया खाने पसलको साहुजीसाहुनीसित एकदम राम्रो साथी भएँ।
तिनीहरूले मलाई मिठाईहरू फ्रिमा दिन्छन् र हामी थुप्रै गफ गर्छौँ, परिवारजस्तै घनिष्ठ भयौं। अहिले पनि कहिलेकाहीं त्यो पसलमा पस्छु, तिनीहरूले मलाई राम्रोसँग याद गर्छन्। मेरो हबीको ट्रेकिङमा जाँदा पनि ट्रेकरहरूले आपसमा अभिवादन गर्ने चलन भएकोले मसँग पनि बोलिदिन्छन्। यसले गर्दा पहिलो चोटी भेटेको मान्छे भए पनि दयामाया महसुस गर्न सकें। कोहीकोहीले पिउने कुरा र मिठाई पनि दिए यसले गर्दा टोक्योमा पनि मलाई माया गर्ने परिवार छ भन्ने महसुस भयो। त्यस्ता टोक्योको मानिसहरूलाई मेरो सीप प्याकेजिङ डिजाइन मार्फत अपार खुशी दिन चाहन्छु। अरूलाई माया गर्ने र अरूको कदर गर्ने मनोवृत्ति टोक्योले मलाई सिकायो। अब भने टोक्योलाई मैले गुन तिर्ने पालो आएको छ।

BACK