-
10बर्ष
म म्यानमारको याङगोन्मा छँदा जिब्ली एनिमेसन, टोनारिनो तोतोरो नामको सिनेमा हेर्दाको दिन देखि मैले जापानमा चासो लिने थालेँ। -
17बर्ष
याङगोन्को कम्प्युटरको विश्वविद्यालयमा पढ्दै गर्दा IT प्रविधिमा धेरै अगाडि पुगेको देश जापानमा गएर चुनौती गर्न मन लागेको थियो। -
20बर्ष
जापानमा आएर सिजुओका प्रान्तमा जापानी भाषा स्कूलमा जापानी भाषाको अध्ययन शुरु गरें। सिजुओको शहरको आकार ठूलो देख्दा मलाई धेरै आश्चर्य लाग्यो। -
22बर्ष
IT को वोकेशनल स्कूलमा भर्ना भएर पढ्न थालेँ। स्कुलमा हरेक विद्यार्थीहरूलाई एउटा एउटा कम्प्युटर दिइयो एउटा कम्प्युटरलाई सबैले साझाको रुपमा चलाउनु पर्ने म्यानमारको अवस्था भन्दा फरक भएको देखेर आश्चर्य लाग्यो। -
24बर्ष
काम गर्ने सिलसिलामा टोक्योमा आएँ। विच्च टेक्नोलोजिमा कामको सुरुवात गरें। अत्याधुनिक IT प्रविधिमा हात हाल्न थालेँ। -
27बर्ष
ठूलो संचार कम्पनीको विकास परियोजनामा सहभागी भएँ।
1वर्ष भन्दा लामो अवधिको परियोजनामा सहभागी भएर नयाँ उत्पादनको विकास देखि मर्मत सम्भार सम्मको व्यापक रुपमा विभिन्न कामहरूमा सहभागी हुन पाएँ।
एक्लैले गर्न नसकिने, टोक्योले देखाएको चुनौती र सपना प्रति चालेको पाइलाहरू
“जापानमा जान चाहन्छु!” भन्ने सोच मनमा आएदेखि त्यसलाई पूरा गर्ने दिनसम्म धेरै कष्ट झेल्नु पर्यो। तर त्यसको विपरीत आफ्ना सहकर्मीहरूबाट न्यानो प्रोत्साहन र समर्थन पनि धेरै पाएँ। सबैबाट पाएको समर्थन मेरो लागि शक्तिमा परिणत भइदियो। त्यसको नतिजा आज म यो स्थितिमा छु जस्तो लाग्छ । टोक्योको सबैजना दयालु हुनुहुन्छ। जापानीहरूको राष्ट्रिय चरित्र मेरो मातृभूमि म्यानमारको सित मिल्दो जुल्दो, एकदम बुझ्न सजिलो लाग्यो । कयौं संख्याको भेटघाटबाट समर्थित भएर, काममा पनि निजी जीवनमा पनि नयाँ कुराहरू भेटिन थाल्यो। तपाईँहरू पनि अवश्य, यस्तो आकर्षक टोक्योमा प्रयास गरि आफ्नो नयाँ सपनाहरू सँग भेट्नुहुन्न?
टोक्योमा अत्याधुनिक IT को विषयमा चुनौती गर्दैछु।
प्रोग्रामर भएर प्रमुख संचार कम्पनीको परियोजनामा सहभागी भएँ। शुल्क विकास प्रणालीको विकासमा संलग्न हुँदै म अत्याधुनिक IT विषयमा दिनहुँ लागिरहेको छु। डिजाइन कागजात देखि कोडिंग, परीक्षण, र रिलीज सम्मको व्यापक रुपमा विकासको प्रक्रियामा संलग्न हुन पाइराखेको छ। सजिलो त छैन तर सन्तुष्टपूर्वक हरेक दिन बिताउन पाइरहेको छु। 20 जना जतिको परियोजना सदस्यहरू मिलेर परियोजनालाई अगाडि लाग्दैछौँ। सबै सित राम्रो सम्बन्ध र बलियो टिमवर्कले गर्दा काम सफल हुन सकिराखेको छ। हामीहरूले तयार गरेको प्रणाली संसारको लागि नै उपयोगी भइराखेकोले सदस्यहरूका निम्ति ठूलो फल प्राप्ति भएको छ।
परियोजनाको छुट्टिको दिन आफू जस्तै यही कम्पनीमा कार्यरत म्यानमारका जुनियरहरूलाई सक्षम बनाउने काममा लाग्नु पनि मेरो लागि महत्वपूर्ण छ। जापानी कम्पनीमा काम गरेको अनुभव मेरो सबैभन्दा लामो भएकोले परियोजनाको सदस्यहरूको जापानी भाषाको दक्षता, पेशागत शिष्टाचारिता, दैनिक जीवनचर्याबारे जानकारी पनि लिँदै आएको छु।
टोक्योमा धेरै सहकर्मी बीच सहकार्य गरेर ग्राहकहरूलाई उच्च कोटिको सेवा प्रदान गर्दै छु।
टोक्योमा संवादको सीप सिक्ने मौका धेरै छ जस्तो लाग्छ। उदाहरणको लागि कुनै वस्तु बुझाउने म्याद(अवधि) | प्रणालीलाई चलाउने काममा, ग्राहकलाई वचन दिएको सामान बुझाउने म्यादलाई पुरा पालन गर्न सक्नु नै ग्राहकको विश्वास जित्न नभइ नहुने कुरा हो। ग्राहकसित नजिकको भेट गरेर, सामान बुझाउने हद म्यादलाई पूरा गर्न समय तालिका मिलाउने काम टोक्योमा सिक्न पाएको महत्वपूर्ण चलन जस्तो लाग्छ। संवादको विषयमा भन्नु पर्दा, टोक्योमा भेटघाट हुने व्यवसायिक व्यक्तिहरूले खास गरेर सूचित गर्ने, सम्पर्क राख्ने, सर-सल्लाह गर्ने कुरामा विशेष ध्यान दिइराखेको छ जस्तो लाग्छ। समस्यालाई त्यसै राखिराख्नु भनेको, काम आकारमा जति ठूलो हुन्छ त्यति नै वरिपरिको व्यक्तिहरूलाई दु:ख दिने भइदिन्छ साथै विश्वास गुमाउनु पर्ने अवस्था आउन सक्छ।
ग्राहक तथा सिनियरसितको समस्या बारे बुझ्ने बुझाउने कुरा भनेको, अब के गर्नु पर्ने हो, समाधानको लागि के गर्न सकिन्छ भनेर सोच्ने बेला एकदम महत्वपूर्ण छ। समस्यालाई आफू एक्लैले मात्र सोच्न नसकेको समाधानको उपाय पनि, सहकर्मीहरूसित सर-सल्लाह गरेमा उपायहरू एक पछि अर्को सजिलै सँग आउने सम्भावना धेरै छ। म भविष्यमा पनि वरिपरिको व्यक्तिहरू सँगको कुराकानीलाई महत्त्व दिई, त्यसबाट सिकेको सीपलाई व्यवहारमा उपयोग गर्दै ग्राहकहरूलाई योगदान दिन चाहन्छु।
टोक्योसितको भेटघाट, त्यस पछिको नौलो चुनौती
पहिलो पल्ट जापानी संस्कृतिसित संसर्गमा आएको भनेको म 10 वर्षको बेला हो। जापानमा नाम कमाएको जिबरी एनिमेसन “टोनारिनो टोटोरो” नामको सिनेमा हेरेको कारणले हो। त्यो बाहेक पनि म्यानमारमा जापान गएर आएका सहकर्मीहरू थिए। उनीहरू बाट पनि समय समयमा जापानको बारे कुराहरू सुन्न पायो। जापान गएर चुनौतीको सामना गर्ने भित्री मनबाट सोच्न थालेको, म्यानमारमा IT को विषय पढ्न थालेदेखि हो। शुरु गरेपछि त्यसलाई राम्रोसँग पुरा गर्ने मेरो स्वभाव भएकोले IT को ज्ञान पुरा हासिल गर्न अत्याधुनिक प्रविधिको क्षमता भएको जापान गएर सिक्न जाने निधो गरें। भाग्यले साथ दिएर, सिजुओका प्रान्तमा IT पढ्न मिल्यो। त्यहाँ हरेक विद्यार्थीहरूलाई एउटा एउटा छुट्टा छुट्टै कम्प्युटर बाँड्ने इत्यादि गरियो। म्यानमारको अध्ययन वातावरण भन्दा फरक देखेर मलाई आश्चर्य लाग्थ्यो। यो ठूलो फल प्राप्ति हुने काम हो भनि सोचेर अध्ययन गरेर आएँ।
सिजुओका प्रान्तमा IT विषय अध्ययन गरिराखेको बेला, क्रमशः जापानमै IT सित सम्बन्धित सीपमा लाग्ने सोच प्रफुल्लित भयो। त्यसपछि काम खोज्ने सिलसिलामा IT क्षेत्रको भित्रपनि धेरै छनौट गर्ने कुराहरू भएको टोक्योमा चुनौती गर्नु आफ्नो भविष्यको लागि काम लाग्ने कुरा हो भनेर सोचि टोक्यो जाने निधो गरें। त्यस मध्ये विच्च टेक्नोलोजि कम्पनी सित सम्बन्ध भएर, त्यहाँ काममा लागेदेखि छिटै आफ्नो सपना साकार होला जस्तो महसुस गरेको छु। विच्च कम्पनीका कर्मचारीहरू देखि लिएर टोक्योका मानिसहरू समेत समय तथा शिष्टाचारलाई पालना गर्नुमा ध्यान दिने, व्यस्त समय खाली समयलाई हेरफेर गर्ने कुरामा सिपालु भएको, धेरै नै सूक्ष्म कुराहरूमा ध्यान पुर्याउन सक्ने जस्तो लाग्छ। टोक्योमा काम गर्दा सिकेको जापानी संस्कृति र शिष्टाचारको अलावा, म्यानमार नागरिकको रूपमा भएको क्षमतालाई उपयोगमा ल्याएर, भविष्यमा जापान म्यानमार बीच पुलको भुमिका खेल्न सक्ने व्यक्ति बन्न चाहन्छु।
टोक्योमा अहिलेसम्म नभएको सहकर्मीहरू सित भेटघाट गरौँ।
टोक्योमा धेरै “भेटघाट” को अवसरहरू छन् । खालि साधारण व्यक्ति बीचको भेटघाट मात्र नभई, विभिन्न पसल, शोख, सूचनाहरूसितको भेटघाट हुने धेरै मौका छन्। उदाहरणको लागि फेसन| टोक्योमा फेसन शोख भएका व्यक्तिहरू थुप्रै छन्। त्यसैले फेसन प्रति अलि बढी सचेत भएर आएँ। खास गरेर विशेष किसिमको बुनाइको पसल अहिले धेरै चलन चल्तिमा आइरहेको छ। छुट्टिको दिन या कामपछि नटुटाइकन जाने गर्छु। शोखको अलावा टोक्योको चहलपहल भएको ठाउँ पनि धेरै मन पर्छ। टोक्योमा मनमोहक सांस्कृतिक कार्यक्रमहरू थुप्रै हुन्छन्। समय मिलाएर धेरैजसो सहभागी हुने गरेको छु। विशेष गरेर म्यानमारसित जोडिएको कुनै कार्यक्रम भएमा निश्चित रुपमा आफ्नो अनुहार देखाउने गरेको छु। आफ्नो देशको याद त आउने नै भयो। तर यहाँ पनि थुप्रै “भेटघाट” हरू छन् ।
जापानमा काममा लागेका म्यानमार नागरिक सहकर्मीहरूसितको भेटघाट पनि एक हो र अर्को, म्यानमार बारे जिज्ञासा राख्ने जापानीहरूसित पनि धेरै कुराकानी गर्न सक्ने, आफ्नो मातृभूमि प्रतिको जिज्ञासा व्यापक देखिएकोले मलाइ गौरव महसुस हुन्छ। मेरो टोक्योको जीवनयापन मार्फत, मेरो मातृभूमिको आकर्षक कुराहरू सक्दो धेरै प्रचार प्रसार गर्दै जाने मेरो सोच छ। जस्तै, विशेष दक्षता भएको होम पेजको निर्माण गरि म्यानमारको संस्कृतिलाई चिनाउने आदि सक्दो धेरै टोक्योको मानिसहरूलाई, त्यस्ता आकर्षक कुराहरू चिनाउन सकोस्| म्यानमार छोडेर आएको बेला, चिन्ता पनि धेरै लागेको थियो। तर अहिले मिलनसार स्वभावको सहकर्मीहरूबाट घेरिएर, दोस्रो परिवारसित बिताइरहेको जस्तो महसुस भइरहेको छ। भविष्यमा पनि टोक्योमा हुने “भेटघाट”लाई जोड दिएर, आफूमा साथै आफ्नो मातृभूमिमा लुकिराखेको थप आकर्षक कुराहरूलाई खोजि गर्दै जाने मेरो इच्छा छ।