-
10बर्ष
जापानी कार्टुन हेरेपछि त्यसमा भएका संवेदनशीलता र गहिराईबाट प्रभावित भएँ। मलाई जापानबारे अझ धेरै थाह पाउन अनि त्यहाँ जान मन लाग्यो। -
14बर्ष
ताइवान र जापानबीचको बास्केटबल खेल हेरेपछि म एउटा जापानी खेलाडीको फ्यान भएँ।
ती खेलाडीलाई मन पराउने अरू मानिसहरू भेट्टाउन मैले इन्टरनेट मेसेज बोर्ड सुरु गरेँ। यसले गर्दा मेरो कम्प्युटर सम्बन्धी ज्ञान बढ्यो। -
17बर्ष
म 21 वर्षको हुँदासम्म ताइवानको विश्वविद्यालय गएँ। विश्वविद्यालयमा लेखाको विषय लिएर पढेँ। मेरा आमाबुबा दुवै जना अकाउन्टेन्ट भएकोले मलाई पहिल्यैदेखि हिसाब मन पर्थ्यो। -
22बर्ष
म पढ्नको लागि जापान आएँ। प्राविधिक स्कुलमा मलाई मन पर्ने IT विषय लिएर भर्ना भएँ।
जापानको प्रविधि धेरै अघि बढेकोले मैले धेरै मेहनत गरेर प्रोग्रामिङ पढेँ र त्यसले मलाई IT पेसेवर बन्न मदत गऱ्यो। -
23बर्ष
मैले आफै जापानी भाषा पढेर एक वर्षमा निपुणता हासिल गरेँ। म प्रायः जापानी मानिसहरू धेरै भएको ठाउँमा जाने गर्थेँ अनि तिनीहरूसँग कुराकानी गरिरहन्थेँ। मेरा जापानी साथीहरूको प्रोत्साहनदायी चिठीहरूले मेरो मन छोएको कुरा मलाई अझै याद छ। -
27बर्ष
स्नातक गर्नेबित्तिकै मैले सेकाइ ल्याबमा काम सुरु गरेँ। एकदमै राम्रा सहकर्मीहरूसँग मिलेर ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रधान गर्छौँ।
मेरो सपना भनेको टोक्योका धेरै मानिसको मुहारमा मुस्कान ल्याउनु हो
सुरुमा रमाइलो गर्नको लागि टोक्यो आउनुहोस्। अवश्य, कुनै कुरामा तपाईँ अलमल्लमा पर्नुहोला तर यहाँका मानिसहरूको हययोगी व्यवहार आफैले अनुभव गरेपछि भने तपाईँको सबै चिन्ता तुरुन्तै हराउँछ। सुरुमा मलाई पनि चिन्ता लागेको थियो तर अहिले विभिन्न किसिमका मानिसहरूसित भेटघाट गरेर फरक-फरक वातावरणमा समय बिताउँदै आउँदा मैले हरेक दिन प्रेरणादायी जीवन बिताउन पाएको छु। मेरो सपना भनेको धेरैभन्दा धेरै मानिसको मुहारमा मुस्कान ल्याउनु हो। म टोक्योका आफ्ना एकदमै राम्रा साथीहरूसितै मिलेर यो सपना पूरा गर्न चाहन्छु।
टोक्योमा म ग्राहकहरूबाट सिक्दै हरेक दिन कम्पनीमा काम गर्ने एक वयस्कको रूपमा अघि बढ्दै छु
वेब डाइरेक्टरको रूपमा म सेल्स टिमलाई सघाउने काम गर्दै छु। हाम्रा ग्राहकहरूको मन छुने वेब सेवा दिनु मेरो लक्ष्य हो। बिजनेस मिटिङको दिन नजिकिँदै जाँदा म अन्तिम ट्रेन नआएसम्म प्रस्तावना पत्र तयार गरेर बस्छु। राम्रो प्रस्तावना बनाउन ग्राहकहरूसित खुलस्त कुराकानी गर्नुपर्छ। अनि पूर्ण रूपले तयारी गरेको आकर्षक प्रस्तावना बनाउन टिमले मिलेर काम गर्नुपर्छ। साथै ग्राहकको भरोसा जित्न तिनीहरूले दिएको सानो-सानो माग पनि निष्कपट भई समावेश गर्नुपर्छ। कहिलेकाहीँ ग्राहकहरू रिसाएर हाम्रो प्रस्तावना रोचक छैन भन्छन्।
मैले धेरै मेहनत गरेर तयार पारेको प्रस्तावनाको कदर नगरेको देख्दा म निराश हुन्छु। तर म त्यसलाई अझै उन्नति गर्ने र केही कुराहरू सुधार्ने मौकाको रूपमा लिन्छु। समय लगाएर भए पनि ग्राहकहरूको आवश्यकताअनुसार प्रस्तावना तयार पाऱ्यौँ भने तिनीहरूले हाम्रो कदर गर्नेछन्। अहिले मैले बटुल्दै गरेको अनुभवहरूले "नयाँ परियोजनामा लिडर बन्ने" मेरो लक्ष्यसम्म पुग्न मलाई मदत गर्नेछ भन्ने कुरा मनमा राख्दै दिनदिनै धेरै मेहनत गर्दै छु।
टोक्योका मेरा सहकर्मीहरू सबै एक से एक छन्
जापान र टोक्यो भन्नु लगभग एउटै कुरा हो। यहाँ तपाईँ विभिन्न किसिमका मानिसहरू र मिल्ने साथीहरू भेट्टाउन सक्नुहुन्छ। मेरा सहकर्मीहरू पश्चिमी र एसियाली देशहरूबाट आएका छन्। विभिन्न संस्कृतिका मानिसहरू भएकोले कहिलेकाहीँ म अलमल्लमा पर्छु तर त्योभन्दा बढ्ता धेरै कुरा उनीहरूबाट सिकेको छु। उदाहरणको लागि, मेरा एक जना अमेरिकी सहकर्मी छन्, जो काम गर्ने दिन पूरै काम गर्छन् र बिदाको दिन अफिसको काम गर्दै गर्दैनन्। उनी आफ्नो काम सिद्धयाउने मिति आफै तोक्छन् अनि सधैँ समयमै काम गर्छन्। मलाई यो एकदम राम्रो कुरा हो जस्तो लाग्छ।
मेरा ती अमेरिकी सहकर्मीलगायत अफिसमा सबै जना एकदमै मिलनसार, कुनै कुरा ढाकछोप नगर्ने र खुलेर कुरा गर्ने खालका छन्। सहकर्मीहरूसित राम्रो सम्बन्ध बनाउन एकअर्कासित इमानदार भई खुलस्त कुराकानी गर्नु धेरै महत्त्वपूर्ण छ जस्तो मलाई लाग्छ। हामी एउटै देशका नभए पनि संस्थाको उन्नतिको लागि एउटै विचारधारा राखेर हिँड्नुपर्छ। व्यक्तिगत उपलब्धिमा मात्र ध्यान दिनुको सट्टा वरपरका मानिसहरू र पूरै कम्पनीको उन्नतिमा ध्यान दिनुपर्छ भनेर मैले टोक्योमा सिकेँ, जुन धारणा मेरो सम्पत्ति हो।
टोक्योमा निरन्तर कोसिस गर्नु र भेटघाट गर्नु अहिले मेरो लागि अपरिहार्य छ
जुनियर हाई स्कुलमा हुँदा म जापानी कार्टुनहरू हेर्थेँ र त्यसमा एक-एक कुराको राम्ररी चित्रण गरिएको संवेदनशीलता देखेर छक्क पर्थेँ। मलाई जापानमा बुद्धिमान् मानिसहरू धेरै छन् अनि यो प्रविधि र आइडियामा पनि धेरै अघि बढेको देश हो जस्तो लाग्थ्यो। जापानको बास्केटबलको राष्ट्रिय टिमको एक महिला खेलाडी मलाई धेरै मन पर्थ्यो। ती खेलाडीका अरू फ्यानहरू खोज्न मैले इन्टरनेट चलाउन थालेँ। त्यसबेलादेखि वेब डेभलपमेन्टमा मेरो रुचि बढ्यो र जापानमा प्रविधि निकै अघि बढेकोले मैले यहाँ आएर काम गर्न आफैलाई चुनौती दिएँ। हुनत म यहाँको स्थानीय विश्वविद्यालयमा गएँ तर म सधैँ फरक-फरक वातावरणमा काम गर्न र अझ प्रेरित ठाउँमा आफ्नो सिप तिखार्न चाहन्थेँ। स्नातक गरेपछि मैले नअलमलीकन जापान जाने निर्णय गरेँ।
आफ्नो सपना पूरा गर्न एसियाको सबैभन्दा अघि बढेको देश जापान रोजेर मैले उत्तम निर्णय गरेँ जस्तो लाग्छ। जापानको राजधानी टोक्यो हो, जहाँ विभिन्न ठाउँबाट आएका बुद्धिमान् मानिसहरू भेला हुन्छन्। म पछाडि नफर्की टोक्योमा आइहालेँ। म भाषा सिक्न स्कुल गइनँ बरु धेरै जापानी मानिसहरूसित कुराकानी गरेँ। मैले बोल्दा धेरै गल्तीहरू गरे तापनि सफलतासाथ जापानी भाषा बोल्न सिकेँ। मैले भाषा सिकेको तरिका लाज लाग्दो हुन सक्छ तर टोक्योमा तपाईँ जत्ति मेहनत गर्नुहुन्छ, त्यत्ति नै आफ्नो मेहनतको फल पाउनुहुन्छ अनि उन्नति गर्दै जानुहुन्छ। अनि त्यहाँका मानिसहरूले पनि तपाईँलाई साथ दिनेछन्। टोक्योमा आफ्नो सपना साकार गर्ने र यो सहरको लागि केही गर्ने पालो मेरो हो।
टोक्यो धेरै साथीहरू र हँसिलो मुहारले भरिएको ठाउँ हो
कामपछि म अमेरिकी, जर्मनी र जापानी सहकर्मीहरूसित पिउन जान्छु। यो मेरो विशेष चलन हो अनि हामी सबै जना जापानी भाषामा कुराकानी गर्छौँ। सबै जनालाई इजाकायामा कुखुराको भुटेको मासु र तामागोयाकि (जापानी तरिकाको अमलेट) मन पर्छ। टोक्योमा फरक-फरक संस्कृतिका मानिसहरू आपसमा अन्तरक्रिया गरेको देख्दा कहिलेकाहीँ मलाई अनौठो लाग्छ तर यो टोक्योमै भएकोले अनुभव गर्न सकिने एकदम राम्रो र विशेष कुरा हो। साँच्चै टोक्योलाई "अन्तर्राष्ट्रिय" सहर भन्न मिल्छ। साथीहरूसँग समय बिताउनबाहेक मलाई घरमै बसेर टिभी हेर्न धेरै मन पर्छ। मलाई नाटक र कार्टुन हर्न पनि मन पर्छ। साथै हालसालै "शोउतेन" नामको कमेडी कार्यक्रम मन पर्न थालेको छ। जापानीहरूलाई शब्दको खेल खेल्न धेरै मन पर्छ। यसरी संवेदनशील अभिव्यक्तिहरू चलाएर मानिसहरूलाई हँसाउनु एकदम राम्रो हो जस्तो मलाई लाग्छ।
कहिलेकाहीँ शब्दको पछाडि गहिरो अनि लुकेको अर्थ हुन्छ अनि त्यो थाह पाउँदा म सधैँ प्रभावित हुन्छु। टोक्योका अधिकांश मानिसहरू काममा व्यस्त छन्, त्यसैले म तिनीहरूको मुहारमा मुस्कान हेर्न चाहन्छु। म शब्दहरू चलाएर तिनीहरूको मुहारमा मुस्कान ल्याउन सक्ने मान्छे हुन चाहन्छु। भाषाले मात्र होइन मलाई जापानीहरूको दयालु व्यवहारले पनि प्रभाव पारेको छ। जापानमा बाटो काट्ने ठाउँमा चालकहरूले आफै गाडी रोक्छन्। यो कुरा ताइवान वा एसियाका अरू कुनै देशमा देख्न पाइँदैन। यो व्यस्त सहरमा विविधता अनि जापानको राम्रो परम्परागत पक्ष देख्न पाउँदा यसले मेरो जीवनमा ठूलो सकारात्मक असर पार्छ भन्ने कुरामा म विश्वस्त छु।