Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

OUR VOICE

Chacko Jacob(status)

Chacko Jacob

MY TOKYO STORY

  • 21बर्ष

    भारतको विश्वविद्यालयबाट लेखाशास्त्रमा स्नातक तहको शिक्षा प्राप्त गरी, अमेरिकाको एक प्रमुख सेकुरिटी कम्पनीमा काम गर्न थालें।
  • 23बर्ष

    अमेरिकाको सेकुरिटी कम्पनीमा दुई वर्ष काम गरिसकेपछि सिङ्गापुरको विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तहको शिक्षा हासिल गरें।
  • 25बर्ष

    स्नातकोत्तर तहको पढाई सकाएपछि, युजाबेस कम्पनीको बारेमा साथीमार्फत थाहा पाए। यो कम्पनीमा राम्रो भविष्य देख्नुका साथै आफ्नो व्यक्तिगत वृद्धिको सम्भावना समेत महसुस गरें। जापानमा काम गर्ने इच्छा पनि भएकोले मैले यस युजाबेस कम्पनीमा काम गर्ने निर्णय गरेको हुँ।

सन्देश

न्यानो हृदय र रमाइलोपनले भरिएको एकदम बस्न सजिलो ठाउँ हो टोक्यो।

Chacko Jacob message

टोक्यो अत्यन्त सुविधाजनक ठाउँ हो जहाँ जे पनि सजिलैसँग पाइन्छ। यहाँका धेरै जसो मानिसहरूले अंग्रेजी बोल्ने भएकाले विदेशीको लागि दैनिक जीवन बिताउन त्यति गाह्रो छैन। सामान्यतया यहाँका मानिसहरू धेरै भलाद्मी र मिलनसार हुने भएकोले कुनै कुराको चिन्ता लिनु पर्दैन। पहिला एक चोटि टोक्यो आई बसि हेर्नुहोस्। यहाँका मानिसहरूदेखि यहाँको प्रेरणादायि काम, खाना, प्रकृति र अन्य धेरै आकर्षणहरूले भरिएको आनन्दमय ठाउँ हो टोक्यो। तपाईंहरू पनि टोक्योमा कामको चुनौति गरेर हेर्नुहोस्।

विश्व र टोक्यो जोडि सेवाग्राहीमा प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउने कार्यभार सम्हाल्छु।

Chacko Jacob Job description

हाल म 'SPEEDA' नामक कर्पोरेट र उद्योग विश्लेषणको अनलाइन सूचना प्रविधिक प्लेटफर्मको सेवा सुधार गर्ने काममा संलग्न छु। सिङ्गापुर, हङकङ जस्ता अन्तर्राष्ट्रिय सेवाग्राहीहरूको प्रतिक्रियाहरूबाट उहाँहरूलाई परेको समस्याहरू र त्यसका समाधानहरू प्राविधिक टोलीलाई बुझाउने गरेको छु। सेवाग्राहीहरूलाई थप प्रभावकारी सेवा उपलब्ध गराउन, सेवाग्राहीहरूको आवश्यकताको विस्तृत जानकारी लिई माग अनुरूपको नयाँ सुविधाहरू थपी गुणस्तर सुधारमा हर सम्भव योगदान पुर्याउन निरन्तर लागिपरेको छु।
सेवामा गरिने सानो परिवर्तनले पनि सेवाग्राहीलाई प्रभावकारी फाइदा गराई ठूलो छाप छोड्ने भएकोले साना कुरालाई पनि ध्यानमा राखि काम गर्ने गरेको छु। युजाबेस कम्पनी भविष्यमा अझै विस्तारित हुने कुरामा म विश्वस्त छु। त्यसैले, यस कम्पनीमा काम गर्नको लागि पाँच र दस वर्षका छुट्टा छुट्टै लक्ष्यहरू बनाएको छु।
मुख्य कार्यालय टोक्योमा भएको कारण नयाँ चुनौतीहरूको सामना गर्ने मौका काममा प्रशस्त मिल्छ। त्यसैले, पहिलो पाँच वर्ष नयाँ सेवाग्राहीहरू बढाउने र कम्पनीको विकासको लागि नयाँ परियोजनाहरू बनाउने कुरामा आफ्नो दायित्व पूरा गर्ने लक्ष्य लिएको छु। त्यसपछिको दस वर्ष, अरू देशमा कम्पनीको नयाँ शाखा स्थापना गर्ने इच्छा छ। त्यस देशमा यस कम्पनीको स्थानीय व्यवस्थापक बनी कम्पनीको विश्वव्यापी विस्तारमा योगदान पुर्याउन चाहन्छु।

जिम्मेवारीको दायित्व प्रति प्रतिबद्ध रहने यहाँका व्यापार व्यवसायीहरूबाट म धेरै नै प्रेरित छु।

Chacko Jacob Attractive to work in Tokyo

मेरो बिचारमा टोक्योमा मेहनती र प्रतिभाशाली व्यक्तिहरू धेरै छन्। अन्य देशहरूको तुलनामा यहाँका हरेक व्यक्ति आफ्नो उत्तरदायित्व प्रति दृढ प्रतिबद्ध भएर काम गर्ने कुरा यहाँ आएर काम गर्न थालेपछि महसुस गरेको छु। सबैले आफ्नो कामप्रति जिम्मेवारीत्व देखाई लगनशीलताका साथ काम गरेको देख्दा काम गर्न प्रेरणा मिल्छ। साथै, म काम गर्ने कम्पनीले पनि नयाँ चुनौतीहरूको सामना गर्ने धेरै अवसरहरू प्रदान गरेकोले काम गर्दै धेरै नयाँ कुराहरू सिक्ने मौका मिली धेरै हौसला पाएको छु।
जापान आउनु अगाडी जापानमा दिनको धेरै घण्टा काम गर्नुपर्छ होला भन्ने डर थियो। तर त्यस्तो रहेनछ। कामपछि आफ्नो लागि प्रशस्त समय रहन्छ, जुन समय म पकाउन, पढ्न, चलचित्र हेर्नमा बिताउँछु। काम र व्यक्तिगत कुराको लागि आफूलाई समय दिन सकेकोमा म सन्तोष छु। साथै, अफिसकाहरू पनि सबै एक अर्कासँग एकदमै मिल्छन्। मेरो पनि मन मिल्ने साथीहरू धेरै छन्। सबैजना धेरै मिलनसार भएकोले काम बाहेक व्यक्तिगतरूपमा पनि सम्बन्ध राखी धेरै रमाइलो गर्छौं। कम्पनीको फुटसल टिममा भाग लिई गोलकीपरको रूपमा खेल्छु। काम गर्ने ठाउँमा काम बाहेकको कुरामा पनि रमाउन पाएकोमा म धेरै खुसी छु।

मैले अर्थशास्त्रबाट सिधै सूचना प्रविधिक प्लेटफार्मको क्षेत्रमा हाम फालेको हुँ।

Chacko Jacob Background and up to work in Tokyo

मेरो हजुरबुबा पहिला केहि समयको लागि जापानमा बस्नुभएको थियो। जसले गर्दा जापान प्रति लगाब हुन पुग्यो। तर, जापान आउने मौका चाहिँ म काम गर्ने युजाबेस कम्पनीले मलाई दियो। भारतको विश्वविद्यालयबाट लेखाशास्त्रमा स्नातक तहको पढाई सकाएर अमेरिकाको एक प्रमुख सेकुरिटी कम्पनीमा काम गरेको थिए। त्यसपछि, अर्थशास्त्रमा स्नातकोत्तर तहको शिक्षा लिन सिङ्गापुरको विश्वविद्यालयमा गए। अध्ययन पश्चात मेरो आफ्नो अनुभव र ज्ञानको उपयोग गर्न सक्ने क्षेत्र भएर पनि होला व्यापार व्यवसाय सन्चालनमा सहायता पुर्याउने सुचना प्लेटफार्मको क्षेत्रमा मेरो रूचि बढ्न थाल्यो। जागिर खोज्ने सिलसिलामा युजाबेस कम्पनीको सिङ्गापुर शाखामा कार्यरत विद्यार्थी बेलाको मेरो साथीबाट यस कम्पनीको बारेमा जानकारी लिन पाएँ।
उहाँको कुराबाट राम्रो भविष्य भएको कम्पनी र आफ्नो व्यक्तिगत विकासको सम्भावना समेत हुने कुरामा विश्वस्त भएँ। साथै, आफूले गर्न चाहेको जस्तो सुचना प्रविधिक प्लेटफार्म क्षेत्रको काम पनि भएकोले टोक्यो मुख्य कार्यालयमा काम गर्ने निर्णय गरें।
माथि पनि उल्लेख गरेको थिएँ, मेरो हजुरबुबा पनि सरकारी कृषि योजनाबाट पहिला जापानमा बस्नुभएको थियो। भाग्यको खेल हो जस्तो लाग्छ।
युजाबेस कम्पनीमा काम गर्न सुरू गरेपछि, टोक्योमा काम गर्नु भनेको आफ्नो भविष्यको प्रगति मात्र नभई, जापानका मानिस, भाषा र संस्कृति मार्फत नयाँ कुराहरू पनि सिक्नु हो रहेछ। युजाबेस कम्पनीसँग जोडिएपछि, एक महिना जापानी भाषा स्कूलमा भाषा सिकेँ। भविष्यमा पनि टोक्योमा कार्यरत रहुन्जेल, आफ्नो सीप विकास त छँदैछ, जापानी भाषाको क्षमतामा सुधार पनि गर्न चाहन्छु।

"मानिस, प्रकृति, खाना" आकर्षणहरूले भरिभराउ आनन्दमय टोक्योको जीवनशैली!

Chacko Jacob Attractive to live in Tokyo

टोक्योमा भलाद्मी र न्यानो हृदय भएका मानिसहरू धेरै छन्। सँगै काम गर्ने टोलीका सहकर्मीहरूले म जापान आउँदा पनि मलाई धेरै मद्दत गरे। नयाँ माहौलमा पनि कुनै अप्ठ्याराहरू महसुस गर्न परेन। आनन्दसँग बस्न पाएको छु।
छुट्टीको समयमा यहाँका शहरहरूमा निस्की यहाँको इतिहास र स्थानीय बासिन्दाहरूलाई अझ गहिराइमा बुझ्न कोसिस गर्दछु। साथै, टोक्यो महानगरपालिका भए तापनि अलिकतिको दूरीमा नै प्राकृतिक सुन्दरताले भरिएको ठाउँहरू धरै नै छन्। म पनि सप्ताहन्तमा प्रायः हाईकिंग जाने गरेको छु।
मलाई सबैभन्दा राम्रो लागेको ठाउँ शरद ऋतुको ओकुतामा हो।
शरद ऋतुमा ओकुतामाका रूखहरूका पातहरू राता पहेला रङमा परिवर्तन भई अत्यन्त सुन्दर हुन्छन्। यस पालिको ग्रीष्म ऋतुमा फुजी हिमाल चढ्ने मौका पाएँ। व्यापार व्यवसायको केन्द्र हुँदा हुँदै पनि प्रकृति र पारम्पारिक संस्कृतिलाई जोगाउनु सफल हुनु भनेको टोक्योको विशेषता नै हो। काम गर्दै आफ्नो देशको भन्दा छुट्टै कला संस्कृति, मानिसको रहन सहन र मान्यता बुझ्न पाउनुरोमाञ्चक अनुभव हो जस्तो लाग्छ। मेरा कोही मित्र जापान आउनुभयो भने पक्कै पनि उहाँलाई टोक्योको भित्री शहरको लोकल ठाउँहरूमा लाने छु। किनभने यस्तो ठाउँहरूमा रेस्टुरेन्ट लगायतका थुप्रै स-साना पसलहरू लहरै हुन्छन्। जापानको मौलिक स्वाद भएका खानाहरू निकै सस्तोमा खान पाइने एक पटक जानै पर्ने ठाउँ हो।

BACK