Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

OUR VOICE

Suhyeon Jeong(status)

Suhyeon Jeong

MY TOKYO STORY

  • 10बर्ष

    "ड्र्यागनबल" भन्ने जापानी कार्टुन हेरेपछि जापानी एनिमेसन र मान्गा (कमिक) प्रति मेरो चासो जाग्यो।
  • 15बर्ष

    अङ्ग्रेजी सिक्न एउटी जापानी केटीसित पत्र-मित्र बनेँ। त्यसले मलाई हिरागाना सिक्न उत्प्रेरित गर्‍यो।
  • 27बर्ष

    विश्वविद्यालयबाट स्नातक गरेपछि मैले जापानमा एउटा कोरियाली IT कम्पनीमा रोजगार पाएँ। अब आदर्श मानेको टोक्योमा मेरो जीवन सुरु भयो।
  • 33बर्ष

    मैले अरू दुई वटा कम्पनीमा काम गरेपछि अहिलेको कम्पनीमा जागिर पाएँ।

सन्देश

पढेर मात्र थाह पाउन नसकिने कुराहरू थुप्रै छन्! हामीले पहिला गर्नुपर्ने काम भनेकै टोक्योमा जीवन कस्तो हुन्छ, आफैले अनुभव गर्नु हो।

Suhyeon Jeong message

मलाई लाग्छ, केही मानिसहरू अर्कै देशमा, भिन्नै संस्कृतिमाझ जीवन बिताउने कुरा सोच्दा मात्र पनि आत्तिन्छन्। त्यसैले पहिलो कदम चाल्नै डराउँछन्। जापान आउनुअघि मलाई पनि त्यस्तै लाग्थ्यो। तर टोक्योमा बस्न थालेपछि मैले "यो जापान भन्ने देश, यहाँका मानिसहरू, यहाँको संस्कृति"-बारे धेरै कुराहरू महसुस गर्न सकेँ, जुन कुराहरू किताब र चलचित्रहरूबाट थाह पाउनै सकिँदैन। टोक्योमा बस्न थालेपछि मेरो दृष्टिकोण र विभिन्न सम्भव्यता अझै फराकिलो भएको महसुस गर्छु। टोक्यो आउन अप्ठ्यारो मानिरहनुभएको कसैले यो कुरा पढिरहनुभएको छ भने म तपाईँहरूलाई एकचोटि आएर हेर्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु।

म एउटा IT कम्पनीमा ग्राहकहरूको आवश्यकता पूरा गर्ने खालको सिस्टम बनाउने काम गर्छु।

Suhyeon Jeong Job description

म यस्तो कम्पनीमा काम गर्छु, जहाँ "सेल्सफोर्स" भन्ने ग्राहक व्यवस्थापन सिस्टम प्रयोग गरेर कार्यनीति बनाउनेदेखि लिएर सिस्टम स्थापना गर्ने, निर्माण गर्ने, सञ्चालन गर्ने अनि ग्राहकहरूलाई सबै क्षेत्रमा सपोर्ट गर्ने काम गरिन्छ। सिस्टमसको स्ट्यान्डर्ड कार्यक्षमताका अलावा हामी सिस्टममा ग्राहकको आवश्यकताअनुसार विशेषता र स्क्रिन थप्नेजस्ता कस्टमाइजको काम पनि गर्छौँ। म सिस्टम निर्माणको साथै परामर्श लिने काम पनि गर्छु। अहिले म स्टाफ डिस्प्याच म्यानेजमेन्ट सिस्टममा विशेषताहरू थप्ने काम गर्दै छु, जसमा देशभरि 1 लाखभन्दा धेरै प्रयोगकर्ताहरू छन्। सुरुमा त निकै गाह्रो भएको थियो किनकि मलाई कर्मचारी पठाउने काममा के-के गर्नुपर्छ भनेर केही पनि थाह थिएन।
तर त्यससम्बन्धी केही थाह छैन भने ग्राहकको साँचो आवश्यकता के हो, त्यो पहिचान गर्न सकिँदैन। त्यसैले मैले त्यसबारे इन्टरनेटमा खोजेर पढेँ र कर्मचारी पठाउने काम गर्ने मानिसहरूको कुरा सुनेँ। ग्राहकलाई चाहिने सबै कुरा शब्दमा बयान गरिँदैन। त्यसैले म ती कुराहरूमा गहिरिएर उहाँहरूसित छलफल गरी उपयुक्त प्रस्ताव राख्न प्रयास गर्दै छु।

यस कम्पनीमा फरक-फरक देशबाट आएका कर्मचारीहरूबाट हरेक दिन नयाँ कुराहरू सिक्न पाइरहेको छु।

Suhyeon Jeong Attractive to work in Tokyo

संसारको विभिन्न ठाउँका मानिसहरू टोक्योमा काम गर्न आउँछन्। त्यसैले अन्तर्राष्ट्रिय वातावरणमा काम गर्न पाउनु आकर्षक कुरा हो। म जापानमा बस्न थालेको सात वर्ष भयो र जापानी मानिसहरूसितै काम गर्ने बानी परिसक्यो। तर मलाई मानिसहरूबाट नयाँ कुराहरू सिक्न पाउँदा खुसी लाग्छ। जस्तै, अरू देशका मानिसहरूसित कुराकानी गर्दा उनीहरूको विचार अनि काम गर्ने तरिका जान्न पाएर खुसी लाग्छ। मैले काम गर्ने ठाउँ टोक्योको स्टेसननजिकै छ अनि त्यहाँ हरेक दिन विभिन्न कार्यक्रमहरू भइरहन्छन् उदाहरणको लागि, एकचोटि सँगै काम गर्ने साथीहरूसित दिउँसो खाना खान बाहिर निस्कँदा निहोन्बाशी पुलतिर घुम्न गएँ अनि याकाटाबुनेमा (घरजस्तै डुङ्गा) चढ्ने टुरमा सहभागी भयौँ।
पुलबाट हेरिरहेका मानिसहरूसँग एकअर्कालाई हात हल्लाउँदा अनि नदीबाट देखिने सहरको दृश्यबारे बताइने व्याख्या सुन्दा पर्यटकजस्तै रमाइलो गरेपछि काममा फर्क्यौँ। त्यसरी कामबाट सजिलै ब्रेक लिन सक्ने भएकोले म निकै खुसी छु।

जापानी मान्गा (कमिक)-मा पढेको अनि मलाई मन पर्ने सहरमा बस्न अनि काम गर्न पाएकोमा म दङ्ग छु।

Suhyeon Jeong Background and up to work in Tokyo

प्राथमिक स्कुलको विद्यार्थी छँदाखेरि म "ड्र्यागनबल"-मा यत्ति आसक्त भएँ कि मसित त्यसको सबै संस्करणको एक-एक प्रति हुन्थ्यो। त्यसैले मैले "हानायोरिडाङ्गो" जस्तो शोजो मान्गा (केटीहरूको लागि तयार पारिएको कमिक) पढ्न थालेँ। त्यस्ता मान्गाहरूमा छापिएका टोक्योका सहरी दृश्य देखेर म निकै प्रभावित भएँ। त्यसैले एक न एक दिन त म ती हेर्न जान्छु भनेर सोच्न थालेँ।
त्यसपछि मैले अङ्ग्रेजी सिक्न एउटी जापानी केटीसित पत्र-मित्र बनेँ। अनि मैले हिरागाना सिक्न थालेँ किनकि म तिनको नाम अनि साधारण अभिवादन जापानी भाषामै लेख्न चाहन्थेँ। त्यसपछि मैले खासै जापानी भाषा सिकिनँ। तर मलाई जापानमा बनेका दैनिक प्रयोग हुने विभिन्न मनोहर सामानहरू मन परेकोले मैले त्यस्ता केही सेटहरू किनेँ।
मलाई जापानप्रति निकै चासो जाग्यो किनकि त्यहाँ थुप्रै रमाइला चिजबीजहरू बनाइन्छन्। अनि विद्यार्थी छँदादेखि नै मलाई जापान निकै मन पर्थ्यो। त्यसैले विश्वविद्यालयबाट स्नातक गरेपछि काम गर्न टोक्यो जाने निर्णय गरेँ। टोक्योको सहरी दृश्य मैले किताबहरूमा अनि टिभीमा मात्र देखेको थिएँ अनि म ती आफ्नै आँखाले हेर्न अनि त्यहाँ हिँड्न चाहन्थेँ। मैले विश्वविद्यालयमा कम्प्युटर साइन्स लिएर पढेँ। मलाई टोक्यो IT मा निकै अघि बढिसकेको ठाउँ हो जस्तो लाग्थ्यो। त्यसैले करिअर राम्रो बनाउन यो पढाइले मलाई मदत गर्छ जस्तो लाग्यो। मैले टोक्योमा आएर काम गर्ने निर्णय गर्नुको अर्को कारण यो पनि हो।
मैले कोरियाली IT कम्पनीमा काम गरेँ, त्यसपछि जापानी IT कम्पनीमा। अहिले मैले काम गरिरहेको कम्पनी तेस्रो हो। पहिलो चोटि यो कम्पनीमा आउँदा मलाई यहाँको वातावरण निकै मन पऱ्यो अनि मैले यहाँ "कम्पनी, कामदारहरू, ग्राहकहरू अनि प्रविधि"-प्रतिको स्नेह कत्ति गहिरो रहेछ भनेर देखेँ। त्यसैले मैले यस कम्पनीमा सर्ने निर्णय गरेँ।

टोक्योका मानिसहरू मिलनसार हुँदैनन् भन्ने मेरो साचाइ पूरै परिवर्तन भयो!

Suhyeon Jeong Attractive to live in Tokyo

टोक्यो आउनुअघि मलाई यहाँका मानिसहरू मिलनसार हुँदैनन् अनि अरूको वास्तै गर्दैनन् जस्तो लाग्थ्यो। म लजालु स्वभावको थिएँ। त्यसैले यहाँ घुलमिल हुन सक्छु कि सक्दिनँ होला जस्तो लागिरहेको थियो। तर यहाँ बस्न थालिसकेपछि टोक्योका धेरैजसो मानिसहरू दयालु छन् अनि न्यानो व्यवहार गर्छन् जस्तो लाग्न थाल्यो। एकचोटिको कुरा हो, रेल चढेर घर फर्कँदै गर्दा मलाई अचानक सन्चो भएन। अर्को स्टेसनमा रेलबाट झरेर एउटा लामो मेचमा सुतिरहेको बेलामा धेरै मानिसहरूले मसित कुरा गरेँ। अनि केहीले मेरो लागि नजिकैको मेसिनबाट पानी किनेर ल्याइदिए र स्टेसनको कर्मचारीलाई पनि बोलाइदिए। त्यतिबेला मलाई सन्चो नभएकोले बोल्न पनि सकिरहेको थिइनँ। तर टोक्योका मानिसहरूले गरेको दयालु व्यवहारले मेरो मन छोयो अनि आँखाबाट आँसु झऱ्यो।
त्यसबेलाको कुरा सोच्दा म कृतज्ञताले ओतप्रोत हुन्छु। सुरुमा त म विदेशमा एक्लै जीवन बिताउने कुरा सोचेर अलि चिन्तित थिएँ र मेरो काम गर्ने ठाउँबाहेकका मानिसहरूलाई पनि साथी बनाउन चाहन्थेँ, त्यसैले अरूसित एउटै घरमा बस्छु। यहाँ मैले धेरै साथीहरू बनाएर निकै रमाइलो महसुस गरिरहेको छु। सँगै खाना बनाएर खाने गर्छु अनि साथीहरूको साथले म टोक्योमा रमाइलो गर्दै जीवन बिताउन सकिरहेको छु।

कम्पनी अन्तर्वार्ता

व्यावसायिक सेवा व्यवस्थापक, टेक्निकल आर्किटेक्ट हिरोकी सातो

काम गर्न उत्साहित थुप्रै मानिसहरू टोक्यो आउनेछन् अनि यहाँ सक्रिय भूमिका निभाएर काम गर्नेछन् भन्ने म आशा गर्छु।

Suhyeon Jeong Corporate Message

कामको लागि अन्तरवार्ता लिने क्रममा थुप्रै मानिसहरूसित भेट हुन्छ। मलाई लाग्छ, थुप्रै विदेशीहरूको कामप्रतिको दृष्टिकोण निकै राम्रो हुन्छ अनि उनीहरूमध्ये विशिष्ट प्राविधिक क्षमतामा एकदमै उच्चस्तरमा दक्ष भएकाहरू पनि धेरै छन्। थोरै मात्र अनुभव भएका जवानहरू पनि निकै उत्सुकताका साथ काम गर्न खोज्छन्। उनीहरूको अन्तरवार्ता लिँदा म आफै सधैँ निकै प्रोत्साहित हुन्छु। मैले काम गर्ने विभागका आधाजति व्यक्तिहरू विदेशी हुन्। यो अन्तर्राष्ट्रिय टिम हो, जसमा ११ वटा देशका मानिसहरू काम गर्छन्। हुनत हामीले विदेशीहरूलाई मात्र रोजेर काम दिएको त होइन तर हामी अनुभव, काम गर्ने उत्साह अनि मान्छेको स्वभावलाई ध्यान दिएर छनौट गरेपछि विदेशी कामदारहरूको सङ्ख्या आफसेआफ बढ्यो। हाम्रो कम्पनीका सबै कर्मचारीहरू जापानी संस्कृतिप्रति आकर्षित भएकोले जापान आएका व्यक्तिहरू हुन्।
हामी एकअर्काको सांस्कृतिक भिन्नताको आदर गर्दै आ-आफ्नो क्षमताअनुसार मिलेर काममा केही हासिल गर्ने भन्ने कुरा सधैँ मनमा राख्दै काम गर्छौँ। त्यसैले हामी जोसका साथ काम गर्ने सक्रिय टिम बनेका छौँ। काम गर्न उत्साहित थुप्रै विदेशी नागरिकहरू टोक्यो आउनेछन् अनि यहाँ सक्रिय भएर काम गर्नेछन् भन्ने म आशा गर्छु। यो कुरा पढ्दै गर्नुभएको कसैसित कुनै दिन काम गर्न पाएँ भने म निकै खुसी हुनेछु।

BACK