Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

OUR VOICE

Shining Tseng(status)

Shining Tseng

MY TOKYO STORY

  • 15बर्ष

    म विनिमय छात्राको रूपमा टोक्योको मेजिरो गाकुएन हाई स्कुलमा तीन महिना पढेँ। ताइवानमा धेरै जापानी पर्यटकहरू अनि वर्किङ होलिडे भिसामा बसोबास गर्ने जापानीहरू थिए, त्यसैले जापान घुलमिल हुन सजिलो देश हो जस्तो मलाई लाग्थ्यो।
  • 18बर्ष

    मैले जापानी नाटक टिभी कार्यक्रमहरू हेरेर जापानी भाषा सिकेँ अनि ती कार्यक्रमहरू हेर्दै जाँदा जापान मन पराउन थालेँ र जे-पपमा लग्गु भएँ।
    हाई स्कुलमा छँदा मैले जापानी भाषा लिएर पढेँ अनि आफू अग्रसर भएर सिक्ने बानी विकास गरेँ।
  • 20बर्ष

    अस्ट्रेलियाको विश्वविद्यालयमा पढ्दा मैले जापानसित सम्बन्धित पार्ट-टाइम काम सुरु गरेँ। जापानी पर्यटकहरूको लागि टुर गाइडको काम गरेर व्यवहारिक जापानी भाषा प्रयोग गर्ने क्षमता र दक्षता बढाउन प्रयत्न गरेँ।।
  • 21बर्ष

    मैले विनिमय छात्राको रूपमा एक वर्षको लागि सोफिया विश्वविद्यालयमा पढेँ। त्यहाँ अन्तर्राष्ट्रिय क्लबमा आबद्ध भएर जापानी विद्यार्थीहरूसित पनि अन्तरक्रिया गरेँ।
  • 23बर्ष

    मैले टोक्योमा काम गर्ने निर्णय गरेँ अनि मोबकास्टमा काम गर्न थालेँ। मलाई वैदेशिक व्यवसाय विकास सम्बन्धी कर्मचारीको काम दिइयो।
    मोबकास्ट कम्पनीमा हामी जापानी गेम प्रविधिलाई विदेशसम्म पुऱ्याउँछौँ अनि संसारभरि रमाइलो र उत्साह फैलाउँछौँ।
  • 25बर्ष

    मैले वैदेशिक व्यवसाय विकास शाखामा व्यवस्थापन गर्ने जिम्मा लिएको छु। ताइवान र चीन आदि एसियाली क्षेत्रहरूमा केन्द्रित भएर बिक्री क्रियाकलापहरू गर्दै छु।
    जापानी, चिनियाँ अनि अङ्ग्रेजी भाषा उपयोग गर्दै एसियामा मोबकास्ट ब्रान्डलाई फैलाउँदै छु।

सन्देश

टोक्योका आकर्षणहरू चिन्नुहोस् र थुप्रै साथीहरू भेट्टाउनुहोस्

Shining Tseng message

अहिले जताततै इन्टरनेट चल्ने भएकोले हामी जहाँसुकैको जानकारी प्रशस्तै बटुल्न सक्छौँ। टोक्योप्रति आकर्षित गर्ने कुराहरूबारे थुप्रै जानकारीहरू भेट्टाएर टोक्यो आउनुहोस्। टोक्योमा मात्र गर्न सकिने थुप्रै गतिविधि अनि क्रियाकलापहरू छन्, जसमा सानातिना कुराहरू पनि पर्छन्। त्यसकारण पहिलो कदम चाल्नु नै सबैभन्दा महत्त्वपूर्ण छ जस्तो मलाई लाग्छ। मेरा थुप्रै साथीहरू छन्, तिनीहरू मेरो परिवार जस्तै लाग्छ। टोक्योमा थुप्रै मानिसहरूलाई भेटेर तपाईँको विकासको सम्भावना विस्तार गर्ने कोसिस गरे कसो होला?

म "टोक्योमा बनेको" रमाइला कुराहरूलाई एसियाभरि फैलाउन चाहन्छु

Shining Tseng Job description

मैले यो कम्पनीमा काम सुरु गर्दा कर्मचारीहरूको सङ्ख्या कम थियो। त्यसैले मैले पश्चिमी र एसियाली बजारहरूलाई विस्तृत रूपमा सम्हालेको थिएँ। गेम उद्योगको व्यवसायमा बिक्रीको काम गर्नको लागि गेमहरूको बारेमा मात्र नभई प्रत्येक देशको मार्केटिङ अनि संस्कृति राम्रोसित बुझ्नु जरुरी छ। मलाई लाग्छ, मैले आफ्नो काममार्फत थुप्रै ज्ञान हासिल गरेको छु अनि यो साँच्चै मेरो लागि अर्थपूर्ण र उपयोगी छ। हालै बिक्रीको काम गर्ने कर्मचारीहरू बिस्तारै बढ्दै छन् अनि हामी एउटै टिमले कामहरू बाँडेर गर्ने गर्छौँ ताकि मैले एसियाको बजारमा ध्यान दिन सकुँ। अहिलेको मुख्य लक्ष्य भनेको चीन र ताइवान हो। स्थानीय ग्राहकहरू अनि साझेदारहरूसित सुचारु कुराकानी कायम राख्न महिनामा एक चोटि हामीले व्यवसायको लागि यात्रा गर्नुपर्ने हुन्छ।
भविष्यमा हामी अझै विकसित सञ्चार सुविधा भएका ठाउँहरूमा हाम्रो व्यवसाय फैलाउन चाहन्छौँ। सह-विकास परियोजनाहरूको प्रस्ताव आदि जस्ता बिक्रीको सीमाबाहिरका परियोजनाहरूमा पनि हाम्रो क्रियाकलाप विस्तार गर्न सकेकोमा हामी एकदमै सन्तुष्ट छौँ। हामी संसारभरिका मानिसहरूले गुणस्तरीय गेम खेल्ने अनुभव हासिल गरून् भन्ने चाहन्छौँ। त्यसैको लागि मोबकास्ट भन्ने ब्रान्डलाई एसियाभरि फैलाउन चाहन्छौँ।

टोक्योमा आसै नगरेको नयाँ मानिसहरूसित भेटघाट भएको कारण मैले नयाँ ज्ञान अनि शिक्षा हासिल गर्न सकेको छु

Shining Tseng Attractive to work in Tokyo

टोक्योका धेरैजसो व्यवसायीहरू हर्षित र सकारात्मक छन्। आ-आफ्नो व्यवसायलाई अझ बढाउने एउटै लक्ष्यको लागि तिनीहरू धेरै मेहनत गर्छन्। मोबकास्टमा मसितै काम गर्ने सहकर्मीहरू मप्रति निकै दयालु छन् अनि जुनसुकै उमेरका भए पनि कसैले मसित पराईजस्तो व्यवहार गर्दैनन्। हाम्रो पूरै टिम सँगै मिलेर निकै मेहनत गर्छौँ, त्यसैले म साँच्चै सन्तोषजनक करिअर बनाउन सक्छु जस्तो लाग्छ। टिमका सदस्यहरू विभिन्न देशबाट आएका छन्। जस्तै: युरोप, उत्तर अमेरिका, दक्षिण कोरिया, चीन, हङकङ अनि अन्य देशहरूबाट। अनि तिनीहरूको पृष्ठभूमि फरक-फरक छ। मैले तिनीहरूबाट धेरै कुराहरू सिक्न सकेको छु।
हालै मैले सँगै काम गर्ने दक्षिण कोरियाका एक जना व्यक्तिसित कोरियन भाषा सिक्न थालेको छु। मैले जापानी, चिनियाँ अनि अङ्ग्रेजी भाषामा दक्षता हासिल गरेर हालै मुख्य लक्ष्य चीन र ताइवानको बजारमा केन्द्रित हुने भएकोले म कुनै दिन कोरियन भाषा पनि सिक्न थाल्छु होला भन्ने मलाई लागेकै थिएन। मलाई लाग्छ, टोक्योमा नयाँ मानिसहरूसित भेटघाट भएकोले मैले टिमसितै मिलेर काम गर्ने अनि पहिला कहिल्यै सिक्न नसकेका कुराहरू सिक्ने अवसर पाएको छु।

म हाई स्कुलमा छँदा टोक्योसित मेरो नाता जोडियो।

Shining Tseng Background and up to work in Tokyo

म हाई स्कुलमा छँदादेखि नै टोक्योसित परिचित हुन थालेँ। यस क्रममा जापानी संस्कृतिबारे आफ्नो ज्ञान बढाउँदै लैजान छोटो समय विनिमय छात्राको रूपमा टोक्योमा पढ्न आएको थिएँ। पहिला मलाई टोक्यो ठूलो सहर हो अनि यहाँ अरू देशका थुप्रै मानिसहरू घुम्न आइरहन्छन् जस्तो लाग्थ्यो। यो एकदमै विकसित सहर हो अनि यहाँ नयाँ-नयाँ प्रवृत्ति छिट्टै उपभोग गर्न पाइन्छ जस्तो पनि लाग्थ्यो। फेरि टोक्यो आएर सोफिया विश्वविद्यालयमा पढाइ सुरु गरेपछि मैले टोक्योका थुप्रै दयालु मानिसहरूलाई भेट्ने मौका पाएँ। मजस्ता थुप्रै विदेशी विद्यार्थीहरूलाई साथी बनाएको थिएँ अनि म प्रायः अरूसित अङ्ग्रेजी भाषामा कुराकानी गर्थेँ। तर सबै जना यत्ति दयालु थिए कि मलाई जापानको जीवनशैली मन पर्न थाल्यो। त्यसपछि विश्वविद्यालयको क्लबमा आबद्ध भएर मैले थुप्रै जापानी मानिसहरूसित सङ्गत गर्न थालेँ अनि बिस्तारै मेरो जापानी भाषा प्रगति हुँदै गयो।
मैले 22 वर्षको हुँदा पहिलो चोटि ताइवानको कम्पनीमा जागिर खाएँ। तर मेरो चाहना जापान जाने थियो। त्यसैले मैले ताइवान र जापानबीचको आयातनिर्यातको काम सम्हाल्ने ठाउँमा काम गर्न थालेँ। कामको सिलसिलामा जापान गइरहनुपर्थ्यो। अनि त्यसैबेलातिर मैले टोक्योमा जागिर खानेबारे सोच्न थालेँ। म टोक्योमा जागिर मेलामा सहभागी भएँ अनि थुप्रै जापानी कम्पनीहरूको कर्मचारीको प्रशिक्षण सम्बन्धी कार्यक्रमहरू निकै व्यवस्थित हुँदा रहेछन् भनेर थाह पाएँ। त्यस्तो प्रशिक्षण प्रणालीमा काम गर्दा गर्दै शिक्षा लिन सक्ने हुनाले मलाई त्यो प्रणाली आकर्षक लाग्यो र मैले आफ्नो सीप अझै विकास गर्न सक्छु जस्तो पनि लाग्यो। त्यसपछि मैले जापानमा जागिर खोज्न थालेँ अनि मोबकास्टमा काम पाएँ। अहिले प्रशिक्षण कार्यक्रमबाट जापानीहरूको व्यवसाय गर्ने शैली अनि बिक्री विधिहरू सिक्दै छु अनि यहाँ संसारभरि अन्तर्राष्ट्रिय तवरमा काम गर्न सक्ने व्यवसायीको रूपमा करिअर बनाउन सकिरहेको छु।

टोक्योमा सन्तुष्ट हुँदै जीवन बिताउन अनि दिनदिनै उन्नति गर्न सकिन्छ

Shining Tseng Attractive to live in Tokyo

टोक्योमा बस्दा सप्ताहन्तमा म आफूलाई मन पर्ने कुराहरू केही न केही गरेर सन्तोषजनक तरिकाले समय बिताइरहेको हुन्छु। म ललितकला सङ्ग्रहालयहरू अनि कन्सर्टहरूमा गएर त्यहाँ रमाइलो गर्छु। मलाई बिग ब्याङ् भन्ने के-पप ग्रुप निकै मन पर्छ। त्यसैले म त्यसको कन्सर्ट हेर्न टोक्यो डोम भन्ने बेसबल रङ्गशालामा पनि जाने गर्छु। मलाई क्याफेहरूमा जान पनि निकै मन पर्छ। मलाई जनावरहरू पनि मन पर्छ। त्यसकारण बिरालो क्याफे र उल्लु क्याफे गएर ती जनावरहरूसित खेल्छु। टोक्योमा विभिन्न किसिमको राम्रा खानेकुराहरू पनि पाइन्छ, जसले गर्दा मलाई क्याफेहरू अनि रेस्टुरेन्टहरूमा गएर खान मन पर्छ अनि म आफै मिठाई बनाएर रमाइलो गर्छु। म कुकिङ क्लासमा पकाउने प्रामाणिक सीप तिखार्दै आएकोले अस्ति घरमै केक बनाएँ। त्यो केक आफ्ना सहकर्मीहरूसित बाँडेर खाँदा तिनीहरू एकदमै खुसी भए।
मैले बनाएको केक खाएर कम्पनीका मानिसहरू मुसुक्क हाँसेको देख्दा निकै खुसी लाग्यो। अर्को कुरा भन्नुपर्दा, टोक्योको दैनिक जीवनमा अनुभव गरेको अचम्मलाग्दो कुरा बताउन चाहन्छु। टोक्योमा बसेर सुरु सुरुमा मलाई अलमल्लमा पारेको एउटा कुरा भनेको फोहोर फाल्ने सम्बन्धी नियमहरू थियो। मलाई लाग्छ, फोहोरलाई यत्ति विस्तृत रूपमा किसिमअनुसार छुट्ट्याएर फाल्नुपर्ने नियम बनाएको देश जापानबाहेक अरू कुनै छैन होला। वास्तवमा टोक्योका नियमहरू एकदम कडा छन् अनि ती नियमहरू पालन गर्ने बानी बसाल्न मलाई निकै समय लाग्यो। तर त्यो चलनले मलाई फोहोर छुट्ट्याउनु एकदमै महत्त्वपूर्ण छ भनेर बुझायो। आफू वरपरको वातावरण सफा अनि चिटिक्क भयो भने मात्र आफू वरपरका मानिसहरूसित पनि सजिलोसित व्यवहार गर्न सकिन्छ, होइन र?

कम्पनी अन्तर्वार्ता

कार्यकारी अधिकारी, मानव स्रोत विभाग प्रमुख प्रबन्धक, ताकाया इनोउए

हाम्रो बहुराष्ट्रिय टिमलाई यस वर्षको सर्वोत्कृष्ट टिमको उपाधि दिइयो!

हामी "गुणस्तरीय सेवा दिन चाहन्छौँ, जसले ग्राहकहरूलाई उत्साहित पारोस्।" हाम्रो विकास टिममा उपभोक्ता गेम अनि मोबाइल गेमजस्ता विभिन्न क्षेत्रमा सक्रियतासाथ काम गरेका मानिसहरू छन्। हाम्रो कम्पनीमा आफैले विकास गरेका गेमहरूमा यस्ता पूरै क्षमता अनि अहिलेसम्म हासिल गरेको सबै अनुभव नछुटाईकन प्रयोग गरिएको छ। त्यसैले हामीले गुणस्तरीय खेलहरू निकाल्न सकेका छौँ। "संसारका 7 अरब मानिसहरूलाई रमाइलो होस्" भन्ने नारा राख्दै अर्को वर्ष हाम्रा नयाँ गेमहरू अन्य देशहरूसम्म पुऱ्याउने क्रमलाई गतिशील बनाउन हामी जापानका मात्र होइन, संसारभरका उत्कृष्ट मानिसहरूलाई रोजगार दिन चाहन्छौँ।
वास्तवमा हाम्रो वैदेशिक व्यवसाय प्रवर्द्धन कार्यालयले हाम्रा गेमहरूलाई विदेशमा पुऱ्याउने र विदेशी गेमहरूलाई जापानमा भित्र्याउने काम गर्छ। त्यस कार्यालयमा फरक-फरक देशबाट आएका कर्मचारीहरूले सक्रिय भूमिका निर्वाह गर्छन्। हुनत यो कार्यालय यही वर्ष सुरु भएको हो तैपनि हाम्रो टिमलाई 2015 सालको सर्वोत्कृष्ट टिमको रूपमा छानियो। हामीले भाषाको अवरोधहरू पार गर्दै यस्तो राम्रो नतिजा हासिल गरेको कुराले कम्पनीभित्रका अन्य विभागहरूलाई निकै प्रोत्साहन दिएका छन्। यदि तपाईँ काममा अनि आफ्नो जीवनमा पनि "केही गर्छु" भन्ने इच्छा भएको व्यक्ति हुनुहुन्छ भने टोक्योमा यस्तो वातावरण छ, जहाँ त्यसो गर्न तपाईँले थुप्रै ठाउँहरू भेट्टाउन सक्नुहुन्छ। आउनुहोस्, हामीसँगै टोक्योमा काम गरौँ!

BACK