Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

OUR VOICE

Abdur Rafi(status)

Abdur Rafi

MY TOKYO STORY

  • 20बर्ष

    बंगलादेशको विश्वविद्यालयमा भाषा सिकाउने संस्थाले जुटाई दिनु भएको जापानी भाषा कक्षामा थोरै भाषा पढेँ।
  • 25बर्ष

    जापानमा काम गर्नको लागि, जापानी भाषा सिक्ने कार्यक्रममा जापानी भाषाको अध्ययन गर्न सुरू गरें।
    मोनस्टर ल्याबका अध्यक्षलाई भेटि, विचारमा सहानुभूति देखाउँदै मनोनयन गर्नु भयो।
  • 26बर्ष

    हालको कम्पनीबाट नियुक्ती पाएर कम्पनीमा छिरें। त्यसपछि जापानमा आएँ र टोक्योमा काम गर्न थालेँ।

सन्देश

टोक्योमा अनुभव गर्न पाउने जापानी खाना, जीवन र संस्कृति आदि कुराहरू एकदम रमाइलो लाग्छ।

Abdur Rafi message

टोक्यो बस्नको लागि उत्तम ठाउँ हो। टोक्योमा सार्वजनिक सुविधाहरूको राम्रो व्यवस्था गरिएका छन्। यो ठाउँमा यातायात पनि सुविधाजनक भएको कारणले विदेशीहरूलाई बस्न सजिलो छ। अझ, टोक्योमा अनुभव गर्न पाउने जापानी खाना,जीवन र संस्कृति आदि कुराहरू एकदम रमाइलो लाग्छ। यदि तपाईं जापानी भाषा सिक्नु भयो भने, जापानको बारेमा अझ बढी सिक्न सक्ने र अझ जीवनको मजा लिन सक्नु हुनेछ। त्यसैले अलि अलि गरि भाषाअध्ययन गर्नु हुन सल्लाह दिन्छु। टोक्योमा एक पटक आएर हेर्दा केही फरक हुँदैन (घाटा हुँदैन) जस्तो लाग्छ। टोक्योमा आएर टोक्योको सौन्दर्यताको अनुभव अवश्य गर्नुहोस्।

भविष्यमा, अशक्त बच्चाहरूलाई जीवन बिताउन मद्दत गर्ने एप्लीकेसन र सफ्टवेयर बनाउने व्यक्ति बन्ने लक्ष्य राख्दैछु।

Abdur Rafi Job description

मेरो काम भनेको, कम्पनीको सर्भिस साइटलाई अझ सुधार गर्नु हो। म हाल, HTML,CSS र Java स्क्रिप्टहरू आदिलाई संयोजन गरेर Web पेज बनाउने, फ्रन्ट-एन्ड इञ्जिनियरको भूमिका खेल्नुका साथै सर्भर प्रणाली र डेटाबेसको प्रणालीको विकास र डिजाइन गर्ने आदि ब्याक-एन्ड इन्जिनियरको दुबैको भूमिका खेल्दैछु। सधैँ कम्पनीको व्यापार विस्तारको लागि, राम्रो उत्पादन, सेवा र नयाँ सूत्रहरूको निर्माणको इच्छाका साथ काममा कडा मेहनत गर्छु। काम गाह्रो भएर काम अड्किने अवस्था पनि धेरै थिए। तर सेकाई ल्याबको ग्लोबल पेज पूरा गर्दा धेरै खुशी लाग्यो।
काममा उत्कृष्ट सीनियरहरूबाट नयाँ सीपहरू सिकेर, आफ्नो सीपहरू सुधार्दै काम गर्न सक्ने कुरामा आकर्षणको अनुभव गरें। भविष्यमा, सिस्तमको विकास गर्न र अपरेट गर्न सक्ने फुल स्टक इन्जिनियर बनेर अशक्त बच्चाहरूको जीवनयापनलाई सहज बनाउने एप्लीकेसन र सफ्टवेयरको विकास गर्न चाहन्छु।

काम गर्ने वातावरण राम्रो भएकोले काममा ध्यान केन्द्रित गर्न सक्ने र क्षमतालाई वृद्धि गर्न सक्ने कुरामा आकर्षित भएको अनुभव गर्दैछु।

Abdur Rafi Attractive to work in Tokyo

टोक्यो मेरो लागि आरामपूर्वक कार्य गर्ने वातावरण प्रदान गरि दिने ठाउँ जस्तो लाग्छ। किनभने, सबै भन्दा पहिलो कुरा टोक्योको विकसित यातायात प्रणाली एकदम सुविधाजनक छ। मेरो जन्म स्थान बंगलादेशको राजधानी ढाकामा जहिले पनि निकै ट्राफिक जाम हुने भएर समयमा काममा पुग्न अथवा मान्छेलाई भेट्न धेरै गाह्रो हुन्छ। तर, टोक्योमा ट्रेनहरू धेरै छन् र सडकहरू पनि राम्ररी व्यवस्थित गरिएकाले जहाँ पनि योजना अनुरुप जान सकिन्छ। त्यसैले, समयको प्रभावकारी ढंगले प्रयोग गर्न सकिनुको साथै, काममा बिना थकान जान आउन सकिने भएकोले काममा ध्यान दिन सकिन्छ ।
दोस्रो कारण, टोक्योमा आफ्नो क्षमतालाई वृद्धि विकास गर्न सक्ने वातावरण भएकोले हो। टोक्यो बंगलादेश जस्तो छैन। यहाँ धेरै अनुभवी इन्जिनियरहरू छन्।
म तिनीहरूसँग काम गरेर नयाँ प्रविधिहरू सिक्न सक्छु। साथै, टोक्योमा पुस्तकालयहरू र किताब पसलहरूमा ठूलो संख्यामा प्राविधिक किताबहरू राखिएका छन्। छिटो स्पिडको इन्टरनेटले गर्दा जानकारीहरू प्राप्त गर्न सजिलो छ। त्यसैले आफैले अध्ययन गर्दै आफ्नो ज्ञानलाई वृद्धि गर्ने वातावरण भएको कुरा पनि आकर्षक कुरा हो कस्तो लाग्छ।

मोनस्टर ल्याबका कार्यालय प्रमुखको विचारमा आफ्नो सपनालाई गाभेर, टोक्योमा जागिर खाने निर्णय गरें।

Abdur Rafi Background and up to work in Tokyo

मेरा बुबा ढाकामा जापानी कम्पनीमा काम गर्नु हुन्थ्यो। त्यसैले धेरै काम गर्ने, कामको दायित्व महसुस गर्ने जापानीहरूको काम गर्ने तरिकामा पहिले देखि नै रुचि राख्दै थिएँ। विश्वविद्यालयबाट स्नातक गरेपछि, जापानीहरूको काम गर्ने तरिका बारे सिक्न जापानमा काम गर्न मन लागेर, IT कम्पनीले तयार गरेको जापानी भाषा कक्षामा सामेल भएर जापानी भाषा सिक्न थालेँ।
मैले मोनस्टर ल्याबका कार्यालय प्रमुखले शाखा स्थापना गर्न बंगलादेश भ्रमण गरेको बेलामा टोक्योमा काम गर्ने मौका हात पारेको थिएँ। त्यस समयमा कार्यालय प्रमुखले भर्खरको जवान र प्रतिभाशाली व्यक्ति खोज्दै थिए। बंगलादेशमा, जापानमा काम गर्न चाहेका इन्जिनियरहरू धेरै भएका कारणले, कार्यालय प्रमुखले IT कम्पनीको जापानी भाषा कक्षामा सहभागी भई राखेको, हामीहरुलाई अन्तर्वार्ताको मौका दिनु भयो।
मोनस्टर ल्याबको कार्यालय प्रमुखको कुरा सुनी राखेको बेलामा, कार्यालय प्रमुखको विचारधारा “IT प्रविधि प्रयोग गरेर अशक्त बच्चाहरूलाई मद्दत गर्न चाहन्छु” भन्ने कुरा मेरो भविष्यको सपनासँग मिल्दोजुल्दो थियो।
साझा भावना भएको कार्यालय प्रमुखको अन्तर्गतमा काम गर्ने भनेको, आफ्नो सपनालाई साकार बनाउने ठूलो पाइला हुनेछ जस्तो लाग्छ। फेरी, मोनस्टर ल्याबमा अनुभवी इन्जिनियरहरू धेरै हुनुका साथै चुनौतीको अवसरहरू धेरै दिने कुरा पनि आकर्षक कुरा थियो। मेरो लागि,मोनस्टर ल्याबमा छिरेर जापानमा काम गर्नु भनेको ठूलो चुनौती थियो। तर म आफूलाई विकास गरेर, सपना साकार पार्न चाहन्छु भन्ने दृढका साथ मनोनयन गरें। त्यसपछि म ढुक्क सँग छनौट हुन सफल भई जापानमा आएँ।

म मेरो देशको साथीहरूलाई, निश्चित रूपमा टोक्योको ट्रेनमा चढाउन चाहन्छु !

Abdur Rafi Attractive to live in Tokyo

टोक्योमा आउनु भन्दा पहिले काम राम्ररी गर्न सकिन्छ कि सकिन्न, नयाँ वातावरणमा घुलमिल हुन सकिन्छ कि सकिन्न भनेर एकदम चिन्ता लागेको थियो। तर, वास्तवमा टोक्योमा आएर हेर्दा, टोक्योको सडकमा फोहर नभएको, भवनहरूको भित्र पनि राम्रो सफाई गरिएको, सुन्दर शहर हो जस्तो लाग्यो। साथै जहाँ पनि सजिलै सँग जान सकिने, सुरक्षित र धेरै सुविधाजनक ठाउँ हो जस्तो लाग्यो।
मलाई टोक्योमा सबैभन्दा आकर्षक लागेको कुरा भनेको ट्रेन हो। किनभने, टोक्योको ट्रेनले टोक्यो शहर भित्र मात्र नभई, नजिकैका शहरहरूलाई पनि जोडिएर, विभिन्न ठाउँहरूमा सजिलै सँग जान सकिने भएर हो। बंगलादेशमा अहिलेसम्म ट्रेन छैन। त्यसैले बंगलादेशको साथीहरू जापानमा आउँदा,सबैभन्दा पहिले ट्रेनको अद्भुतताको परिचय दिन चाहन्छु।
साथै, टोक्योमा मेरो मनपर्ने ठाउँहरू धेरै छन्। म प्राय: ट्रेनबाट बाहिर जान्छु। सिबुया र गिन्जामा भएका धेरै फेसनेबल पसलहरू र स्वादिष्ट रेस्टुरेन्टहरू मन पर्छ। चुकिजीमा विभिन्न जापानको माछाहरू र माछाका परिकारहरू हेर्न सक्नुहुन्छ। त्यसैले एकदम रमाइलो लाग्छ। पहिले, कम्पनीको सहकर्मीसँग चुकिजी गएको बेलामा, सुसि बनाउने अनुभव गरें। वास्तवमा सुसिको सामग्री काट्ने, सुसिको भातको आकार बनाउने कुरा मेरो लागि पहिलो अनुभव भई मनमा छाप बसि राखेको छ। फेरी, मलाई प्रकृतिले भरिपूर्ण पार्कहरू भएको मेगुरो र उएनो पनि मन पर्छ। टोक्यो शहरको बावजुद पनि, हरियालीले भरिएका थुप्रै पार्कहरू भएकोले मलाई स्फूर्तिको अनुभूति भयो।

कम्पनी अन्तर्वार्ता

कम्पनी प्रमुख COO ओकुमा काजुयोशी

रफी जी संसारभर फैलिएको शाखाहरूको पुलको रुपमा काम गर्नु हुन्छ भन्ने आशा गर्दछु !

Abdur Rafi Corporate Message

सेकाईराबो टोक्यो अफिसमा काम गर्ने पहिलो बंगलादेशी कर्मचारीहरू मध्ये रफी जी एक हुन्। हाम्रो कम्पनीमा विदेशी कर्मचारीहरू खासै नौलो कुरा होइन। तर एक मुस्लिमको रूपमा आफ्नो नियम, जस्तै प्रार्थना र खानाको प्रतिबन्ध आदिलाई कायमै राखी छोटो अवधिमा जापानी भाषा सिक्नुभयो। सबैजना सँग मिलेर उत्कृष्ट इन्जिनियरको रूपमा काम गर्नुको साथै हाम्रो महत्त्वपूर्ण साथीको रूपमा सक्रिय भूमिका खेल्दै हुनुहुन्छ। भविष्यमा हाम्रो कम्पनीको बंगलादेश・ढाका शाखा र टोक्यो सहितको विश्वभरमा फैलिएको शाखाको पुलको रूपमा काम गर्ने आशा राख्दछु।

BACK