Facebook Pixel Code

TOKYO METROPOLITAN GOVERNMENT

TOKYO CAREER GUIDE

Language
English
中文
Bahasa Indonesia
Tiếng Việt
नेपाली

OUR VOICE

Chin Gyou hei(status)

Chin Gyou hei

MY TOKYO STORY

  • 7बर्ष

    म निन्टेन्डो र सेगाजस्ता जापानी भिडियो गेमहरू र एनिमेसनहरूमा लग्गु थिएँ। जापान गएँ भने धेरै गेम खेल्न र एनिमेसन गर्न सक्नेछु भनेर सपना देख्न थालेँ।
  • 16बर्ष

    म गइरहेको हाइस्कुलमा स्पोर्ट्स मान्गा "स्ल्याम डङ्क" ठूलो हिट भयो। जापानी विद्यालयमा पढ्न चाहन्छु भनेर विचार गरी जापानी विश्वविद्यालयमा जाने निर्णय गरेँ।
  • 18बर्ष

    हाइस्कुलबाट स्नातक गरेपछि मैले जापानको अन्तर्राष्ट्रिय भाषा र संस्कृति केन्द्रअन्तर्गत जापानी भाषा स्कुलमा डेढ बर्षसम्म जापानी भाषा सिकेँ।
  • 19बर्ष

    म निहोनबासी गाक्कान विश्वविद्यालय (वर्तमान काइची अन्तर्राष्ट्रिय विश्वविद्यालय) अन्तर्राष्ट्रिय व्यापार सङ्कायमा भर्ना भएँ। अध्ययनको क्रममा मैले निन्ग्योचो इमाहान कम्पनीमा आंशिक समय काम गर्न सुरु गरेँ। विश्वविद्यालयमा अध्ययनरत हुँदा मेरो विवाह भयो।
  • 23बर्ष

    विश्वविद्यालयबाट स्नातक गरेपछि म निन्ग्योचो इमाहान कम्पनीमा प्रवेश गरेँ र मलाई क्याटरिङ सर्भिस विभाग, शिराकावा दाइइची सेन्टरमा खटाइयो।
    मैले विश्वविद्यालयमा सिकेको व्यापार व्यवस्थापन र सूचना प्रोसेसिङको ज्ञान उपयोग गरेर मुख्यतया बेन्टो (प्याक गरेको खाना)-को खाना पकाउने कार्य व्यवस्थापन गर्ने र साइटमा निर्देशन दिनेजस्ता व्यवस्थापन कार्यको जिम्मा लिएको थिएँ।
  • 32बर्ष

    मलाई क्याटरिङ सर्भिस विभाग, शिराकावा दाइइची सेन्टर कुकिङ सेक्सन चिफको रूपमा पदोन्नति गरियो र बेन्टो आदिको गुणस्तर नियन्त्रण, प्रक्रिया नियन्त्रण, बिक्री नियन्त्रण, खाद्य पदार्थ सामग्रीको सञ्चय/खरिद व्यवस्थापन र मानव संसाधन विकासजस्ता कार्यको जिम्मा लिन थालेँ।

सन्देश

म विश्वविद्यालयमा अध्ययनरत हुँदा मलाई जापानी खानामा चासो लाग्यो, जुन विदेशी पर्यटकहरूमा लोकप्रिय छ। अनि निन्ग्योचो इमाहानमा आंशिक समय कामको अनुभव गरेँ। कर्मचारीहरूसँग काम गर्न पाएकोले मैले जापानी खानाको गहिराइ, कम्पनीको राम्रो वातावरण र कर्मचारीहरूको लागि उदार सहयोगको बारेमा नजिकबाट सिक्ने अवसर पाएँ। जागिरको खोजीमा मैले आफ्नो दृष्टिकोणलाई फराकिलो बनाएँ र एउटै उद्योगका अन्य कम्पनीहरूको ब्रिफिङमा पनि सहभागी भएँ। तर कार्य विवरण र कम्पनीभित्रका प्रणालीहरू तुलना र परीक्षण गरेपछि मेरो मनमा "निन्ग्योचो इमाहानमा काम गर्न चाहन्छु" भन्ने सोच आयो। त्यसैले मैले रोजगारीको लागि परीक्षा दिएँ र यही कम्पनीमा भर्ती हुने पक्का भयो।

Chin Gyou hei message

कम्पनीमा सामेल भएपछि सम्भाव्य बेमेल रोक्नको लागि कम्पनीमा प्रवेश गर्नुभन्दा पहिले कम्पनी र कार्य विवरणसँग परिचित हुनु महत्त्वपूर्ण छ जस्तो लाग्छ। हालसालै जापानी कम्पनीहरूले पनि सक्रिय रूपमा इन्टर्नशिप गरिरहेका छन्। मलाई लाग्छ, विद्यालयमा अध्ययनरत हुँदादेखि नै आंशिक समय काम गर्ने वा इन्टर्नशिपमा सहभागी हुने अनुभव गरेर कम्पनीको वातावरण र कम्पनीमा गरिने कामहरूसँग परिचित हुनुभयो भने तपाईँले गर्न चाहने कुरा र तपाईँको विशिष्ट योग्यताको उपयोग गर्न सक्ने कम्पनीलाई भेट्ने सम्भावना धेरै हुन्छ। रोजगारी खोजी गतिविधि मात्र रोजगारी पाउने अवसर होइन। विद्यालयमा अध्ययनरत छँदादेखि जानकारी सङ्कलन गरेर अवसरहरू खोज्नु पनि महत्त्वपूर्ण छ।

"जापानको केन्द्र टोक्योमा क्याटरिङ सर्भिस व्यवसायमा संलग्न भएका छौँ, जुन इनबाउण्डको र व्यापारिक उच्च माग भएको व्यवसाय हो। “

Chin Gyou hei Job description

क्याटरिङ सर्भिस विभागले टोक्योभित्र लगायत उपनगरीय सहरमा भएका होटेलहरू र कम्पनीहरूबाट बन्टो बक्सको अर्डर प्राप्त गरेको छ। चियोदा वार्ड र मिनातो वार्डजस्ता टोक्योको केन्द्र भागबाट नजिक ठाउँका ग्राहकहरूले अन्तर्राष्ट्रिय सम्मेलन र सेमिनारको लागि, कर्पोरेट अधिकारीहरू र समूहिक पर्यटकहरूको लागि धेरै सङ्ख्याको उच्च-वर्गको भव्य जापानी खाना बेन्टोको अर्डर गरेको पाउँछौँ। हालसालै हामी जापानी खाना अध्ययन समूहको अध्यापकको निगरानीमा सीमित अवधिको लागि मात्र प्रस्तुत गर्ने बेन्टोको बिक्री गर्ने आदि हामी लामो समयदेखि चलाउँदै आएको स्थापित पसलको अद्वितीय उत्पादन विकासमा पनि ध्यान केन्द्रित गर्दै छौँ।
निन्ग्योचो इमाहानले लामो समयदेखि चलाउँदै आएको स्थापित जापानी भोजनगृहको रूपमा एउटा मजबुत स्थान हासिल गरेको छ र यसको विश्वास र अपेक्षाहरू पूरा गर्न, हामी सेवा प्रदान गर्ने विधि र खाद्य सामग्रीको ह्यान्डलिङमा एकदमै ध्यान दिन्छौँ। इनबाउण्डको माग धेरै भएका पर्यटकहरू र व्यवसायीहरू धेरै जम्मा हुने टोक्योबाहेक अरू कुनै पनि ठाउँमा यत्ति धेरै सङ्ख्याको अर्डर र उच्च गुणस्तरको माग गरिँदैन। त्यसैले म यस काममा आफूलाई जिम्मेवार महसुस गर्छु र यस काममा सन्तुष्ट छु।

"मलाई टोक्योको डाउनटाउन मन पर्छ। छुट्टिको दिनमा म आफ्ना बच्चाहरूसँग आराकावा नदीको किनार हिँडडुल गर्छु।"

Chin Gyou hei Attractive to work in Tokyo

म विश्वविद्यालयको विद्यार्थी छँदाखेरि किता वार्डमा बस्थेँ, जहाँ डाउनटाउनको सक्रियता जताततै देखिने सपिङ आर्केडले चिनिन्थ्यो अनि कम्पनीमा जागिर पाएपछि म कार्यस्थलबाट नजिकैको कोउतोउ वार्डमा बसाइँ सरेँ। अहिले म परिवारसँगै एदोगावा वार्डमा बस्छु, जहाँ आराकावा नदीको किनारमा प्रशस्त पार्क, ग्राउण्ड र हरियाली छ। यो बच्चाहरू भएका परिवारको लागि सुहाउने सहर हो। छुट्टिको दिनमा मेरी छोरी (जुनियर हाइस्कुल पहिलो ग्रेड) र 1 वर्षे छोरालाई लिएर राम्रो दृश्य भएको नदीको किनारमा हिँडडुल गरेर रमाइलो गर्छु।
अहिलेसम्म म मुख्यतया टोक्योको डाउनटाउन क्षेत्रका ठाउँहरूमा बस्दै आएको छु। टोक्योको डाउनटाउन क्षेत्रमा बस्न सजिलो छ, त्यहाँ धेरै सुपरमार्केट, सपिङ आर्केड र स्कुल भएकोले सुविधाजनक छ र आरामले समय बिताउन सकिने वातावरण छ। कहिलेकाहीँ अफिसबाट घर फर्कने बाटोमा सधैँ प्रयोग गर्ने स्टेसनभन्दा दुई-तीन स्टेसनअगाडि रेलबाट झरी हिँडेर वा साइकल चढेर सदाको भन्दा फरक यात्राको आनन्द उठाउँछु। टोक्योमा यातायात नेटवर्क राम्रोसँग विकास भएकोले रेलबाट छोटो समयमा चाहेको ठाउँमा पुग्न सकिन्छ। तर पैदल हिँड्यो भने त्यो राम्रो व्यायाम हुन्छ र नयाँ कुराहरू पत्ता लगाएर आनन्द लिन सकिन्छ।

"सुन्दर बेन्टो बनाउनको लागि विस्तृत कार्ययोजना र जनशक्ति चाहिन्छ।"

Chin Gyou hei Background and up to work in Tokyo

क्याटरिङ सर्भिस विभागले अक्सर धेरै मात्रामा हजारौँ बेन्टोको अर्डर पाउँछ। त्यस्तो बेला म प्रक्रिया नियन्त्रण र गुणस्तरको ग्यारेन्टी दिनको लागि मेहनत गर्छु। सीमित समयमा खाना पकाउने र पस्किने काम सिद्ध्याउन समयको सीमा र कार्यभार बमोजिम उल्टो हिसाब गरेर कुशल कार्य योजना बनाउनु महत्त्वपूर्ण हुन्छ। अघिल्लो दिन नै कार्यतालिका बनाएर कसलाई कुन कामको जिम्मा दिने र कस्तो कार्यविधि अपनाउने भन्ने कुरा विचार गर्नु र काम गर्ने साइटमा निर्देशन दिनु मेरो भूमिका हो।
बेन्टोको प्रकार र सङ्ख्याअनुसार कार्यभार र कामको लागि चाहिने व्यक्तिहरूको सङ्ख्या फरक हुन्छ। जटिल जिग्सो पजलका टुक्राहरू मिलाउने जस्तै सुस्पष्ट र विस्तृत कार्ययोजना बनाउनु आवश्यक हुन्छ। कार्ययोजना बनाउने कार्यकुशलता सुधार गर्न मैले विद्यार्थी छँदा सिकेको व्यवस्थापन र सूचना प्रोसेसिङको अनुभव प्रयोग गरी अझ द्रुत गतिमा काम गर्न र गुणस्तर सुधार गर्न उपयोगी हुने आफ्नै प्रोग्राम सिर्जना गरेको छु।
नयाँ उत्पादन बिक्री गर्ने बेला सेल्स शाखा र उत्पादन योजना शाखासँगै काम गरी वास्तवमै पस्किने तरिका विचार गर्ने र खाद्य सामग्रीको ह्यान्डल गर्नेबारे छलफल गर्छु। जापानी खानामा शालीन स्वाद र खाद्य सामग्री मात्र नभई पस्किँदाको सुन्दरता पनि धेरै महत्त्वपूर्ण हुन्छ। बेन्टोको ढक्कन खोल्नासाथ त्यसले ग्राहकको मन छुन सकोस् भनेर सुन्दर बेन्टो प्रदान गर्न चाहेकोले हामी प्रत्येक दिन ग्राहकको दृष्टिकोण मनमा राख्दै आदरपूर्वक काम पूरा गरिरहेका छौँ।

"जापानी शैलीको व्यवस्थापनमा सावधानीपूर्वक मानिसहरूलाई उन्नति गराउने प्रयास गरिन्छ, म यस व्यवस्थापन अन्तर्गत आफ्नो करिअर निर्माण गर्न चाहन्छु।“

Chin Gyou hei Attractive to live in Tokyo

व्यापारको समयमा व्यक्तिगत कुराकानी गर्न कडा निषेध गरिएकोले त्यो समयमा तनावको वातावरण फैलिएको हुन्छ। तर पूर्वाह्नमा सधैँ अर्डर दिने ग्राहकहरूलाई बेन्टो पठाइसकेपछि लन्चको समयमा चैनको सास फेर्दै आराम गरेर सबै स्टाफहरू मिलेर गफ गर्नु रमाइलो क्षण हो। अपरान्हको काम सुरु भएपछि त्यो दिनको काम अन्त हुने समयसम्म अफिसमा बिक्री व्यवस्थापन र खाद्य सामग्रीको खरिद, अर्को दिनको लागि प्रक्रियाको योजना बनाउने जस्ता डेस्कको काम गर्नुपर्छ। तर लन्चमा यो ब्रेक लिएकोले नै "अब दिउँसोको काम पनि सक्दो राम्रो गरौँ!" भनेर काममा फेरि ध्यान केन्द्रित गर्न सक्छौँ।
मैले निन्ग्योचो इमाहान कम्पनी छनौट गरेको कारण यो हो कि सावधानीपूर्वक मानिसहरूलाई उन्नति गराउने जापानी शैलीको व्यवस्थापन भन्ने सम्पदा यो कम्पनीसित छ भनेर मैले महसुस गरेँ। विश्वविद्यालयमा छँदा मेरो विवाह भएकोले मैले कम्पनी छान्दा लामो समयसम्म काम गर्न सक्ने कम्पनीलाई महत्त्व दिन्थेँ। भर्खर स्नातक गरेका अनुभवहीन नयाँ कर्मचारीहरूलाई ध्यानपूर्वक सिकाएर उन्नति गराउनु जापानी कम्पनीको अद्वितीय अनि राम्रो पक्ष हो। केही मानिसहरूलाई लाग्न सक्छ कि यो कम्पनीको सुरुवाती तलब विदेशी लगानी कम्पनीहरूको भन्दा कम छ। तर ध्यानपूर्वक दिइने तालिमद्वारा काम सिक्दै प्राप्त गर्ने अनुभव अबदेखिको लामो करिअरमा तपाईँको ठूलो सम्पत्ति हुनेछ।
अवश्य पनि, अरूले भनेअनुसार काम गर्ने मात्र त पर्याप्त हुँदैन बरु अलिकति भएपनि सुधार गर्ने सक्ने कुनै तरिका छ कि भनेर आफैले विचार गर्ने क्षमता पनि आवश्यक छ। मेरो काम भनेको सबैभन्दा उपयुक्त प्रक्रिया व्यवस्थापन र कार्यतालिका निर्माण गरी साइटमा निर्देशन दिनु हो। तर म अहिलेको अवस्थामा सन्तुष्ट हुने होइन बरु दक्षता र गुणस्तर बढाउने तरिकाको प्रस्ताव राख्न चाहन्छु। अनि म लगनशील भई गम्भीरतासाथ काम गरेर मेरो करिअर निर्माण गर्न चाहन्छु।

कम्पनी अन्तर्वार्ता

कुकिङ सुपरिवेक्षक उपप्रबन्धक कोजी सुजुकी

"हामी विदेशीहरूको दृष्टिकोण सामेल गरेर व्यापारको सुधारलाई अघि बढाउँछौँ र विभिन्न ग्राहकहरूको आवश्यकता पुऱ्याउने "टोक्योको लामो समयदेखि चलाउँदै आएको स्थापित पसलको स्वाद" प्रदान गर्छौँ।"

Chin Gyou hei Corporate Message

निन्ग्योचो इमाहान मेइजी युगमा सुकियाकी र शाबु-शाबुजस्ता जापानी भोजनगृहको रूपमा स्थापित गरिएको थियो। अहिले ग्राहकलाई प्रथम महत्त्व दिने सिद्धान्त अपनाउँदै ग्राहकको अनुरोध स्विकारेर खानपिन पसल मात्र नभई बेन्टो उत्पादन र तरकारी पकाउने आदि हाम्रो व्यवसाय विस्तार गरेर परिचालन गर्दै छौँ। हालसालैका वर्षहरूमा कम्पनीभित्र "कर्मचारीलाई प्रथम स्थानमा राखौँ" भन्ने पहलहरू पनि सुरु भए अनि हामी मानव संसाधन विकास गर्न, सीप सुधार गर्न र कर्मचारीको कल्याण प्रणाली अभिवृद्धि गर्न काम गर्दै छौँ ताकि कर्मचारीहरू खुसी र सन्तुष्ट भएर काम गर्न सकून्।
चेनजी एकदमै अनुकूलनशील हुनुहुन्छ अनि उहाँ यति लचिलो हुनुहुन्छ कि कारिगरको भाव भएका धेरै कर्मचारी काम गर्ने कार्यस्थलको स्थिति राम्रोसँग बुझ्नुहुन्छ। अर्कोतर्फ, पहिलेको भन्दा अझ तर्कसङ्गत विधि छ भने त्यसबारे सुझाव दिने उत्सुकता पनि छ। उहाँ कर्मचारीहरूको लागि सहज कार्य वातावरण र कुशल विधि सन्तुलनमा राख्ने सुझावहरू दिनुहुन्छ, त्यसैले मलाई धेरै मदत मिलेको छ। हालसालैका वर्षहरूमा हामी स्थानीय सहरहरूमा नयाँ पसल स्थापना र वेबमार्फत जनसम्पर्क गतिविधि पनि अघि बढाउँदै छौँ। टोक्योको लामो समयदेखि चलाउँदै आएको स्थापित पसलको स्वाद देशभरका मानिसहरू र विदेशी पर्यटकहरूसमेत अझ धेरै मानिसहरूलाई पुऱ्याउन चाहन्छौँ।

BACK