2 प्रकारका निवेदनका कागजातहरू आवश्यक पर्छ। लेख्ने तरिका बुझ्नुभयो भने,
निवेदनका कागजातको पहिलो छाप धेरै राम्रो हुनेछ।
आवेदन दिने तरिका मुख्यतयाः “रोजगार कम्पनी तथा रोजगार जानकारीको होम पेजबाट सिधै आवेदन दिने” “मानवीय संसाधन परिचय कम्पनी मार्फत आवेदन दिने” २ वटा तरिकाहरु छन् l सिधै आवेदन दिने अवस्थामा, कम्पनीको जिम्मेवार व्यक्तिलाई सिधै अपिल गर्न सकिन्छ l साथै, मानवीय संसाधन परिचय कम्पनीको अवस्थामा, मातृभाषाबाट बुझाइने तथा तपाईंलाई मिल्ने कम्पनीको परिचय गरिदिने सेवा निःशुल्क पाउन सकिन्छ l जुनै अवस्थामा पनि, आवेदन दिने बेलामा, छनौट तथा कम्पनीमा रोजगारीको लागि टोक्योमा जाने इच्छा भएको कुरा व्यक्त गर्नु महत्वपूर्ण छ। रोजगार विवरण हेर्ने तरिका, ”FAQ OPENING SAMPLE” लाई हेरौं l
अन्तर्वार्तामा पहिलो अन्तर्वार्ता (रोजगार दिने जिम्मेवार व्यक्ति ), दोस्रो अन्तर्वार्ता (मानवीय संशाधनको जिम्मेवार व्यक्ति), तेस्रो अन्तर्वार्ता (अधिकारी / व्यवस्थापक) गरी क्रमिक रूपमा अगाडि बढाउने कम्पनीहरू धेरै छन् l अन्तर्वार्ताको तरिकाको सन्दर्भमा सबै अनलाइन Web अन्तर्वार्ता गर्ने व्यवस्था पनि छ, पहिलो र दोस्रो अन्तर्वार्ता अनलाइनमा गर्ने अनि अन्तिम अन्तर्वार्ता मात्र आफ्नै देशमा वा जापानमा संचालन गर्ने व्यवस्था पनि छ l अन्तर्वार्तामा उत्तीर्ण भयो भने रोजगारको प्रस्ताव आउनेछ।
टोक्योमा काम पक्का भयो भने,
सबैभन्दा पहिले जापान जानको लागि बसोबास योग्यता・भिसाको प्रक्रिया सुरु गरौं।
बल्ल, टोक्योमा आई काम सुरु गर्नुहुन्छु।
आफ्नो देशबाट जापान आई सकेपछि काम सुरु नभए सम्म नगरी नहुने कुराहरू धेरै छन् l
प्रमुख रूपमा तयारी गर्नु पर्ने कुराहरूको परिचय दिन्छु l