Facebook Pixel Code

【टोक्यो महानगरपालिकाद्वारा आयोजित】साना तथा मध्यम स्तरको कम्पनीहरूका प्रयोजनको लागि गरिने सेमिनार आयोजना हुने बारे जानकारी
 ~आउँदो युगमा ग्लोबल मानवीय संसाधनको नियुक्ति・उपयोगका बारे~
आवेदनको संख्या पूर्ण भएको कारण, हाल आवेदनको माग समाप्त गरिएको छ।

व्यवसायको अन्तर्राष्ट्रियकरणको पृष्ठभूमिमा, साना तथा मध्यम स्तरका कम्पनीहरू आदिले, विदेशी व्यवसायको विस्तार गरेको ठाउँको जानकारी र व्यवसाय सम्बन्धी चालचलन अभ्यास सँग बढी परिचित भएका र स्थानीय सँगको मध्यस्थताको पुल बन्ने ग्लोबल मानवीय संसाधनको नियुक्तिको माग बढ्दो छ।
यस अवसरमा टोक्यो महानगरपालिकामा, ग्लोबल मानवीय संसाधनहरूलाई नियुक्ति गर्नमा इच्छुक साना तथा मध्यम स्तरका कम्पनीहरूलाई विस्तृत रूपमा नियुक्ति गरिने उदाहरण या विदेशमा व्यापार सम्हाल्न सक्ने मानवीय संसाधनहरू खोज्ने विधिहरू इत्यादि परिचय गर्ने सेमिनार संचालन हुँदै छ। अवश्य, यस अवसरको उपयोग गर्नुहोस्।
※लक्षित गरिएको ”ग्लोबल मानवीय संसाधन” भनेको विश्वविद्यालयमा स्नातक वा सो भन्दा माथिको तहको शैक्षिक पृष्ठभूमि, अनुसन्धानकर्ता तथा इन्जिनियर जस्ता विशेष पेसा, विदेशमा व्यवसाय विस्तारको कामलाई सम्हाल्ने व्यवस्थापनको काम आदि,मुख्यतः बसोबास योग्यतामा “प्राविधिक・मानवीय ज्ञान・अन्तर्राष्ट्रिय मामिला” को विदेशीहरूको लागि अभिप्रेरित छ।