
दुई प्रकारका आवेदन कागजातहरू आवश्यक छन्। सिर्जना गर्ने विधि जानेमा आवेदन कागजातहरूकाे उत्कृष्ट पहिलाे प्रभाव पर्नेछ ।
निवेदनका कागजात भन्नाले? |
व्यक्तिगत विवरण पत्र र कार्य अनुभव विवरण पत्र गरि 2 थरी छन् l कभर पत्र चाहिँदैन। अंग्रेजी भाषा निपुण मानिसले, अंग्रेजी भाषाको दक्षता देखाउन अंग्रेजीमा पनि Resume तयार पारौं l |
---|
व्यक्तिगत विवरण पत्र भन्नाले? |
कलेज पछिको कार्य अनुभवलाई टाइम लाइन अनुसार मिलाएर लेखेको पत्र हो्। व्यक्तिगत विवरण पत्र भनेको आफ्नो शैक्षिक तथा कार्य अनुभव आदिको आधारभूत जानकारी दिने सामग्री हो l अरू व्यक्ति सँगको विभेदीकरण देखाउन गाह्रो हुने हुनाले, रोजगारी दिने जिम्मेवार व्यक्तिलाई राम्रो प्रभाव पार्नु नै महत्वपूर्ण कुरा हो। |
---|
व्यक्तिगत विवरण लेख्ने तरिका
- भरेको मिति
- कम्पनीमा पेस (पठाउने) गर्ने दिन।
- फोटो
- पछाडि केही पनि नभएको र सेतो वा निलो रङ उपयुक्त छ।
सूट लगाउने。
- फुरिगाना
- पढ्ने तरिका पनि हिरागानामा लेख्ने ।。
- नाम
- अंग्रेजी वर्णमाला अथवा खान्जी हो।。
- छाप चाहिँदैन
- हालको ठेगाना
- ठेगाना लेख्दा देशको नामबाट लेख्ने l
देशको कोड देखि टेलिफोन नम्बर लेख्ने।
- सम्पर्क
- टोक्योमा बस्ने ठाउँ निश्चित भएको अवस्थामा लेख्ने l。
- शैक्षिक विवरण・कार्य अनुभव
- 18 वर्ष भन्दा कम उमेरको शैक्षिक विवरण नराखे हुन्छ। अपवादको रूपमा, जापानमा अध्ययन गरेको अवधि छ भने लेख्ने l
- विद्यालयको नाम (कम्पनीको नाम), अंग्रेजीमाOK छ।
- शैक्षिक विवरण पछि कार्य अनुभव लेख्ने l
- योग्यता・अनुमतिपत्र
- हासिल गरेको साल, महिनाको क्रममा काम सँग सम्बन्धित कुरालाई प्राथमिकता दिएर लेख्ने ।
- आकांक्षा, विशेष सीप, मनपर्ने अध्ययनको विषय, अपील गर्ने बुँदा आदि।
- आवेदन दिने कम्पनीमा काम गर्न चाहेको कारण लेख्ने l थप, कुनै विशेष खेलकुद या साङ्गीतिक बाजामा राम्रो हुनुहुन्छ भने अपीलको रूपमा लेख्दा पनि राम्रै होला l
- टिप्पणी
- टोक्यो जाने योजना छ भने, निर्धारित अवधि लेखौं l
- 【सावधानी】
- लेख्न आवश्यक नभएका कुरा
-
- राष्ट्रियता
- पासपोर्ट नम्बर
- बैंक खाताको जानकारी
- उचाई・तौल
- परिवारको नाम・उमेर・कार्यस्थल
- अक्षर जाँच
- स्पेल चेक गर्ने प्रविधि प्रयोग गरेर जापानी भाषाको गल्ति भएको छ छैन निश्चित गरौं।
कार्य अनुभव विवरण पत्र भन्नाले? |
कार्य अनुभवलाई अपील गर्नको लागि आवश्यक कागजात हो l |
---|
- कस्तो किसिमको कम्पनीमा (उद्योग・कम्पनी प्रोफाइल)
- कस्तो कामको विषयवस्तुलाई (विभाग・रोजगारको किसिम・कामको विषयवस्तु)
- कसरी आइडिया निकालेको तथा प्रयास गरेको (काम गर्ने मनोवृत्ति, कामबाट प्राप्त भएको क्षमता)
- कस्तो किसिमको परिणाम निकालेको (प्रतिफल / उपलब्धि)
- भविष्यमा कस्तो किसिमको काम गर्न चाहेको (इच्छा)
कार्य अनुभव विवरण पत्रमा लेख्ने 5 वटा आवश्यक तत्वहरू
कार्य अनुभव विवरण पत्र लेख्ने तरिका
- लेइआउट・पाना संख्या
- पाना संख्या1~2पानामा समेट्ने। साल महिना, व्यक्तिगत विवरण पत्रमा लेखिएको अंक सँग मिलाऔं l
- कार्य अनुभव पत्र
-
- कम्पनी प्रोफाइलमा, कम्पनीको संरचना तथा व्यवसायको विषयवस्तु बुझ्ने गरि लेख्ने ।
आफ्नो देशको ठूलो कम्पनी हो भने त्यहि उद्योग क्षेत्र भित्रको शेयर 0%(वा त्यहि उद्योग क्षेत्रमा 〇औं स्तर) पनि लेख्ने l - उपलब्धिहरू विस्तृत रूपमा अंक द्वारा उल्लेख गर्ने l
- कम्पनीको उपलब्धि र आफ्नो उपलब्धि छुट्याएर लेख्ने l
- व्यवस्थापनको अनुभव छ भने, मातहतमा काम गर्नेहरूको संख्या र आफ्नो भूमिका लेख्ने।
- कम्पनी प्रोफाइलमा, कम्पनीको संरचना तथा व्यवसायको विषयवस्तु बुझ्ने गरि लेख्ने ।
- हासिल गरेको योग्यता
-
- हासिल गरेको क्रममा क्रमिक रूपमा साल, महिना तथा आधिकारिक शीर्षक लेख्ने ।
- जापानी भाषा प्रवीणता परीक्षा तथा TOEIC आदि अंग्रेजी भाषाको प्राप्त अंक लेख्ने ।
- (आफ्नो प्रस्तुति)
-
- प्रस्तावित रोजगार सँग सम्बन्धित व्यवहारिक सीपलाई अपील गर्ने ।
- आवेदन दिने कम्पनीमा लामो अवधिको लागि काम गर्ने आशय इच्छा छ भने, त्यो आशय लेख्ने ।
सन्दर्भ: हेलो वर्क, इन्टरनेट सेवा

व्यक्तिगत विवरण पत्र・कार्य अनुभव विवरण पत्रमा सबैभन्दा बढी ध्यान दिइएको कुरा ...
IT मानव संसाधनको जिम्मेवारी प्रबन्धक श्री A जी

निवेदनका कागजातमा मैले ध्यान दिइरहेको कुरा 2 वटा छन् l
1.आफ्नो देशमा गरिएको कामको अनुभव
उद्योग क्षेत्र तथा काममा, आफूले सम्हाल्दै आएका उत्पादन तथा व्यापारिक सामान आदि आवेदन दिएको पद संग केहि न केहि मेल खाने अनुभव गरिएको छ कि, आफ्नो देशमा हुँदा व्यक्तिगत सम्बन्ध तथा व्यवसायको संस्कार कतिको बुझेको छ भन्ने कुरा कार्य अनुभव विवरण पत्रबाट हेर्ने /बुझ्ने गरेको छु।
2.जापानी भाषा र जापानी कम्पनीहरू प्रतिको आत्मीयता
अहिले, कतिको जापानी भाषा आउँछ भन्दा पनि, कति चाँडो जापानी भाषा प्रगति गर्छ भन्ने कुरा बुझ्न चाहन्छु l उदाहरणको लागि, जापानी भाषा प्रवीणता परीक्षा (JLPT) N3 गरेका व्यक्ति भए तापनि, उहाँले कहिले देखि जापानी भाषा पढ्न थालेको भनेर हेर्ने गरि रहेको छु l साथै, जापानी कम्पनीमा काम गरेको अनुभव मात्र नभई जापानी कम्पनी सँग गरेको व्यापारिक अनुभव तथा जापानी रेस्टुरेन्टमा गरेको पार्ट टाइम अनुभव आदि, जापानी कम्पनीहरूको संस्कार प्रतिको बुझाइ छ छैन भनेर व्यक्तिगत विवरण पत्र / कार्य अनुभव विवरण पत्रमा हेर्ने गर्दछु l