
बल्ल, टोक्योमा आई काम सुरु गर्नुहुन्छु।
आफ्नो देशबाट जापान आई सकेपछि काम सुरु नभए सम्म नगरी नहुने कुराहरू धेरै छन् l
प्रमुख रूपमा तयारी गर्नु पर्ने कुराहरूको परिचय दिन्छु l
आफ्नो देशबाट प्रस्थान गर्न अघिको तयारी
पैसाको तयारी
■काम गर्न सुरु गरि सकेपछि पहिलो तलब पाउन धेरै भए 1 महिना जति लाग्छ l टोक्योमा पुगेपछि तुरुन्तै कोठा भाडामा लिने, खाना तथा यातायात खर्चको लागि 1~3 लाख (10~30मान) येन जतिको पैसा लाग्ने भएकोले जापानमा आउन अघि नगद, जापानमा निकाल्न सम्भव भएका बैंक खाता तथा क्रेडिट कार्ड आदिको तयारी गरौं l देश अनुसार बोक्न सम्भावित नगदको सीमितता हुने भएकोले प्रस्थान गर्नु अगाडि नै नियम निश्चित गरौं।
पोसाकको तयारी
■टोक्योमा गर्मी र जाडोको तापमान भिन्नता 20 डिग्री सेल्सियस जति छ। जापान प्रवेश गर्दा खेरि टोक्योमा हुने मौसमबारे जानकारी लिई, आवश्यक 2,3 वटा पोसाकहरू तयार राखौं।
जापान आगमन
कोठा भाडामा लिने
■घर जग्गा・घरको जानकारी साइट तथा घर जग्गा कम्पनीमा भाडा लिन सकिने कोठा खोज्ने, चाहेको जस्तो कोठा पायो भने आवश्यक कागजात र लाग्ने रकम घर जग्गा कम्पनीसँग भाडा सम्झौता गर्ने ।
■कोठामा बस्न जाने दिन घर जग्गा कम्पनीसँग कोठाको साँचो लिई, बिजुली आपूर्ति कम्पनी, ग्यास कम्पनी, खानेपानी विभागमा सम्पर्क गरि प्रयोग गर्ने प्रक्रियाको लागि अनुरोध गरौं।
■दैनिक जीवनको लागि चाहिने सामानहरू किन्न जाने, कोठा नजिकै बस्ने मानिसहरूलाई अभिवादन गर्न जाऔं l
सरकारी कार्यालयमा आवासीय दर्ता
बस्न सुरु गरेर 14 दिन भित्र स्थानीय नगरपालिकामा गएर “आवासीय दर्ता“ गरौं।


वित्तीय संस्थामा (बैंक) खाता खोल्ने
ठेगाना दर्ता गरि सकेपछि, वित्तीय संस्थामा (बैंकमा) गएर खाता खोलौं। कम्पनीबाट तलब भुक्तानीको लागि निश्चित बैंकको उल्लेख गरिएको पनि हुन सक्ने भएकोले, कुन बैंकमा खाता खोले हुन्छ, कम्पनीसँग निश्चित गरौं।
काम सुरु गर्न अगाडि आवश्यक कुराहरूको तयारी
■मोबाइल फोन / इन्टरनेटको आवेदन
कम्पनी सँग सम्पर्क गर्ने माध्यम स्वरूप टेलिफोन नम्बर जरुरी पर्दछ l सर्वप्रथम मोबाइल फोन (स्मार्ट फोन) र इन्टरनेटको सम्झौता गरेर राखौं l
■पहिलो पटक काममा जाँदा लगाएर जाने सुट तथा जुत्ता आदि l
■कम्पनी सम्म जाने आउने बाटोको जानकारी
काममा जाँदा लाग्ने समय तथा ट्रेन(रेल) / बस परिवर्तन गर्ने तरिका सिक्नको लागि, पहिलो पटक काममा जान अगावै, ट्रेन अथवा बसमा साँच्चै चढेर घरदेखि कम्पनी सम्म गएर हेरौं l
कम्पनी प्रवेश गरेको दिनमा काम जाने

“जाउँ टोक्योमा! टोक्योमा भएका विभिन्न कुराहरू सँग रमाउनुहोस् l”
“टोक्योमा काम गरौं।” 」परामर्श डेस्क परामर्शदाता
ताइवानमा जन्मेको

घरबाट निस्कनु अघिको तयारी देखि काम सुरु हुन अघि सम्म नगरी नहुने कुराहरू धेरै छन्, एकपटक काम सुरु भयो भने व्यस्त भई साताका दिनहरूमा मात्र खुल्ला हुने नगरपालिका तथा बैंक जाने समय मिलाउन गाह्रो हुन्छ l त्यस्तै गरि कम्पनी प्रवेश गर्ने बित्तिकै आफ्नो ठेगाना, फोन नं, बैंक खाता आदि कम्पनीमा पेस गर्न जरुरी हुने भएकोले कम्पनी प्रवेश गर्ने दिन सम्ममा एक-एक गरि लिस्ट अप गर्दै तयारी गरेर राखौं l
टोक्योमा गरिने नयाँ काम र जीवनयापन सम्बन्धी धेरै आशा र चिन्ताहरू होला जस्तो लाग्छ तर सबै नयाँ चुनौती ठानेर अवश्य रमाउनुहोस् ।