
अन्तर्वार्तामा पहिलो अन्तर्वार्ता (रोजगार दिने जिम्मेवार व्यक्ति ), दोस्रो अन्तर्वार्ता (मानवीय संशाधनको जिम्मेवार व्यक्ति), तेस्रो अन्तर्वार्ता (अधिकारी / व्यवस्थापक) गरी क्रमिक रूपमा अगाडि बढाउने कम्पनीहरू धेरै छन् l अन्तर्वार्ताको तरिकाको सन्दर्भमा सबै अनलाइन Web अन्तर्वार्ता गर्ने व्यवस्था पनि छ, पहिलो र दोस्रो अन्तर्वार्ता अनलाइनमा गर्ने अनि अन्तिम अन्तर्वार्ता मात्र आफ्नै देशमा वा जापानमा संचालन गर्ने व्यवस्था पनि छ l अन्तर्वार्तामा उत्तीर्ण भयो भने रोजगारको प्रस्ताव आउनेछ।
अन्तर्वार्ताको दिन
कम्पनीमा हुने अन्तर्वार्ता
- कम्पनीमा पेस गरेका निवेदनका कागजातहरू (व्यक्तिगत विवरण पत्र, कार्य अनुभव विवरण पत्र, अंग्रेजीमा लेखिएको RESUME) र रोजगारीको विवरण, लेख्ने सामग्री नबिर्सने गरि सँगै लिएर जाऔं l
- मूलतः अन्तर्वार्तामा बिजनेस सुट हुन्छ l प्रोफेसनलको जस्तो प्रभाव पार्न सकिने पोसाकलाई ध्यानमा राखौं l
- अन्तर्वार्ताको समयमा ढिलो नहुने गरि 15 मिनेट जति अगाडि अन्तर्वार्ता स्थलमा पुगेर उपस्थिति भई, लगाएको लुगाफाटा मिलिरहेको छ छैन चेक गर्ने। मोबाइल फोनको स्विच अफ गरि, 5 मिनेट अगाडि रिसेप्सनमा (सोधपुछ काउन्टर) आफ्नो नाम र अन्तर्वार्तामा आएको कुरा जानकारी गराऔं । जाडो महिनामा प्रवेश द्वारमा कोट (माथिबाट लगाइएको लुगा / ओभरकोट) फुकाल्ने गरौं l
- प्रतीक्षालय・अन्तर्वार्ता कक्षमा प्रवेश गरेको अवस्थामा, प्रवेश द्वारको सबै भन्दा नजिकको मेचमा शान्त भएर पर्खने, अन्तर्वार्ता लिने अधिकारी आउनुभयो भने उठेर आफ्नो नाम भन्ने गरौं।
- अन्तर्वार्ता सकियो भनेर भन्यो भने ”आज समय दिनुभएकोमा धन्यवाद“ भन्दै निहुरेर अभिवादन गर्ने l जापानको व्यवसायिक शिष्टाचार बुझेको छ भन्ने कुराको प्रभाव अन्तर्वार्ता लिने अधिकारीलाई दिन सकिन्छ l
- जसो गरे पनि ढिलो होला जस्तो भएमा, पहिले नै अवश्य टेलिफोनबाट सम्पर्क गरि पुग्ने समयको जानकारी दिने l
अनलाइन Web अन्तर्वार्ता
- वरिपरिको आवाज नसुन्ने शान्त ठाउँमा, इन्टरनेट कनेक्सन राम्रो भएको ठाउँ छानौं l अन्तर्वार्ता दिँदै गर्दा अरू फोन नआउने गरि ब्लक गर्ने, मोबाइल फोनको स्विच अफ गरेर राखौं l
- सम्पूर्ण शरीर नदेखिने भएकोले रिल्याक्स /ढुक्क भएर बस्छौं होला तर आफ्नो कामप्रतिको इच्छा झल्काउनको लागि पनि सूट लगाउने गरौं।
- अन्तर्वार्ता सुरु हुनुभन्दा 10 मिनेट अगाडि, उत्तर दिन सकिने गरी, पहिले नै इन्टरनेट कनेक्सन, आवाज र भिडियोको अवस्था उपयुक्त छ कि छैन पक्का गर्नुहोस्।
- कारणवश कुनै समस्या आइ परेको खण्डमा कम्पनी इन्चार्जको इमेल ठेगाना वा फोन नम्बर आदि सम्पर्क जानकारी तयारी अवस्थामा राख्नुहोस्। साथै कम्पनीमा पेस गरेका निवेदनका कागजातहरू (व्यक्तिगत विवरण पत्र, कार्य अनुभव विवरण पत्र, RESUME), रोजगारीको विवरण आदि प्रिन्टआउट गरेर राख्नुहोस् अनि लेख्ने सामग्रीहरू तयारी अवस्थामा राख्न पनि नबिर्सनुहोस्।
अन्तर्वार्तामा अक्सर सोधिने प्रश्नहरू
अहिले सम्म गरेको कामको विवरण बारेमा
- अहिले सम्म अनुभव गर्दै आएका कामको विषयवस्तु र काम गरेको कम्पनीमा योगदान दिएका कुराहरूको विस्तृत रूपमा जानकारी दिऔं l
साथै, अहिलेको सीप तथा अनुभव आफूले इच्छा गरेको कम्पनीमा पनि उपयोगी हुने कुरा र काम गर्दा आइडिया लगाएको कुराको अपिल गरौं l
रोजगारी परिवर्तन गर्ने कारण (काम छोड्नुको कारण)
- नकारात्मक अभिव्यक्ति तथा काम गरिरहेको कम्पनीमा भएको असन्तुष्टिलाई कारण बनाई नदेखाऔं l
इच्छा राखेको कारण
- किन यो काममा इच्छा राखेको हो, सो कुरालाई उत्साहित भई बताई, विगतमा सिकेको सीपलाई उपयोग गर्ने कुरालाई अपिल गरौं l त्यसको लागि अन्तर्वार्ताको अगाडि नै उद्योगको अनुसन्धान, कम्पनीको अनुसन्धान नबिर्सीकन गरौं l
भविष्यमा आफ्नो क्यारियर अप गर्ने लक्ष्यको बारेमा
- काम गर्न चाहेको कम्पनी कुन दिशामा गइरहेको छ सोच्दै, आफू त्यो कम्पनीमा काम पाउन सक्नुभयो भने, कसरी काम गर्न चाहेको हो, अपील गरौं। साथै, लक्ष्य प्राप्तिको लागि मेहनत गरिरहेको बारेमा पनि जानकारी दिऔं l
अहिले सम्म काम गर्दै आएको कम्पनीमा गर्नुभएको सफलता र असफलताका अनुभव
- सफलताको अनुभवमा, किन सफल हुनुभयो विस्तृत रूपमा त्यसको कारण पनि जवाफ दिन सक्ने गरि तयार हुने गरौं l
असफलताको अनुभवमा, त्यसपछि कसरी समाधान गर्नुभयो र त्यसबाट के कुरा सिक्नुभयो भन्ने कुराको जवाफ दिऔं l
नकारात्मक कुराको बारेमा कुरा गर्दा अन्तमा सकारात्मक कुराका साथ सकाउने प्रयास गरौं l
जापानी भाषा, अंग्रेजी भाषा र अन्य भाषाहरू कतिको प्रयोग गर्न सक्नुहुन्छ
- वास्तविक रूपमा काममा प्रयोग गर्नुभएको छ भने विस्तृत रूपमा गरिएका कुराहरूको जानकारी दिने गरौं l
उदाहरण)जापानी भाषाबाट फोन・इमेलमा प्रतिक्रिया गर्ने गरेको थिएँ।
अंग्रेजी भाषाबाट ग्राहकलाई सामानको बारेमा बुझाउने गर्थें l आदि
उदाहरण)
जापानी भाषाबाट फोन・इमेलमा प्रतिक्रिया गर्ने गरेको थिएँ।
अंग्रेजी भाषाबाट ग्राहकलाई सामानको बारेमा बुझाउने गर्थें l
आदि
अरू कम्पनीमा आवेदन दिइरहेको कुरा बारे
- विस्तृत रूपमा कम्पनीको नाम भन्नु जरुरी छैन, तर अरू कम्पनीहरूमा पनि आवेदन दिइरहेको कुरा इमानदारीका साथ भन्ने गरौं l
आवेदन दिएको कम्पनी आफ्नो पहिलो रोजाई नभए तापनि सकारात्मक भावना पोख्ने गरौं, यदि पहिलो रोजाई हो भने आवेदन दिएको कम्पनीलाई प्राथमिकता दिनुको कारण स्पष्ट गर्दा आफ्नो गम्भीर भावनाहरू व्यक्त गर्न सकिन्छ।
काम छोडे पछिको समय लामो हुने बेला
- उत्तर दिन गाह्रो भए तापनि साँचो कुरा भन्ने गरौं l खाली (ब्लांक) समयमा गरिएको प्रयासको नतिजा तथा नयाँ कामको खोजी गरिरहेको भए खाली भएर लम्बिएको कारणको रूपमा भन्ने गरौं।
अन्तर्वार्ताको तयारी गर्नु
अन्तर्वार्ता लिने अधिकारीले विषयवस्तुको कुरा मात्र नभएर अन्तर्वार्ता हुँदै गर्दा तपाईंको व्यवहार पनि हेरिरहेको हुन्छ l अन्तर्वार्ताको बेलामा हुनु पर्ने व्यवहारको बारेमा अन्तर्वार्ता हुन अघि नै बुझि राखौं l
- अभिवादन, व्यवसायिक शिष्टाचारको आधार भएको हुनाले अन्तर्वार्ताको सुरु र अन्तमा अन्तर्वार्ताको समय पाएकोमा आभार व्यक्त गरौं।
- नर्भस भयो भने बोली छिटो हुन सक्छ l सधैंझैं भन्दा बिस्तारै र स्पष्टसँग बोल्ने प्रयास गरौं।
- अन्तर्वार्ताको समयमा, अन्तर्वार्ता लिने अधिकारी तिर हेरेर आत्मविश्वासका साथ प्रश्नको उत्तर दिने गरौं ।
रोजगार प्रस्ताव
अन्तर्वार्तामा उत्तीर्ण हुनुभयो भने ईमेल द्वारा रोजगार प्रस्ताव पत्र(Offer Letter)आउँछ । कामको विषयवस्तु तथा तलब आदिको बारेमा कम्पनीले रोजगारको आव्हान गर्दा तथा अन्तर्वार्तामा कम्पनी द्वारा प्रस्ताव गरिएको जस्तो छ वा छैन निश्चित गरौँ। रोजगार प्रस्ताव पत्र प्राप्त भएको 1 हप्ता भित्र कम्पनीमा काम गर्न इच्छुक भएको कुरा जानकारी गरौं। त्यसपछि, भिसा तथा बसोबास योग्यताको लागि प्रक्रिया सुरु हुन्छ ।

“आफ्नो देश सँग पुलको रूपमा माध्यम बन्न ठोस रूपमा के गर्न चाहनुहुन्छ” भन्ने कुराका बारेमा सुनाउनुहोस्
सेवा मानव संसाधन प्रबन्धक श्री A जी

म विदेशबाट आउने विदेशीहरू सँग अन्तर्वार्ता लिँदा, 3 वटा कुरामा ध्यान दिन्छु l
「”विदेशमा कस्तो कार्य अनुभव / टेकनीक (नोउहाउ) / व्यक्तिगत सम्बन्ध थियो ?」
विदेशमा कार्य अनुभव भएका मानवीय संसाधनहरू, विदेशमा बिजिनेस गरिरहेका कम्पनीहरूको लागि एकदमै आकर्षक हुने गर्छ। स्थानीय व्यापारिक संस्कार तथा विदेशमा बस्ने मानिसहरूको भावना आदि धेरै कुराहरू जापानीहरूले बुझेको हुँदैन तसर्थ विदेशमा काम गरेको अनुभव भएका व्यक्तिहरूको ठूलो शक्ति हुनेछ।
”इमानदार व्यक्ति हुनुहुन्छ?”
जापान भित्रका कम्पनीहरूमा अधिकांश कर्मचारीहरू जापानी हुने हुनाले, विदेशीहरूको नजरमा अनौठो लागि जापानको व्यवसाय संस्कार सँग मेल नखानु पनि स्वाभाविक हुन्छ। त्यस्तो अवस्थामा, सबैभन्दा पहिले इमानदारीसाथ यी कुरालाई ग्रहण गरि, बुझ्नु आवश्यक छ। त्यस पछि, एक अर्कासँग नजिक हुँदै जान प्रयत्न गर्नु जरुरी छ जस्तो लाग्छ।
”विश्वास गर्न सकिने मानिस हो ?”
अन्तर्वार्तामा भन्नुहुने कुरा 100% सही हो भन्ने थानी सोध्नेछ। आवेदकले आफ्नो अनुभव तथा सीप भन्दा बढी बोल्ने, संगठनको सबै सफलतालाई आफ्नो मेहनतको सफलता जस्तै गरि बोल्दै छ कि भनेर हेर्ने गर्छु l
विदेशीहरूलाई अन्तर्वार्ता लिँदा 10 जना मध्य 9 जनाले ”जापान र आफ्नो देश बीचको पुलको माध्यम भएर काम गर्न चाहन्छु” भनेर भन्छन् l म, अझ विस्तृत रूपमा सुन्न चाहेकोले, आवेदकलाई “यस कम्पनीमा काम गर्यो भने कस्तो खालको अनुभवलाई प्रयोग गर्ने र कस्तो नतिजा हासिल गरेर, आफ्नो देशसँग पुलको माध्यम भएर काम गर्न सक्नुहुन्छ ?” भनि सोध्ने गर्छु l